Monday, August 24News That Matters

Breaking News 1

खुकुरी प्रहार गरी तामाङले गरे २ जनाको हत्या

खुकुरी प्रहार गरी तामाङले गरे २ जनाको हत्या

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २४ सिन्धुपाल्चोकमा हिजो साँझ खुकसरी प्रहार गरी बिजय तामाङले दुई जनाको हत्या गरेको छ । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । सोही स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी वासुमाया र सन्तवीरको हत्या गरेको प्रहरीले जनाएको हो । विजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख राजन अधिकारीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।...
प्रदेश १ को उर्जा तथा सिँचाई मन्त्रीमा खोटाङका रामकुमार राई (पासाङ ), ११ बजे सपथ

प्रदेश १ को उर्जा तथा सिँचाई मन्त्रीमा खोटाङका रामकुमार राई (पासाङ ), ११ बजे सपथ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २३ खोटाङका रामकुमार राई (पासाङ) प्रदेश नं १ को खानेपानी तथा खाने पानी ऊर्जा तथा सिँचाइ बन्ने भएको छ । राईले आजै ११ बजे सपथ लिने तयारी भएको छ । प्रदेश १ ले मन्त्रिपरिषद विस्तार गरे सँगै माओवादी केन्द्रको कोटा बाट राई उर्जा तथा सिँचाई मन्त्री बन्न लागेको स्रोतले जनाएको छ । अब बन्ने मन्त्रीहरु सँगै प्रदेश १ मा १३ ओटा मन्त्रालयहरु बन्ने छ । यस अघि ७, १२ हुँदै पफेरी एक थपेर १३ पुराईएको छ । यस्तै आज विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा बिहान ११ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने कार्यक्रम तय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । पाँच दलीय गठबन्धन भित्रको नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवानिकट प्रदेश सांसद प्रकाशप्रताप हाङ्गाम र शेखरचन्द्र थापा, कृष्णप्रसाद सिटौलानिकट ओमप्रकाश सरावगीको मन्त्रीका लागि नाम तय भएको छ । शेखर वन, वातावरण तथा भूसंरक्षण मन्त्री, ...
आज बाट चौदण्डीगढी नगरले आफ्नै भवन बाट कार्यसम्पादन थाल्ने

आज बाट चौदण्डीगढी नगरले आफ्नै भवन बाट कार्यसम्पादन थाल्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २३ चौदण्डीगढी नगरपालिकाले जनताहरुको काम कार्वाहीका लागि आफ्नै व्यवस्थित प्रशासकीय भवन निर्माण गरेको छ । लामो समयदेखी बेल्टार गाउँविकास समितिको जिर्ण भवनबाट जनताको काम गरिरहेको अवस्थामा अव भने आफ्नै नवनिर्मित प्रशासकीय भवन बाट कार्य सम्पादन हुने नगर प्रमुख खेगेन्द्र राईले जानकारी दिए । राईले आईतबार देखी नगरले सम्पूर्ण प्रशासकीय कामहरु आफ्नै भवन बाट थाल्ने जनाएको छ । उक्त भवनको उद्घाटन शनिवार नेपाल सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरेका थिए । भवन उद्घाटन सँगै औपचारिक रुपमा अव जनताको काम कार्वाही सोही वभन बाट हुने छ । १३ महिनाअघि वल्डवाइड रामसागर जेभीले ५ करोड ३८ लाख रुपैयाँमा भवन निर्माणको जिम्मा लिएको थियो । आफ्नै भवन भएपछि जनताहरुको काम गर्न सहज हुने नगरले जनाएको छ । जनताका लागि काम गर्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई व्यवस्थित भवनको आवश्यक रहेको र त्यसक...
चौदण्डीगढी नगरपालिकाको प्रशासकीय भवन उद्घाटन्

चौदण्डीगढी नगरपालिकाको प्रशासकीय भवन उद्घाटन्

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २३ उदयपुरमा चौदण्डीगढी नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिवार उद्घाटन भएको छ । भवनको उद्घाटन नेपाल सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरेको छ । मन्त्री खड्काले भवनको उद्घाटन सँगै १५ शैय्याको आधारभूत स्वास्थ्य भवनको समेत सिल्यान्यास गरेको छ । भवन उद्घाटनपछि आइतबारदेखि औपचारिक रूपमा कार्यालय सञ्चालनमा आउने भएको छ । यसअघि नगरपालिकाले तत्कालीन बेलटार गाउँविकास समितिको जिर्ण कार्यालयबाट सेवा प्रदान गर्दै आएको थियोे । १३ महिनाअघि वल्डवाइड रामसागर जेभीले ५ करोड ३८ लाख रुपैयाँमा भवन निर्माणको जिम्मा लिएको थियो । १५ शैय्याको नगर अस्पतालको भने ओमबुद्ध चेन्जिङ ग्याल्वा निर्माण कम्पनीले १२ करोडमा निर्माण गर्ने ठेक्का सम्झौता गरेको छ । कार्यक्रममा १ नं। प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्कीको पनि उपस्थिती रहेको थियो ।...
सुनसरीमा बस र ट्रक एक आपसमा ठोक्किएर आगोलागी हुँदा चालक सहित तिन जनाको मृत्यु, २७ जना घाईते

सुनसरीमा बस र ट्रक एक आपसमा ठोक्किएर आगोलागी हुँदा चालक सहित तिन जनाको मृत्यु, २७ जना घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २२ सुनसरी भोक्राहा नरसिहं गाऊपालिका–३ खुनिया पुल स्थित पुर्व पश्चिम राजमार्गमा बस र ट्रक ठक्कर खाई आगोलागी हुँदा ३ जनाको मृत्यु भएको छ भने २७ जना घाईते भएका छन् । मृत्यु हुनेमा बस चालक झापा गोलधाप १ का ४५ बर्षीय सरोज राई, बसमा सवार भारत पश्चिम बंगाल कालचोनी बस्ने २५ बर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ नगरपालिका ९ का २७ बर्षीय शेख फिरोज रहेका छन् । घाईते भएका २७ जनाको सुनसरी र विराटनगरको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार राति साँढे ७ बजे पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना.८.ख ८४९३ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।घटनाको जानकारी पाए लगत्तै खटिएको सुनसरी प्रहरीले सवारी साधनहरुबाट मानिसहरु उदार गर्ने क्रममा अचानक दुबै सवारी साधनमा आगलागी भएको थियो । आगोलागीबाट बस र ट्रकमा चेपिएका...
चोरी मुद्धामा दोषी ठहरीएका गैर सांसद लामा मन्त्री बन्दै

चोरी मुद्धामा दोषी ठहरीएका गैर सांसद लामा मन्त्री बन्दै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २१ मुर्ति चोरीको अभियोगमा जेल सजाय भोगेका र गैरसांसद समेत रहेका हुम्लाका माओवादी नेता कार्चेन लामालाई मन्त्री बनाउने तयारी भएको छ । माओवादी केन्द्रले लामालाई कर्णाली प्रदेशको सरकारमा मन्त्री बनाउन लागेको हो । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका अनुसार गैरसांसद ६ महिने मन्त्रीका लागि सिफारिस गरिएको हो । संविधानमा सांसद नभएको व्यक्तिलाई ६ महिना मन्त्री बनाउन सकिने कानुनी छिद्रबाट माओवादीले लामालाई मन्त्री बनाउन लागेको हो । मन्त्री बन्ने तयारीमा रहेका लामाले संविधानले दिएको अधिकारअन्तर्गत आफू मन्त्री बन्न लागेको बताए । ‘ठूला नेताहरूले बनाएको संविधान हो‚’ उनले भने, ‘गैरसासंदलाई ६ महिना मन्त्री हुन पाउने लेखिएको छ ।’ यद्यपी आफूले कैद जीवन बिताए पनि उनले आफूमाथिको अभियोग ९मूर्ति चोरी० सहि नभएको बताए । आफूलाई मन्त्री बनाउन जिल्ला, प्रदेशदेखि केन्द्रसम्म पार...
राष्ट्रिय फुटवल टोलीका प्रशिक्षक अल्मुताईरीलाई नेपाल सरकारले गर्यो सम्मान

राष्ट्रिय फुटवल टोलीका प्रशिक्षक अल्मुताईरीलाई नेपाल सरकारले गर्यो सम्मान

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २१ नेपाली राष्ट्रिय फुटवल टोलीका प्रशिक्षक अबदुल्लाह अल्मुताइरी नेपाल सरकार बाट सम्मान्नीत भएका छन् । उनलाई शुक्रबार नेपाल सरकारका प्रधानमन्त्री शेर वहादुर देउवाले नगद र सम्मान पत्र हस्तान्तरण गरेको छ । सम्मान पाएपछि अल्मुताईरीले खुसी व्यक्त गरेको छ । उनले आफ्नो फेसवुक मार्फत प्रधानमन्त्री शेर बहादुर देउवा र खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई मधुसुधन उपाध्यायसंगै भेट्न पाउँदा सम्मान पाएको कुरा जनाएको छ । प्रधानामन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा साफ बीमामा उप(विजेता बनेको नेपाली टोलीका प्रशिक्षक अल्मुताइरीलाई नगदसहित सम्मान गरेका थिए । अलमुताइरीको प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । गत अक्टोबरमा माल्दिभ्समा भएको साफमा नेपाल फाइनल पुग्दै इतिहास रचेको थियो । तर फाइनलमा भने भारतसंग पराजित भयो। इतिहास रच्न सफल टोलीक...
कमिसनको लागि ३ साझेदारीको हत्यामा संलग्नहरुलाई प्रहरीले सार्वजानिक गर्यो

कमिसनको लागि ३ साझेदारीको हत्यामा संलग्नहरुलाई प्रहरीले सार्वजानिक गर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २१ कमिसनको खेलमा ३ साझेदारीको हत्यामा संलग्न ३ जनालाई प्रहरीले सार्वजानिक गरेको छ । मोरङमा दुई जनाको र काठमाण्डौँमा एक जनाको गरी पालैपालो ३ जनाको हत्यामा संलग्न मुख्य योजनाकार सहितलाई प्रहरीले सार्वाजानिक गरेको हो । बिभिन्न कम्पनीहरुमा लगानी रहेको अवस्थामा १ करोड बढी कमिसन आउने र सोहि कमिसनको लागि ३ जनाको हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ । मोरङ प्रहरीले घटनामा संलग्न मुख्य योजनाकार अनिल मण्डल सहित अन्य दुईजनालाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो । सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई सार्वजनिक प्रहरीले सार्वजानिक गरेको हो । यीमध्ये मण्डल घटनाका मुख्य आरोपी हुन् भने अन्य दुई उनक...
उदयपुरको त्रियुगा खोलामा डुबेर बालकको मृत्यु

उदयपुरको त्रियुगा खोलामा डुबेर बालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २१ उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नहरमा ३ बर्षीय वालकको डुवी मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका–७ स्थितमा बस्दै आएका मधुसुधन अधिकारीको छोरा लेखनाथ अधिकारी रहेका छन । बिहिवार दिउसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुवी अचेत अवस्थामा रहेको अधिकारीलाई निजको आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएका थिए । उपचारको क्रममा बालकको मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।  ...
उदयपुरमा परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा देखाउने एमालेका ३ कार्यकर्ता पक्राउ

उदयपुरमा परराष्ट्रमन्त्री खड्कालाई कालो झण्डा देखाउने एमालेका ३ कार्यकर्ता पक्राउ

Breaking News 1
पूर्णपुष्टि, माघ २० उदयपुरमा ३ एमाले कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । नेपाल सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कालो झण्डा देखाउने ३ एमाले युवा कर्यकर्तालाई बिहिबार विहान पक्राउ गरिएको हो । पक्राउ पर्नेमा अनेरास्ववियु केन्द्रीय सदस्य मनोज तामाङ, जिल्ला अध्यक्ष भुवन दाहाल र जिल्ला सचिवालय सदस्य अश्विन कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।उनिहरुले गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका थिए । डा.खड्का त्रियुगा नगरपालिका–८ स्थित अम्बेरसिंह जनता माध्यमिक विद्यालय राजावासको बालबालिकाहरूलाई न्यानो कपडा र त्रियुगा नगरपालिका ९ स्थित सरस्वती गाउँमा ७२ घर परिवारमा जडान गरिएको विद्युत् उद्घाटन गर्न आउँने क्रममा कालो झण्डा देखाएको हो ।...