Monday, August 24News That Matters

Breaking News 1

एमाले उदयपुर जिल्ला उपाध्यक्षमा श्रेष्ठको दावी

एमाले उदयपुर जिल्ला उपाध्यक्षमा श्रेष्ठको दावी

Breaking News 1
पूर्णपुष्टि, पुष २४ नेकपा एमाले उदयपुरको उपाध्यक्षमा कटारी नगरपालिकाका मेयरले ज्ञानेन्द्र श्रेष्ठले दावी गरेको छ । श्रेष्ठले उपाध्यक्षमा आफ्नो दावी रहेको भन्दै उम्मेदवारी घोषणा गरे । पार्टीलाई सवल सुदृढ र एकताबद्ध बनाउन साझा उम्मेद्वारका रुपमा उपाध्यक्षमा आफ्नो उम्मेदवारी रहेको श्रेष्ठले जनाए । श्रेष्ठले हाल सम्म कुनै पनि गुट उपगुटमा आफु नरहेको र पार्टीलाई सो दिसा बाट पन्छाउन आफ्नो महत्वपूर्ण उम्मेदवारी रहेको जनाए । हाल कटारी नगरपालिकाको मेयर तथा एमाले उदयपुरको उपसचिव समेत रहनुभएका श्रेष्ठ हक्की, निडर, जुझारु, कुशल नेतृत्वकर्ता रुपमा रहेको छ । २०४६ साल देखी नेकपा एमालेको राजनैतिक यात्रा सुरु गरेका श्रेष्ठ यातयात व्यावसायी महासंघको केन्द्रिय सदस्य, नेपाल खेलकुद महासंघको केन्द्रिय सदस्य हुँदै २०५४ सालमा वडाध्यक्ष र पार्टीको ईलाका कमिटी, जिल्ला कमिटि सम्मको जिम्मेवारी गर्दै वर्तमान समयमा...
घरको पर्खालले किचेर खवासको मृत्यु

घरको पर्खालले किचेर खवासको मृत्यु

Breaking News 1, समाचार
पुर्णपुष्टि, पुष २४ मोरङको बेलबारी नगरपालिका १ पुरानो बेलबारीका ऋषि साहको घरको वाल भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका १ का ४५ बर्षीय असोक खवास रहेका छन् । आज बिहान ९ बजे घर भत्काउने क्रममा घरको पर्खालले किचेर गम्भिर घाईते भएका खवासको उपचारको लागि नोबेल अस्पताल बिराटनगर लादै गर्दा बाटैमा मृत्यु भएको थियो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।...
उदयपुरमा सर्वसहमत नेतृत्व छानिन्छ भन्ने बुझेको छु : एमाले नेता गौतम

उदयपुरमा सर्वसहमत नेतृत्व छानिन्छ भन्ने बुझेको छु : एमाले नेता गौतम

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २३ नेकपा एमालेका नेता तथा थाई कमिटी सदस्य राजेन्द्र गौतमले उदयपुरमा सर्वसहमतले नै नेतृत्व चयन हुनेमा आफु ढुक्क रहेको जनाएको छ । गौतमले एमाले उदयपुरको आठौँ माहाधिवेशनको क्रममा चुनाव गरेर गलत अर्थमा जनताहरुलाई भ्रम नफैलाउन अनुरोध गर्दै नेतृत्व चयन सहमतिमै हुनेमा आफु ढुक्क रहेको जनाए । पावर सियरिङ हुँदा गलत अर्थ लाग्ने भन्दै यसलाई सबैको सहमतिले पदको जिम्मेवारी वाँडफाँड गरि नेतृत्व छान्न सबै पार्टी नेता तथा कार्यकर्ताहरुलाई सुझाव समेत नेता गौतमले दिए । उनले तलतल सम्मै पार्टीको जिम्मेवारी मिलाएर लगेमा अधिवेशन सफल हुने धारणाका साथ पावर सियरि हुँदा सबै साँडे साँडे हुने र गलत अर्थ लाग्ने कुरा सुझाए । अधिवेशनको खुल्ला सत्रको अन्तिम तिर बोल्दै गौतमले नेता तथा कार्यकर्ताहरुलाई फुर्काउने हिसावले सल्लाहा दिएर उदयपुरको नेतृत्व चयन सर्वसहमत हुने बुझेको जनाए । उनले चुनावले तला...
एमाले अध्यक्ष उदयपुरमा समन्वय प्रमुख परियारको पनि दावी, भन्छन्” अरुको दावी थाहा छैन्

एमाले अध्यक्ष उदयपुरमा समन्वय प्रमुख परियारको पनि दावी, भन्छन्” अरुको दावी थाहा छैन्

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २३ नेकपा एमाले उयदपुरको अध्यक्षमा खड्ग परियारले पनि दावी गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका परियारले पार्टी प्रति आफ्नो पूर्ण जिम्मेवार र योगदानको महत्वपूर्ण भुमिका रहेको भन्दै नेतृत्वको दावी गरेको जनाएको छ । परियारले पार्टीको आठौँ अधिवेशनमा अध्यक्षको दावी गर्दै आफ्नो नेतृत्व जिल्लालाई आवश्यक रहेको समेत जनाए । उनले अध्यक्ष पदका लागि दावी गर्ने पहिलो व्यक्ति समेत आफै रहेको पूर्णपुष्टिलाई जानकारी गराए । अहिले सम्म को कतिले अध्यक्षमा दावेदीरी दिएको जानकारी छ भन्ने प्रश्नमा परियारले भने अहिले सम्म मनै पहिलो हो अरुले दावी गरेको थाहा छैन् , मैले आफ्नो दावी प्रस्तुत गरिसेको छु, परियारले भने । यता पार्टी अध्यक्षमा अन्य व्यक्तिहरुले पनि दावी गरेको कुरा बाहिरिएको भएपनि परियारले भने आफुलाई थाहा नभएको बताए । तर अध्यक्षका लागि एमाले सचिव समेत रहेका परमेश्वर घिमिरे, ए...
अध्यक्षमा पहिलो हक छ : घिमिरे

अध्यक्षमा पहिलो हक छ : घिमिरे

Breaking News 1, Purnapusti TV, राजनीति, समाचार
नेकपा एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरेको बलियो उम्मेदवारी देखिएको छ । हाल पार्टीको जिल्ला सचिव रहेका घिमिरेले पार्टीप्रतिको भुमिकाका कारण अध्यक्षमा दावी रहेको बताएका छन् । “अवको नेतृत्वमा मेरो हक लाग्छ” पूर्णपुष्टि प्रश्नमा उनले भने “मेरो बलियो उम्मेदवारी हो ।” आजबाट एमाले उदयपुरको तीनदिने जिल्ला अधिवेशन सुरु भएको छ । थप कुराका लागि भिडियो सुन्नुहोस् । https://youtu.be/S7Rw2st_AWc...
एमाले उदयपुरको जिल्ला अधिवेशन आज, युवाहरुले गरे अधिवेशनको भव्य तयारी

एमाले उदयपुरको जिल्ला अधिवेशन आज, युवाहरुले गरे अधिवेशनको भव्य तयारी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २३ नेकपा एमाले उदयपुरको आठौँ जिल्ला अधिवेशन आज गाईघाटको टाउन हलमा हुँदैछ । पार्टीले आज उदयपुर सहित करिब ६१ जिल्लाहरुमा एकैसाथ जिल्ला अधिवेशन गर्ने तयारी भईरहेको जनाएको छ । ६१ बाहेक बाँकि जिल्लाहरुमा भने पछि मात्र अधिवेशनका लागि तयार गर्ने पार्टीले जनाएको छ । उदयपुरमा अधिवेशनका लागि केहिदिन अघि बाटै भव्य तयारी भईरहेको छ । उदयपुरको जिल्ला अधिवेशन सफल बनाउन युवाहरुले बढ्दो र सक्दो सक्रियता देखाएको पाईएको छ । युवा संघ ताप्ली गाउँपालिकाका इन्चार्ज तथा अधिवेशनका युवा संयमसेवक समिप राईका अनुसार अधिवेशन सफल बनाउन प्रचारप्रसारलाई तिव्र बनाउने काममा युवाहरु पूर्ण लागेको जनाए । अधिवेशनको पहिलो दिन बाटै युवाहरुको सक्रियतामा गाईघाट बजारको मुख्य चोक तथा बजारतिर झण्डा लगायत प्रचार व्यानरहरले सजाउने काम गरिएको राईले जनाए । राईका अनुसार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति उदय...
नमुना मावि भलायडाँडामा भित्तेपत्रिका प्रकाशन

नमुना मावि भलायडाँडामा भित्तेपत्रिका प्रकाशन

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि (उदयपुर), पुस २२ । उदयपुरको उदयपुरगढी गाउँपालिका स्थित नमुना माध्यामिक विद्यालय भलायडाँडाले विद्यार्थीहरुलाई भित्ते पत्रिका तालिम दिएको छ । विद्यार्थीहरुलाई सुचना र प्रविधिमा पनि जानकार बनाउन दुईदिने भित्ते पत्रिका तालिम दिएको हो । विद्यालयका प्रधानाध्यापक देवीबहादुर राईका अनुसार कक्षा ११ र १२ का १५ जना छात्र–छात्रालाई तालिम दिइएको हो । उनीहरुले विद्यालयमा नियमितरुपले द्वैमासिक भित्ते पत्रिका प्रकाशन गर्नेछन् । भित्तेपत्रिकामा विद्यालयको शैक्षिक समाचारका साथै कथा, कविता जस्ता साहित्य सिर्जनामार्फत शिक्षा, स्वस्थ्य सन्देश प्रकाशन गर्नेछन् । साथै सामाजिक गतिविधिहरुसमेत समेट्ने छन् । तालिममा नमुना भित्ते पत्रिका प्रकाशन गरिएको छ । तालिमका सहभागिहरुले दुईदिनसम्म सिकेर तयार पारेको भित्ते पत्रिकामा सुचनामुलक समाचार तथा सन्देशमुलक कथा, कविता, गजल, लेख आदि प्रकाशित छन् । चित्र, ...
३ बर्षमै सक्नु पर्ने उदयपुर – खोटाङको धाप्लाङघाट पक्की पुल ५ बर्ष बितिसक्दा पनि उस्तै

३ बर्षमै सक्नु पर्ने उदयपुर – खोटाङको धाप्लाङघाट पक्की पुल ५ बर्ष बितिसक्दा पनि उस्तै

Breaking News 1, समाचार
बिक्रम राई, पूर्णपुष्टि, पुष २२ राष्ट्रिय योजनाको रुपमा रहेको उदयपुर खोटाङ जोड्ने धाप्लाङघाट पक्की पुलको काम ५ बर्ष देखि अलपत्र परेको छ । ३ बर्षमै सक्नु पर्ने उक्त पक्की पुल योजना ५ बर्ष बितिसक्दा पनि काम सुरु नभएको स्थानीयहरुले जनाए । वारी र पारी २ ठाउँमा पिलर गाड्ने काम समेत पुरा नगरी योजना अलपत्र अवस्थामा छाडिएको स्थानीयहरुको भनाई छ । उदयपुरको त्रियुगा नगरपालिका १४ र खोटाङ बाराहा पोखरी गाउँपालिका वडा नं २ मा जोडिने सो पुलको सिलिन्यास ५ बर्ष अगाडी प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका थिए । पुल निर्माणपछि खोटाङ उदयपुरलाई यातायातमा सहज बनाउन ठुलो सहयोग पुग्ने भन्दै खुसी भएका स्थानीयहरु ५ बर्ष बितिसक्दा पनि राष्ट्रिय योजना जस्तो पुल निर्माणको काम १ प्रतिशत समेत सुरु नभएपछि निरास भएको छ । करिब २२ करोड हाराहारीमा पुल निर्माण योजनाको ठेक्का सोछन्द निर्माण सेवा कम्पनीले लिएका थ...
कोशी कोरिडोर निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध : मन्त्री कार्की

कोशी कोरिडोर निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध : मन्त्री कार्की

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, पुष २२ उदयपुरको ताप्ली गाउँपालिका–५ स्थित यारी खोलामा प्रदेश सरकारद्धारा निर्माण गरिएको मोटरेवल पुलको उद्घाटन प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीद्धारा भएको छ । सोही कार्यक्रममा उदयपुरको भाग्य र भबिष्यसँग जोडिएको कोशी कोरिडोर (घुर्मी–चतरा सडक) निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री कार्कीले बताउनुभयो । मन्त्री कार्कीका अनुसार आफू पनि यही भेगको स्थानीय भएकाले यस क्षेत्रका समस्याहरुको बारेमा राम्रो सँग बुझेको र कोशी कोरिडोरलाई नयाँ ढंगबाट अगाडी बढाउन प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गर्न तयार रहेको जानकारी गराउनुभयो । कोशी कोरिडोर यस क्षेत्रको समृद्धिको मुल आधार हुने भएकाले यसलाई अगाडी बढाउन काठमाण्डौ डेलिकेसन जान आफू तयार रहेको समेत प्रष्ट पार्नुभयो । मन्त्रालयका सचिव लगाएत ईन्जिनियरहरुको टोली लिएर पुल उद्घाटन गर्न पुगेका कार्कीले भन...
त्रियुगा नगरपालिका १४ बाँजगरामा आधारभूत स्वास्थ्य सेवा सुरु

त्रियुगा नगरपालिका १४ बाँजगरामा आधारभूत स्वास्थ्य सेवा सुरु

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष २१ त्रियुगा नगरपालिका १४ नं वडाले धाप्लाङ बाँजगरामा आधारभूत स्वास्थ्य सेवा संञ्चालनमा ल्याएको छ । स्थानीयहरुलाई स्वास्थ्य क्षेत्रमा टेवा पुराउने भन्दै आधारभूत स्वास्थ्य सेवा संञ्चालनमा ल्याईएको हो । आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाट बुधबार त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उपप्रमुख देवी कुमारी चौधरी तथा त्रियुगा नगरपालिकाका सामाजिक विकास संयोजक मान वहादुर राई सहितले गर्नुभयो । भवन उद्घाट गर्दै मेयर चौधरीले त्रियुगा नगरपालिकाका बिभिन्न स्थानीय गाउँ ठाउँमा स्वास्थ्यको पहँुच तिव्र गतिमा बढ्दै गएको बताउनुभयो । मेयर चौधरीले नगरको समृद्ध नारालाई जोड दिँदै जनताहरुकै माग अनुरुप स्वास्थ्य, शिक्षा जस्ता कुरालाई स्थानीय जनप्रतिनिधिहरुलाई पहिलो प्राथामिकतामा राखेर काम गरेको बताउनुभयो । मेयर चौधरीले नगरको विकासमा यस स्वास्थ्य सेवा केन्द्रले थप एक इटा थप्न सह...