Tuesday, August 25News That Matters

Breaking News 1

विमानस्थलमा मन्त्री आलेले गरे छड्के अनुगमन, कोरोना परिक्षणमा मनोमनी शुल्क लिनेलाहरुलाई नियन्त्रणमा लिन दिए निर्देशन

विमानस्थलमा मन्त्री आलेले गरे छड्के अनुगमन, कोरोना परिक्षणमा मनोमनी शुल्क लिनेलाहरुलाई नियन्त्रणमा लिन दिए निर्देशन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक १३ संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम वहादुर आलेले विमानस्थलमा आकस्मिक छड्के अनुगमन गरेको छ । यात्रुहरुको सेवा सुविधालाई सहज बनाउने प्रतिवद्ध सहित आकस्मिक कडाई अनुगमनमा विमानस्थल पुगेका मन्त्री आलेले कर्मचारीहरुको काममलाई निगरानी गरेको छ । अनुगमनको क्रममा कोरोना खोपको नाममा प्रयोगशालाहरुले लापर्वाहि तथा मनोमनी ढंगले शुल्क लिएको कुरालाई आपत्ति जनाउँदै त्यस्ता प्रयोगशालाहरुलाई तत्कालै नियन्त्रणमा लिन निर्देशन दिएका छन् । अनुगमनको क्रममा मनोमनी गरेको पाइएका प्रयोगशालाहरुलाई आईतबार सम्म शुल्क घटाउन समय दिएको छ । मन्त्री आलेले आईतबार फस्ट हाउरमै शुल्क नघटाउनु पर्ने र यदि नघटाए त्यस्ताले प्रयोगशाला चलाउनै नपाउने बताए । उनले शुल्क घटाएर जनताहरुको हितमा कोरोना परिक्षण गर्नेहरुलाई मात्र प्रयोगशाला संञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्री आलेले विमानस...
हेडसर नै एमाले नगर अध्यक्ष

हेडसर नै एमाले नगर अध्यक्ष

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कात्तिक १३ । केही समयअघि “शिक्षकले राजनीति गरे जागिर चट” भन्ने कुरा निकै चर्चामा थियो तर, अहिले उदयपुरमा एकजना हेडसर नेकपा एमालेको नगर अध्यक्ष भएका छन् । शिक्षकको नेतृत्वले नपुगेर एमाले राजनीतिको नेतृत्व ओगट्ने हेडमास्टर हुन् केशब घिमिरे । उनी त्रियुगा नगरपालिका अन्तर्गत वडा नं. १३ असारी स्थित जनता आधारभुत विद्यालयका प्रधानाध्यापक हुन् । त्रियुगा नगर एमाले अधिवेशनमा ठूलै अभ्यासपछि उनी अध्यक्ष बनेका हुन् । चारजना मनोनित मध्ये हेडसर पनि एक हुन् । उनले पार्टीमा ठूलै अभ्यास र पावर लगाएर अन्तत अध्यक्ष पद ओगटेरै छाडेका हुन् । तीन/चारदिनको सकसपूर्ण अभ्यासपछि सर्बसहमतमा अध्यक्ष बनेका हुन् । एमालेले देखावटीरुपमा सबैतिर सर्बसहमत गर्न खोजेपनि त्रियुगामा ठूलो सकस पर्यो । त्रियुगामा मनोनयन हुनेहरु पार्टीको चेपुवामा परे । जति गर्दा पनि निर्वाचन नगरी सर्बसहमतिमै टुंग्याउन समय लम्ब्याउने...
चक्कु प्रहार गरी साउदले गरे युवकको हत्या

चक्कु प्रहार गरी साउदले गरे युवकको हत्या

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १३ कैलालीमा चक्कु प्रहर गरी युवकको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले आपसी विवादका क्रममा भजनी नगरपालिका–३ बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्रहार गरी युवकको हत्या गरेको जनाए । टीकापुर नगरपालिका–८ कालीमाटीमा शुक्रबार राति किरण साउदले सोही ठाउँ बस्ने १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या गरेको एसपी अधिकारीले जनाएको छ । एसपी अधिकारीका अनुसार चक्कुु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा शुक्रबार राति नै टीकापुर अस्पतालमा मृत्यु भएको हो । चक्कु प्रहार गरेर फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।...
राज्मन्त्री अधिकारीले गरे उदयपुरका सुरक्षा प्रमुखहरुको टिप्पणी, राज्यमन्त्रीकै देखियो सुरक्षा मापदण्ड बुझाइमा कमजोरी

राज्मन्त्री अधिकारीले गरे उदयपुरका सुरक्षा प्रमुखहरुको टिप्पणी, राज्यमन्त्रीकै देखियो सुरक्षा मापदण्ड बुझाइमा कमजोरी

Breaking News 1, समाचार
पूर्णपुष्टि, कात्तिक १२ । एक प्रदेश राज्यमन्त्रीले उदयपुरमा आज सुरक्षा प्रवन्ध नगरेको भन्दै सुरक्षा प्रमुखहरुको टिप्पणी गरे । कार्यक्रममा संगै सहभागि रहेका प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा अंगका प्रमुखहरुको टिप्पणीससहित आफुलाई स्कर्टिङ नगरेको गुनासो राखे । प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षसमेत रहेका १ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलाबल्लव अधिकारीले यस्तो गुनासो गरेका हुन् । प्रादेशिक सञ्चार प्रतिष्ठान १ नं. प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ शाखा उदयपुरको समन्वयमा भएको पत्रकार आचार संहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रमको औपचारिकता सकिनै लाग्दा राज्यमन्त्री अधिकारीले कार्यक्रममा सहभागि प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादव, जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोरा, सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदी र रास्ट्रिय अनुसन्धान जिल्ला कार्याल...
त्रिउवा संघका अध्यक्ष भगतको रिट खारेज, तीनवर्षे कार्यकाल पाँचवर्ष हुँदा पनि एउटासम्म साधारणसभा नगरेर मनोमानी चलाएको सबै हर्कत छताछुल्ल

त्रिउवा संघका अध्यक्ष भगतको रिट खारेज, तीनवर्षे कार्यकाल पाँचवर्ष हुँदा पनि एउटासम्म साधारणसभा नगरेर मनोमानी चलाएको सबै हर्कत छताछुल्ल

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक ११ आर्थिक अपचलन ठहर गर्दै साधारण सदस्यसमेत नरहने गरी बहुमत कार्यसमितिबाट कारवाहीमा परेका त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटका अध्यक्ष गजेन्द्र भगतले उच्च अदालत विराटनगरमा लगाएको रिट खारेज भएको छ । गत साउन ४ गते दर्ता भएको उनको रिट अदालतले कार्तिक ८ गते खारेज गरेको हो । अध्यक्ष भगतले आफुमाथिको कारवाही रोकि पाऊँ भन्दै आन्तरिम आदेश र कारण देखाउन भनी रिट लगाएका थिए । कार्यसमितिले गरेको कारवाही ठीक देखिएपछि अदालतबाट अध्यक्ष भगतको रिट खारेज गरेको कार्यवाहक अध्यक्ष रमेश रसाईलीले बताए । कारवाहीमा परेपछि अध्यक्ष भगतले कार्यवाहक अध्यक्ष बनेका बरिष्ठ उपाध्यक्ष रसाईलीको काम, कारवाहीसमेत बन्द गर्न र आप्mनै अध्यक्षतामा सञ्चालन गर्न पाउ भन्ने मागसहित रिट दिएका थिए । संघले अध्यक्ष भगतलाई कारवाही गरेको सहि ठहरिए पछि उनको रिट खारेज भएको एक कानुन ब्यवसायीले बताए । अब, उनीमाथिको का...
यौणशोषणको आरोप लागेका उदयपुरका कानुन व्यवसायी केसी एक लाख धरौटीमा छुटे

यौणशोषणको आरोप लागेका उदयपुरका कानुन व्यवसायी केसी एक लाख धरौटीमा छुटे

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १२ महिला बन्धक बनाई यौणशोषण गरेको आरोपमा पक्राउ परेका उदयपुरका कानुन व्यवसायी (वकिल) किरण केसी १ लाख धरौटीमा रिहा भएको छ । करिब २५ दिन हिरासत बसेका केसीलाई अदालतलते १ लाख धरौटीमा छाड्न आदेश दिएको छ । उनलाई १० बर्ष देखि एक विवाहित महिलालाई यौणशोषण गरेको आरोपमा प्रहरीले असोज १८ गते पक्राउ गरेको थियो । महिलाले आफुलाई बिबाह गर्ने देखि अन्य बिभिन्न प्रलोभनमा पारी यौणशोषण गर्दै आएको प्रहरीमा उजुरी दिएपछि वकिल केसीलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको थियो । बिहीबार भएको थुनछेक बहसमा आरोपित सुमन भनिने किरण केसीलाई जिल्ला अदालत उदयपुरले १ लाख रकम धरौटी रकम तिरेर रिहा गर्न आदेश दिएको हो ।महिलाको उजुरीको आधारमा पक्राउ परी अदालत पेश गरिएका वकिल केसीउपरको पूर्ण फैसला बढीमा ६ महिनाभित्र हुने जिल्ला अदालत उदयपुरका श्रेष्तेदार धनबहादुर कार्कीले जानकारी दिए । प्रहरीले अनुसन्ध...
उदयपुरमा जबरजस्ती करणीको आरोपमा शिक्षक राई पक्राउ

उदयपुरमा जबरजस्ती करणीको आरोपमा शिक्षक राई पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक ११ जबरजस्ती गरणीको आरोपमा उदयपुरमा एक जना शिक्षक पक्राउ परेको छ । रौतामाई गाउँपालिका ५ कालिमाटी बस्ने बर्ष २८ को शिक्षक प्रलाद राईलाई स्थानीय एक महिलामाथी जवरजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिए । आफुलाई जवरजस्ती करणी भएको भन्दै पिडित महिलाले प्रहरीमा बिहिबार उजुरी दिएको आधारमा शिक्षक राईलाई पक्राउ गरिएको गौतमले बताए । उनलाई प्रहरीले बुधवार पक्राउ गरेको छ । डिएसपी गौतमका अनुसार पक्राउ परेका राई रौतामाई गाउँपालिका ५ स्थित कालिमाटी माध्यमिक बिद्यालयका शिक्षक हुन् । शिक्षक राईले जबरजस्ती करणी उद्योग गरेको भन्दै महिलाले उनि बिरुद्ध मुद्दा दर्ता गराएको पीडितको आफन्तहरुको भनाई छ । पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।...
त्रियुगा नगरको सामाजिक विकास समितिको जिम्मेवारीमा पुनः अध्यक्ष राई, नगरबासीको आवश्यकता र मर्मअनुरुप काम गर्ने प्रतिबद्धता

त्रियुगा नगरको सामाजिक विकास समितिको जिम्मेवारीमा पुनः अध्यक्ष राई, नगरबासीको आवश्यकता र मर्मअनुरुप काम गर्ने प्रतिबद्धता

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, कात्तिक ११ त्रियुगा नगरपालिकाको सामाजिक विकास समिति संयोजकको जिम्मेवारी पुनः वडा नं. १६ का वडाध्यक्ष मानबहादुर राईले सम्हालेका छन् । दुईदिन अघिदेखि अध्यक्ष राईले सो जिम्मेवारी सम्हालेका हुन् । यसअघि पनि सो जिम्मेवारी सम्हालेको कार्यअनुभवको आधारमा अध्यक्ष राईलाई मेयर बलदेव चौधरीले कार्तिक ८ गते सो समितिको संयोजकको जिम्मेवारी प्रदान गरेका हुन् । उनले जिम्मेवारी पाएपछि मातहतको कर्मचारीहरुसंग बैंठक गरी काम, कारवाही अगाडी बढाएका छन् । उनले सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, पशु, कृषी, सामाजिक सुरक्षा लगायतका शाखाहरुलाई सक्रिय बनाई काम अगाडी बढाउने बताएका छन् । मेयर चौधरीले बीचमा सो समितिको संयोजकमा वडा नं. ११ का अध्यक्ष विश्वराज भट्टराईलाई जिम्मेवारी प्रदान गरेका थिए । हाल अध्यक्ष भट्टराईलाई जिम्मेवारी मुक्त गरी पुनः उनलाई जिम्मेवारी प्रदान गरेका हुन् । यसअघि संयोजक...
झापाबाट ब्राउन सुगर सहित तिन पक्राउ

झापाबाट ब्राउन सुगर सहित तिन पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक ११ झापाको बुद्धशान्ती गाऊपालिका ३ बुधबारे चौक बाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका २ का २३ बर्षीय युरास ईवा लिम्बु, पाँचथर याङवरक गाऊपालिका २ बेतेनी घर भई हाल झापा अर्जुनधारा नगरपालिका ११ बस्ने २५ बर्षीय उमेश बि।क। र ईलाम कोल्बुङ गाऊपालिका २ कुटि डाडा का २३ बर्षीय सुलभ गुरुङ रहेका छन् । हिजो बेलुका साढे ७ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर १० ग्राम २० मिलि ग्राम र गाँजा ११ ग्राम ५० मिलि ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।...
विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री शाक्यले पदबाट राजिनामा दिईन्

विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री शाक्यले पदबाट राजिनामा दिईन्

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक १० बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले  पदबाट राजिनामा दिएकी छिन् । उनले विश्वासको मत नपाउने पक्कापक्की भएपछि पदबाट राजिनामा दिनु परेको हो । प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३, प्रमुख प्रतिपक्षी नेकपा माओवादी २३ र अन्य प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक गरी १०९ सदस्य छन् । प्रदेशसभामा नयाँ सरकार बनाउन र टिकाउन ५५ मत भए पुग्छ । विपक्षी गठबन्धनसँग ५९ मत रहेको छ । ३ मत रहेको विवेकशील साझाले शाक्यलाई विश्वासको मत नदिने बताएको छ । दुई÷दुई मत रहेको नेपाल मजदुर किसान पार्टी, राप्रपाले कुनै प्रतिक्रिया दिएका छैनन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी...