Tuesday, August 25News That Matters

Breaking News 1

९४ तोला चाँदी सहित पक्राउ

९४ तोला चाँदी सहित पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १० मोरङ रतुवामाई नगरपालिका ३ छालगाछी स्थितबाट प्रहरीले ९४ तोला चाँदी सहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय धर्बेन्द्र शर्मा रहेका छन् ।हिजो बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदी सहित पक्राउ गरेको हो । पक्राउ परेका शर्मालाई चाँदी सहित आवश्यक कारबाहीको लागी मुल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।...
बगमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

बगमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक १० बगमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छिन् । पुरा सांसद नपुगेर अल्पमतमै मुख्यमन्त्रीको काम चलाईरहेकी शाक्यले आज भने बिधिगत ढंगले मुख्यमन्त्रीका लागि विश्वासको मत लिने भएकी छिन् । मुख्यमन्त्रीका लागि बागमती प्रदेशमा ५५ जना सांसदको समर्थन हुनुपर्ने छ । १०९ जना प्रदेश सभा सदस्य रहेको बागमतीमा एमालेमा ५६ जना सदस्यहरु मध्य १३ जना सदस्यहरुले नेकापमा एकिकृत समाजवादी रोजेपछि शाक्य मुख्यमन्त्री बनेको एक हप्तामै अल्पमतमा परिन् । आज त्यसैको छिनोफानो गर्ने हिसावले विश्वासको मत लिने तयारी भईरहेको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । गत असोज २४ गते प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेको थियो । प्रस्तावमाथि प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेश सभाका सदस्यहरूसँग आफ्नो पक्षमा विश्वा...
वाह्रवर्षअघि विदेशिएका श्रीमान् घर सम्झेर फर्किएनन्, लास वा श्वास जे हुन्छ श्रीमती खोजिमा

वाह्रवर्षअघि विदेशिएका श्रीमान् घर सम्झेर फर्किएनन्, लास वा श्वास जे हुन्छ श्रीमती खोजिमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक ९ । बैदेशिक रोजगारीको सिलसिलामा वाह्रवर्षअघि मलेसिया गएका श्रीमान् सम्पर्कविहिन भएपछि श्रीमती खोजिमा छिन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ डुम्रेका केशब भनिने धनकुमार राई बैदेशिक रोजगारकै सिलसिलमा सम्पर्कविहिन भएपछि उनकी श्रीमती ज्ञानु राई श्रीमान्को खोजी रहेकी हुन् । श्रीमान् वाह्रवर्षअघि मलेसिया गएका थिए । ६ वर्षसम्म सामान्य सम्पर्कमा आएपछि त्यसयता पुरै सम्पर्क विच्छेदको अवस्थामा रहेको उनले बताइन् । श्रीमान्लाई विदेश पठाउने मान्छे र मेनपावरसम्म नचिनेकी उनलाई कहाँ र कसरी खोज्ने भन्ने समस्या छ । श्रीमान् विदेश जाँदाको ऋणको भार थेगिनसक्नु भैसकेको छ । उनी २०७१ सालमा सदरमुकाम झरेर त्रियुगा नगरपालिका ३ स्थित एक बोर्डिङमा कार्यालय सहयोगीको जागिर गरेर बालबच्चा पाल्दै आएकी छिन् । श्रीमान् सम्पर्कविहिन भइदिएपछि एकछोरा र एकछोरीको पालनपोषण शिक्षादिक्षामा ठूलो संघर्ष ग...
सवारी लाईसेन्सको आवेदन खुल्यो, नयाँ प्रणालीमा परिक्षा दिन पाईने

सवारी लाईसेन्सको आवेदन खुल्यो, नयाँ प्रणालीमा परिक्षा दिन पाईने

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक ९ लामो समयपछि सवारी चालक अनुमति पत्र लाईसेन्सको आवेदन खुलाएको छ । कोरोना माहामारीका कारण ठप्प सवारी लाईसेन्स सोमवार राती बाट खुलाईएको यातायात यातायात व्यवस्था बिभागले जनाएको छ । सवारी लाईसेन्स आवेदन खुले सँगै अब दिईने ट्रायल नयाँ प्रणाली बाट गराईने बिभागको प्रवक्ता डा. लोकनाथ भुसाल जानकारी दिए । भुसालका अनुसार सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने बताए । कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए । नयाँ आवेदन दिनेहरुले अब विभागले ल्याएको अंकभार प्रणालीअनुसार परीक्षा दिनेछन् । लिखित परीक्षामा अब ४÷४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत ...
इलाममा पूर्ण तामाङले गरे श्रीमती र छोरीको हत्या

इलाममा पूर्ण तामाङले गरे श्रीमती र छोरीको हत्या

Breaking News 1, समाचार
पूर्णपुष्टि कार्तिक ९ इलामका पूर्ण तामाङले आफ्नै श्रीमती र छोरीको हत्या गरेको छ । उनले श्रीमती, छोरी र घरपालुवा कुकुरसमेत मारेको आरोप छ। गए राति उनले श्रीमती, छोरी र कुकुरको हत्या गरेको अभियोग छ। देउमाई नगरपालिका वडा नम्बर ५ का ३४ वर्षका पूर्णचन्द्र तामाङ (कमल) ले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले घटनास्थलतर्फ प्रहरी गइरहेको बताए । दुई जनाको हत्या भएको जानकारी आएको उनले बताए । ‘प्रहरी घटनास्थल पुगेपछि थप जानकारी आउँछ,’ उनले भने।  ...
उदयपुरमा बालिका करणी गर्ने सप्तरीका युवा पक्राउ

उदयपुरमा बालिका करणी गर्ने सप्तरीका युवा पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक ८ उदयपुरमा ६ बर्षिय बालिका करणी गर्ने सप्तरीका एक युवालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका–१ फत्तेपुर खोरिया टोल घर भई हाल त्रियुगा नगरपालिका–८ साईखोला बस्ने २० वर्षिय दिलु रोक्कालाई प्रहरीले पक्राउ गरेको छ । रोक्काले ती बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले आइतबार विहान पक्राउ गरेको जनाएको छ । पक्राउ परेकोलाई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
पत्रकार किसन राईको भोजपुर जाने क्रममा खोटाङमा लडेर मृत्यु

पत्रकार किसन राईको भोजपुर जाने क्रममा खोटाङमा लडेर मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक ८ हकङमा बसेर पत्रकारिता गर्दै आएका पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु भएको छ । ५४ बर्षिय राईको भोजपुर जाने क्रममा खोटाङ स्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको पंखु खोलामा आइतबार साँझ भिरबाट लडेर मृत्यु भएको हो । ओखलढुंगाको मोलुङ गाउँपालिका–२ टेकनपुरबाट धरान नगरपालिका–१५ बसाइँ सरेका पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष पनि हुन् । उनको सम्पादकत्वमा दुई दशकदेखि हङकङबाट एभरेष्ट साप्ताहिक प्रकाशन हुँदैआएको छ । गाडी रोकेर दिसापिसाब गर्न भन्दै पाखामा जानेक्रममा भिरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताए । राईलाई अस्पतालमा मृत अवस्थामा ल्याइएको मेडिकल सुपरिटेण्डेण्ट डा।वैभव मल्लिकले पुष्टि गरेका छन् । धरानबाट आफन्त आएपछि पोष्टमार्टम गरेर शव जिम्मा दिने तयारी गरि...
एमसीसी पास हुन सबै दल सहमत हुनुपर्छ ः परराष्ट्रमन्त्री खड्का

एमसीसी पास हुन सबै दल सहमत हुनुपर्छ ः परराष्ट्रमन्त्री खड्का

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक ८ नेपाल सरकारको पराष्ट्रमन्त्री डा. नारायण खड्काले सबै दलको सहमतिमा मात्रै एमसीसी पास हुने जनाएको छ । सोमवार उदयपुर स्थित गाईघाटमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खड्काले कांग्रेसको मात्रै धारणाले एमसीसी पास हुन कठिन भएको जनाए । नेपाली जनताहरुको हितमा छ वा छैन भन्ने बारे सबै दल र बिभिन्न क्षेत्रहरु सँग छलफल गरेर मात्रै एमसीसी पास गर्न सकिने खड्काले बताए । खड्काले एमसीसी पास हुन बिषेश गरी गठनबन्धनको सहमति अझै आवश्यक रहेको पनि बताए । मन्त्री खड्काले एमसीसी बारे गहिरो अनुसन्धान गरेर पास गर्ने समेत सम्मेलनमा बताएको छ ।      ...
खोलाले बगाएको वृद्ध मृत अवस्थामा फेला

खोलाले बगाएको वृद्ध मृत अवस्थामा फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक ७ धनकुटा चौबिसे गाऊपालिका ५ बज्रमाई का ७१ बर्षीय भुवन सिंह खड्कालाई खोलाले बगाई मृत्यु भएको छ । आज बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा बगाई वेपत्ता भएको भन्ने जानकारी प्राप्त हुन साथ अस्थाई प्रहरी बिट मौनबुधुक, प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली खटि गई स्थानियबासीहरुको सहयोगमा खोजतालसको क्रममा दिउसो साढे ११ बजे मृत अबस्थामा फेला परेको हो । सो स्थान अस्थाई प्रहरी बिट मौनबुधुक धनकुटाबाट अन्दाजी १७ किलोमिटर उत्तर रहेको छ ।...
उदयपुर बेल्टारमामा एक युवती घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला

उदयपुर बेल्टारमामा एक युवती घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक, ७ उदयपुरको चौदण्डीगढी नगरपालिका ७ मा एक युवती आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छिन् । उनि घरभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । मृतक हुने युवती चौदण्डीढी नगरपालिका वडा नं ७ निवासी नेकपा माओवादी केन्द्रका तथा बेल्टार जुत्ता शोरूमका सञ्चालक केशव अधिकारीका कान्छी छोरी अनुजा अधिकारी हुन् । घटना बारे कुनै कारण खुल्न नआए पनि प्रहरीले घटना प्रकृतिलाई आत्महत्या भएको हुन सक्ने जनाएको छ ।...