कम्युनिष्ट आन्दोलनलाई जोगाउन एमालेमा विद्रोह निरन्तर चलिरहन्छ ः पोलिट व्युरो सदस्य चौधरी
पूर्णपुष्टि, कार्तिक ७
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिट व्यूरो सदस्य, प्रदेश नं. १ का उपाध्यक्ष तथा जिल्ला इन्चार्ज बलदेव चौधरीले कम्युनिष्ट आन्दोल बचाउका लागि एमालेमा बिद्रोहको आवश्यक रहेको बताए । चौधरीले शनिवार नेकपा एस त्रियुगा नगर कमिटिीको सपथ ग्रहण तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै एमालेमा बिभिन्न खरबा व्यक्ति र खराब सोँचका व्यक्तिहरुका कारण एमाले बिभाजन र बिद्रोहमा पुगेको बताए ।
अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पु¥याएको पार्टीलाई थिलथिलो र बदनाम गरेकाले कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि हामीले बिद्रोह गरेका हौं नेता चौधरीले भने । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीले कम्युनिष्ट आन्दोलन बिर्सजन तिर लागेपछि लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि न्यायपूर्ण बिद्रोह गरेका छौं । बिद्रोहलाई हामीले बाध्यता भन्दा पनि ऐतिहासिक आवश्यकता ठानेका छौँ ।...








