Tuesday, August 25News That Matters

Breaking News 1

१ नेपालीले ७ भारतीय प्रयोग गरी मोरङको सिटिजन बैँक लुटेको प्रहरी अनुसन्धानमा खुल्यो

१ नेपालीले ७ भारतीय प्रयोग गरी मोरङको सिटिजन बैँक लुटेको प्रहरी अनुसन्धानमा खुल्यो

Breaking News 1, समाचार
पूर्णपवुष्टि, असोज २६ ७ भारतीयको संलग्नमा मोरङका सिटिजन बैँक लुटपाट भएको भने पनि यसमा मुख्य योजनाकार भने नेपाली नै रहेको अनुसन्धानमा खुलेको छ । मोरङको कमर्सियामा रहेको उक्त सिटिजन बैँक सोमबार दिउँसो ८ जनाको समूहले लुटपाट गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार सोमबार राति करिब १० बजे बैंकले २१ लाखभन्दा बढी रकम लुटपाट भएको जानकारी गराएको हो । उनले लुटपाटमा संलग्न मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरिसकेको जनाए । हतियारसहित आएको समूहले बैंकको सो शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटेको जनाएको छ । सो रकम लुटेरा समूहले नै लुटेको निष्कर्षमा प्रहरी प्रशासन पुगेको छ । प्रहरीका अनुसार बैँक लुट्ने मुख्य योजनाकार बिराटनगर माहानगरपालिकाका–३ मुनालपथका ३२ वर्षीय श्याम मुखिया भएको र अन्य भारतीय नागरिकलाई उनले नै बोलाएको प्रहरीले बताएको छ । प्र...
बाघको आक्रमण बाट बर्दियामा जनक बहादुर थारुको मृत्यु

बाघको आक्रमण बाट बर्दियामा जनक बहादुर थारुको मृत्यु

Breaking News 1
पूर्णपुष्टि, असोज २६ बर्दिया बाघ आक्रमण परि फेरी अर्का एक जना ४० बर्षिय पुरुषको ज्यान गएको छ । बर्दिया स्थित गेरुवा गाउँपालिका ४ ढुकुनियामा जनक बहादुर थारुलाई बाघले आक्रमण गरेको प्रत्यक्षदर्शीले जनाए । सोमबार दिउँसो गेरुवा गाउँपालिका–४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा उनलाई बाघले आक्रमण गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार उनलाई बाघले घिसार्दै जंगलमा लगेको थियो । खोजी गर्ने क्रममा गएराति साढे ११ बजे उनको शव गेरुवा गाउँपालिकाको गोर क्षेत्रमा फेला परेको थियो ।...
खोजीखाने, खोसी खाने र खोस्री खाने (व्यङ्ग्यनिबन्ध)

खोजीखाने, खोसी खाने र खोस्री खाने (व्यङ्ग्यनिबन्ध)

Breaking News 1, बिचार
खोसीखाने वर्गको मान्छे यस्तो मसाल्चीहो । उसको हातमा हमेसा एक दनदनाउँदो मशाल रहन्छ । जब कहीँ मौरीले मह जम्मा गरेको गन्ध थाहा पाउँछ । एक झमटमा त्यहाँ पुगेर मौरीको घारमा मशाल झोस्छ । मौरीलाई पनि डढाएर सोत्तर पार्छ । मह पनि आफ्नो कब्जामा लिएर तनतनी पिउन थाल्छ । भनेको मतलब मौरीरूपी खोस्री खाने वर्गका मान्छेलाई खोसी खाने मसाल्चीले युगयुगदेखि जनगणको घारमा पुल्ठो झोस्तै आएका छन् । मह चाट्दै आएका छन् । – पुण्य कार्की           बन्दाबन्दीको यो फुर्सदी क्षणमा को को के के खाएर, कसरी कसरी बाँचेका रहेछन् मान्छे ? यस विषयमा मन्थन गर्दा तीनखाले मान्छेका मुहारहरू मेरो मस्तिष्कमा उत्रे । एकथरी मान्छे खोजीखाने मान्छे छन्, दोस्रो थरी मान्छे खोसी खाने छन् र तेस्रो थरी मान्छे खोस्री खाने छन् । मेरो गाउँ समाज मात्रै होइन, संसारैभरि जहाँतहीँ यिनै तीनवर्गका मान्छेको व्याप्ति देख्छु । जति नै पेसा, व्यवसाय र ...

दशैंको मुखमा कोरोना प्रभावितलाई राहत वितरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २५ । त्रियुगा नगरपालिका वडा नं. १३ का कोरोनाभाइरस माहामारीवाट प्रभावित दैनिक ज्यालादारीमा आश्रित अतिविपन्न परिवारलाई राहत वितरण गरिएको छ । त्यस्ता १ सय २४ घरधुरीका परिवारलाई आज एक समारोहकावीच राहत सामाग्री वितरण गरिएको हो । समाज सेवी समुहको समन्वयमा टेवा नेपाल धापाखेल ललितपुरको ३ लाख रुपैया आर्थिक सहयोगबाट स्थानीय त्रियुगा महिला कृषक समुहले राहत सामग्री वितरण गरेको हो । कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष शसीकला चौधरीले गर्नुभयो भने प्रमुख अतिथि त्रियुगानगरपालिका वडा नं. १३ की वडाध्यक्ष पशुपति चौधरी, विषेश अतिथि समाज सेवी समुहका जिल्ला संयोजक विनोदकुमार कार्की हुनुहुन्थ्यो । अतिथिहरु साहारा कृषि सहकारी संस्थाका अध्यक्ष सिताराम चौधरी, चक्लावन्दी खेती प्रवद्र्धनका कार्यवाहकअध्यक्ष् ाभगवान सिंह चौधरी हुनुहुन्थ्यो । मन्तव्यको क्रममा प्रमुख अतिथि वडाध्यक्ष चौरधीले दश...
गाईघाट थारुहट रंगशालामा ओपन जिम संञ्चालन

गाईघाट थारुहट रंगशालामा ओपन जिम संञ्चालन

Breaking News 1
पूर्णपुष्टि, असोज २५ त्रियुगा नगरपालिका १३ थारुहट रंगशालामा ओपन जिम संञ्चालनमा आएको छ । सोमवार त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरी तथा उपमेयर देवी कुमारी चौधरीले निर्माण गरिएको ओपन जिमको संयुक्त उद्घाटन गर्नुभयो । ओपन जिमको उद्घाटन गर्दै मेयर चौधरीले जिम स्वास्थ्यको लागि अति आवश्यक चिज रहेको जनाए । मेयर चौधरीले त्रियुगा नगरको नारालाई पुरा गर्न यस ओपन जिमले थप सहयोग पुगेको बताए । मानव जिवनमा स्वास्थ्य अत्यावश्यक क्षेत्र रहेको भन्दै अव थप स्वास्थ्यका लागि यस जिमले ठुलो महत्व राख्ने चौधरीले बताए । मान्छेले स्वास्थ्यको लागि धेरै खर्चेर निजि जिम हलरुमा जानु पर्ने बाध्यतालाई अन्त्य गर्दै यसलाई व्यवस्थीत तरिकाले सबैले प्रयोग गर्न पाउने मेयर चौधरीको भनाई छ । जिमका लागि आवश्यक सम्पूर्ण भौतिक साधनहरुलाई खुल्ला फिल्डमै जडान गरी ओपन जिमको सुरुवात गरिएको त्रियुगा नगरपालिका युवा तथा खेलकु...
इनरुवामा थुनुवाको मृत्यु भएपछि प्रहरी माथी आक्रमण, प्रहरी सहित दर्जन बढी घाईते

इनरुवामा थुनुवाको मृत्यु भएपछि प्रहरी माथी आक्रमण, प्रहरी सहित दर्जन बढी घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २४ इनरुवामा प्रहरी हिरासतमा रहेको एक थुनुवाको मृत्यु भएपछि मृतक पिडितको आफन्तहरुले इनरुवा प्रहरी कार्यालयमा आतंक मच्याएको छ । सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्धामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मदह किमसाह अनुसन्धानको क्रममा थुनामा थिए । किमसाहको मृत्यु सुनियोजित भएको भन्दै मृतकका आफन्तहरुको ठुलो संख्याले प्रहरी माथी आक्रमण गरेको हो । आक्रमणको क्रममा दोहोरो झडमा परी प्रहरी सहित दर्जन बढी घाईते भएको छ ।प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन् । उता जिल्लाप्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटी भीक्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने...
उदयपुरमा अटो चालकले ८ लाख बराबरको छुटेको गरगहनाको सामान धनिलाई खोजेर बुझाए

उदयपुरमा अटो चालकले ८ लाख बराबरको छुटेको गरगहनाको सामान धनिलाई खोजेर बुझाए

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २४ उदयपुरमा एक अटो चालकले उदाहरणीय काम गरी धन्यवादको पात्र बनेको छ । करिब ८ लाख बराबरको गरगहना र लत्ता कपडाको सामान आफ्नो अटोमा छुटेको अवस्थामा इमान्दारपुर्वक यात्रु तथा सामानको धनिलाई बुझाएको छ । धेरै मानिस यस्ता हुँदैननकी महत्वपूर्ण सामान र पैसाहरु धनिलाई खोजी खोजी बुझाउँ । उदयपुरको कटारीमा भने ति चालकले आफ्नो इमान्दारको भरपुर सदुपयोग गरे । कटारी नगरपालिका वडा नं ४ सिम्लेका खड्ग बहादुर तामाङले शुक्रबार आफ्नो अटोमा छुटेको सामान धनिलाई बुझाएर इमान्दार चालकको परिचय दिए । उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ दनुवारबेंसीकी मेनुका राईको स१ह १२३१ नम्बरको अटोमा ठुलो रकमको गरगहना र अन्य सामानहरु छुटेका थिए । यात्रु ओसार पसारमा व्यस्त रहने ५५ बर्षिय तामाङले त्यो दिनको आफ्नो सबै काम सकेर फर्किए उनले अटो पछाडी हेर्दा केहि गरगहनाको महत्वपूर्ण सामान र लत्ता कपडा देखे । उनले सु...
त्रिनपा १३ मा नेपाल आदिवासी जनजाति वडा समन्वय समिति भेला तथा कमिटि गठन

त्रिनपा १३ मा नेपाल आदिवासी जनजाति वडा समन्वय समिति भेला तथा कमिटि गठन

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २३ त्रियुगा नगरपालिका वडा नं १३ मा नेपाल आदिवासी जनजाति वडा समन्वय समितिको भेला तथा वडा कमिटि गठनको काम भएको छ । शनिवार भेलाले वडा कमिटि गठन पनि गरेको हो । सिंह बहादुर राईको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति रहने गरी वडा कमिटि गठन भएको हो । हाल सम्म त्रियुगा नगरपालिकामा ३ ओटा वडाहरुमा मात्रै कमिटि गठन भएको नेपाल आदिवासी जनजाति माहासंघ त्रियुगा नगर समन्वयका अध्यक्ष भैरब श्रेष्ठले बताए । हाल पालिकाको ७, १२ र १३ मा मात्र कमिटि गठन गरिएको श्रेष्ठले बताए ।वडा कमिटि गठनको काम निरन्तर रहेको श्रेष्ठले बताए । उनले नगरपालिकाको १६ ओटै वडाहरुमा कमिटि गठन गरी मंसिर सम्ममा नगर अधिवेशन गर्ने जनाएको छ ।यस भेला कार्यक्रममा आदिवासी जनजाततिहरुको हकहित बारे बक्ताहरुले कुरा उठाएको छ । सरकारले आदिवासी जनजातिहरुको हकहितमा संविधान नबनाएको भन्दै असोज ३ कालो दिन भन्ने पनि गरिने बक्ताहरुले ब...
गाईघाट बजारमा दशैँको लागि सामान किन्नेहरुको घुँईचो, फोटो फिचर सहित

गाईघाट बजारमा दशैँको लागि सामान किन्नेहरुको घुँईचो, फोटो फिचर सहित

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २३ केहि दिन देखि गाईघाट बजार भिँडभाँडले अस्तव्यस्त छ । यहाँका बजार पसल र बैँङकहरुमा अहिले थेगि नसक्नुको भिँड छ । दशैँको लागि खाद्यन्न, लत्ता कपडा, घरायसी समाग्रीहरु किन्न उदयपुरका सदरमुकाम गाईघाटमा जिल्लाका बभिन्न पहाडी ठाउँबाट मानिसहरु आउने गर्छन् । अहिले गाईघाट बजारको हरेक खाद्यन्न तथा किराना पसल, कपडा पसल, जुत्ता चप्पल पसल, होटल, डिपार्टमेन्ट स्टोरहरु सँगै बैँङ र बैँङ लाईनका बजारका मुख्य चोकहरु भिँडभाँडले भरिएको छ । साथै सामान खरिदका लागि सवारी आवत जावत पनि अत्यादिक बढेको छ । दशैँको लागि घरायसी र लत्ता कपडा किन्नका लागि अहिले दशैँ नजिक मानिसहरु अत्यादिक पसलमा भिँड भएको व्यापारीहरु बताउँछन् । यो बेला सबै खालको घरायसी कुराको आवश्यक पर्ने भएका कारण खाद्यन्न तथा किराना पसलहरुमा सामान खरिदका लागि अत्यादिक भिँडभाँड बढेको बिके किराना पसलका प्रोपाईटर भरत सिंह राईले बता...
दाहसंस्कार गर्दै गरेको युवतीको लाश प्रहरीले नियन्त्रणमा लियो

दाहसंस्कार गर्दै गरेको युवतीको लाश प्रहरीले नियन्त्रणमा लियो

Breaking News 1
पूर्णपुष्टि, असोज २२ जबरजस्ती करणी पश्चात अत्यादिक रत्तश्राप भई मुत्यु भएकी भन्ने आशंकामा एक १४ बर्षिय किशोरीको दाहसंस्कारको क्रममा प्रहरीले लाश नियन्त्रणमा लिएको छ । घटना संकाश्पद रहेको र गैरकानुनि तरिकाले युवतिको मृत्यु पश्चात ढाक छोप गर्न लाश गाड्न खोजेको भन्ने सुचनाको आधारमा प्रहरीले वीरगन्ज महानगरपालिका–१३ मुर्ली नयाँटोलस्थित कब्रिस्तानमा एक भारतीय युवतीको दाहसंस्कार गर्दागर्दै प्रहरीले शव नियन्त्रणमा लिएको हो । लाश नियन्त्रणमा लिई प्रहरीले उक्त शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ । ‘जबरजस्ती करणी भई अत्यधिक रक्तस्राव भएपछि उपचारका क्रममा युवतीको मृत्यु भएको खबर आएको पर्सा प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए, ‘घटना लुकाउन शव गाड्न लाग्दा प्रहरी पुगेको थियो, प्रहरीले किशोरी घाँटीमा समेत डाम देखिएको जनाएको छ । रक्तस्रावको कारण थप अनुसन्धानबाट पुष्टि हुने प्रहरी...