झडपकाे विषयमा प्रहरी र ब्यापारी प्रतिनिधिबीच छलफल
पूर्णपुष्टि, जेठ २६ ।
प्रहरीले गाइघाट बजारमा सर्बसाधारणलाइ लाठी प्रहार गरेको भन्दै गाइघाटका ब्यापारीहरूले गुनासो गरेका छन् । उनीहरूले घरअगाडी बसेका सर्बसाधारणलाइ पनि लाठीचार्ज भएको बताएका छन् ।
आज साँझ गाइघाटमा राखिएको तरकारी प्रहरीले हटाउने क्रममा व्यापारीहरूसंग झडप परेको थियो । त्यसक्रममा प्रहरीले तरकारी फालिदिनुका साथै लाठी प्रहार गरेको व्यापारीहरूको आरोप छ ।
प्रहरीले भने लकडाउनको बेला भिडभाड हटाउन र प्रशासनले विहान ११ बजेसम्म मात्र बजार, पसल खोल्ने समय तोकेकाले साँझमा राखिएका तरकारी पसलहरू हटाउदा सामान्य बल प्रयोग गरेर भिड हटाउनु परेको जनाएको छ ।
कुटपिटको गुनासो आएपछि व्यापारीका प्रतिनिधीहरू र प्रहरी अधिकारीबीच छलफल भएको छ । छलफलका क्रममा व्यापारीहरूले प्रहरी ज्यादती भएको गुनासो राखेका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले व्यापारी प्रतिनिधिहरूको गुनासो सुन...









