आजको राशिफल
वि.सं. २०७६ भदौ ४ गते बुधबार, इ.स. २०१९ अगस्ट २१, ने.सं. ११३९ गुँलागा, भाद्र कृष्णपक्ष सप्तमी तिथि
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि हुनेहरुको आजको दिन अवसर प्राप्त भए पनि भेटघाटले अलमल्याउन सक्छ । लगनशीलताले नयाँ नयाँ काम गर्ने अवसर प्रप्त हुने छ । विवादास्पद कामको जिम्मेवारी लिनाले धन लाभ भएपनि अत्मसम्मानमा बाधा हुने छ । स्वास्थ्यका लागि खर्च बढ्ने योग रहेको छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बा)
यो राशी हुनेहरुको लागि आजको दिन खर्च बढाउनेछ । विश्वासमा धोका पाईएला । काम बढी गर्नु पर्ला । व्यापारमा लगानी बढी नाफा कम हुने छ । अवसरवादीहरूबाट सजग रहनुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यो राशि हुनेहरुको लागि आजको दिन अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान जाने छ । प्रतीक्षा गरेको नतिजाले उत्साह जगाउन...




