Monday, August 24News That Matters

Breaking News 1

नहरमा हाम फाल्दा भारतिय बालिकाको मृत्यु

नहरमा हाम फाल्दा भारतिय बालिकाको मृत्यु

Breaking News 1
सुनसरी फाल्गुन,२८ नहरमा हाम फालेर एक भारतीय बालिकाको मंगलबार मृत्यु भएको छ । भारत मोतिहारी जिल्ला घर भई बराहक्षेत्र(१ मामा घर बस्दै आएकी १६ बर्षीय  काजल साह मृत अवस्थामा फेला परेकी हुन् । मामा सन्तोष शाह को घरमा बस्दै आएकी काजल हिजो बिहान पौने ११ बजे चतरा नहरमा हाम फाल्दा मृत्यु भएको हो । घटना लगत्तै प्रहरीलाई खबर प्राप्त भएको अनुसार इलाका प्रहरी कार्यलय चताराले स्थानीयहरुको सहयोगमा खोजी कार्य राखेका थिए । खोजी कार्यको क्रममा दिउँसो साढे २ बजे चतारा नहरमा काजलको शव फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । घटनाको अनुसन्धान तथा कानुनी कार्वाही बारे प्रहरीले छानविन गर्ने जनाएको छ । यो पनि पढ्नुहोस झापा दमक ९ का  ६१ बर्षीय उम बहादुर मगरको अटो दुर्घटनामा परी  मृत्यु भएको छ । हिजो बेलुका  पौने ९ बजे दमक ५ हरीओम कोलेनी छेउ भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरे...
आदिवासी संग्रहालय बनाउने वडाध्यक्षकाे प्रतिवद्धता

आदिवासी संग्रहालय बनाउने वडाध्यक्षकाे प्रतिवद्धता

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २५ । सम्पुर्ण जातजातिको भावनालाई सम्बोधन गर्नेगरी बेलका नगरपालिकाको वडा नं ४मा बहुजातिय संग्रहालय बनाउने वडा नं ४ का वडाध्यक्ष दिपक दंगालले बताउनु भएको छ। आज फागुन २५ गते नेपाल आदिवासी जनजाती महासंघ बेलका नगरले वडा नं ४ का आदिवासी जनजातिहरुका लागी चलाएको १ दिने प्रशिक्षण कार्यक्रममा वडाध्यक्ष दंगालले सो कुरा वताउनु भएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा अध्यक्ष दंगालले आफु आदिवासी जनजातीकै काखमा हुर्किएको बाल्यकाल सम्झदै आदिवासी जनजातिको मनोभावनालाई नजिकबाट आफुले बुझेको बताउनु भयो। कार्यक्रमका सभाध्यक्ष तथा नेफिन बेलकाका अध्यक्ष ललित राईले नेपालले अन्तराष्ट्रीय कानुन मान्छु भनेर संयुक्त राष्ट्र संघको पक्षधर राष्ट्र भई बडापत्रमा हस्ताक्षर गरेकोले आफुहरुले कानुन पालना गरिदिनुस मात्र भनेको वताए ।अध्यक्ष राईले आदिवासी जनजातिलाई प्रभाव पार्ने राज्य संयन्त्रक...
गाईघाट बाट दिक्तेलको लागि छुटेको अन्तिम बस हलेसीको राजापानीमा भयानक दुर्घटना

गाईघाट बाट दिक्तेलको लागि छुटेको अन्तिम बस हलेसीको राजापानीमा भयानक दुर्घटना

Breaking News 1
खोटाङ/फागुन, २३ गाईघाट बाट दिक्तेलको लागि शुक्रबार ४ बजे छुटेको अन्तिम बस शनिवार खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीमा दुर्घटना भएको छ । प्रदेश २–०१–००१ ख ००२७ नम्वरको खोटाङ यातायातको बस राजापानी रेग्मीटार लुक्लाभीर नजिकै दुर्घटना भएको हो । बस सडक बाट २५० मिटर तल खोलामा खसेको थियो । बस भयानक दुर्घटना भएपनि यात्रुहरु भने सबै शकुसल अवस्थामा रहेको छ । गाईघाटबाट केही यात्रुहरु लिएर छुटेको बस बाटोमा दिक्तेल जाने यात्रुहरुलाई पर्खेर बसेको अवस्थामा दुर्घटना भएको थियो । मान्छे पर्खिन भिरालो ठाउँमा रोकिएको अवस्थामा गाडिभित्र रहेको यात्रुहरु झर्नेक्रममा ओट खुस्कीएर बस भिरमा खसेको थियो । बस खस्दाखस्दै यात्रुहरु भुइमा ओर्लन सफल भएपछि यात्रुहरु भने सबै शकुसल रहेको प्रहरी सहायक निरिक्षक हरि खड्काले जानकारी दिए ।  ...
लागुऔषाध सहित युवा पक्राउ

लागुऔषाध सहित युवा पक्राउ

Breaking News 1
उदयपुर/फागुन, ११ उदयपुरको त्रियुगा नगरपालिका वडा नं ६ का मोहम्मद करिब लागुऔषाध सहित आइतबार पक्राउ परेको छ । करिब ३ बजेको समयतिर लाहान बाट गाईघाट तर्फ आईरहेको लु ५५ प ८७६३ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा करिबको साथबाट डाइजिल्याब ४ एम्फुल, प्रेमेथाजिम ४ एम्पुल, लुफिन ४ एम्पुल प्रयोग गरेको  सिरिन्ज ३ पिस सहित लालपत्ता प्रहरीले करिबलाइ पक्राउ गरेको हो । पक्राउ परेको करिबलाई आवश्यक अनुसन्धान गरी कानुनी अनुसार कार्वाही गरिने प्रहरीले जनाएको छ  ...
सरसफाई तथा दिप प्रज्वलन सँगै प्रजातान्त्र दिवसको समापन

सरसफाई तथा दिप प्रज्वलन सँगै प्रजातान्त्र दिवसको समापन

Breaking News 1, समाचार
गाईघाट/फागनु ८ प्रजातान्त्र दिवसको अवसरलाई अन्तिम दिन पारेर सगरमाथा अञ्चल आयुर्वेद औषधलयको परिसरमा सरसफाई गरिएको छ ।  प्रजातान्त्रका लागि सहिद भएका बीरहरुलाई सम्झँदै उदयपुरमा पनि प्रजातान्त्र दिवस विभिन्न कार्यक्रम सहित भव्य रुपले मनाई रहँदा अन्तिम दिन सरसफाई तथा बिभिन्न कार्यलयहरुमा दिप प्रज्वलन गरी यो दिवस सम्पन्न गरिएको हो । ३ दिने अभियानको रुपमा रहेको सो दिवसलाई  ६ गते बिभिन्न कार्यलयमा दिप प्रज्वलन गर्दै कार्यक्रमको अभियान सुरु गरियो ।  ७ गते विषेश दिनको रुपमा सरकारी निकायहरु सँग प्रजातन्त्र दिवस महत्व र सरोकारवालाहरुको भुमिका सहितको अन्र्तक्रिया ताथ हजारौँको संख्यामा प्रभातफेरी र्याली गरियो भने, आठ गते  बिहिबार सगरमाथा अञ्चल आयुर्वेद औषाधलयको परिसरमा सरसफाई सँगै सम्पूर्ण कार्यलयहरुमा दिप प्रज्वलन गर्दै यसको समापन गरिएको जिल्ला समन्वय समितिको प्रमुख तथा दिवस समारोह समितिका अध्यक...
प्रेममा धोका पाएको भन्दै सप्तकोशीमा हाम फालेर एक युवा वेपत्ता

प्रेममा धोका पाएको भन्दै सप्तकोशीमा हाम फालेर एक युवा वेपत्ता

Breaking News 1
बेलका/माघ,२८ सुनसरीको एक युवाले प्रेममा धोका पाएको भन्दै उदयपुरको बेलका र सुनसरीको चतारा स्थित कोशिपुल बाट हाम फालेर बेपत्ता भएको छ । अन्दाजी इटहरीका ३० वर्षीय राजेश बानियाँ मंगलबार साढे ४ बजे बराहक्षेत्र–१ स्थित कोसी पुलबाट हाम फालेर बेपत्ता भएका हो । कोसीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेखेका थिए । ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन, आसा छ सबै खुसी तिमीले पाउने छौ । गूड बाइ इसु, आसा छ तिमीले मलाई माफ गर्ने छौ । उनले स्टाटसमा लेखेका थिए । एक प्रत्यक्षदर्शीका अनुसार बानियाँ बिहानै देखि बाइकमा पुलबाट ओहरदोहर गरिरहेका थिए । कोसीमा हाम फालेलगत्तै पानी बोटमा सवार यात्रुहरूले बाँस दिएर बचाउने कोसिस गरे पनि उनले बाँस नसमातेको प्रत्यक्षदर्शीले बताए ...
नेशनल लाइफको अभिकर्ताहरुलाई पुनार्ताजकी तालिम

नेशनल लाइफको अभिकर्ताहरुलाई पुनार्ताजकी तालिम

Breaking News 1, समाचार
गाईघाट/माघ,,२५ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले अभिकर्ताहरुलाई प्रोत्साहन पुर्नाताजकी तालिम गाईघाटको ड्रिमल्याण्ड होटलमा शनिवार दिएको छ । कम्पनीमा आबद्धभएर काम गरिरहेका पुराना तथा नायाँ अभिकर्ताहरुलाई अबको विमा योजना बारे नायाँ जानकारी सहित तालिम दिएको गाईघाटका शाखा प्रमुख प्रेममकुमार राइले बताउनुभयो । अभिकर्ता, विजनेस अफिसर, विजनेस म्यानेजर, सिनियर विजनेस अफिसरहरु सहितको उपस्थितिमा तालिम दिएको थियो ।तालिमको सहजीकरण गर्दै प्रमुख राईले विमाले सबैमा फाईदा पुराउने कुरालाई जोड गर्नुभयो । उहाँले आफु सँगै अन्यलाई पनि विमा गराउँदा विमाको फाइदै फाइदा रहेको बताउनभयो । नेपालको पुराना कम्पनीको रुपमा रहेका यस कम्पनीले अन्य विमा कम्पनीहरुको दाजोँमा निकै सेवा सुविधाहरु दिरहेको  बताउनुभयो । कम्पनीले थप विमा योजनाहरु समेत ल्याएको बताउनुभयो ।यस कम्पनीमा विदेशीको २ प्रतिश संस्थापकका ५३ प्रतिश ...