स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनकाे तेस्राे स्थानमा लिम्चुङबुङ सफल
पूर्णपुष्टि, चैत्र ६ ।
सुशासनलाई सुदृढ गर्दै लिम्चुङबुङ गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा) मा फड्को मारेको छ । पालिका जिल्लाको आठ स्थानीय तह मध्ये तेस्रो स्थानमा आएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मञ्त्रालयले फागुन अन्तिममा सार्बजनिक गरेको अन्तिम नतिजा अनुसार ८९.५ प्रतिशत अंकसहित तेस्रो भएको लिम्चुङबुङ विगत वर्षहरु भन्दा फड्को मारेको हो ।
प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राईका अनुसार यो परिणामले पालिका टिम उत्साहित बनेको छ भने पालिकाबासीको सुशासनमा थप पहुँच बृद्धि भएको छ । विगतको अवस्थालाई छिचोल्न निकै मेहनत गरेको उहाँले बताउनुभयो । पालिकाले समयमै योजना सम्झौता, कार्यान्वयन र भुक्तानी तथा बेरुजु फस्यौट, समन्वय, सहकार्य, प्रभावकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन राम्रो परिणाम आएको हो । जिलालाई संघीय सरकारलेृ दिने वित्तीय समानीकरण शिक्षकको बजेट निर्धारणम...









