Monday, August 10News That Matters

Breaking News 1

समता स्कुल गाईघाटको ९ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

समता स्कुल गाईघाटको ९ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

Breaking News 1
पूर्णपुष्टि, १८ फागुन गाईघाट समता स्कुलले नवौँ बार्षिक उत्सव भव्यताका साथ सम्पन गरेको छ । समता एजुकेशन ट्रस काठमाडौद्वारा संचालित समता स्कुल गाइघाटले शनिवार मात्रै आफ्नो नवौँ बार्षिक उत्सव तथा अभिभावक भेला भव्यताका साथ सम्पन्न गरेको हो । त्रियुगा नगरपालिका ११ विशाल नगर टोलमा अवस्थित यस स्कुलले उत्साहजनक अभिभावक भेला गर्न सफल भएको छ । न्युन शुल्कमा गुनस्तरीय शिक्षा प्रदान गर्ने उदेश्य सहित स्थापना भएको समता स्कुल गाईघाटले हाल ८ कक्षा सम्मको पठनपाठन गराईरहेको छ । विद्यालयकी प्रध्यानाध्यापक लक्ष्मी राईका अनुसार आवश्यक कक्षाहरु थप्दै प्लसटु सम्मको अध्यापनलाई अघि बढाईने जनाईन् । अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा बार्षिक उत्सव सम्पन्न भएको हो । बार्षिक उत्सवको अवसरमा सांस्कृतिक कार्यक्रम सँगै खेलकुल र अन्य अतिरिक्त क्रियाकलापहरुमा सहभागी भई उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई सम्म...
उदयपुरमा “राईड टु कोशी” सुरु

उदयपुरमा “राईड टु कोशी” सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १६ फागुन । उदयपुरमा दुई दिने “राईड टु कोशी” कार्यक्रम सुरु भएको छ । “स्वास्थ्यको लागि साईकल एकताको लागि सवारी” भन्ने मुल नाराका साथ उदयपुरमा राईड टु कोशी सुरु भएको हो । उदयपुर जिल्ला साईकल संघको आयोजनामा राईड टु कोशी सुरु गरिएको हो । उदयपुर जिल्लाको बिभिन्न पर्यटकिय स्थलहरुको प्रचार प्रसार र वातावरण प्रदुषण मुक्त अभियानको लागि शुक्रबार गाईघाट स्थित पिपलचोक बाट राईड टु कोशी सुरु भएको जनाईएको छ । उदयपुर जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुको प्रचारप्रसार सँगै वातावरण प्रदुर्षण रोकथाम गर्ने उद्देश्यले राईईड टु कोशी सुरु भएको हो । बिहान गाईघाट बजार परिक्रमा सँगै मदन भण्डारी राजमार्गको पूर्व क्षेत्रहरु बहेडवा, बेल्टार, सुपाडे रामपुर हुँदै कोशी पुग्ने र शनिवार फर्केकर १८ नं बाहिनीमा यात्रा समापन गर्ने जिल्ला साईकल संघले जनाएको छ । कोशी टु राईडका लागि २ सय ३४ राईडर र ६६ जना भोलेन...
उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १६ । उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्से स्थितबाट लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ का १९ बर्षीय दिलिप घिमिरे रहेको कोशि प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलिले घिमिरेको साथबाट डाईजेपाम–६, फेनार्गन–६, आईपिपिएल–६ गरी जम्मा १८ एम्पुल बरामद गरेसँगै नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको सम्बन्धमा जिल्ला प्रहरी कर्यालय उदयपुरबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
लिम्चुङबुङकाे साताै स्थापना दिवसमा पालिका अध्यक्ष मेजरकुमार राईकाे सबैमा सन्देश

लिम्चुङबुङकाे साताै स्थापना दिवसमा पालिका अध्यक्ष मेजरकुमार राईकाे सबैमा सन्देश

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १४ । उदयपुरकाे लिम्चुङबुङ गाउँपालिकाले आज साताै स्थापना दिवस मनाएकाे छ । पालिका अध्यक्ष मेजरकुमार राईले दिवसकाे अबसरमा सबैमा शुभकामना दिनु भएकाे छ । उहाँले पालिकाबासी तथा देशविदेशमा रहेका लिम्चुङ्बुङका शुभचिन्तकहरुलाई सम्मान र सम्झना रहेकाे  सन्देश दिनुभयाे । उहाँले आज लिम्चुङबुङबासीकाे विशेष एतिहासिक दिन भएकाे बताउनु भयाे । पालिका नमुना बनाउने चाैतर्फि अभियान चलिरहेकाे र पालिकाबासीका लागि एकसय एक उपहार पस्कदै आईरहदा अर्काे एक उपहारकाे रुपमा कबर्डहल उद्घाटन गरिएकाे बताउनु भयाे । याेसंगै खेलकुद क्षेत्र विस्तार र खेलकुल पर्यटन विकासमा जाेड दिने घाेषणासमेत गर्नुभयाे । आगामी वर्षकाे स्थापना दिवसमा  पहिलाे म्याराथन दाैड प्रतियाेगितासहितकाे मिनि ओलम्पिक खेलकुद कार्यक्रम गर्ने घाेषणा गर्नुभयाे । त्यसले लिम्चुङबुङलाई थप चिनाउने बताउनुभयाे । उहाँले पर्यटन क्षेत्रमा एभरेष्ट भ्...
लिम्चुङबुङ ब्याडमिन्टन प्रतियाेगितामा अमिन र गगनकाे जाेडी प्रथम

लिम्चुङबुङ ब्याडमिन्टन प्रतियाेगितामा अमिन र गगनकाे जाेडी प्रथम

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १४ । साताैं लिम्चुङबुङ स्थापना दिवस तथा कभर्डहल उद्घाटन समाराेहकाे अबसरमा आज आयाेजित ब्याड्मिन्टन प्रतियाेगितामा पुरुष डबल्सतर्फ अमिन राई र गगन राईकाे जाेडी प्रथम भयाे । विपन राई र हेमन राईकाे जाेडी दाेस्राे भयाे भने ताराकिरण राई र दिलिप कुमार चाैधरीकाे जाेडी तृतीय भयाे । महिलातर्फ मनिषा राई र गिता विष्टकाे जाेडी प्रथम भयाे । ममताकुमारी ठकुरी र तुलसा बाेहराकाे जाेडी दाेस्राे भयाे भने रुपा राई र सरिता राईकाे जाेडा तृतीय भयाे । त्यस्तै दिवसकै अबसरमा आयाेजित टेबलटेनि बल प्रतियाेगितामा साेभित कामत प्रथम, ताराकिरण राई दाेस्राे र ढकबहादुर राई तेस्राे भए । बिजयी टिमहरुलाई पालिका अध्यक्ष मेजरकुमार राई र उपाध्यक्ष पुष्पलाल राईले पुरस्कार प्रदान गर्नुभयाे । पुरषतर्फ प्रथम, दाेस्राे र तेस्राे हुने बिजयी टिमहरुले  क्रमश : १० हजार, आठ हजार र छ हजार पुरस्कार प्राप्त गरे । महि...
लिम्चुङबुङ कभर्डहल उद्घाटन

लिम्चुङबुङ कभर्डहल उद्घाटन

Breaking News 1, Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १४ । साताै लिम्चुङबुङ स्थापना दिवससंगै लिम्चुङबुङ कभर्डहलकाे आज उद्घाटन भएकाे छ । कभर्डहलकाे उद्घाटन प्रमुख अतिथि जिल्ला ब्याड्मिन्टन संघ, उदयपुरका अध्यक्ष कालिदास राई (किसन) ले गर्नुभयाे । गाउँपालिकाहरु मध्ये कभर्डहल उद्घाटन गर्नेमा लिम्चुङबुङ पहिलाे भएकाे छ । कभर्डहलकाे उद्घाटन गर्दै प्रमुख अतिथि राईले गाउँगाउसम्म कभर्डहल स्थापना भईरहेकाेमा खुसि ब्यक्त गर्नुभयाे । संघकाे तर्फबाट लिम्चुङबुङकाे ब्यड्मिन्टन लगायत अन्य खेलकुदमा सहयाेग गर्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयाे । पालिका अध्यक्ष मेजरकुमार राईले लिम्चुङबुङ अन्य क्षेत्र जस्तै खेल क्षेत्रलाई अगाडि बढाएकाे बताउनु भयाे । पालिकालाई खेल पर्यटनकाे रुपमासमेत अगाडि बढाउने उहाँले बताउनुभयाे । ब्याडमिन्टन संघ पूर्व केन्द्रीय उपाध्यक्ष रमेश भट्टचनले लिम्चुङ्बुङले कबर्डहल निर्माण गर्नु आफैमा सिर्जनात्मक काम भएकाे बताउ...
सेना दिवसमा बाेक्सेमा भब्य प्रदर्शनी

सेना दिवसमा बाेक्सेमा भब्य प्रदर्शनी

Breaking News 1, Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन ११ । उदयपुर महाशिवरात्रि तथा २६२ औ सेना दिवसकाे अवसरमा उदयपुरकाे बाेक्सेस्थित नेपाली सेनाकाे श्री पशुपति प्रसाद गण, बाेक्सेले वक्तृत्वकला प्रतियोगिता र फाेटाे तथा बृहत प्रदर्शनी आगामी १३ गते गर्ने भएकाे छ । सेनाले `बिश्व शान्ति स्थापनामा नेपाली सेनाको भूमिका´ विषयक अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता गर्ने र विभिन्न सेनाकाे गतिविधिसंग सम्बन्धित फाेटाे तथा बृहत प्रदर्शनी गर्ने भएकाे जनाएकाे छ । प्रदर्शनी सेना ब्यारेकभित्र नै हुने र प्रवेश निःशुल्क गरिएकाे जनाईएकाे छ ।...
६ महिनामा उदयपुरबाट ६ हजार बढी वैदेशिक रोजगारीमा

६ महिनामा उदयपुरबाट ६ हजार बढी वैदेशिक रोजगारीमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ९ । उदयपुरको त्रियुगा नगरपालिकामा वैदेशिक रोजगारीको अवस्था चिन्ताजनक रहेको एक अध्ययनले देखाएको छ । बिहिबार नगरपालिकाको सभाहलमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांक अनुसार नगरपालिकाको कुल २५,६२३ घरधुरीमध्ये करिब एक चौथाई अर्थात् ६,२८५ घरधुरीका युवाहरू वैदेशिक रोजगारमा गएका छन् । त्रियुगा नगरपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन (सामी) को तथ्यांक अनुसार वैदेशिक रोजगारमा गएका युवाहरूमध्ये १,४८६ जना स्वदेश फर्किसकेका छन् भने ४,७९९ जना अझै विदेशमै कार्यरत छन् । विदेश गएका युवाहरूको मुख्य गन्तव्य मलेसिया र खाडी मुलुकहरू रहेका छन् । विशेषगरी साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारमा उल्लेख्य संख्यामा त्रियुगाका युवाहरू रोजगारीमा छन् । चिन्ताजनक पक्ष के छ भने विदेशमा कार्यरत ४,७९९ युवामध्ये मात्र ८९९ जनाले सीप सिकेर गएका छन् । सीपको अभावमा अधिका...
त्रियुगा नगर स्तरीय बिज्ञान तथा कला प्रदर्शनी : कला तर्फ पुष्पाञ्जली प्रथम

त्रियुगा नगर स्तरीय बिज्ञान तथा कला प्रदर्शनी : कला तर्फ पुष्पाञ्जली प्रथम

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ८ फागुन । त्रियुगा नगरपालिका नगर स्तरीय बिज्ञान तथा कला प्रदर्शनीमा पुष्पाञ्जली शिशुबाटिका आवासिय बोर्डिङ गाईघाट प्रथम भएको छ । बिहिबार त्रियुगा मावि गाईघाटमा आयोजित प्रदर्शनीमा कला तर्फ पुष्पाञ्जली बाटिकाकी इसिका साह र आशा पण्डित प्रथम भएकी हुन् यस्तै बालमन्दिर मावि दोस्रो, त्रियुगा मावि तेस्रो र सगरमाथा सान्त्वना भएको छ । यता बिज्ञान तर्फ त्रियुगा मावि प्रथम, जनज्योति मावि चुहाडे दोस्रो, प्याराडाईज सेकेन्डरी गाईघाट तेस्रो र जनता आधारभूत आवासिय सान्त्वना भएको छ । उक्त प्रदर्शनीमा ३० ओटा विद्यालयहरु सहभागी थिए । प्रजातान्त्र दिवसको अवसरमा बिज्ञान तथा कला प्रदर्शनी प्रतियोगिता गरिएको थियो ।...
कक्षा ११–१२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षा वैशाख २६ देखि

कक्षा ११–१२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षा वैशाख २६ देखि

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा २०८२ वैशाख २६ गतेदेखि बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । साधारणतर्फ रजिष्ट्रेशन नम्बरको सुरुमा ५६ देखि ७७ सम्मका र प्राविधिकतर्फ ७३ देखि ७८ सम्मका अंक भएका विद्यार्थीहरूले यो परीक्षामा सहभागी हुन पाउनेछन् । यस परीक्षामा साधारणतर्फका पुराना आंशिक र ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीहरू तथा प्राविधिकतर्फका आंशिक विषयका परीक्षार्थीहरू सहभागी हुन सक्नेछन् । यो परीक्षाले विगत वर्षहरूमा आंशिक विषय बाँकी रहेका वा ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीहरूलाई आफ्नो शैक्षिक यात्रा पूरा गर्ने अवसर प्रदान गर्नेछ । हेर्नुहोस परिक्षाको समय तालिका :...