Wednesday, July 15News That Matters

Breaking News 1

नारदमुनी थुलुङको सालिक अनावरणमा राजनिति, हिकमत कार्कीलाई पहिचानवादीको डर

नारदमुनी थुलुङको सालिक अनावरणमा राजनिति, हिकमत कार्कीलाई पहिचानवादीको डर

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, राजनीति, समाचार
पूर्णपुष्टि, ७ फागुन । उदयपुरको वसाहामा स्थापना भएको स्वर्गिय नारदमुनी थुलुङको पुर्णकदकको सालिक बिहिबार कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले अनावरण गरे । उक्त अनावरण कार्यक्रमको आयोजना चौदण्डीगढी नगरपालिकाले गरेका थिए । एमालेबाट निर्वाचित कालुमान लामा सहितको एमाले जनप्रतिनिधिहरुले स्वर्गिय थुलुङको सालिक निर्माण गरी अनावरण गरेका थिए । यस बिषयमा कांग्रेस लगायतका दलहरुले भने असन्तुष्टी जनाए । कांग्रेस, माओवादी, नेकपा एस, रास्वपा र जनता समाजवादी पार्टीले भने बिज्ञाप्तीनै जारी गरी मुख्यमन्त्रीबाट सालिक अनवारण गर्ने कार्यक्रमलाई असन्तुष्टी जनाएका थिए । उनिहरुले संयुक्त बिज्ञाप्ती जारी गर्दै देशका लागि यति ठुलो योगदान पुराउने ब्यक्तिको सालिक अनावरण राष्ट्रपति वा उपराष्ट्रपतिको हातबाट गर्नु पर्ने माग सहित असन्तुष्टी जनाए । देशका महान योद्धा र प्रजातान्त्रिक सेनानीको सालिक मुख्यमन्त्रीबाट ...
कडा सुरक्षा घेराबीच बसाहामा नारदमुनी थुलुङको सालिक अनाबरण

कडा सुरक्षा घेराबीच बसाहामा नारदमुनी थुलुङको सालिक अनाबरण

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, राजनीति, समाचार
पूर्णपुष्टि, ७ फागुन । वसाहामा स्थापना भएको प्रजातान्त्रिक सेनानी स्वर्गिय नारदमुनी थुलुङको पुर्णकदकको सालिकको अनावरण कडा सुरक्षाकाबीच गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले सुरक्षा घेराबीच थुलुङाको सालिक अनावरण गरेको हो । मन्त्री कार्कीले अनावरण गर्ने भएपछि पहिचानवादीहरु बिरोध गर्न सक्रिय बनेका थिए । पछि छलफल र वार्ता पछि सालिक अनावरण भने गर्न सफल भयो । सालिक अनावरण गर्दै मुख्य मन्त्री कार्कीले नारदमुनी थुलुङ नेपाली जनताहरुकै अविभावक रहेको चर्चा गरे । उनले देशमा प्रजातान्त्रको लागि पूर्व क्षेत्रमा रहेर ठुलो योगदान गर्नुका साथै त्यस क्षेत्रमा शिक्षा र चेतना विकास गरेको जनाए । राईले राणा सासनको अन्त्य गर्न आफ्नो कर्म छाडेर देश फर्कि प्रजातन्त्र स्थापित गर्न भुमिका खेलेको कार्कीले चर्चा गरे । यता कार्यक्रम अघिनै कांग्रेस, माओवादी, नेकपा एस, रास्वपा र जनता समाजवादी पार्ट...
उदयपुरका युवा सहित तीन जना लागूऔषध सहित पक्राउ

उदयपुरका युवा सहित तीन जना लागूऔषध सहित पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ५ । मोरङ, सुनसरी र उदयपुरका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ मा इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा स्थानीय २० वर्षीय मनिष राईको घरमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ट्रामाडोल ९६ क्याप्सुल, स्पास्टिन २३८ क्याप्सुल र नाईट्रेजेपाम ४ ट्याब्लेटसहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको टोलीले धरान उप–महानगरपालिका–१६ का २० वर्षीय निशान तामाङलाई ट्रामाडोल १८२ क्याप्सुल र स्पास्पेन १८२ चक्कीसहित नियन्त्रणमा लिएको छ । यसैबीच उदयपुरको त्रियुगा नगरपालिका–३ मा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको टोलीले स्थानीय २७ वर्षीय दिपेश चौधरीलाई ५७ एम्पुल लागूऔषधसहित पक्र...
प्रथम त्रियुगा जलजले महोत्सव आज समापन हुँदै

प्रथम त्रियुगा जलजले महोत्सव आज समापन हुँदै

Breaking News 1, समाचार
सुनिल राई, गाईघाट । पूर्णपुष्टि, फागुन ४ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ मा चलिरहेको प्रथम त्रियुगा जलजले महोत्सव २०८१ आज समापन हुँदैछ । ‘स्वदेशमै शिक्षा, रोजगार, कृषि, पर्यटनसँगै स्थानीय व्यवसायी प्रवर्धन क्षेत्रमा लगानी विस्तार’ भन्ने मूल नाराका साथ स्वर्णिम युवा क्लब जलजलेको आयोजना तथा त्रियुगा नगरपालिकाको संयोजनमा गत माघ २३ गतेदेखि उदयपुर सिमेन्ट उद्योगको खेल मैदानमा महोत्सव सञ्चालन भइरहेको थियो । आज महोत्सव समापनको अन्तिम दिन राष्ट्रिय कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को विशेष प्रस्तुति रहने छ । पर्यटन प्रवर्द्धनको उद्देश्यले आयोजना गरिएको महोत्सवबाट उठेको रकमको ४० प्रतिशत जलजले नजिकै रहेको पोखरीमा पार्क निर्माण र बोटिङका लागि लगानी गरिने आयोजकले जनाएका छन् । महोत्सवको समापन समारोहमा विभिन्न समुदायबाट झाँकी प्रदर्शन गरिनुका साथै सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरू पनि...
कटारीको माथिल्लो खसिबासमा खानेपानीको समस्या

कटारीको माथिल्लो खसिबासमा खानेपानीको समस्या

Breaking News 1
पूर्णपुष्टि, फागुन ४ । उदयपुरको कटारी नगरपालिका वडा नं. १ स्थित माथिल्लो खसिबासका स्थानीयवासी गम्भीर खानेपानी समस्याको सामना गरिरहेका छन् । त्यस क्षेत्रमा खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा यहाँका स्थानीय खोलाको पानीमै निर्भर रहन बाध्य छन् । स्थानीय ज्ञानबहादुर तामाङका अनुसार हिउँद लागेसँगै खोलाको पानीसमेत सुक्दै जाने भएकाले झनै समस्या हुने गरेको छ । ‘माथिल्लो गाउँमा पानीको समस्या अत्यन्त गम्भीर छ । लुगा धुन, नुहाउन त हामी तल्लो गाउँतिर लुगा बोकेर आउँछौं, तर गाईवस्तुलाई पानी खुवाउनसमेत ठूलो समस्या छ,’ उनले बताए । माथिल्लो खसिबासमा करिब ५० देखि ६० घरपरिवार यो समस्याबाट प्रभावित छन् । तल्लो खसिबासमा विभिन्न आयोजनाबाट पानी सञ्चालनमा भए पनि माथिल्लो खसिबासमा कुनै पनि खानेपानी आयोजना छैन । स्थानीयहरूका अनुसार वर्षायाममा खोलामा बाढी आउँदा पानी धमिलो हुने र पिउनै नमिल्ने हुन्छ । ह...
उदयपुरमा ३ लाख नगद सहित १२ जुवाडे पक्राउ

उदयपुरमा ३ लाख नगद सहित १२ जुवाडे पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ४ । उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित हवाईफिल्डमा रहेको राम प्रसाद राईको घरबाट जुवा खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घरधनी वडा नं. १३ का ४५ बर्षीय राम प्रसाद राई, सोही वडाका ५० बर्षीय चिरञ्जिवी राई, ३५ बर्षीय वालकृष्ण राई, ३० बर्षीय निरज कटुवाल, वडा नं. ७ बस्ने ४५ बर्षीय रीत वहादुर राउत, ६२ बर्षीय जाल बहादुर मगर, वडा नं. ६ का ७५ बर्षीय मदन राउत, वडा नं. १६ बस्ने कुमार कार्की, वडा नं. १२ वस्ने ३४ बर्षीय राजिन्द्र राई, वडा नं. ४ बस्ने ५२ बर्षीय तिलक बहादुर बुढाथोकी, रौतामाई गाउपालिका वडा नं. ०३ बस्ने ३५ बर्षीय राज कुमार कटुवाल र सप्तरी सम्भुनाथ नगरपालिका–३ बस्ने २२ बर्षीय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार विशेष सूचनाको आधारमा प्रह...
त्रियुगा मा.वि.का सह–प्रधानअध्यापक खड्काद्वारा पिताको स्मृतिमा अक्षयकोष स्थापना

त्रियुगा मा.वि.का सह–प्रधानअध्यापक खड्काद्वारा पिताको स्मृतिमा अक्षयकोष स्थापना

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ३ । त्रियुगा माध्यमिक विद्यालय गाईघाटका सह–प्रधानअध्यापक विदुर खड्काले आफ्नो स्वर्गीय पिताको नाममा १ लाख २० हजार ७२ रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा बुधबार स्वर्गीय पिता पदम खड्काको स्मृतिमा उक्त कोष स्थापना गरेका हुन् । विद्यालयका प्रधानअध्यापक सुभाष विष्टका अनुसार यस अक्षयकोषको रकमबाट जेहेन्दार तथा अपाङ्गता भएका छात्रछात्राहरूलाई छात्रवृत्ति प्रदान गरिने छ । प्रधानअध्यापक विष्टले यस किसिमका अक्षयकोषहरूले विद्यालयलाई आर्थिक रूपमा सबल बनाउनुका साथै विद्यार्थीहरूलाई प्रोत्साहन मिल्ने बताए । खड्काले आफ्नो पिताको स्मृतिलाई जीवन्त राख्न र साथै गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सहयोग पुर्‍याउने उद्देश्यले यो अक्षयकोष स्थापना गरेको बताए । उनले भने, ‘आफ्नो जन्मदिनलाई अर्थपूर्ण बनाउन र पिताको सम्झनामा यो सानो प्रयास गरेको हुँ ।’ ख...
शानदार म:म पसल ग्यास विस्फोट : उदयपुरका थप एक युवाको मृत्यु

शानदार म:म पसल ग्यास विस्फोट : उदयपुरका थप एक युवाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २ । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका उदयपुरका थप एक युवाको मृत्यु भएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शुक्रबार दिउँसो साढे २ बजे उदयपुरगढी गाउँपालिका–७ घर भइ हाल काठमाडौं महानगरपालिका–२८ बस्ने २२ वर्षीय प्रदीप तामाङको कीर्तिपुर बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसअघि सोही विस्फोटमा परी मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरकै कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को मृत्यु भएको थियो । विस्फोटमा परी कुल ११ जना घाइते भएका थिए । प्रहरीका अनुसार बाँकी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विस्फोटको कारण र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ देखि २४ सम्म

कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ देखि २४ सम्म

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । कार्यालयले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार २०८२ वैशाख ११ गतेदेखि परीक्षा शुरु भई वैशाख २४ गतेसम्म सञ्चालन हुने भएको छ । साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । विद्यार्थी र अभिभावकहरूले परीक्षाको तयारीको लागि पर्याप्त समय पाउने गरी तालिका सार्वजनिक गरिएको छ । कक्षा १२ को परिक्षा तालिका हेर्नुहोस -...
कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ देखि २४ सम्म

कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ देखि २४ सम्म

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । कार्यालयले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार २०८२ वैशाख ११ गतेदेखि परीक्षा शुरु भई वैशाख २४ गतेसम्म सञ्चालन हुने भएको छ । साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । विद्यार्थी र अभिभावकहरूले परीक्षाको तयारीको लागि पर्याप्त समय पाउने गरी तालिका सार्वजनिक गरिएको छ । कक्षा १२ को परिक्षा तालिका हेर्नुहोस -...