Wednesday, July 15News That Matters

Breaking News 1

त्रियुगामा एक महिने पञ्चेवाजा तालिम सम्पन्न

त्रियुगामा एक महिने पञ्चेवाजा तालिम सम्पन्न

Breaking News 1
सुनिल राई, गाईघाट । पूर्णपुष्टि, फागुन १ । उदयपुरको त्रियुगा नगरपालिकामा एक महिने त्रियुगा युवा महिला पञ्चेवाजा तालिम सम्पन्न भएको छ । झीगु नेवास्पुच त्रियुगाको आयोजना र नगरपालिकाको सहयोगमा पुष २७ गतेदेखि सुरु भएको एक महिने तालिम बिहिबार सम्पन्न गरिएको हो । तनहुँका अनुभवी प्रशिक्षक राम चन्द्र सेवाले सहभागी १५ जना महिलाहरूलाई सनाई, नरसिंहा, ढोलक, ट्याम्की र कर्नाल बजाउने विधि सिकाएका थिए । समापन समारोहमा सहभागीहरूले गाईघाट स्थित पिपल चोकदेखि संस्थाको भवनसम्म पञ्चेवाजा बजाउँदै प्रदर्शन गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार बस्नेतले यस तालिमले महिलाहरूको आर्थिक सशक्तिकरणमा योगदान पुर्‍याउने र जातीय संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उपप्रमुख महेश्वरी राईले यो आधारभूत तालिम भएको र आगामी वर्षदेखि उच्चस्तरीय तालिम सञ्चालन गर्ने योजना रहेको ...
आवाज विहिन बर्तमान सरकार राष्ट्रियताको लागि बोल्दैन : झलनात खनाल

आवाज विहिन बर्तमान सरकार राष्ट्रियताको लागि बोल्दैन : झलनात खनाल

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ३० माघ । नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झनलाथ खनालले वर्तमान सरकार राष्ट्रियता प्रति सिरियस नदेखिएको जनाए । बुधबार गाईघाट आईपुगेका नेता खनालले पत्रकार सम्मेलनमा बोल्दै बिदेशी या जसले जे गरेपनि सरकार चुपचाप बसेको आरोप लगाए । बरु भगेरा कराउँछ तर सरकार कराउँदैन सरकारको आवाज छैन्, “खनालले भने, ” उनले सरकार आफ्नो उदेश्य पुरा गर्नका लागि मात्रै बनेको जनाए । देश र जनताको लागि सरकार निर्माण नभएको समेत उनले बताए । वर्तमान सरकारकै कारण देश खप्ठेरेमा परेको पनि उनले बताए । सविधान संसोधन सहित ७ बुद्धे समहमतिमा बनेको सरकारको गति ठिक नभएको उनले बताए । खनालले अध्यायदेश मार्फत विद्ययेक ल्याउनु पर्ने बाध्यता नभएको भन्दै बिरोध पनि जनाएको छ । दुई तिहाईको सरकारले अध्यायदेश मार्फत विद्ययेक ल्याउनु पर्ने लाजस्पद रहेको पनि उनको भनाई थियो ।...
त्रियुगा १६ मा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

त्रियुगा १६ मा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३० माघ । त्रियुगा नगरपालिका वडा नं १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । यस कार्यक्रमले वडाको बिभिन्न ४ ओटा महत्वपूर्ण सडक निर्माण गर्ने छ । उक्त कार्यक्रमको आयोजनाले वडा स्थित कुसुमटार धौरी कृषि सडक निर्माण, बरुवा खोला अकर सिम्ले कृषि सडक निर्माण, भोर्ले सिदाली कृषि सडक निर्माण र डिहिटार अम्वोके सिद्रे डहर खोल्सी कृषि सडक निर्माण गर्ने भएको छ । त्रियुगा नगरपालिका प्रधानमन्त्री रोजगार सेवा केन्द्रकी संयोजक निशा घलेले वडाको अम्वोकेबाट कार्यक्रम सुभारम्भ गरेको जनाईन् । बिभिन्न ४ ओटा स्थानमा निर्माण गरिने सडकहरुको एकै ठाउँबाट औपचारिक रुपमा सुभारम्भ गरिएको हो । घलेका अनुसार ४ ओटा सडक निर्माणका लागि ३४ जना श्रमीकहरुलाई रोजगार दिईएको छ । दिनको ६६८ रुपयाँको दरले दिईने पारीश्रमीक ज्यालाको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २२ लाख ७१ हजार २ सय र वडाबाट २ लाख गरी जम...
जोगिदहमा नि:शुल्क आँखा जाँच शिविर : ३७ जनामा मोतिबिन्दु फेला

जोगिदहमा नि:शुल्क आँखा जाँच शिविर : ३७ जनामा मोतिबिन्दु फेला

Breaking News 1, समाचार, स्वास्थ्य
सुनिल राई, गाईघाट । पूर्णपुष्टि, माघ ३० । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ जोगीदहमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बुधबार वडा नम्बर १ को आयोजना तथा त्रियुगा नगरपालिकाको वित्तिय सहयोगमा जोगीदहस्थित श्री जनप्रेमी माध्यमिक विद्यालयमा सम्पन्न शिविरमा वृद्धवृद्धा र विद्यार्थीहरुको आँखा परीक्षण गरिएको हो । नेपाल नेत्र ज्योति सङ्घ र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा २१० जना वृद्धवृद्धा र ३१३ जना विद्यार्थी गरी जम्मा ५२३ जनाको परीक्षण गरिएको छ । शिविरका संयोजक डा. राजकुमार यादवका अनुसार ३७ जनामा मोतिबिन्दु, २० जनामा दृष्टिदोष, ३ जनामा मासु पलाएको र २ जनामा आँखा डेढो समस्या फेला परेको छ । मोतिबिन्दु र मासु पलाएका बिरामीहरूको लहानमा निःशुल्क शल्यक्रिया गरिने भएको छ । दृष्टिदोष भएका २० जनालाई चश्मा वितरण गरिएको छ भने १५० जनालाई निःशुल्क औषधि...
शिक्षक संघद्धारा बरुवा महोत्सव रोक्न माग

शिक्षक संघद्धारा बरुवा महोत्सव रोक्न माग

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २९ । त्रियुगा नगरपालिकामा शिक्षक महासंघ लगायत विभिन्न शिक्षक संघसंगठनले विद्यार्थीको पठनपाठनमा असर पर्ने भन्दै बरुवा बसपार्कमा हुन लागेको महोत्सव रोक्न माग गर्दै मंगलबार ज्ञापनपत्र बुझाएका छन् । शिक्षक संघसंगठनका प्रतिनिधिहरुले नगरप्रमुख बसन्त बस्नेत र उपमेयर महेश्वरी राईलाई बुझाएको ज्ञापनपत्रमा बेमौसमी मेला महोत्सव, सर्कस जस्ता गतिविधिले विद्यार्थीहरुको शैक्षिक गतिविधिमा नकारात्मक प्रभाव पार्ने जनाइएको छ । उनीहरुले महोत्सव आयोजना गर्नुपरे दसैं-तिहार जस्ता लामो बिदाको समयमा गर्न सुझाव दिएका छन् । ज्ञापनपत्र बुझ्दै मेयर बस्नेतले शिक्षक महासंघको चासोप्रति सकारात्मक रहेको बताउँदै सरोकारवालाहरुसँग छलफल गरी समाधान खोजिने प्रतिबद्धता जनाएका छन् । शिक्षक संघसंगठनले विद्यार्थीहरुको अध्ययन वातावरण सुधार्न महोत्सव स्थगित गर्न माग गरेका छन् ।...
नेपालको भ्रष्टाचार सूचकांकमा एक स्थान गिरावट

नेपालको भ्रष्टाचार सूचकांकमा एक स्थान गिरावट

Breaking News 1
पूर्णपुष्टि, माघ २९ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२४ मा नेपाल एक स्थान तल झरेको छ । गत वर्ष १०८ औं स्थानमा रहेको नेपाल यस वर्ष १०७ औं स्थानमा पुगेको छ । गत वर्ष नेपालले ३५ अंक प्राप्त गरेकोमा यस वर्ष एक अंक घटेर ३४ मा झरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको मूल्यांकन अनुसार ५० भन्दा कम अंक प्राप्त गर्ने मुलुकहरू भ्रष्टाचारग्रस्त देशको सूचीमा पर्छन् । यस हिसाबले नेपाल पनि भ्रष्टाचारग्रस्त मुलुककै श्रेणीमा परेको छ । विगत १२ वर्षको सर्वेक्षण इतिहासमा यो नेपालको लागि सबैभन्दा कमजोर प्रदर्शन हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालको भ्रष्टाचार मापन गर्न ६ वटा विभिन्न क्षेत्रमा सर्वेक्षण गर्ने गर्छ । संस्थाले आफैं प्रत्यक्ष सर्वेक्षण नगरी विभिन्न संस्थाहरूको अध्ययन प्रतिवेदनलाई आधार बनाउँछ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका ...
शानदार मःम पसल ग्यास विस्फोटबाट घाईते भएका उदयपुरका युवक सहित दुईको मृत्यु

शानदार मःम पसल ग्यास विस्फोटबाट घाईते भएका उदयपुरका युवक सहित दुईको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २९ । काठमाडौंको कमलपोखरी स्थित शानदार मःम पसल ग्यास विस्फोटबाट घाईते भएका उदयपुरका एक युवक सहित दुई जनाको मृत्यु भएको छ । विस्फोटमा परी उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले र हेटौंडाका १८ वर्षीय रविन राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार दुवै जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । विस्फोटमा परी अन्य ९ जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
६ महिनामा ताप्ली गाउँपालिकाको २१ प्रतिशत मात्र पुँजीगत खर्च

६ महिनामा ताप्ली गाउँपालिकाको २१ प्रतिशत मात्र पुँजीगत खर्च

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २९ । उदयपुरको ताप्ली गाउँपालिका विकास निर्माणको काम र पुँजीगत बजेट खर्चमा पछि परेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म गाउँपालिकाले कुल बजेटको साढे २४ प्रतिशत मात्र खर्च गर्न सकेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको कुल बजेट ४० करोड ७९ लाख ३ हजार रहेकोमा पुँजीगततर्फ ३० करोड २८ लाख र चालुतर्फ १० करोड ५० लाख रुपैँया विनियोजन गरिएको छ । तर ६ महिनाको अवधिमा पुँजीगततर्फ २१.८९ प्रतिशत र चालुतर्फ २८.१० प्रतिशत मात्र खर्च भएको छ । गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार भौगोलिक विकटता र पूर्वाधारको कमजोर अवस्थाले गर्दा विकास निर्माणका कामहरु ढिला हुन गएका हुन् । "निर्माण सामग्री ढुवानीमा कठिनाई हुने र सडकको दुरावस्थाले समय बढी लाग्ने गरेको छ," उनले भने । हाल गाउँपालिकामा लिफ्टिङ खानेपानी योजना, वडा भवन, स्वास्थ्यचौकी, सामुदायिक भवन र विद्युत विस्तारका काम भइरहेका छन्...
चक्कु देखाएर १४ वर्षीया किशोरीमाथि बलात्कार

चक्कु देखाएर १४ वर्षीया किशोरीमाथि बलात्कार

Breaking News 1
पूर्णपुष्टि, माघ २७ । धनगढीमा एक नाबालिग किशोरीमाथि जबरजस्ती करणी भएको छ । बाजुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीमाथि स्थानीय १८ वर्षीय युवकले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराका अनुसार विद्यालयबाट फर्किने क्रममा आरोपित युवकले चक्कु देखाउँदै किशोरीलाई ज्यान मार्ने धम्की दिएर आफ्नो घरमा लगी बलात्कार गरेका हुन् । कक्षा ७ मा अध्ययनरत ती किशोरीले शनिबार मात्र प्रहरीमा किटानी जाहेरी दिएकी छिन् । घटनापछि फरार रहेका आरोपित युवकको खोजी कार्य जारी रहेको डीएसपी बोहराले बताए । पीडित किशोरी बाजुराबाट अध्ययनका लागि धनगढीमा बस्दै आएकी थिइन् ।...
उदयपुरको बेलकामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, ११ महिला पाठेघर क्यान्सरको उच्च जोखिममा

उदयपुरको बेलकामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, ११ महिला पाठेघर क्यान्सरको उच्च जोखिममा

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २७ । बेलका नगरपालिकामा सञ्चालित निःशुल्क महिला स्वास्थ्य शिविरमा पाठेघर परीक्षण गराएका ११८ महिलामध्ये ११ जना पाठेघर क्यान्सरको उच्च जोखिममा रहेको पाइएको छ । महिला साना किसान कृषि सहकारी संस्था तपेश्वरीद्वारा आयोजित शिविरमा कुल ३०५ महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । स्त्री रोग विशेषज्ञ डा. विद्या पोखरेल र जनरल सर्जन डा. प्रविण कुमार यादवले गरेको परीक्षणमा ४२ जना महिलाको पाठेघरको अवस्था अस्वस्थ देखिएको छ । उच्च जोखिममा रहेका ११ जना महिलालाई थप उपचारका लागि परामर्श दिइएको छ । यसैगरी ५ जना महिलालाई आङ खस्ने समस्याका लागि रिङ पेसरी लगाइएको छ । कार्यक्रम संयोजक राजीव बस्नेतका अनुसार ग्रामीण क्षेत्रका महिलाहरूमा हुने पाठेघर सम्बन्धी तथा गुप्त रोगहरूको पहिचान र उपचार गर्नु शिविरको मुख्य उद्देश्य रहेको थियो । शिविरमा ४५ जनाले निःशुल्क प्रयोगशाला परीक्षण र १४२ जनाले निःशुल...