Wednesday, July 15News That Matters

Breaking News 1

नेकपा एस  युवा संघको त्रियुगा नगर अध्यक्षमा बेनी ठाकुर

नेकपा एस युवा संघको त्रियुगा नगर अध्यक्षमा बेनी ठाकुर

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, २५ माघ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ त्रियुगा नगर अध्यक्षमा शुभ नारायण ठाकुर (बेनी) चयन भएको छ । ठाकुरको नेतृृत्वमा १५ सदस्य कमिटी चयन भएको छ । उपाध्यक्षमा कल्याण कार्की, सचिवमा राम शंकर साह रहेका छन् । यस्तै सदस्यहरुमा अमित राउत, हाफिज हुसेन, शुरेस राम, सन्दीप सहनी, सन्दीप सोनी, कंचन चौधरी, जित बहादुर दनुवार, अजय सहनी मलाह, बिवेक दर्जी, सतिष कुमार मन्डर र सावन चौधरी रहेका छन् । शनिवार पार्टीका केन्द्रीय सचिव वलदेव चौधरीको प्रमुख आथित्यमा समिति गठन भएको हो ।...
संञ्चारीका समुह उदयपुरको अध्यक्षमा गंगा राई

संञ्चारीका समुह उदयपुरको अध्यक्षमा गंगा राई

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, २५ माघ । संञ्चारीका समूह उदयपुरकी अध्यक्षमा गंगा राई चयन भएकी छिन् । राईको नेतृत्वमा १४ सदस्य समिति चयन भएको हो । शनिवार त्रियुगा नगरपालिकाको सभाहलमा भएको समिति गठनले गंगा राईलाई अध्यक्षमा सर्वसहमत गरेको हो । उपाध्यक्ष्मा उर्मिला दनुवार, सचिवमा जयन्ती तामाङ, सहसचिमा कविता राई, कोषाध्यक्षमा हिरा राई र सदस्यहरुमा अन्नता राई, चन्द्रकला ढकाल, करुणा कार्की, पुर्णा राई, आस्था ज्यु ठकुरी, देविका श्रेष्ठ, तारा मगर रहेकी छन् भने सल्लाहकारमा बन्दना दनुवार, रेवती पराजुली र सुमित्रा कोईराला छिन् ।...
त्रिनपा १६ का वडावासीहरुलाई निशुल्क स्वास्थ्य सिविर

त्रिनपा १६ का वडावासीहरुलाई निशुल्क स्वास्थ्य सिविर

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, २५ माघ । त्रियुगा नगरपालिका वडा नं १६ ले वडावासीहरुलाई निशुल्क स्वास्थ्य सिविर प्रदान गरेको छ । शुक्रबार वडाले आयोजना गरेको सिविरमा १५९ जनाले प्रत्यक्ष फाईदा लिए । जस मध्ये १०८ जना महिला र ५१ जना पुरुषहरु रहेका छन् । वडा अध्यक्ष मानवाहादुर राईका अनुसार बिगत देखीनै वडामा निशुल्क स्वास्थ्य सिविर प्रदान गर्दै आएका थिए । यस्ता खाले सिविरहरुले स्थानीय स्तरमै वडावासीहरुलाई पत्यक्ष फाईदा पुग्ने पनि अध्यक्ष राईले जनाए । सिविरले महिला र जेष्ठ नागरिकहरुलाई बढी फाईदा पुगेको छ । वडाको आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित सिविरमा सुगर, ब्लड, युरिन, दम लगायत जेनेरल ओपिडि सँगै भिडियो एक्सरे, इसिजी, ल्याव र निशुल्क औषधी समेत वितरण गरेको थियो । त्रियुगा नगर स्वास्थ्य शाखाको सहयोग र सोम लाईफ कियर एण्ड डाईगनोष्टिक प्रा.लिको प्राविधिक सहयोगमा सिविर संञ्चालन गरिएको थियो । वडा सचिव महेश खनालले स...
रास्वपा उदयपुरको सभापतिमा चित्र बहादुर कार्की

रास्वपा उदयपुरको सभापतिमा चित्र बहादुर कार्की

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर सभापतिमा चित्र बहादुर कार्की चयन भएको छ । २०७९ साल फागुन १३ गते कोशी प्रदेश सदस्य बनेका कार्की लगतार जिल्ला संयोजक हुँदै सभापति बनेको हो । निर्वाचित कार्कीले कोशी प्रदेश समिति, प्रदेश विभागीय प्रमुख , उदयपुर जिल्लाका निर्वाचन क्षेत्र १ र २ समिति सँगै ८ वटै पालिका, पालिका विभागीय प्रमुख तथा सदस्यहरुलाई धन्यवाद समेत व्यक्त गरे । कार्कीले संगठनलाई थप मजबुत सशक्त बनाउने अभियान जारी राख्ने र राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुरलाई जनतामय बनाउने प्रतिवद्धता समेत गरे । कार्की उल्टो मोटरसाईल यात्रिको रुपमा पनि परिचित छ ।...
इश्वर साम्पाङ बने उदयपुर ह्याङग्लाडिङ तथा प्याराग्लाईडिङ संघको अध्यक्ष

इश्वर साम्पाङ बने उदयपुर ह्याङग्लाडिङ तथा प्याराग्लाईडिङ संघको अध्यक्ष

Breaking News 1, Breaking News 2, Breaking News 3
पूर्णपुष्टि, २५ माघ । होटल व्यसायी तथा पर्यटन व्यवसायी इश्वरमान साम्पाङ राई उदयपुर ह्याङग्लाडिङ तथा प्याराग्लाईडिङ संघको अध्यक्षमा चयन भएको छ । राईको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति गठन भएको हो । नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ सङ्घका केन्द्रीय अध्यक्ष भूपाल राई तथा केन्द्रीय सदस्य महेन्द्र राईको उपस्थितिमा शुक्रबार गाईघाटमा आयोजित ‘जिल्ला समिति घोषणा कार्यक्रम’मा साम्पाङ नेतृत्वमा समिति चयन गरिएको थियो । निर्वाचन समिति संयोजक जिवनी बान्तवाले नवगठित जिल्ला समितिको घोषणा गरिन् । जिल्लामा कार्यरत प्याराग्लाईडिङ व्यवसायीहरुको बिहीबार सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको बान्तवाले जानकारी दिइन् । सर्वसम्मत गठित समितिको उपाध्यक्षमा सुजन राई, सचिवमा जितेन्द्र राई, सहसचिवमा शिला राई, कोषाध्यक्षमा सुनिता रेग्मी राई चयन भएको निर्वाचन समितिले जनाएको छ । सदस्यमा भुपाल राउ...
साझा सेवा घर उदयपुरले गरेको तिन महत्वपूर्ण काम

साझा सेवा घर उदयपुरले गरेको तिन महत्वपूर्ण काम

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ माघ । साझा सेवा घर उदयपुरले तिन ओटा महत्वपूर्ण काम गरेको छ । टेवा नेपालको आर्थिक सहयोगमा पन्चबर्षिय रणनीतिक योजना निर्माण कार्यशाला, प्रशासनिक तथा लेखा ब्यबस्थापन तालिम, संस्थाका सदस्य हरुका लागि संस्थागत बिकास तथा नेत्त्रित्व बिकास तालिम जस्ता महत्वपूर्ण काम गरेको हो । संस्थाकी अध्यक्ष गिता खड्काले मंसिर २५ र २५ गते पन्चबर्षिय रणनीतिक योजना निर्माण कार्यशाला कार्यक्रम, पुष १२, १३ र १४ गते प्रशासनिक तथा लेखा ब्यबस्थापन तालिम र माघ १६ र १७ गते संस्थाका सदस्य हरुका लागि संस्थागत बिकास तथा नेत्त्रित्व बिकास तालिम लिईएको हो ।...
भ्रष्टाचार छानबिन रोकिएको प्रचण्डको आरोप

भ्रष्टाचार छानबिन रोकिएको प्रचण्डको आरोप

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २४ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारका विभिन्न काण्डको छानबिन अवरुद्ध पारिएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारका मुद्दाहरूलाई मिलाउन र जोगाउन लागिपरेको बताए । "प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै ढुक्कले भनिरहनुभएको छ, प्रचण्ड र रवि वाला सरकारले हामीलाई थुन्न खोजेपछि यो सरकार बनाउन पर्‍यो," उनले भने । प्रचण्डका अनुसार उनको नेतृत्वको सरकार ढलेसँगै त्रिभुवन विश्वविद्यालयको जग्गा, ललिता निवास प्रकरणको विस्तृत अनुसन्धान, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन र सरकारी जग्गा अतिक्रमणको अनुसन्धान रोकिएको छ । यही कारण कांग्रेस र एमाले गठबन्धनप्रति जनताको मोहभंग सुरु भएको उनको दाबी छ । उनले स्पिनिङ मिलको आइपिओमा नक्कली अडिटक...
उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २४ । उदयपुरमा लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ४ बगाहाका ३० बर्षीय सरोज कुमार सार्की रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरीको गस्ती टोलीले मंगलबार बजार देखि १७ एम्पुल लागूऔषध र एक थान सिरिन्ज सहित उनलाई पक्राउ गरेको हो । पक्राउ परेका सार्की लागूऔषध सेबनकर्ता र कारोबारी रहेकोे खुल्न आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले उनी विरुद्ध अनुसन्धान सुरु गरेको जनाएको छ ।...
प्रथम त्रियुगा जलजले महोत्सव सुरु

प्रथम त्रियुगा जलजले महोत्सव सुरु

Breaking News 1, समाचार
सुनिल राई, गाईघाट । पूर्णपुष्टि, माघ २३ । उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा आजदेखी प्रथम त्रियुगा जलजले महोत्सव २०८१ सुरु भएको छ । बुधबार एक कार्यक्रमको बिच त्रियुगाका मेयर बसन्त कुमार बस्नेतले औपचारिक रुपमा महोत्सवको उद्घाटन गरे सँगै महोत्सव संचालनमा आएको हो । ‘स्वदेशमा शिक्षा, रोजगार, कृषी पर्यटन सँगै स्थानीय व्यवसायी प्रवद्र्धन क्षेत्रमा लगानी’ भन्ने मुल नाराका साथ स्वर्णीम युवा क्लबको आयोजना तथा त्रियुगा नगरपालिकाको संयोजनमा उदयपुर सिमेन्ट उद्योगको खेल मैदानमा आजदेखी महोत्सव सुरु भएको हो । मदन भण्डारी राजमार्ग बनेपछि जलजले बजार दिनदिनै खस्किदैँ गएको र ओझेलमा परेको कारण स्थानिय व्यवसायलाई प्रोत्साहन गर्ने उदेश्यका साथ महोत्सवको आयोजना गरेको आयोजकले जनाएको छ ।महोत्सवमा राखिएको स्टलहरुमा थारु, नेवारी लागयतका स्थानिय परिकारहरु रहेको छ । महोत्सव संयोजक रमाकान्त चौधरीका अनुसार हरेक दि...
ताप्लेजुङ केवलकार बिकास हैन विनास हो : माओवादी मजदुर पार्टी

ताप्लेजुङ केवलकार बिकास हैन विनास हो : माओवादी मजदुर पार्टी

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ माघ । माओवादी मजदुर पार्टीले ताप्लेजुङ पाथिभारामा बन्ने केवुलकार घातक भएको जनाएको छ । माघ २० गते केन्द्रीय समितिले प्रेस बिज्ञाप्ती जारी गर्दै केवुलकार बन्न नहुने पक्षमा राय दिएको छ । केन्द्रीय महासचिव हिमाल सिंह राईले स्थानीय जनताहरुको इच्छा विपरिद सरकारले व्यपारी चन्द्र ढकाललाई केवुलकार निर्माणमा सहमति दिएको भन्दै जवरजसस्ति नगर्न आह्वान गरे । लिम्वु समुदायको संस्कृति मुकुम्लुङ मासेर निर्माण गरिने केवुलकार बिकास नभई बिनास रहेको विज्ञाप्तीमा उल्लेख छ । सबैको संस्कृतिलाई साझा र सम्मान गर्न मार्टीले सरकारलाई आह्वान समेत गरेको छ । केवुलकार विवादमा भएको झडप प्रति आपत्ति जनाउँदै गोली ठोकेर गर्ने विकासको विरोध समेत गरे । घाईतेहरुलाई निशुल्क उपचार र गोली ठोक्नेलाई कार्वाहीको माग समेत गरेको छ ।...