सलहेश युवा क्लब सप्तरी १० औँ नारदमुनी गोल्ड कपको सेमिफाईनलमा
पूर्णपुष्टि, माघ १७ । सलहेश युवा क्लब सप्तरी १० औँ नारदमुनि थुलुङ स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बिहिबार बसाहास्थित नारदमुनि थुलुङ स्मृती रङ्गशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा एलएक्स सिटी फुटबल क्लब मोरङलाई एक गोलको विरुद्ध दुई गोल गर्दै सलहेश युवा क्लब सप्तरी सेमिफाइनलमा प्रवेश गरेको हो ।
सलहेश युवा क्लबका लागि खेलको २३ औँ मिनेटमा जर्सी नम्बर ७ का विदेशी खेलाडी श्याम मुर्मुले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ४० औँ मिनेटमा जर्सी नम्बर १२ का रोहन कार्कीले गोल गर्दै एलेक्स सिटी फुटबल क्लबलाई खेलमा फर्काए । तर, खेलको ६० औँ मिनेटमा जर्सी नम्बर १७ का मिलन राईले सलहेश युवा क्लबका लागी दोस्रो गरे । यस खेलको म्यान अफ द म्याच जर्सी नम्बर १७ का मिलन राई बने ।
एलएक्सलाई हराएको सलहेशले यस अघि संकटालाई हराएको बागमतिसँगको सेमिफाईनल भेट पक्का गरेको छ भने भोली न्...









