Wednesday, August 12News That Matters

Breaking News 1

कोशी प्रदेश सरकार गठन अन्योल, प्रदेशसभा बैठक अनिश्चित

कोशी प्रदेश सरकार गठन अन्योल, प्रदेशसभा बैठक अनिश्चित

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन २८ ।  कोशी प्रदेशसभाको बैठक लामो समयदेखि स्थगित रहेको छ। गत असार ८ गते बसेको बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएपछि अर्को बैठक कहिले बस्ने भन्ने अन्योल कायमै छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसको अनुरोधमा बैठक रोकिएको बताएका छन्। कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजंग रायमाझीका अनुसार कांग्रेस सरकारमा सहभागी नभएसम्म प्रदेशसभा बैठक नबस्ने सम्भावना छ। कांग्रेसभित्र मन्त्रालय बाँडफाँटमा विवाद कायमै रहेको छ। डा. शेखर कोइराला पक्षले थप २ मन्त्रालय माग गरेका कारण सरकार गठनमा ढिलाइ भएको बताइएको छ। यता प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भने तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरिरहेको छ। माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बाढी पहिरो लगायत समसामयिक विषयमा छलफल गर्न र विभिन्न विधेयकहरू पारित गर्न बैठक आवश्यक रहेको बताएका छन्। प्रदेशसभा बैठ...
कटारी नगरपालिकाको तेह्रौं नगर सभा सम्पन्न, ८६ करोड बढीको बजेट पारित

कटारी नगरपालिकाको तेह्रौं नगर सभा सम्पन्न, ८६ करोड बढीको बजेट पारित

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २८ ।  उदयपुरको कटारी नगरपालिकाको तेह्रौं नगर सभा सम्पन्न भएको छ। आइतबार सम्पन्न नगरसभाले आगामी आर्थिक वर्षका लागि ८६ करोड ८१ लाख ६४ हजार ८४३ रुपैयाँको बजेट पारित गरेको छ। नगर उपमेयर गिता खड्काले सार्वजनिक गरेको बजेटमा संघीय सरकारबाट प्राप्त सशर्त अनुदान चालुतर्फ ४० करोड ६६ लाख ५५ हजार, पुँजीगततर्फ १ करोड ७० लाख २२ हजार, समपुरक अनुदान १ करोड १० लाख र विशेष अनुदान १ करोड २० लाख रुपैयाँ रहेको छ। प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान ७४ लाख ३८ हजार, पुँजीगततर्फ १ करोड ७४ लाख ५८ हजार र समपुरक अनुदानमा १ करोड ३० लाख रुपैयाँ रहेको छ। संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान १२ करोड ६६ लाख ६० हजार र राजस्व बाँडफाँडबाट ४० लाख रुपैयाँ रहेको छ। नगरपालिकाका १४ वटा वडाका लागि ९ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको छ। वडाको भौगोलिक अवस्था हेरी ७० देखि ७१ लाख रुपैयाँसम्म बजेट छुट्याइएको ...
उदयपुरका प्रहरी प्रमुख (एसपी) सहित १९ जना प्रहरीद्धारा रक्तदान

उदयपुरका प्रहरी प्रमुख (एसपी) सहित १९ जना प्रहरीद्धारा रक्तदान

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २८ । नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सवको अवसरमा उदयपुरका (एसपी) सहित  १९ जना प्रहरीले रक्तदान गरेका छन् । आईतबार वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी उदयपुरद्धारा सञ्चालित ब्लड बैँक सँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) हरिहर नाथ योगी, कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन चापागाई सहित १९ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै कार्यालय प्रमुख योगीले मातहत प्रहरी कर्मचारीलाई रक्तदानको महत्त्व तथा आवश्यकताबारे प्रकाश पार्दै रक्तदान गर्ने प्रहरी कर्मचारीहरुलाई धन्यवाद् ज्ञापन गरेका थिए ।  ...
कटारी बजारमा खानेपानी अवरुद्ध, मर्मत कार्य जारी

कटारी बजारमा खानेपानी अवरुद्ध, मर्मत कार्य जारी

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २७ । उदयपुरको कटारी बजारमा खानेपानी आपूर्ति अवरुद्ध भएको छ। नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कटारीद्वारा संचालित खानेपानी आयोजनामा प्राविधिक समस्या देखिएपछि पानी वितरण रोकिएको हो। संस्थाका अनुसार आयोजनाको मुहान कटारी-५ मा रहेको विद्युतको ट्रान्सफर्मर र पम्पमा समस्या आएको छ। यसका कारण बजार क्षेत्रमा खानेपानी आपूर्ति प्रभावित भएको छ। समस्या समाधानका लागि संस्थाले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी मर्मत कार्य थालेको जनाएको छ। छिटोभन्दा छिटो पानी आपूर्ति पुनः सुचारु गर्न प्रयास भइरहेको संस्थाले बताएको छ। संस्थाले मर्मत कार्य सम्पन्न हुने बित्तिकै नियमित खानेपानी वितरण सुचारु हुने जानकारी दिएको छ। साथै, यस असुविधाका लागि स्थानीय उपभोक्ताहरूसँग क्षमायाचना गरेको छ।...
उदयपुर आईडलको अडिसन साउन ३० देखी सुरु हुने , काहाँ – काहाँ हुँदैछ ?

उदयपुर आईडलको अडिसन साउन ३० देखी सुरु हुने , काहाँ – काहाँ हुँदैछ ?

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, २६ साउन । उदयपुरमा पहिलो पटक हुन लागेको उदयपुर आईडलको अडिसन यहि साउन ३० देखी हुँदैछ । आयोजक उदयपुर कलकार समाजका अनुसार साउन ३० देखी भदौ ७ सम्म उदयपुरका बिभिन्न स्थानहरुमा अडिसन हुने भएको हो । अडिसन जिल्लाको सदरमुकाम गाईघाट, कटारी, रामपुर, बेल्टार र नेपालटार गरी ५ शहरमा हुने आयोजकको भनाई छ । आयोजकका अनुसार ३० गते रामपुरको नेपाल आदिवासी जनजाति महासंघको भवनबाट अडिसन सुरु हुने छ । त्यस पश्चात क्रमश : भाद्र १ गते बेल्टारको उदयपुर डान्स स्टुडियो, भाद्र ३ गते नेपालटारको सामुदायिक भवन, भाद्र ४ गते कटारीको होटल म्याजेस्टी, र भाद्र ७ गते गाईघाटको होटल टाउन हलमा अडिसन सम्पन्न हुने छ । स्थानीय कलकारहरुलाई आईडलको रुपमा ब्राण्ड गर्दै उदयपुरे आवाजलाई व्यवसायी रुपमा अघि बढाउने उदेश्य सहित पहिलो पटक उदयपुर आईडलको आयोजना गरिएको आयोजकको भनाई छ ।...
उदयपुरगढीमा २७ र २८ गते फोनिज प्रदेश को स्थापना दिवस मनाईने

उदयपुरगढीमा २७ र २८ गते फोनिज प्रदेश को स्थापना दिवस मनाईने

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवस ९रजत वर्ष० उदयपुरको उदयपुरगढी गाउँपालिकामा मनाईने भएको छ । भोलि ९आईतबार० १ नं। प्रदेश समितिद्वारा आयोजित रजत वर्ष कार्यक्रमलाई प्रदेशसभा सदस्य नारायण बुर्जा मगरले उद्घाटनगरी रजत वर्ष मनाउन लागिएको हो । रजत वर्षको अवसरमा शुभकामना आदनप्रदानसँगै उदयपुरगढीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेगरी प्रचारप्रसार हुने आयोजकले जनाएको छ । कार्यक्रममा महिला पुरुषगरी दुई जना पत्रकारलाई पहिचनन पत्रकारिता पुरस्कारबाट पुरस्कृृत गरिने फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामाले बताए । कार्यक्रम गाउँपालिकाको सहयोग, फोनिज उदयपुर शाखाको समन्वयमा हुने कार्यक्रम सो क्षेत्रमा भने पहिलो पटक आयोजना गरिएको कार्यक्रम संयोजक तथा प्रदेश उपाध्यक्ष राजेन्द्र दुष्टले जानकारी दिए ।  ...
बिद्युत प्राधिकरण उदयपुरको आयोजनामा रक्तदान

बिद्युत प्राधिकरण उदयपुरको आयोजनामा रक्तदान

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ साउन । रक्तदान जीवन दान भन्ने मुल नाराका साथ प्राधिकरणको ३९ औं बार्षिकोत्सबको अबसरमा गनेपाल बिधुत प्राधिकरण उदयपुर बितरण केन्द्रको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रमको अध्यक्षता केन्द्र प्रमुख बिजयबाबु हुनुहुन्थ्यो भने प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटीका सभापती मदन कटुवाल हुनुहुन्थ्यो । नेपाल बिधुत प्राधिकरणले केही बर्ष देखि उज्यालो नेपाल अभियानलाई सफल पार्ने उदेश्य संगै विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।विभिन्न रचनात्मक कार्यक्रमहरु मध्ये नेपाल बिधुत प्राधिकरण उदयपुर बितरण केन्द्रले आज पहिलो पटक रक्तदान कार्यक्रम गरेको हो । उक्त रक्तदान कार्यक्रममा प्राधिकरणका कर्मचारी ,सेबाग्राही ,शिक्षक ,उधोगी ब्यबसायी लगायत २४जनाले रक्त दान गरेका थिय । उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस उदयपुरको प्राबिधिक सहयोगमा भएको थियो ।...
आदिवासीहरूको हकहित र समानताका लागि राज्यको लगानी आवश्यक : सभामुख बिष्ट

आदिवासीहरूको हकहित र समानताका लागि राज्यको लगानी आवश्यक : सभामुख बिष्ट

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २५ । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आदिवासीहरूको हकहित र समानताका लागि राज्यले लगानी गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। सभामुख बिष्टले नेपाललाई बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचान भएको मुलुकको रूपमा चित्रण गर्दै आदिवासीहरूको पहिचान, रीतिरिवाज, कला, सभ्यता र भेषभूषालाई राष्ट्रिय सम्पत्तिको रूपमा व्याख्या गरे। उनले यी मौलिक पहिचानहरूको संरक्षण गर्नुपर्ने र भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने कुरामा जोड दिए। बिष्टले आदिवासी समुदायका लागि सहज, सरल र विकसित समाज निर्माण गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै आदिवासीका हक, अधिकार र पहिचानको रक्षाका लागि सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे। यो दिवस संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरका आदिवासी जनजातिहरूले सन् १९९५ देखि अधिकारका लागि महान् अन्तर्राष्ट्र...
कटारीमा ३०औं विश्व आदिवासी दिवस मनाइँदै

कटारीमा ३०औं विश्व आदिवासी दिवस मनाइँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २५ । उदयपुरको कटारी नगरपालिकामा आज (शुक्रबार) अगष्ट ९ तारिख ३०औं विश्व आदिवासी दिवस धुमधामका साथ मनाइने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कटारीले यस अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। परिषदका अध्यक्ष डिकबहादुर श्रेष्ठका अनुसार दिवसको अवसरमा विभिन्न जातजातिहरुको झाँकीसहित नगर परिक्रमा गरिनेछ। त्यसपछि महासंघको हलमा शुभकामना आदान-प्रदान कार्यक्रम हुनेछ। यस वर्षको दिवस "संविधान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर" र "प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर" भन्ने नाराका साथ मनाइँदैछ। परिषदका सचिव राजिव तामाङले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिनुभयो। आयोजकले आदिवासी जनजातिहरुलाई आफ्नो हक अधिकारका बारेमा सचेत हुन कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। उदयपुरको ताप्ली गाउँ...
आज कोशी प्रदेशमा सार्वजनिक बिदा

आज कोशी प्रदेशमा सार्वजनिक बिदा

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २५ । आज कोशी प्रदेश सरकारले प्रदेश भरी नै सार्वजनिक बिदा दिएको छ । कोशी प्रदेश सरकारले आदिवासी जनजाति दिवसको अवसरमा आज (शुत्रबार) सार्वजनिक बिदा दिएको हो । बिहिबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए । मन्त्री अधिकारीका अनुसार दिवसको अवसरमा आज एक दिन सर्वजनिक बिदा दिने निर्णय गरिएको छ ।...