Wednesday, August 12News That Matters

Breaking News 1

गाईघाटमा होन्डाको नयाँ मोडल एन एक्स टु हन्ड्रेड लन्च

गाईघाटमा होन्डाको नयाँ मोडल एन एक्स टु हन्ड्रेड लन्च

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २ । उदयपुरको सदरमुकाम गाईघाटमा होन्डा कम्पनीको नयाँ मोडलको मोटरसाइकल एन एक्स टु हन्ड्रेड लन्च भएको छ। आइतबार गाईघाटस्थित सगरमाथा डिपार्टमेन्टको अगाडि रा.सी. अटो मोबाइल्स कम्पनीले नयाँ मोडलमा दुईवटा एन एक्स टु हन्ड्रेड सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको मोडलमा एउटा सिम्पल र अर्को मोडिफाई गरिएको छ । यस मोटरसाइकलमा डबल च्यानल एबीएस, बीएस ६ एफआई सिस्टम र साइड स्ट्यान्ड इन्जिन कटर जस्ता विशेषताहरू रहेका छन्। कम्पनीका प्रोपाइटर रितेश गुप्ताका अनुसार यो मोडल विशेषगरी युवा पुस्तालाई लक्षित गरी ल्याइएको हो। एन एक्स २०० को मूल्य ४ लाख ८४ हजार ९ सय रुपैयाँ तोकिएको छ। ग्राहकहरूका लागि विशेष एक्सचेन्ज अफर पनि उपलब्ध छ, जसमा एक्सचेन्ज गर्दा ग्राहकले ५ हजार रुपैयाँ थप गर्नुपर्नेछ। यसका साथै, नगद खरिदमा ४ हजार रुपैयाँको विशेष छुट दिइने व्यवस्था गरिएको छ। यो विशेष अफर भदौ २ देखि ७ गते...
उदयपुर सिमेन्ट उद्योगलाई झण्डै ६३ करोड र त्रियुगा नगरलाई ३ करोड बढी बिद्युत महशुल

उदयपुर सिमेन्ट उद्योगलाई झण्डै ६३ करोड र त्रियुगा नगरलाई ३ करोड बढी बिद्युत महशुल

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ भदौ । नेपाल बिद्युत प्राधिकरणले ३९ औँ बार्षिकोत्सव शनिवार धुमधामका साथ मनाएको छ । यस अवसरमा नेपाल विद्युत प्राधिकरण उदयपुर शाखाले पनि बिभिन्न कार्यक्रम गरी बार्षिकोत्सव मनाएको छ । खेलकुद देखी रक्तदान सम्मको कार्यक्रम आयोजना गरी उदपुर शाखाले शनिवार भव्य रुपमा बार्षिकोत्सव मनाएको हो । नेपाल सरकारको एक मात्रै नाफामा उभो लागेको संस्था विद्युत प्राधिकरणले आफ्नो संस्थाका प्रगति र कर्मचारीहरु प्रति उच्च मनोवल बढाउँदै बार्षिकोत्सवको अवसरमा देशैभरी बिबिध कार्यक्रमहरु संञ्चालन गरेका थिए । नेपालका ६ उद्योगीहरुका कारण यतिवेला सरकार र विद्युत प्राधिकरणबीच लफडा पनि चलिनै रहेको छ । यो लफडाका कारण उद्योगीहरुको कम्जोरी हो या प्राधिकरणको भन्ने बिषयमा अनुसन्धात तथा छलफल भैरहेकै छ । तर नेपाली समाजमा सानोलाई ऐन अनि ठुलालाई चैन झैँ ब्यवहार गरेपछि साना उद्योगी र जनताहरुले बिद्युतको महसुल ति...
कटारीका मेयर राजेश चन्द्र श्रेष्ठमाथि करोडौं रुपैयाँ दुरुपयोगको आरोप

कटारीका मेयर राजेश चन्द्र श्रेष्ठमाथि करोडौं रुपैयाँ दुरुपयोगको आरोप

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ३१ । उदयपुरको कटारी नगरपालिकामा १ करोड ७६ लाख ५८ हजार रुपैयाँ खर्चको विषयमा विवाद चर्किएको छ। उपमेयर गीता खड्काले बिहीबार पत्रकार सम्मेलन गरी मेयर राजेश चन्द्र श्रेष्ठले टिप्पणी आदेशको भरमा उक्त रकम मनोमानी ढंगले खर्च गरेको आरोप लगाएकी छन्। उपमेयर खड्काका अनुसार मेयर श्रेष्ठले नगरसभालाई छलेर टिप्पणी आदेशबाट खर्च गरेको रकम अनुमोदन गराउन खोजेका थिए। "हाम्रो विवाद भनेको एक करोड ७६ लाख पैसा नियमित रुपमा सिस्टमबाट चल्नुपर्ने हो, अनियमितता नहोस् र सही ठाउँमा प्रयोग होस् भन्ने हो," उपमेयर खड्काले भनिन्। उनले यो रकम संघीय सरकारबाट प्राप्त खानी तथा वन रोयल्टी बापतको राजश्व रहेको जानकारी दिइन्। साथै उनले मेयर र प्रमुख प्रशासकीय अधिकृतले गरेको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताइन्। यसअघि बुधबार मेयर श्रेष्ठले पत्रकार सम्मेलन गरी साउन २७ मा सम्पन्न ...
कोशी प्रदेशका कर्मचारीको निवृत्तिभरण कोष अन्योलमा

कोशी प्रदेशका कर्मचारीको निवृत्तिभरण कोष अन्योलमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ३१ ।  कोशी प्रदेश सरकारको अकर्मण्यताका कारण प्रदेश लोकसेवा आयोगबाट सिफारिस गरिएका १,७७९ कर्मचारीको योगदानमूलक निवृत्तिभरण कोष अझै स्थापना हुन सकेको छैन। यसले गर्दा ती कर्मचारीहरूको मासिक तलबबाट कट्टा हुने ६ प्रतिशत रकम कहाँ जम्मा भइरहेको छ भन्ने विषय अन्योलग्रस्त बनेको छ। कोशी प्रदेश लोकसेवा आयोगका सूचना अधिकारी केदारनाथ रिजालका अनुसार प्रदेश र स्थानीय तहमा गरी १,७७९ जना कर्मचारी सिफारिस भएका छन्। तर यी कर्मचारीहरूको निवृत्तिभरण कोष स्थापना नहुँदा उनीहरूको भविष्य अनिश्चित बनेको छ। कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरका प्रमुख रामशरण अर्यालले प्रदेशका कर्मचारीको निवृत्तिभरणको विषयमा प्रदेशले कानुन बनाउनुपर्ने भएकाले अन्योल देखिएको बताए। "प्रदेशका कर्मचारीको निवृत्तिभरणको विषय प्रदेशले कानुन बनाउने भनेको कारण अन्योल देखिएको हो," उनले भने। नेपाल राष्ट्रिय कर्मचारी मह...
उदयपुरको कटारीमा पहिरोले ट्रक बगायो

उदयपुरको कटारीमा पहिरोले ट्रक बगायो

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ३१ । उदयपुरको कटारी नगरपालिका-१४ घुर्मीमा गएराति पहिरोले एक ट्रक बगाएको छ। ओखलढुंगाबाट इटहरीतर्फ जाँदै गरेको प्र ०२-००२ ख ०१२६ नम्बरको ट्रक पहिरोमा परेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता राजन चापागाईका अनुसार घटनामा मानवीय क्षति भएको छैन। उनले भने, "पानी परिरहेको अवस्थामा बाटो साँघुरो देखेर चालक र सहचालक बाटो हेर्न झरेको बेला ट्रक सडकसँगै भासिएर १५ मिटर तल खसेको हो।" संखुवासभाका चालक ललित विश्वकर्माले उत्तिसको काठ बोकेर ल्याउँदै गरेको ट्रक दुर्घटनामा परेको प्रवक्त्ता चापागाईले बताए । चालक र सहचालक सडकको अवस्था हेर्ने क्रममा ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रवक्ता चापागाईले भने, "हाल उक्त सडकखण्डमा यातायात सुचारु रहेको छ।" प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।...
उदयपुरको कटारीमा पहिरोले ट्रक बगायो

उदयपुरको कटारीमा पहिरोले ट्रक बगायो

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ३१ । उदयपुरको कटारी नगरपालिका-१४ घुर्मीमा गएराति पहिरोले एक ट्रक बगाएको छ। ओखलढुंगाबाट इटहरीतर्फ जाँदै गरेको प्र ०२-००२ ख ०१२६ नम्बरको ट्रक पहिरोमा परेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता राजन चापागाईका अनुसार घटनामा मानवीय क्षति भएको छैन। उनले भने, "पानी परिरहेको अवस्थामा बाटो साँघुरो देखेर चालक र सहचालक बाटो हेर्न झरेको बेला ट्रक सडकसँगै भासिएर १५ मिटर तल खसेको हो।" संखुवासभाका चालक ललित विश्वकर्माले उत्तिसको काठ बोकेर ल्याउँदै गरेको ट्रक दुर्घटनामा परेको प्रवक्त्ता चापागाईले बताए । चालक र सहचालक सडकको अवस्था हेर्ने क्रममा ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रवक्ता चापागाईले भने, "हाल उक्त सडकखण्डमा यातायात सुचारु रहेको छ।" प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।...
कटारी नगरपालिकाका मेयरद्वारा विवादित नगर सभाबारे स्पष्टीकरण

कटारी नगरपालिकाका मेयरद्वारा विवादित नगर सभाबारे स्पष्टीकरण

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ३१ ।  उदयपुरको कटारी नगरपालिकामा हालै सम्पन्न १३औं नगर सभापछि उठेका विवादहरूलाई सम्बोधन गर्न मेयर राजेश चन्द्र श्रेष्ठले बुधबार पत्रकार सम्मेलन गरेका छन्। सामाजिक सञ्जाल र मिडियामा उठेका प्रश्नहरूको जवाफ दिँदै मेयर श्रेष्ठले नगर सभामा पारित भएका निर्णयहरूको वैधानिकता र पारदर्शिताको पक्षमा आफ्नो धारणा राखे। मेयर श्रेष्ठले नगर सभामा उपमेयर गीता खड्काद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सर्वसम्मतिले पारित भएको दाबी गरे। उनले गत आर्थिक वर्षको आय-व्यय र आगामी वर्षको बजेटबारे संक्षिप्त जानकारी दिए। साथै, सभापछि उठेका विवादहरूप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालमा फैलिएका अफवाहहरू, विशेषगरी एक करोड ७६ लाख रुपैयाँको खर्चबारे स्पष्टीकरण दिए। मेयरले कुनै अनियमितता प्रमाणित भए राजनीति छोड्ने चेतावनी दिँदै नगरपालिकाको कामकारबाहीमा पारदर्शिता र जवाफदेहिताको...
उदयपुरको त्रिनपामा गर्मीसँगै सर्पदंशका घटना बढ्दो

उदयपुरको त्रिनपामा गर्मीसँगै सर्पदंशका घटना बढ्दो

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २९ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा गर्मी बढेसँगै सर्पदंशका घटनाहरू उल्लेखनीय रूपमा वृद्धि भएको छ। स्थानीयवासीका अनुसार जोगिदह, मोथ्याई, खैजनपुर, भुल्के, पोर्ताह, राजावास, चुहाडे लगायत राजाबास गैरुन, असारी र लक्ष्मीपुर क्षेत्रमा सर्पको उपस्थिति बढेको छ। नेपाली सेना भुल्के सामुदायिक सर्पदंश उपचार केन्द्रका अनुसार करेसाबारी, गोठ र खेतमा काम गर्दा करेत लगायतका विषालु सर्पको डसाइबाट स्थानीयवासी प्रभावित भएका छन्। उपचार केन्द्रका व्यवस्थापन समिति अध्यक्ष पवित्रा गिरीका अनुसार हाल त्रियुगा नगरक्षेत्रबाट दैनिक ५ देखि ६ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि केन्द्रमा आउने गरेका छन्। स्थानीय ज्ञानबहादुर बस्नेतका अनुसार धेरैजसो सर्पदंशका घटनाहरू रातिको समयमा खेतमा पानी लगाउन जाने, घरवरपर काम गर्ने, र गोठमा साँझ बिहान काम गर्ने व्यक्तिहरूमा देखिएको छ। उपचार केन्द्रका अध्यक्...
कोशी प्रदेशको निजामती सेवा नियमावली विवादमा

कोशी प्रदेशको निजामती सेवा नियमावली विवादमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन २९ ।  कोशी प्रदेश सरकारले गत साउन ९ गते स्वीकृत गरेको प्रदेश निजामती सेवा नियमावली २०८१ अझै राजपत्रमा प्रकाशित हुन सकेको छैन। यसले कर्मचारी वृत्तमा असन्तुष्टि र आशंका जन्माएको छ। प्रमुख सचिव केदारनाथ शर्माका अनुसार नियमावलीको भाषा मिलाउन केही समय लागेको हो र यो एक हप्ताभित्र प्रकाशित हुनेछ। तर केही कर्मचारीहरूले नियमावलीमा समस्या भएकाले प्रकाशनमा ढिलाइ भएको आशंका गरेका छन्। निजामती सेवा ऐनप्रति पनि कर्मचारीहरूको असन्तुष्टि छ। विशेषगरी वन रक्षक र लेखाका कर्मचारीहरूले ऐनमा आफूहरूलाई अन्याय गरिएको बताउँदै आन्दोलन गरिरहेका छन्। उनीहरूले तह कायम, बढुवा प्रक्रिया र समान व्यवहारको माग गरेका छन्। सरकारले कर्मचारीहरूको मागलाई सम्बोधन गर्न ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ। तर नियमावली प्रकाशनमा भइरहेको ढिलाइले नयाँ प्रश्न उब्जाएको छ। कर्मचारीहरूले नियमावली कार्यान्वयनमा समस्या...
कोशीमा मन्त्रालय विभाजन गरी कांग्रेसलाई सरकारमा ल्याउने तयारी

कोशीमा मन्त्रालय विभाजन गरी कांग्रेसलाई सरकारमा ल्याउने तयारी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन २९ ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन मन्त्रालय विभाजनको तयारी गरेका छन्। हाल ९ वटा रहेका मन्त्रालयलाई बढाएर ११ पुर्‍याउने योजना रहेको स्रोतहरूले जनाएका छन्। यो कदमले कांग्रेसको आन्तरिक विवाद समाधान गर्न र सरकारमा सहभागिता सुनिश्चित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। नेपाली कांग्रेस र एमालेबीच पहिले ४-४ मन्त्रालय लिने सहमति भए पनि कांग्रेसको आन्तरिक बाँडफाँटमा विवाद उत्पन्न भएको थियो। संस्थापन पक्ष, डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षबीच मन्त्रालय वितरणमा सहमति जुट्न सकेको थिएन। मन्त्रालय विभाजन गरेर ११ पुर्‍याउँदा दुवै दलले ५-५ वटा मन्त्रालय पाउने र यसले विवाद समाधान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। मुख्यमन्त्री कार्कीले सार्वजनिक रूपमा मन्त्रालय विभाजनको औपचारिक निर्णय नभएको बताए पनि अनौपचारिक छलफल भइरह...