Wednesday, August 12News That Matters

Breaking News 1

उदयपुरमा चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

उदयपुरमा चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १४ । उदयपुरमा चोरी मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–४ बगाहा बस्ने ३५ बर्षीय कपिल भन्ने कपिलेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार जिल्ला अदालतको फैसलाले चोरी मुद्दामा ५ महिना ३ दिन कैद र ४५ हजार रुपैँया जरिबाना भई फरार रहेका चौधरीलाई शनिबार जिप्रका बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।...
डेडी फुटसलको पोष्टमा ब्रोदर्स फुटवल क्लवको ८ गोल

डेडी फुटसलको पोष्टमा ब्रोदर्स फुटवल क्लवको ८ गोल

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १३ साउन । बोक्सेमा जारी सेभेन ए साईड फुटवल प्रतियोगिताको तेस्रो दिन ब्रोदर्स फुटवल क्लव बिजयी बनेको छ । डेडी फुटसललाई ८÷० ले हराउँदै ब्रोदर्स बिजयी बनेको हो । ब्रोदर्सको तर्फबाट दिवस श्रेष्ठले ५ गोल, सुदिप श्रेष्ठले २ गोल र युवराज थापाले १ गोल गरी जम्मा ८ गोल हानेका थिए । यता डेडी फुटसल भने गोलबाट बन्चित बने । खेलमा दिवस श्रेष्ठ म्यान अफ म्याच घोषित बने । उनले नगद रु १ हजार प्राप्त गरे । श्रेष्ठलाई नेशनल लाईफ इन्सोरेन्स गाईघाट शाखा प्रमुख प्रेम कुमार राईले पुरस्कार नगद प्रदान गरेका थिए ।...
दोस्रो सेभेन (ए साईड) फुटवललाई टाईगर बोसको दोस्रो पुरस्कार सहयोग

दोस्रो सेभेन (ए साईड) फुटवललाई टाईगर बोसको दोस्रो पुरस्कार सहयोग

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, १३ साउन । ओखलढुँगा निवासी हाल मकाउमा रहेका टाईगर बोसले बोक्सेमा जारी दोस्रो सेभेन ए साईड फुटवल प्रतियोगितालाई दोस्रो पुरस्कार राशी सहयोग गरेको छ । फुटवल प्रेमी समेत रहेका टाईगर बोसले दोस्रो पुरस्कार रकम सयोग गर्ने घोषणा गरेको हो । उनले प्रतियोगिताका लागि रु २० हजार सहयोग गर्ने भएको आयोजक समितिले जाकारी दिएको छ । आयोजक टिमले उनलाई धन्यवाद प्रकट गरेको छ । खेल यहि साउन १० देखी बोक्से खसी बजारमा जारी छ । उक्त प्रतियोगिताका बिजेताले नगद राशी रु ४० हजार ट्रफि र उपबिजेताले रु २० हजार नगद र ट्रफि पाउने छ ।...
एसईई नतिजामा व्यापक त्रुटि : ९१ अंक प्राप्त गर्नेलाई १९ मात्र दिइयो

एसईई नतिजामा व्यापक त्रुटि : ९१ अंक प्राप्त गर्नेलाई १९ मात्र दिइयो

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, साउन १३ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजामा गम्भीर लापरबाही गरेको पाइएको छ। पुनर्योगका लागि आवेदन दिएका ५ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा फरक परेको छ। केही विद्यार्थीको हकमा त ९१ अंक प्राप्त गरेकोमा १९ मात्र दिइएको जस्ता चरम त्रुटिहरू फेला परेका छन्। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार गत असारमा प्रकाशित नतिजामा चित्त नबुझेर १८,६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। तीमध्ये साढे ११ हजार विद्यार्थीको पुनर्योग गर्दा ६२१ जनाको नतिजा परिवर्तन भएको छ। परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘प्राप्तांक कम्प्युटरमा चढाउँदा ७१ ल्याएका विद्यार्थीलाई १७, ६९ ल्याएकालाई ०९ दिएको जस्ता त्रुटि देखिएका छन्।’ उनका अनुसार यस्ता त्रुटिहरू उत्तरपुस्तिका परीक्षणपछि नम्बर जोड्दा उत्तरपुस्तिकाभित्रबाट बाहिर कभरमा नम्बर लेख्दा, मार्कस्लिप र कम्प्युटरमा चढा...
कोशी प्रदेशमा काग्रेस र एममालेबिच ४–४ वटा मन्त्रालय लिने सहमती

कोशी प्रदेशमा काग्रेस र एममालेबिच ४–४ वटा मन्त्रालय लिने सहमती

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १२ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा एमाले बिच मन्त्रालय बाँडफाडमा सहमती भएको छ । शनिबार काठमाडौंमा भएको बैठकमा दुई दलबीच ८ वटा मन्त्रालयमध्ये ४–४ वटा मन्त्रालय लिने निर्णय भएको हो। नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमालेका मुख्यमन्त्रीसहित पाँच र कांग्रेसका चार जना मन्त्री रहने गरी सोमबार सरकार विस्तार गरिने जानकारी दिए। कांग्रेसले सरकारको नेतृत्व आलोपालो गर्ने प्रस्ताव गरे पनि त्यसमा सहमति हुन नसकेको सचेतक भण्डारीले बताए। ‘आलोपालोको विषयमा केन्द्रीय नेतृत्वको निर्णय अनुसार अघि बढ्ने सहमति छ’, भण्डारीले भने, ‘बाँकी विषय विराटनगरमा छलफलपछि टुङ्गो लाग्छ ।’ कोशी प्रदेश सरकारमा माओवादी केन्द्रले सरकार छाडेपछि मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटन वन तथा वातावरण मन्त्रालय कांग्रेसलाई दिने तयारी गरेका छन् । त्यस्तै उद्योग, कृषि तथ...
दमौटी दोस्रो सेभेन ‘ए’ साईड फुटबलको सेमिफाईनलमा

दमौटी दोस्रो सेभेन ‘ए’ साईड फुटबलको सेमिफाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन १२ । दमौटी फुटबल क्लब दोस्रो सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार बोक्से स्थित गंगा खेल मैदानमा भएको पहिलो क्वाटरफाईनल खेलमा बगाहा फुटबल क्लबलाई ३ गोलको बिरुद्ध ६ गोल गर्दै दमौटी फुटबल क्लबले सेमिफाईनलमा स्थान पक्का गरेको हो । दमौटी फुटबल क्लबका लागी रबि शंकर चौधरीले ह्याट्रिक गरे भने अशिम राईले २ र बिशाल भण्डारीले १ गोल गरे । त्यस्तै बगाहाको लागी रबिन सिंहले २ गोल गरे भने दिपलभ कटुवालले १ गोल गरे । यस खेलको म्यान अफ द म्याच दमौटी फुटबल क्लबका रवि शंकर चौधरी बने । उनले नगद रु. १ हजार सहित मेडल प्राप्त गरे ।दोस्रो क्वाटरफाईनल खेल आयोजक ब्रोदर्श फुटबल क्लब र डेडी फुटसल बिच भोली दिउँसो ४ बजे हुनेछ । यस प्रतियोगिताको विजेता टिमले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण...
उदयपुरका १५ किशोरीलाई ३९० घण्टे बिउटिसियन तालिमको प्रमाण पत्र

उदयपुरका १५ किशोरीलाई ३९० घण्टे बिउटिसियन तालिमको प्रमाण पत्र

Breaking News 1
पूर्णपुष्टि, १२ साउन । हुरेण्डेक उदयपुरले संञ्चालन गरेको ३९० घण्टे बिउटिसियन तालिम शनिवार सम्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा त्रियुगा नगरपालिका ९ राजावास स्थित ओरेक उदयपुरको सभाहलमा भएको तालिम सम्पन्न भएको हो । हुरेण्डेकले जेष्ठ २६ गते कम्युटर, मोवाईल मर्मत र बिउटीसियन गरी तिन ओटा क्षेत्रमा तालिम संञ्चालन गरेको थिए । कम्युटर प्रशिक्षणको तालिम २२० घण्टे भएकाले असार २२ गतेनै सम्पन्न भैसकेको छ भने मोवाईल मर्मत र बिउटीसियनको साउन १२ गते शनिवार सम्पन्न भएको हो । बिउटिसियनमा १५, कम्युटरमा १७ र मोवाईल मर्मत तर्फ १ जना गरी जम्मा ३३ जना किशोर किशोरीहरु तालिममा सहभागी थिए । परियोजना व्यवस्थापक विकल सुवेदीका अनुसार संस्थाले यस्ता खाले सिपमुलक तालिमहरु उदयपुरमा पहिल्यैबाट संञ्चालन गर्दै आएको जनाए । उक्त कार्यक्रम परियोजनाको कार्यक्षेत्र उदयपुरको रौतामाई, ताप्ली...

कोशी प्रदेशमा एमाले र कांग्रेसबीच भागबण्डा लगभग टुङ्गियो

कोशी प्रदेशमा एमाले र कांग्रेसबीच भागबण्डा लगभग टुङ्गियो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १२ । कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डाको विषयमा लगभग सहमति भएको छ। दुई दलका नेताहरूबीच भएको अनौपचारिक छलफलमा चार–चार वटा मन्त्रालय राख्ने सहमति भएको छ। एमाले स्रोतका अनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार वटा मन्त्रालय पाउने छन्। तर कांग्रेसले कुन–कुन मन्त्रालय पाउने भन्ने विषय भने अझै टुंगो लाग्न बाँकी छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रले छाडेका तीन वटा र आफूसँग रहेको कृषि मन्त्रालय कांग्रेसलाई दिने तयारी गरेका छन्। कांग्रेसले भने माओवादी केन्द्रले छाडेको बाहेक आन्तरिक मामिला तथा कानुन मन्त्रालय र खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयमध्ये एक पाउनुपर्ने माग राखेको छ। यस विषयमा औपचारिक छलफल शनिबार काठमाडौंमा हुने भएको छ। कांग्रेसले आलोपालो नेतृत्वको माग गरेको र लिखित सहमतिको प्रस्ताव राखेको छ। तर मुख्यमन...
सौर्य विमान दुर्घटना : क्षतिपूर्तिको आश्वासनपछि शव बुझ्दै परिवार

सौर्य विमान दुर्घटना : क्षतिपूर्तिको आश्वासनपछि शव बुझ्दै परिवार

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूका शव परिवारजनले बुझ्न थालेका छन्। बुधबार पोखराका लागि उडेको विमान विमानस्थलमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। शुरुमा बिमा र क्षतिपूर्ति रकम निर्धारण नभएसम्म शव नबुझ्ने अडान राखेका परिवारजन सौर्य एयरलाइन्सले उचित क्षतिपूर्ति र सहयोगको आश्वासन दिएपछि शव बुझ्न सहमत भएका हुन्। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका छन्। तर विदेशी नागरिकको शव बुझाउन प्रक्रियागत कारणले केही दिन लाग्ने बताइएको छ। केही परिवारजन विदेशबाट आउनुपर्ने भएकोले पनि शव बुझाउन ढिलाइ भएको अस्पताल प्रशासनले जनाएको छ। सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले मृतकका परिवारजनलाई समवेदना व्यक्त गर्दै कम्पनीका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसअघि...