Wednesday, August 12News That Matters

Breaking News 1

दमौटी दोस्रो ७ए साईड फुटबल प्रतियोगिताको फाईनलमा

दमौटी दोस्रो ७ए साईड फुटबल प्रतियोगिताको फाईनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन १६ । बोक्सेमा जारी दोस्रो ७ए फुटबल प्रतियोगिताको फाईनलमा दमौटी फुटबल क्लब प्रवेश गरेको छ । बुधबार गंगा खेल मैदानमा भएको पहिलो सेमिफाईनल खेलमा शिशवारी फुटबल क्लबलाई २–३ गोलले हराउँदै दमौटी फुटबल क्लबले अन्तिम दुईमा स्थान बनाएको हो । दमौटीको लागी जर्सी नं ९ का प्रताब राई, जर्सि नं १७ का अन्जन हमाल र जर्सि नं ३ का रितेस तामाङ्ले १–१ गोल गरे । त्यस्तै शिशवारीको लागी जर्सि न ४ का निखिल कार्कि र जर्सी नं १० का बिश्वास राईले १–१ गोल गरे । यस खेलको म्यान अफ दि म्याच दमौटी फुटबल क्लबका अन्जन हमाल बने । उनले नगद रु. १ हजार सहित मेडल प्राप्त गरे । भोली हुने दोस्रो सेमिफाईनल खेलबाट फाईनल खेल्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । यस प्रतियोगिताको वेजता टिमले नगद रु. ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेता टिमले नगद रु. २० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प...
त्रियुगा उद्योग बाणिज्य संघद्धारा वाहिनिपति बैदवारलाई विधाई, गुरुङलाई स्वागत

त्रियुगा उद्योग बाणिज्य संघद्धारा वाहिनिपति बैदवारलाई विधाई, गुरुङलाई स्वागत

Breaking News 1
पूर्णपुष्टि, १६ साउन । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले १८ नं वाहिनि भुल्केको बाहिनिपति तथा सहायक रथि मनोज बैदवारलाई बिदाई गरेको छ । बैदवारको राष्ट्रपति कार्यालय भवन काठमाण्डौँमा सरुवा भएसँगै विद्याई गरिएको हो । बुधबार संघको भवनमा रमेश रसाईलीको अध्यक्षतामा बैदवारको भव्य विदाई गरियो । संघका पदाधिकारी तथा व्यवसायीहरुको उपस्थितिमा बैदवारको विदाई भएको हो । बैदवार २०८० साल साउन २६ गते १८ नं वाहिनि भुल्केमा जिम्मेवार सम्हाल्न आईपुगेका थिए ।यस्तै बैदवारको ठाउँमा नेतृत्व सम्हाल्न आएका गौरब गुरुङलाई १८ नं वाहिनि भुल्के उदयपुरमा भव्य स्वागद गरिएको छ । गुरुङलाई बैदवारको विदाई सँगै स्वागत गरिएको हो । गूरुङले अब १८ नं वाहिनिमा जिम्मेवारी सम्हाल्ने छ । विदाई भएको वैदवार र कार्यभार सम्हाल्न आएका गरुङलाई त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईलीले मायाको चिनो र खादाले सम्मान स्वागत तथा...
कटारी नगरपालिकाको निःशुल्क एसईई तयारी कक्षासँगै अतिरिक्त शुल्क लिएर पढाउँदै कालिका मावि

कटारी नगरपालिकाको निःशुल्क एसईई तयारी कक्षासँगै अतिरिक्त शुल्क लिएर पढाउँदै कालिका मावि

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, साउन १६ । उदयपुरको कटारी नगरपालिकाले एसईईको ग्रेडवृद्धि परीक्षाका लागि निःशुल्क तयारी कक्षाको व्यवस्था गरेको भए पनि एक विद्यालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिएको खुलासा भएको छ। कटारी नगरपालिकाले असार २३ मा सूचना जारी गरी सात विद्यालयमा निःशुल्क तयारी कक्षाको व्यवस्था गरेको थियो। नगरपालिकाले गणित, अंग्रेजी र विज्ञान विषयका शिक्षकहरूलाई पारिश्रमिक दिने गरी अतिरिक्त कक्षाको व्यवस्था गरेको थियो। तर, कटारी नगरपालिका वडा नम्बर १० स्थित जनता कालिका मावि सोरुङ्गले विद्यार्थीहरूबाट थप रकम लिएको पाइएको छ। वडाध्यक्ष क्षेत्रबहादुर खड्काले शिक्षकहरुले अतिरिक्त रकम लिएको सुन्नमा आएकाले यस विषयमा छलफल गरिने बताएका छन् । विद्यालयका प्रधानाध्यापक शंकर कुमार श्रेष्ठले रकम लिएको स्वीकार गर्दै उक्त रकम थप अतिरिक्त कक्षा पढाएवापत अभिभावक र विद्यार्थीहरूसँगको छलफलबाट लिएको बताएका छन् । ...
सर्जक देविन बाबु राईको “लिङ्दुङ्मा साईली” सार्वजानिक, भिडियो लिंक सहित

सर्जक देविन बाबु राईको “लिङ्दुङ्मा साईली” सार्वजानिक, भिडियो लिंक सहित

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १५ साउन । गित सर्जक देविन बाबु (देविन्द्र राई) को लिङ्दुङ्मा साईली बोलको गित सार्वजानिक भएको छ । चौदण्डीगढी नगरपालिका ४ बसाहाका राईले चाम्लीङ राई समुदायहरुmलाई चित्रण गर्दै लिङ्दुङ्मा साईली सार्वजानिक गरेको हो । गायक परेश राई र गायीका इन्द्रकला राईको स्वरमा सजिएको गितमा मोडल विपना राई सँगै गायक स्वयम परेश राईले समेत अभिनय गरेको छ । उनिहरु सँगै तिमाल राईलाई पनि अभिनयमा देख्न सकिन्छ । देबिन बाबू राईको शब्द ,सङ्गीत रहेको गितमा सागर संसार राईको सङ्गित संयोजन तथा मास्टरिङ रहेको छ। गितलाई विशाल लिम्बूको रेकर्डिङ माहौल स्टुडियोमा रेकर्ड गरिएको छ । गितको शव्द संगित, कलकारको अभिनय र मुन्धुम पदमार्गले परिचित टेम्के मैयुङ क्षेत्रमा गरिएको छायांकनले दर्शकहरुलाई आकर्षित गर्छ । लेकमा बस्ने गोठाले र जिम्वालको छोरी सँग माया बसेको कथा यस गितको अभिनयमा देख्न सकिन्छ । https://youtu.be/hm6...
गुटगत विवादले कोशी प्रदेश सरकारमा कांग्रेसको सहभागिता अन्योलमा

गुटगत विवादले कोशी प्रदेश सरकारमा कांग्रेसको सहभागिता अन्योलमा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १५ । कोशी प्रदेश सरकारमा सहभागिताको लागि तयार रहेको नेपाली कांग्रेसले आफ्नै गुटगत विवादका कारण मन्त्रीको नाम छनोट गर्न सकेको छैन। एमाले–कांग्रेसबीच चार–चार वटा मन्त्रालय भागबण्डा गर्ने सहमति भइसकेको भए पनि कांग्रेसले अझै मन्त्री पठाउन सकेको छैन। कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने र समावेशी सिद्धान्त अपनाउने निर्णय गरेको छ। कांग्रेसका २९ सांसदमध्ये २७ जनाले मन्त्री बन्न दाबी गरेका छन्, जसमध्ये ४ देखि ६ जनासम्म मन्त्री र राज्यमन्त्री बन्न सक्ने सम्भावना रहेको छ। पार्टीभित्र शेरबहादुर देउवा, शेखर कोइराला र कृष्णप्रसाद सिटौला गुटबाट मन्त्री बनाउने गरी छलफल भइरहेको छ। लैंगिक र समावेशीतालाई ध्यान दिने निर्णय गरिए पनि हाल चर्चामा रहेका नाममा महिलाको प्रतिनिधित्व कम देखिन्छ। केन्द्रमा जस्तै प्रदेशमा पनि एमालेकांग्रेस गठबन्धन बनाउने सहमति भए...
नेपालको रैथाने बाली कोदो : उत्पादन कम, आयात बढी

नेपालको रैथाने बाली कोदो : उत्पादन कम, आयात बढी

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १५ । नेपालको रैथाने खाद्य बाली मानिने कोदोको उत्पादन न्यून रहेको तर आयात बढ्दै गएको पाइएको छ। कृषि मन्त्रालयका अनुसार मुलुकका ७७ जिल्लामा कोदो खेती गरिए पनि उत्पादन अत्यन्तै कम छ। तर गत आर्थिक वर्षमा मात्रै नेपालले ७५ करोड ४१ लाख रुपैयाँ बराबरको कोदो आयात गरेको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। कृषि अर्थशास्त्री अभिनाश सिलवालका अनुसार नेपालको रैथाने बालीलाई समयमै ब्रान्डिङ गर्न नसक्दा यस्तो अवस्था आएको हो। उनले भने, ‘हाम्रो सरकार र किसान दुवैको फोकस नगदे बाली र तरकारीमा मात्रै भयो, तर संसारभरि नै हुने कुरामा फोकस गरिएन, कोदो–फापरमा ध्यान दिइएन। कोदो पौष्टिक खाद्यान्न मानिन्छ र यसमा चामल र मकैभन्दा ३५ गुणा बढी क्याल्सियम पाइन्छ। नेपालमा परम्परागत रूपमा कोदो मुख्यतः ढिँडो, रोटी, रक्सी र पशु आहारामा प्रयोग हुने गरेको छ।...
शिशवारी सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा

शिशवारी सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, साउन १४ । बोक्सेमा जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा शिशवारी फुटबल क्लबले स्थान बनाएको छ। सोमबार गंगा खेल मैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा शिशावारीले डिडि वाईसि बेल्टारलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। खेलको निर्धारित समयमा शिशवारीका लागि जर्सी नम्बर १ का अर्जुन रानाले गोल गरेका थिए भने डिडि वाईसिका लागि जर्सी नम्बर १० का सचिन खड्काले गोल गरेका थिए। यस खेलको म्यान अफ द म्याच शिशवारी फुटबल क्लबका अर्जुन राना घोषित भए। उनले नगद रु. १ हजार सहित मेडल प्राप्त गरे।...
स्थानीय सरकार सञ्चालन ऐन संशोधन विधेयक अर्थ मन्त्रालयमा अड्कियो

स्थानीय सरकार सञ्चालन ऐन संशोधन विधेयक अर्थ मन्त्रालयमा अड्कियो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, साउन १४ । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को संशोधन विधेयक अर्थ मन्त्रालयमा अड्किएर रहेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चैत दोस्रो हप्तामा राय सुझावका लागि पठाएको विधेयकको मस्यौदा अर्थ मन्त्रालयले झण्डै चार महिना बित्दा पनि फिर्ता नपठाएको हो। प्रस्तावित संशोधन विधेयकमा स्थानीय तहलाई सबल बनाउने, समस्या समाधान गर्ने र विकृति हटाउने विभिन्न प्रावधानहरू समावेश गरिएका छन्। यसमा स्थानीय तहको कार्यपालिकालाई संघीय सरकारले निलम्बन गर्न सक्ने, वडाको सीमाना र संख्या परिवर्तन गर्ने प्रक्रिया कडा बनाउने, नदीजन्य पदार्थको राजस्व बाँडफाँटमा परिवर्तन गर्ने लगायतका महत्वपूर्ण प्रस्तावहरू रहेका छन्। संघीय मामिला मन्त्रालयका सहसचिव सुमन दाहालका अनुसार विधेयकमा विभिन्न आर्थिक तथा राजस्वसम्बन्धी विषयहरू रहेकाले अर्थ मन्त्रालयको राय आवश्यक छ। अर्थको राय प्राप्त भएपछि मात्र विध...
देशभर ९२.४ प्रतिशत धान रोपाईं सम्पन्न, गत वर्षको तुलनामा उल्लेख्य वृद्धि

देशभर ९२.४ प्रतिशत धान रोपाईं सम्पन्न, गत वर्षको तुलनामा उल्लेख्य वृद्धि

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १४ । नेपालमा यस वर्षको धान रोपाईं उल्लेख्य रूपमा बढेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार साउन १३ गतेसम्म देशभर ९२.४ प्रतिशत रोपाईं सम्पन्न भएको छ। गत वर्ष यही अवधिमा ७८१ प्रतिशत मात्र रोपाईं भएको थियो। कुल १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २२१ हेक्टरमा रोपाईं भइसकेको छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९।६ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ९०।७ प्रतिशत रोपाईं भएको छ। विशेषगरी मधेस प्रदेशमा उल्लेख्य प्रगति देखिएको छ। गत वर्ष ५८.८ प्रतिशत मात्र रोपाईं भएकोमा यस वर्ष ९२ प्रतिशत पुगेको छ। अन्य प्रदेशहरूमा पनि ९० प्रतिशत भन्दा बढी रोपाईं सम्पन्न भएको छ। कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले समयमा मनसुन सुरु भई नियमित पानी परेका कारण रोपाईं समयमै सम्पन्न भएको बताए। उनले साउनको अन्तिमसम्म शतप्रतिशत रोपा...
साउने सोमबारमा महादेव गुफामा भक्तजनको घुइँचो

साउने सोमबारमा महादेव गुफामा भक्तजनको घुइँचो

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १४ । उदयपुरको कटारी नगरपालिकामा अवस्थित ताराघारी स्थित महादेव गुफामा आज साउनको दोस्रो सोमबार विशेष धार्मिक महत्वका साथ मनाइँदैछ। बिहानैदेखि स्थानीय तथा छिमेकी जिल्लाका भक्तजनहरू पूजा–आराधनाका लागि गुफामा पुगिरहेका छन्। गुफा व्यवस्थापन समितिका अनुसार प्रत्येक साउने सोमबार यहाँ दर्शनार्थीहरूको विशेष भीड लाग्ने गर्दछ। शिवपुराणमा उल्लेख भए अनुसार यस दिनको पूजा र व्रतले सबै प्रकारका समस्याहरू हट्ने र परिवारमा सुख–शान्ति छाउने विश्वास गरिन्छ। गुफा व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर सुनुवारका अनुसार साउन महिनामा शिव पृथ्वीमा आउने पौराणिक मान्यताका कारण यस समयमा विशेष पूजा गरिन्छ। यहाँ पूजा गर्नाले मनोकामना पूरा हुने र दुर्घटना तथा अकाल मृत्युबाट बच्न सकिने जनविश्वास रहेको छ। कटारी र आसपासका क्षेत्रबाट विभिन्न सवारी साधनमार्फत भक्तजनहरू गुफामा पुगिरहेका छन्। यसका साथै, ग...