आज शून्य भेदभाव दिवस
पूर्णपुष्टि,फागुन १७ । के तपाइँ भेदभाव गर्नुहुन्छ रु आखिर के हो त भेदभाव रु भेदभाव प्रायस् गलत सूचना वा अज्ञानताको डरमा आधारित हुन्छ । भेदभाव परापुर्वकाल देखि हाम्रो समाजमा जरा गाडेर फैलिएको यस्तो बिष हो जसले भगवानको यो सुन्दर संसारमा एक अर्कालाई समान देख्न सक्दैन । कहिले जातीय, कहिले लिङ्ग, कहिले आर्थिक अवस्था,कहिले रङ्ग र कहिलेकाही केहि नया परिस्थितिले सिर्जना गर्ने भेदभाव सायद हामीले आफ्नो समाज नियाल्दा देख्ने पहिलो कमजोरी हो । यदि हाम्रो समाज कुनैपनि किसिमको भेदभावबाट मुक्त हुन सकेन भने हामीले कहिले पनि स्थायी विकास लक्ष्यहरू हासिल गर्न सक्दैनौ ।
थुप्रै शिक्षा हासिल गर्यौ हामीले, अहिले २१ औ शताब्दिमा छौ हामि, मानव समुदायले यतिको समय बिताएर आइसक्दा पनि हाम्रो बौद्दिकता अझै हाम्रो समाजमा भएको भेदभावले दर्शाउदछ। प्राय अरु सामाजिक मुद्दा जस्तो भेदभाव अशिक्षासँग मात्र सम्बन्धित छैन, किन...









