Sunday, June 28News That Matters

Breaking News 2

त्रियुगाको मतगणना बोक्सेको भेटनेरी अस्पतालमा हुने

त्रियुगाको मतगणना बोक्सेको भेटनेरी अस्पतालमा हुने

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २९ उदयपुरको त्रीयुगा नगरपालिकाको मतगणना बोक्से स्थित भेटनरी अस्पताल तथा पसुशेवा बिज्ञ केन्द्रको कार्यालयमा हुने भएको छ । मुख्य निर्वाचन अधिकृत दिपक खनालले बिज्ञपति जारी गर्दै मतगणना स्थलबारे जानकारी गराउनु भएको छ । यस्तै मतगणना कहिले गर्ने बारेमा भने मतपेटिका जम्मा भैसकेपछी निर्णय गरिने उल्लेख गरिएको छ । भेटनरी अस्पतालमा हुने मतगणनामा एकैचोटी ३ र ४ ठाउमा गर्ने तयारी समेत गरेको छ ।...
उदयपुरमा ४ वटा नमुना महिला मतदान केन्द्र

उदयपुरमा ४ वटा नमुना महिला मतदान केन्द्र

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २९ गते । स्थानीय चुनावको लागि उदयपुरमा सबै तयारी पूरा हुने क्रममा रहेको छ । शुक्रवार हुने स्थानीय चुनाव मतदानका लागि विभिन्न मतदान स्थलहरुको तयारी व्यापक भइरहेको छ । यो बिहिवार बेलुका सम्म तयारी पुरा गरि भोली विहान ७ बजेदेखि मतदान सुरु हुने छ । उक्त मतदानका लागि उदयपुरमा ९८ वटा मतदान स्थल र २ सय ५८ वटा मतदान केन्द्रहरु तयारी हुदँैछ । जसमध्ये ४ वटा भने नमुना महिला मतदान केन्द्र निर्माण भएका छन् । त्रियुगा नगरपालिका वडा नं. ९ आधारभूत विद्यालय रातमाटे र उदयपुरगढी गाउँपालिका वडा नं. ५ पञ्चावती माध्यमिक विद्यालयमा नमुना महिला मतदान स्थल निर्माण भएको छ । यी २ स्थलमा २÷२ मतदान केन्द्र गरि ४ मतदान केन्द्र रहेको छ । यस केन्द्रमा खटिने सम्पूर्ण कर्मचारीहरु महिला रहनेछ । आधाभूत विद्यालय रातमाटे (केन्द्र (ख) की मतदान अधिकृत रमुना राउतका अनुसार रातमाटेमा क र ख गरि २ केन्द्र रहेको छ...
उदयपुरमा ९८ वटा मतदान स्थल : सुरक्षामा बम डिष्पोजल सहितको टोली

उदयपुरमा ९८ वटा मतदान स्थल : सुरक्षामा बम डिष्पोजल सहितको टोली

Breaking News 2, समाचार
पूर्णपुष्टि, वैशाख २९ गते । उदयपुरमा भोली हुन लागेको निर्वाचनमा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । उदयपुरमा १२ वटा मतदान स्थललाई अति संवेदनशील र ५० वटा संमेवदनशील रहेको भन्दै सुरक्षा व्ववस्था कडा पारेकोे जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । त्यस्तै, जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएसँगै अति संवेदनशील र संवेदनशील केन्द्रमा वर्गीकरण गरी सुरक्षा थ्रेटलाई ख्याल गरेर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिएको छ । उदयपुरमा ३६ वटा मतदान स्थल मात्र सामान्य सूचीमा वर्गीकरण गरिएको छ । उदयपुरमा ९८ वटा मतदान स्थल अन्तर्गत २ सय ५८ वटा मतदान केन्द्र छन्। मतदान केन्द्रमा १ हजार ६ सय १६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। ‘जिल्लाका सबै स्थानमा रिर्जभ फोस पनि परिचालन गरिएको छ । मतदान स्थलमा स्टाइकिङ् टोली पनि खटाइएको छ,’ प्रमुख जिल्ला ...
मौन अवधीको उल्लघंन भएको भन्दै बढ्दो उजुरी

मौन अवधीको उल्लघंन भएको भन्दै बढ्दो उजुरी

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २८ उदयपुर जिल्लामा मौन अवधीको उल्लघंन गरी मतदातालाई प्रभावित पार्ने कार्य भएको भन्दै मुख्य निर्वाचन अधिकुतको कार्यालयमा उजुरी पर्न थालेको छ । मुख्य निर्वाचन दिपक खनालका अनुसार आज मात्र ५० भन्दा बढी उल्लघंनका उजुरी परेका छन् । प्राप्त उजुरीको छानविन गरी आवश्यक कारवाही हुने मुख्य निर्वाचन अधिकृत खनालले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो “उल्लघंनको मात्र हेरी आर्थिक दण्ड देखी उम्मेदवारी खारेज सम्मको कारवाही हुन्छ ।” मुख्य निर्वाचन अधिकृत खनालले उम्मेदवारलाई मौन अवधीको पुर्ण रुपमा पालना गर्नु अनुरोध समेत गर्नुभएको छ । साथै उहाँले कारवाही गर्ने स्थिति सृजना नगर्न राजनितिक दल तथा उम्मेदवारलाई अनुरोध गर्नुभएको छ ।...
त्रियुगामा ग्राभेलको काम पनि अवरोध

त्रियुगामा ग्राभेलको काम पनि अवरोध

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २८ । उदपुरको त्रियुगा नगरपालिकाको अभरमा नगर कार्यक्रमको ग्राभेल काम पनि दलहरुको आग्रहमा प्रहरीले रोक लगाएको छ । चालु आबको २०७८ कार्तिक ३० गते एक सूचनामार्फत अभरमा नगर कार्यक्रमको लागि हेभि इक्युमेन्ट (टिपर र व्याकहोए लोडर) भाडामा माग गरि २०७८ चैत्र ६ गते नगरपालिका र शिवशक्ति निर्माण सेवा विच सम्झौता भएको देखिन्छ । निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (क), दफा ६ (ग) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य नयाँ कार्यक्रम गर्न, नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने व्यवस्था ऐनमा प्रष्ट छ । निर्वाचन आचारसंहिता २०७८ चैत्र २५ गतेदेखि लागू भएपनि सो भन्दा अगाडीको आयोजनाहरुमा ठूलो दलहरुले अवरोध गरेको छ । प्रत्येक वडामा ग्राभेल हुन बाँकी सडकहरुमा ग्राभेल गर्ने सम्झौता अनुसार काम गर्ने क्रममा त्रियुगा नगरपालिका–१३ को किरात ...
जंगलमा महिलाको शव फेला

जंगलमा महिलाको शव फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, वैशाख २८ गते । जंगलका मृत अवस्थामा एक जना महिलाको शव फेला परेको छ । रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका–११ मा सोमवार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो । सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जंगलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जनाएको छ । शव परीक्षणका लागि रूकुम (पूर्व) अस्पताल ल्याइँदैछ । शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।...
आज र भोलि मतदाता परिचय पत्र वितरण हुँदै

आज र भोलि मतदाता परिचय पत्र वितरण हुँदै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २८ गते । स्थानीय तहको निर्वाचन आउन अब मात्रै दुई दिन बाँकी भएकोले आज र भोली नयाँ मतदाताहरुका लागि लागि निर्वाचन आयोगले मतदाता परिचय पत्र वितरण गर्न थालेको छ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण थालेको हो । सम्बन्धित केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने आयोले जनाएको छ । नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ । आसन्न स्थानीय तहको निर्वाचनको मतदान यही वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ । मंगलबार रातिदेखि नै मौनावधि सुरु भइसकेको छ । यो अवधि वैशाख ३० स्थानीय तहको निर्वाचन नसकिउन्जेलसम्मका लागि लाग...
ट्रक दुर्घटनाहुँदा सवारीधनी सहित चालकको मृत्यु

ट्रक दुर्घटनाहुँदा सवारीधनी सहित चालकको मृत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख २८ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा सवारीधनी सहित चालकको मृत्यु भएको छ । सवारीधनी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र चालक मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पु¥याएर फर्कँदै गरेको ग२ख ६५८ नंको ट्रक सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ । नारच्याङमा निलगिरिखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरिखोला र निलगिरिखोला क्यासकेट जलवि...
उदयपुरमा केपी ओलीले उद्घाटन गरेको मदन भण्डारी आखाँ अस्पताल सञ्चालनमा आएनन्

उदयपुरमा केपी ओलीले उद्घाटन गरेको मदन भण्डारी आखाँ अस्पताल सञ्चालनमा आएनन्

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २७ गते । नवनिर्मित मदन भण्डारी आँखा अस्पताल उद्घाटन भएको ४७ दिन बिति सक्दा समेत सञ्चालनमा आउँन सकेको छैनन् । उदयपुरको सदरमुकाम गाईघाट बाँसवारीस्थित त्रियुगा नगरपालिकाको नगर परिषदले निर्णय गरि उपलब्ध गराएको १ बिगाहा जग्गामा निर्माण गरिएको नवनिर्मित मदन भण्डारी आँखा अस्पताल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेको लामो समय बित्दा समेत अस्पतालमा काम गर्ने चिकित्सक सहित स्वास्थ्यकर्मिको कुनै अत्तोपत्तो छैनन् । प्राविधिक र स्वास्थ्यकर्मीको टुङ्गो नलगाई आँखा अस्पतालका अध्यक्ष तथा मेयरका उम्मेदबार भागवत राउत स्थानीय तहको चुनावको मुखमा टिकट हत्याउन हतार हतार उद्घाटन गर्न भ्याए । मदन भण्डारी आँखा अस्पताल उद्घाटन भएका दिन बाहेक एक जना बिरामीले पनि चेक जाँच नगराएको स्थानीयबासीको भनाई रहेको छ । उदयपुरमा २०६० सालमा स्थापना भएको नेपाल नेत्र ज्योति स...
उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत : २६ वर्षीय राई पक्राउ

उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत : २६ वर्षीय राई पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, वैशाख २७ गते । उदयपुरमा एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेको छ । किशोरीलाई करणी गरेको अभियोगमा बेलाका नगरपालिका–६ बस्ने २६ वर्षीया गणेश राईलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैंशाख ७ गते साँझ करणी गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...