Sunday, June 28News That Matters

Breaking News 2

मतदानस्थलमा तोडफोड : मतदान अधिकृत पिटिएपछि मतदान भोली  हुने

मतदानस्थलमा तोडफोड : मतदान अधिकृत पिटिएपछि मतदान भोली हुने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० गते । मतदानस्थलमा तोडफोड तथा मतदान अधिकृतमाथि आक्रमण भएपछि सप्तरीको डोक्नेश्वर नगरपालिका–२ जनता माविमा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । मतदान स्थलमै मतदान अधिकृतमाथि हातपात भएकाले आजको लागि निर्वाचन स्थगित गरिएको सप्तरीका मुख्य निर्वाचन अधिकृत रमेश कुमार जोशीले जानकारी दिए । त्यहाँ जेठ १ गते चुनाव गराउने निर्णय भएको उनले बताए । दिउँसो सवा ११ बजेतिर एक जना वृद्धा मतदाताले भनेको चिन्हमा भोट नखसालेर अर्कैमा भोट हालिदिएको भन्दै एक समूहले मतदान अधिकृत विपिन यादवमाथि आक्रमणसँगै मतदानस्थलमा तोडफोड गरेको थियो । ती समूहले मतपेटिका फोड्नुका साथै मतपत्र पनि छरपष्ट पारिदिएका थिए । घाइते भएका निर्वाचन अधिकृत यादवको अवस्था समान्य रहेको सप्तरीका एसपी आदिनारायण काफ्लेले जानकारी दिए । भारतीय सीमावर्ती क्षेत्रमा पर्ने यो मतदान केन्द्रमा घटनाअघि २ हजारभन्दा बढी मत खसिसकेपछि...
त्रियुगाको १५ नं वडामा १७६५ मत खस्यो

त्रियुगाको १५ नं वडामा १७६५ मत खस्यो

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ३० त्रियुगा नगरपालिका १५ नं वडामा १७६५ मत खसेको छ । वडाको दुई ओटा मतदान स्थलमा सो मत खसेको हो । रानीवास र खाँवुमा रहेको दुई मतदान स्थल गरी जम्मा चार ओटा केन्द्रहरु रहेका थिए । रानीवासमा रहेको तिन केन्द्रमा १४४० मत खसेको छ भने खाँवुमा रहेको एक केन्द्रमा ३२५ मत खसेको हो । बिहानै ७ बजेबाट सुरु भएको मतदान ५ बजे सम्म सो मत खसेको हो । २१४५ मतदाता संख्या रहेको सो वडामा नेपाली कांग्रेस बाट पूर्व वडाअध्यक्ष निर बहादुर मगर र गठबन्धन बाट गणेश तिमिल्सिनाको मुख्य प्रतिस्पर्धा रहेको छ ।...
लिम्चुङबुङमा स्वतन्त्र उपाध्यक्ष उम्मेदवार रमिला राईको बाँसबोटेमा मतदान

लिम्चुङबुङमा स्वतन्त्र उपाध्यक्ष उम्मेदवार रमिला राईको बाँसबोटेमा मतदान

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । लिम्चुङबुङ गाउँपालिकामा पालिका उपाध्यक्षको उम्मेदवार रमिला राईले बाँसबोटे केन्द्रबाट मतदान गरेका छन् । उनले लिम्चुङबुङ–१ बाँसबोटे स्थित बरभन्ज्याङ, आधारभुत विद्यालय केन्द्रबाट ७ः ४५ बजेको समयमा मतदान गरेका हुन् ।
लिम्चुङबुङमा स्वतन्त्र अध्यक्ष उम्मेदवार होम किराँतीको बलम्तामा मतदान

लिम्चुङबुङमा स्वतन्त्र अध्यक्ष उम्मेदवार होम किराँतीको बलम्तामा मतदान

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । लिम्चुङबुङ गाउँपालिकामा पालिका अध्यक्षको स्वतन्त्र उम्मेदवार होम किराँतीले बलम्ता केन्द्रबाट मतदान गरेका छन् । उनले लिम्चुङबुङ–४ बलम्ता मावि बलम्ता केन्द्रबाट ७ : ३० बजेको समयमा मतदान गरेका हुन् ।
लिम्चुङबुङमा एमाले अध्यक्ष उम्मेदवार राजकुमार राईको बाँसबोटेमा मतदान

लिम्चुङबुङमा एमाले अध्यक्ष उम्मेदवार राजकुमार राईको बाँसबोटेमा मतदान

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । लिम्चुङबुङ गाउँपालिकामा नेकपा एमाले तर्फको पालिका अध्यक्ष उम्मेदवार राजकुमार राईले बाँसबोटे केन्द्रबाट मतदान गरेका छन् । उनले विहान ७ : ४५ बजेको समयमा मतदान गरेका हुन् । उनले लिम्चुङबुङ–१ बाँसबोटे स्थित बरभन्ज्याङ, आधारभुत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।
लिम्चुङबुङमा बर्षाका कारण मतदानमा समस्या

लिम्चुङबुङमा बर्षाका कारण मतदानमा समस्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ३० लिम्चुङबुङ गाउँपालिकामा उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा बर्षातका कारण मतदानमा असहजता भएको छ । बिहान सात बजेदेखी नै मतदान कार्य सुरु भएृपनि पानी परेको कारण मतदाताहरुलाई असहज बनाएको छ । बर्षाकै समयमा पनि मतदाताहरुले उत्साहपूर्ण सहभागीता जनाएको छ । लिम्चुङबुङमा एमाले सँग कांग्रेस र माओवादीको संयुक्त गठबन्धन विच प्रतिस्पर्धा रहेको छ । उदयपुरकै कम मतदाताहरु ८४९४ रहेको यषे गाउँपालिकामा सात मतदान स्थलहरु रहेको छ ।...
उदयपुरगढीमा ४० प्रतिशत मतदान

उदयपुरगढीमा ४० प्रतिशत मतदान

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ३० उदयपुरको उदयपुरगढी गाउँपालिकामा ५ घण्टाको अबधिमा ४० प्रतिशत मत खसेको छ । बिहान ७ बजे बाट सुरु भएको मतदान कार्य १२ बजे सम्म ४० प्रतिशत मत खसेको उदयपुरगढीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतदान कार्य शान्तिपूर्वक र उल्लासमय रहेको जनाईएको छ । यहाँ नेपाली कांग्रेस, माओवादी र समाजवादी गरी तिन दलीय गठबन्धन र एमाले बिच प्रतिस्पर्धा रहने जनाईएको छ । यस पालिकामा जम्मा २०२५२ जना मतदाताहरु रहेका छन् भने ११ मतदान स्थल र २६ ओटा मत केन्द्रहरु रहेका छन् । पालिकाको ५ नं वडामा भने पानीका कारण केहि समय मतदान कार्य रोकिएको थियो । अहिले भने पूनः संञ्चालन गरी मतदान कार्य सुरु गरिएको छ ।...

उदयपुरको बेलकामा पनि उल्लासपूर्ण मतदान हुँदै

उदयपुरको बेलकामा पनि उल्लासपूर्ण मतदान हुँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ३० उदयपुरको कान्छो नगरपालिका बेलकामा पनि उत्साहपूर्वक मतदान भैरहेको छ । बिहान ७ बजेदेखी मतदान सुरु भएको सो नगरपालिकामा शान्तीपूर्ण रहेको जनाईएको छ । बेलका नगरपालिका निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस पालिकामा ९ ओटा मतदान स्थलहरु भन् भने ३५ ओटा मतदान केन्द्रहरु रहेका छन् । बेलकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको दुईदलीय गठबन्धन र एमाले बिच मुख्य प्रतिस्पर्धा रहेको छ । सो नगरपालिकामा ३३ हजार ६ जना मतदाताहरु रहेका छन् ।...
मेयर पदका उम्मेदवारहरु चौधरी, राउत र बस्नेतले गरे मतदान

मेयर पदका उम्मेदवारहरु चौधरी, राउत र बस्नेतले गरे मतदान

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ३० त्रियुगा नगरपालिकाको मेयर पदका तिनै उम्मेदवारहरुले आ–आफ्नो केन्द्र बाट मतदान गरेको छ । नेकपा माओवादी र एकीकृत समाजवादी पार्टीका संयुक्त गठबन्धनका तर्फ बाट मेयर पदका उम्मेदवार बलदेव चौधरी, नेकपा एमाले बाट मेयर पदका उम्मेदवार भागत राउत र कांग्रेस बाट बसन्त बस्नेतले मतदान गरिसकेको छ । चौधरी र बस्नेतले त्रियुगा नगरपालिका स्थित त्रिउमावि बाट मदतान गरेक छन् भने राउतले त्रिनपा १० बोक्से स्थित वालमन्दिर मावि बाट मतदान गरेका छन् । उनिहरुले करिब ८ बजेको समयमा मतदान गरेको छ । यस्तैगरी उपमेयर पदकी उम्मेदवार महेश्वरी राई, सरिता राई र गिता खड्काले पनि मतदान गरेकी छिन् ।  ...