Sunday, June 28News That Matters

Breaking News 2

उदयपुरगढीमा गठबन्धको अग्रता

उदयपुरगढीमा गठबन्धको अग्रता

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ गते । उदयपुरको उदयपुरगढी गाउँपालिकामा हालसम्म ३ सय मत गणना गरिएकोमा १ सय ३५ मतका साथ गठबन्धनका अध्यक्ष उम्मेदवारको अग्रता रहेको छ । यता नेकपा एमालेको १ सय ११ मत आएको छ । त्यस्तै उदयपुरगढी गाउँपालिका–१ का वडा अध्यक्षमा पनि गठबन्धनको अग्रता देखिन्छ । गठबन्धनको अध्यक्ष उम्मेदवारको १ सय ३३ मत आएको छ भने एमालेको १ सय १६ मत ल्याएको छ ।...
जन्तेढंगा १ मा गठबनधनका केदारमान राई पून : बिजयी

जन्तेढंगा १ मा गठबनधनका केदारमान राई पून : बिजयी

Breaking News 2, समाचार
पूर्णपुपिष्ट, बैशाख ३१ खोटाङको जन्तेढुंगा गाउँपालिका १ मा निवर्तमान वडाअध्यक्ष समेत रहेका केदारमान राई फेरी बिजयी बनेका छन् । राई नेकपा माओवादीकेन्द्र र नेपाली काङ्ग्रेसगरी दुइदलीय गठबन्धनको तर्फबाट उम्मेदवार थिए । उनका निकटतम प्रतिद्वन्द्वी बलराम राईलाई पराजय गर्दै उनि दोस्रो कार्याकालको लागि पनि बिजयी बनेको हो । सदस्यहरुमा उनकै प्यानलका मदनकुमारी राई, पन्ची कामी, गणेशकुमार राई र एमालेकी उम्मेदवार चम्पा राई विजयी भएका छन ।...
फर्जी मतदान गरेको अभियोगमा एक युवक पक्राउ

फर्जी मतदान गरेको अभियोगमा एक युवक पक्राउ

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ गते । अर्काको नाममा फर्जी मत हालेको अभिायोगमा जनकपुरधामबाट एक जना युवक पक्राउ परेको छ । शुक्रबार जनकपुरधाम उपमहानगरपालिका– १४ स्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको मतदान केन्द्रमा अर्काको नाममा मतदान गरिरहँदा जनता समाजवादी पार्टी नेपालबाट वडा सदस्यकी उम्मेदवार शिवदेवी सादा मुसहरनीको २० वर्षीय छोरा अमलेश सदालाई धनुषा प्रहरीले पक्राउ गरेका छन् । मतदान केन्द्रमा फर्जी मत खसाइरहेको अवस्थामा वडा सदस्य सादाका छोरा पक्राउ गरेको धनुषा प्रहरीले बताएको छ ।...
त्रियुगाको १२ नं. वडामा मतपत्र बदर, पुन मतदान गरिने

त्रियुगाको १२ नं. वडामा मतपत्र बदर, पुन मतदान गरिने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ गते । उदयपुरको त्रियुगा नगरपालिका–१२ जनप्रेमी माध्यमिक विद्यालयमा शुक्रवार गरिएको मतदान रद्ध गरिएको छ । स्थानीका अनुसार मतदाना स्थलमा धाधलि गरिएकोले सम्पूर्ण मतपत्र बदर गरिएको हो । सो केन्द्रमा मतदान गर्न खटिएका मतदान अधिकृतले धाधली गरेको भन्दै मतदाताले बिरोध गरेका थिए । सो मतदान केन्द्रमा खटिएका मतदान अधिकृतले मतदातालाइ औलामा रङ लगाइदिने तर मतपत्र नदिइ तपाइको काम सकियो भन्दै पठाउने गरेका थिए । मतदान गर्न पाउने आफ्नो अधिकार खोसिएको भन्दै मतदाताले बिरोध गरेपछी कर्मचारी र मतदाता बिच बिबाद भएको थियो । बिबाद बड्दै जादा मत हाल्न नपाएका मतदाताले मतदान स्थल तोडफोड गरेका थिए । मतदान स्थल तोडफोड भएपनी मटपेतिका भने प्रहरिले सुरक्षित रुम्पमा राखेको थियो । मतदान अधिकृत ले हेर्दा सोझोसाझा देखिने मतदातालाइमत पत्र नदिइ आफैले मत हाल्ने गर्ने क्रमामा प्रदेश साम्सद सुनिता कुमारी चौध...
ताप्लीमा मतगणना सुरु

ताप्लीमा मतगणना सुरु

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । ताप्ली गाउँपालिकामा मतगणना सुरु भएको छ । ताप्लीको वडा नं. १ बाट मत गणना सुरु भएको जनाइएको छ ।
बेलकामा सर्वदलीय बैठक सुरु

बेलकामा सर्वदलीय बैठक सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ३० बेलका नगरपालिकाको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आइृपुगेको छ । मतपेटिका आईपुगे सँगै सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति भएमा बेलकामा आज राति बाटै मतगणना हुने भएको छ । बेलकाको ३ मतदान स्थलमा ८३५ मतदान केन्द्रमा मतदाताहरुले मत खसालेका थिए ।
उदयपुरगढीमा भोलीपल्ट मतगणना

उदयपुरगढीमा भोलीपल्ट मतगणना

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । उदयपुरगढी गाउँपालिकाको मतगणना कार्य भोलीपल्ट विहानदेखि गर्ने निर्णय भएको छ । भोलीपल्ट विहान ६ः३० बजेदेखि गणना सुरु गर्ने निधो गरिएको जनाइएको छ । पालिकामा आजै राती १०ः०० अघिभित्र मै सबै मतपेटिका संकलन भइसकेको छ । सो पालिकाको निर्वाचन संयन्त्रले मौसम तथा प्राविधिक कारणले भोलीपल्टबाट गणना सुरु गर्ने निधो गरिएको जनाइएको छ । सो पालिकामा ५९ दशमलब ६७ मत खसेको छ । २० हजार २५२ मतदाता मध्ये १२ हजार ८५ मत खसेको छ ।...
त्रियुगाको मतगणना सर्यो

त्रियुगाको मतगणना सर्यो

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । त्रियुगा नगरपालिकाको वडा नं. १२ मा विवादका कारण मतदान स्थगित भएपछि आज रातीबाटै मतगणना गर्ने भनिएको निर्णय सरेको छ । वडाको १६ वडा मध्ये १२ नं. वडामा स्थगित भएकै कारण अन्य १५ वटाको गणना सरेको हो । सबै वडाको मतपेटिका संकलन पछि मात्र एकैसाथ गणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १२ नं. वडामा पुनः निर्वाचन गर्नुपर्ने अवस्था आएको र पुनः निर्वाचन पछि मतपेटिका संकलन गरी गणना गरिने भएको हो । पुनः निर्वाचन कहिले हुने भन्ने बारेमा जिल्ला स्थित निर्वाचन संयन्त्रमा छलफल भईरहेको जनाइएको छ ।...
उदयपुरमा हालको नतिजा अनुसार ६० प्रतिशत मत खस्यो

उदयपुरमा हालको नतिजा अनुसार ६० प्रतिशत मत खस्यो

Breaking News 2
पूर्णपुष्टि, बैशाख ३० उदयपुरमा ६० प्रतिशत मत खसेको छ । स्थानीय तहका जनप्रतिनिधि छान्ने क्रममा आज शुक्रबार भएको मतदानको क्रममा उदयपुरको ८ पालिका सँगै समग्र जिल्लामै ६० प्रतिशत मत खसेको हो । मुख्य निर्वाचन अधिकृत दिपक खनालका अनुसार ६० प्रतिशत मत खसेको जनाएको छ । तर यो अन्तिम नतिजा भने नरहेको जनाए । हाल सबै स्थानीयतह हरुमा सम्पर्क हुन नसकेका कारण सम्पूर्ण नतिजा बताउन नसकिएको जनाए । हालको दाजोमा केहि प्रतिशत बढ्न सक्ने गरी ६० प्रतिशतको आंकलन गरिएको खनालले जनाए । उदयपुरको ९८ मतदान स्थल मध्ये त्रियुगाको १२ नं वडामा भने विवादका कारण मतदान सम्पन्न हुन सकेको छैन् ।...
उदयपुरको कटारीमा गोली चल्दा कटुवालको मृत्यु

उदयपुरको कटारीमा गोली चल्दा कटुवालको मृत्यु

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० गते । उदयपुरको कटारी नगरपालिका–१० मा रहेको कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा गोली चलेको छ । शुक्रबार दिउँसो साँढे चार बजेतिर गोली चलेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । गोली लागेर स्वतन्त्र अध्यक्षका उम्मेदवार गौर बहादुर कटुवालको भतिज २२ वर्षीय नवीन कटुवालको मृत्यु भएको छ । मतदानको अन्तिम समयमा गोली चलेको जानकारी प्रहरीले जनाएको छ । गोली कस्ले चलायो ? किन चलायो ? केमा विवाद भयो ? सो विवरण आउन बाँकी रहेको छ प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान जारी छ ।...