Sunday, June 28News That Matters

Breaking News 2

ताप्लीको परिणाम रोचक बन्दै

ताप्लीको परिणाम रोचक बन्दै

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २ ताप्ली गाउँपालिकाको परिणाम रोचक बन्दै गएकोे छ । ताप्लीमा मतगणना शुरुदेखी नै एमालेका बाबुराम राईले आग्रता लिदै आएका छन् । बाबुराम राईलाई गठबन्धनका ढुङ्गराज वि.क.ले पछ्याईरहेका छन् । एमालेका बाबुराम राईले ठुलो मतान्तरले ढुङ्गराज वि.क.लाई पछाडी पार्दै आएकोमा ७०० मत गन्न बाकी रहँदा भने मतान्तर ७७ रहेको छ । ताजा परिणम अनुशार एमालेका बाबुराम राईले १५७१ मत प्राप्त गरेका छन् भने गठबन्धनका ढुङ्गराज वि.क.ले १४९४ मत पाएका छन् । थोरै मत गन्न बाकीँ रहदा झिनो मतान्तर रहेकाले ताप्लीको गा.पा. अध्यक्षमा कस्ले जित्छ भन्ने चासो बढ्दै गएको छ । उपाध्यक्ष्मा भने गठबन्धनकी धना मगरले २२९८ मत प्राप्त गर्दा एमालेकी मानकुमारी थापाले १०११ मत पाएकी छिन् । अब ७०० मत मात्र गन्न बाकीँ रहेकोले गठबन्धनकी धना मगरको जित भैसकेपनि घोषण हुनमात्र बाकीँ छ ।...
खोटाङबाट गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएकी पहिलो महिला गरुणादेवी

खोटाङबाट गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएकी पहिलो महिला गरुणादेवी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २ गते । खोटाङमा जन्तेढुंगा गाउँपालिकाबाट अध्यक्ष पदमा पहिलो पटक महिला विजयी भएकी छिन् । नेकपा माओवादी केन्द्रकी अरुणादेवी राईले एमालेबाट निर्वाचित निर्वतमान अध्यक्ष शंकरबहादुर राईलाई पराजित गरेकी हुन् । अरुणादेवीले २ हजार ८ सय ८१ मत ल्याउँदा एमालेका राईले १ हजार ५ सय ७५ मत ल्याएका थिए । हालसम्म निर्वाचित जनप्रतियिधिमा अरुणादेवी गाउँपालिका प्रमुख जित्ने पहिलो महिलासम्मत हुन् । यहाँ नेपाली कांग्रेस र माओवादीले तालमेल गरेका थिए । उपाध्यक्ष पनि गठबन्धनबाट नेपाली कांग्रेसका खेमबहादुरर २ हजार ८ सय ५ ल्याएर निर्वाचित भएका छन् । उनीसँग एमालेकी विमला राई २ हजार ४ सय ९५ मत ल्याएर पराजित भए ।...
उदयपुरमा विजय उत्सव मनाउन सुरु

उदयपुरमा विजय उत्सव मनाउन सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ २ उदयपुर, जेठ २ गते । उदयपुरमा मगगणनाको अन्तिम परिणाध धमाधम आउन थालेपछि विजय उत्सवको लहर बढेको छ । आठ स्थानीय तह मध्ये एउटा पालिका र विभिन्न वडाहरुको अन्तिम मत परिणाम सार्बजनिक भएसंगै विजय जुलुस, सभा, र्यालीको सुरुवात भएको हो । लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट जीत भएको छ । सो पालिकाको अध्यक्षमा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) का मेजरकुमा राई, उपाध्यक्षमा गठबन्धनकै नेपाली काङ्ग्रेसका पुष्पलाल राई, १ नं. वडाध्यक्षमा जनदिप मगर, २ नं. मा जितेन राई, ३ नं. गुरुमणी कुमाई, ४ नं. मा क्षत्र राई र ५ नं. मा बसन्त राईको विजय हाँसिल भएको छ । उपाध्यक्षसहित चार वडाको नेतृत्व गठबन्धनको र एक वडाको नेतृत्व स्वतन्त्रले पाएको हो । सो पालिकामा विजय उत्सव मनाइएको छ । वडावडामा विजय उत्सव कार्यक्रम आज राखिएको छ । गणना भइरहेका नगरपालिकाहरु बेलका, चौदण्डीगढी तथा गाउँपालिकाहरु ताप...
ताप्लीको उपाध्यक्षमा गठबन्धनकी धनामगरको जित निश्चित

ताप्लीको उपाध्यक्षमा गठबन्धनकी धनामगरको जित निश्चित

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ १ ताप्लीमा अध्यक्ष पदका लागि केहि तल माथी मात्र मतको अन्तर हुँदै गर्दा उपाध्यक्षका लागि भने जित सुनिश्चित बनिसकेको छ । कांग्रेसबाट गठबन्धनकी धना मगरले दोब्बर मत ल्याउँदै जित्ने निश्चित बनाईसकेको छ । एउटा मात्रै वडाको १२ सय मत गन्न बाँकी रहँदै मगरले जितको मत प्राप्त गरिसकेकी छिन् । मगरले २१५५ मत प्राप्त गर्दै १२ सय बढीले प्रतिद्धन्दीलाई उछिन्ने काम गरेकी छिन् । यता एमाले बाट उम्मेदवार दिएकी मान कुमारी थापालाई भने ८६६ मत प्राप्त भएको छ । सुरु बाटै अग्रता कायम गरेकी मगरले सबै भन्दा अग्र स्थानमा रहेर मत पाईरहेकी छिन् । एमाले उपाध्यक्षका उम्मेदवारी थापा पूर्व पालिका अध्यक्ष उद्धव सिंह थापाको पत्नी समेत हुन् ।...
उदयपुरमा गठबन्धको अग्रता, एमाले पछ्याउदै

उदयपुरमा गठबन्धको अग्रता, एमाले पछ्याउदै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १ गते । उदयपुरमा गठबन्धनले अग्रता लिइरहेको छ । जिल्लाका ८ पालिका मध्ये ६ पालिकामा मतगणना हुदैँछ । मतगणना भएका ६ पालिका मध्ये लिम्चुङबुङमा गठबन्धनका मेजर राई अध्यक्ष र पुस्पताल राई उपाध्यक्षमा बिजय भईसकेका छन् । त्यस्तै, रौतामाई र उदयपुरगढीमा गठबन्धनका उम्मेदवारहरु फराकिलो मतान्तरले अगाडी देखिएको छन् । जिल्लाको ताप्लीमा र चौदण्डीगढीमा भने एमाले अगाडी रहेको छ । ताप्लीमा एमालेका अध्यक्ष पदका उम्मेदवार बाबुराम राई अगाडी देखिएका छन् । तर उपाध्यक्षमा भने धना मगर अगाडी देखिएकी छिन् । चौदण्डीगढीमा एमालेका प्रमुख कालुमान लामा र उपप्रमुख मनिकादेबी दुलाल दुवैले अग्रता लिएका छन् । जिल्लाका कटारी र त्रियुगामा भने मतगणना हुन सकेको छैन् । त्रियुगाको १२ नं. वडाको जनप्रेमी विद्यालयको मतदान स्थगित भएको छ भने कटारीवको १० नं. वडामा गोली चल्दा एक जनाको मृत्यु भएसँगै स्थानियले मतपेटीका उठाउन ...
सात बुदे सहमती पश्चातमतपेटीका र मृतकको शव कटारी ल्याईदै

सात बुदे सहमती पश्चातमतपेटीका र मृतकको शव कटारी ल्याईदै

Breaking News 2, समाचार
काठमाण्डौँ, जेठ १ मृतकको परिवार लाइ क्षतिपूर्ती लगायका ७ वुद्धे सहमतिपछि उदयपुरको कटारी नगरपालिका १० सोरुङछविसे स्थित कालिका माध्यामिक विद्यालय मतदान केन्द्रको मतपेटीका कटारी ल्याईदै छ । शुक्रबार प्रहरीले गोली चलाउदा“ एक युवकको मृत्यु भएपछि स्थानीयले मतपेटिका उठाउन दिएका थिएनन । आज प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव सहित जिल्ला सुरक्षा समितिका सदस्य, राजनैतिक दलका प्रतिनिधि, निर्वाचनमा विभिन्न पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवार सहित स्थानीय विच सहमति भएपछि मतपेटीका उठाउने र शव पोष्टर्माटकालागि कटारी ल्याउदै गरेको प्रमुख जिल्ला अधिकारी यादवले वताए । शुक्रबार मतदान सम्पन्न भई मतपेटीका उठाउने क्रममा स्थानीयसँग सामान्य विवाद हुँदा प्रहरीकोगोली लागेर १९ बर्षीय नविन भनिने विरबहादुर कटुवालको मृत्यु भएको थियो । युवकको मृत्युपछि स्थानीयले शहिद घोषणा, क्षतिपूर्ती, मृतकको परिवारका एक ...
बिजयको घोषणा सँगै खुसी मनाउँदा बेहोस भएका वडा सदस्यको मृत्यु

बिजयको घोषणा सँगै खुसी मनाउँदा बेहोस भएका वडा सदस्यको मृत्यु

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १ गते । धनकुटाको चौविसे गाउँपालिका–२ का नवनिर्वाचित वडा सदस्यको मृत्यु भएको छ । मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दा बेहोस भएर ढलेका वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको हो । बेहोस भएका मगरलाई उपचारको लागि विराटनगर लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार आएको मत परिणाम अनुसार चौविसे गाउँपालिका–२ को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रही विजयी भएका थिए ।...
लिम्चुङबुङमा गठबन्धनका मेजर राईको जीत निश्चित

लिम्चुङबुङमा गठबन्धनका मेजर राईको जीत निश्चित

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १ गते । उदयपुरको लिम्चङबुङ गाउँपालिकामो अध्यक्ष पदमा गठबन्धबाट उम्मेदवार बनेका मेजर राईको जीत निश्चित देखिएको छ । मुख्य प्रतिस्प्रर्धी एमालेका राजकुमार राईलाई फराकिलो मतान्तरले पछाडी पारेसँगै मेजर राइको जीत निश्चित जस्तै भएको छ । जीत घोषणा भने केहिवेरमा हुनेछ । केही सय मतगन्न बाँकी रहदा मेजर राई प्रतिस्प्रर्धी भन्दा पाच सय मतान्तरले अगाडी छन् ।...
उयदपुरगढीमा पनि गठबन्धनको फराकिलो अग्रता कायमै

उयदपुरगढीमा पनि गठबन्धनको फराकिलो अग्रता कायमै

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ १ उदयपुरगढी गाउँपालिकामा पनि गठबन्धनले निरन्तर अग्रता कायम गरेको छ । हाल सम्मको मत परिणाम अनुसार गठबन्धनबाट मान वहादुर केप्छाकी मगरलाई १७५६ मत प्राप्त भएको छ भने एमालेका गोपाल खत्रीलाई ११०८ मत प्राप्त भएको छ । हाल सम्मको १,२ र ३ को ३८२३ मत गनिसक्दा गठबन्धनका केप्छाकी ६४८ मतले अग्र स्थानमा छ । यस्तै गरी उपाध्यक्षमा पनि गठबन्धनले नै लिड गरिरहेको अवस्था छ । एमालेकी शोभा कुमारी मगरले १२२७ मत ल्याएकी छिन् भने यता गठबन्धनका जित बहादुर खड्काले १२६६ मत प्राप्त गरेकी छिन् । सो पालिकामा १,२ र ३ नं वडामा गठबन्धनले बिजयी गरिसकेको अवस्था छ ।...
लिम्चुङबुङमा नव निर्वाचित जनप्रतिनिधी

लिम्चुङबुङमा नव निर्वाचित जनप्रतिनिधी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३१ गते । यही वैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा लिम्चुङबुङका २ वटा वडामा नयाँ जनप्रतिधिनी चयन भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनको मत गणनाको परिणमका आधारमा वडा नं. ४ बलम्ता र ५ जातेमा नयाँ जनप्रतिनिधी चयन भएका हुन् । वडा नं.४ बाट वडा अध्यक्ष पदमा गठबन्धनको जनता समाजवादी पार्टीका छत्रबहादुर राई ४ सय २८ मतले विजय भएको हो । त्यस्तै महिला सदस्यमा नेकपा एमालेको चामु राई ३ सय १९, दलित महिला सदस्य माओवादी केन्द्रकाट भक्त माया विश्वकर्मा ३ सय २३ र खुल्ला सदस्यहरुमा माओवादीबाटै चिनबहादुर राई ३ सय ६७ र मन्दिप राई ३ सय ६० मतका साथ वडा नं. ४ बाट बिजय भएका हुन् । १ नं. वडाबाट माओवादी केन्द्रका दलित महिला सदस्यमा देवी कुमारी कामी निरविरोध चयन भइसकेकी थिइन् । यता वडा नं. ५ मा नेपाली काँग्रेसकाबाट कविचन्द्र राई ३ सय ४ मतका साथ वडा अध्यक्ष पदमा चयन भएको हो । वडा नं. ५...