रौतामाईको ८ वडामा कस्ले कहाँ जीते ?
पूर्णपुष्टि, जेठ ३ गते ।
उदयपुरको रौतामाई गाउँपालिकाको ८ वटै पालिकामा मतगणना सकिएको छ । रौतामईको अध्यक्षमा गठबन्धनका उम्मेदवार विरेन्द्रकुमार मगर ४३०५ मतका साथ विजयी भएको छन् । उपध्यक्ष पदमा नेपाली काँग्रेसबाट भूपिद्रबहादुर थापा ३६९९ मतका साथ जित हासिल गरेका हुन् ।
रौतामाईमा ५ वटा वडामा नेकपा एमालेले जीत हासिल गरेको छ । यता २ वटा वडामा काँग्रेसले विजय गरेको छ । माओवादी केन्द्रले भने १ वटा वडामा मात्रै जीतेको छ ।
रौतामाईको वडा नं. १ मा एमालेबाट प्यानलै विजयी भएको छ । अध्यक्ष पदमा रुद्रबहादुर कार्की ४२६ मतका साथ विजय भएका छन् । त्यस्तै महिला सदस्यमा ज्ञानकुमारी मग, दलिद सदस्यमा फूलमाया वि.क.र खुल्लामा तिलकबहादुर खड्का, मंगलबहादुर तामाङ्गले जीत हात पारेको छ । वडा नं. २ मा पनि एमालेको प्यानलले जितेको छ । वडाध्यक्षमा होमबहादुर दाहालले ५२३ मतका साथ जितेका छन् । महिला सदस्यमा चित्र रेखा हुमागा...







