Monday, August 3News That Matters

Breaking News 2

लिम्चुङबुङमा नेपाली सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

लिम्चुङबुङमा नेपाली सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, मङ्सिर २० । नेपाली सेनाकाे श्री पशुपति प्रसाद गणले उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३, बराहस्थित एल.बी. कार्की स्मृति लिम्चुङबुङ अस्पताल परिसरमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेकाे छ । लिम्चुङबुङ गाउँपालिकासंगकाे समन्वय तथा सहकार्यमा शिविर भएकाे हाे । शिविरमा सैनिक अस्पताल ईटहरी, श्री नं.१८ फिए गुल्म भुल्के, उदयपुर अस्पताल र लिम्चुङबुङ–३ बराहको आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरू सक्रियरुपमा खटिएका  थिए । उद्घाटन तथा निरीक्षणमा पालिका अध्यक्ष मेजरकुमार राई, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, श्री पशुपति प्रसाद गण, बाेक्सेका गणपति प्रमुख सेनानी मनोज कार्की, सुरक्षा निकायका प्रमुखहरू तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । शिविरमा जनरल फिजिसियन सेवा, दन्त सेवा, कान–नाका–घाँटी, आँखा जाँच सेवा, प्रजनन तथा जनस्वस्थ्य सम्बन्धी सेवा प्रदान गरिएकाे ...
गाईघाटमा ४ दिने साकेला सिली प्रशिक्षण सुरु

गाईघाटमा ४ दिने साकेला सिली प्रशिक्षण सुरु

Breaking News 2, समाचार
गाईघाट÷पूर्णपुष्टि, मंसिर २० । उदयपुरको त्रियुगा नगरपालिका–११ साकेला टोल स्थितमा ४ किरात राई साकेला सिली प्रशिक्षण सुरु भएको छ । किरात राई यायोक्खा वडा कार्य समिती त्रियुगा नगरपालिका ११, १२ र १३ गाईघाटको आयोजनामा आजदेखी ४ दिने साकेला सिलि प्रशिक्षण सुरु भएको हो । त्रियुगा नगरपालिकाको १६ वटै वडाबाट आएका प्रशिक्षार्थीहरुलाई ३६ वटा साकेला सिलीहरु सिकाईने वडा कार्य समिती त्रियुगा न.पा. ११, १२ र १३ का अक्ष्यक्ष सर्वधन राईले जानकारी दिए । लोप हुँदै गईरहेको सिलीहरु जगेर्ना गर्ने उदेश्यका साथ साकेला सिली प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । मानव जिवन चक्र सँग सम्बन्धित सिली, कुषी तथा अन्न बाली सँग सम्बन्धित सिली, पशुपँछीसँग सम्बन्धित सिली, युद्ध कला र सिकार खेल्ने कला सँग सम्बन्धित सिली, मुन्दमी धामी, साकेला पुजा र कुल पितृ पुजा सम्बन्धि सिलीहरु सिकाईने उहाँले बताउनुभयो । ...
राष्ट्रिय चर्चा र महत्वका लागि उदयपुरमा न्वाङ्गी (नेमान) पर्व तथा दनुवारी खाना परिकार/सांस्कृतिक उत्सव हुदै

राष्ट्रिय चर्चा र महत्वका लागि उदयपुरमा न्वाङ्गी (नेमान) पर्व तथा दनुवारी खाना परिकार/सांस्कृतिक उत्सव हुदै

Breaking News 2, भिडियो, समाचार
https://youtu.be/j21X3xD00hA पूर्णपुष्टि/उदयपुर, मङ्सिर १९ । उदयपुरमा राष्ट्रिय न्वाङ्गी (नेमान) पर्व तथा दोस्रो दनुवारी खाना परिकार तथा सांस्कृतिक उत्सव भब्यरुपले हुने भएको छ ।  दनुवार जागरण समिति, त्रियुगा नगर समिति तथा उत्सव मुल आयोजक समितिको आयोजना तथा संयोजनमा मंसिर २५ देखि तीनदिन बैरेनीचौरमा हुने भएको हो । मंसिर २५ गते दनुवार समुदायको मुख्यपर्वको रुपमा न्वाङ्गी पर्वलाई राष्ट्रब्यापीरुपमा आधिकारिक कार्यक्रम सार्बजनिक गरि सामुहिन न्वाङ्गी पुजा गरिदनेछ । उक्त दिन त्रियुगा नगरपालिकाले स्थानीय विदा दिने जनाइएको छ ।   तीनदिनसम्म पर्वको ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय महत्व स्पष्ट पार्दै उत्सव मनाउने भएको छ । दनुवार समुदायको कला, संस्कृति, पहिरन, नृत्य र खानालाई राष्ट्रिय पहिचानमा उकास्ने अभियानलाई साझा गर्ने उद्देश्यले आयोजना भएको कार्यक्रममा दनुवारहरुको परम्परागत न्वाङ्गी संस्कार, बृह...
अपहरण तथा शरीर बन्धकमा कारागार चलान

अपहरण तथा शरीर बन्धकमा कारागार चलान

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, मंसिर १६ । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा फरार रहेका त्रियुगा नगरपालिका वडा नं. ११ बगरटोलका २३ वर्षिय उज्वल राई पुर्पक्षको लागि कारागार चलान भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ । उज्वल राईसमेतले गत भदाै १० गते त्रिनपा- ११ पि.जी.चोक स्थित उदयपुर स्केटिङ पार्कबाट त्रिनपा- १२ शनिमन्दिरका २० वर्षिय संजिव राई र त्रिनपा- ११ शिवालय टोलका  १८ बर्षिय प्रबिण श्रेष्ठलाई बरुवा खोलाको किनारमा धाकधम्की दिदै अपहरण, शरीर बन्धक, कुटपिट तथा यातनासमेत दिई फरार रहेकाेमा दुईदिनअघि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ पछि उदयपुर जिल्ला अदालतमा पेश गरिएकाेमा आजको आदेशले पुर्पक्षको लागी उदयपुर कारागार पठाएको हाे ।...

उदयपुर अस्पताललाई १ सय बेडमा स्तरवृद्धि गर्ने स्वास्थ्य मन्त्री राईको प्रतिबद्धता

Breaking News 2, समाचार, स्वास्थ्य
गाईघाट÷पूर्णपुष्टि, मंसिर १६ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले जिल्ला अस्पताल उदयपुरलाई १०० बेडमा स्तरोन्नति गर्ने पहल गर्ने घोषणा गर्नुभएको छ । जिल्ला अस्पताल उदयपुरको नवनिर्मित प्रसूति भवन उद्घाटन गर्दै स्वास्थ्य मन्त्री राईले अस्पताललाई १०० बेडमा स्तरोन्नति गर्न फाइल क्याबिनेटमा लाने र पास गर्ने जिम्मा स्वास्थ्य मन्त्रीको हैसियतमा आफूले नै लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कोशी प्रदेश सरकारले पहिले नै स्वास्थ्य मन्त्रालय मार्फत वोनिङ स्वीकृति क्याबिनेटमा लगिएको उहाँले जानकारी दिनुभयो । जेन्जिङ मोमेन्ट नभएको भए अस्पताल स्तरोन्नतिको फाइल पहिले नै स्वीकृत भइसक्ने बताउँदै उहाँले जेन्जी मोमेन्ट र त्यसपछिको विपत्तिले कोशी प्रदेशमा ठूलो आर्थिक क्षति भएको बताउनुभयो । मन्त्री राईले जिल्ला अस्पताल उदयपुरलाई १०० बेडमा स्तरोन्नति गर्ने हो भने कल्पना...
मुर्कुचीमा अबैंध ढुङ्गा उत्खनन् र विक्री

मुर्कुचीमा अबैंध ढुङ्गा उत्खनन् र विक्री

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, मङ्सिर १६ । उदयपुरको रौतामाई गाउँपालिका –८ मुर्कुची बजार क्षेत्रमा नीजि जग्गाको बाहानामा अबैधरुपले ढुङ्गा निकालेर विक्री भइरहेको छ । उक्त कार्यमा रौतामाई गाउँपालिकाका निवर्तमान पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्का, निर्माण ब्यवसायी स्थानीय उद्धव राउत र मुर्कची–पुवारे–रौता निकास सडक आयोजनाको ठेकेदार कम्पनी अजय–स्वयम्भु–लामा जेभी निर्माण कम्पनीको नाम मुछिएको छ । निवर्तमान पालिका अध्यक्ष खड्का र राउतले नीजि जग्गामा जेसिबी नै प्रयोग गरी ढुङ्गा ठुलो मात्रामा उत्खनन् गरेको र अबैधरुपले सडक ठेकेदार कम्पनीलाई बिक्री वितरण गरेको स्थानीय युवा तथा जेन्जी समुहले बताएका छन् । नीजि जग्गामा एक मिटर भन्दा अधिक गहिरो जेसिवि मेसिन प्रयोग गरी उत्खनन् गरेर टिफरले ढुङ्गा ढुवानी गरेको बताइएको छ । रातारात सयौं टिपर ढुङ्गा निकासी गरेको उनीहरुले बताएका छन् । नीजि जग्गाकै भएपनि विना प्रक्रिया, स्...
उदयपुरमा भिरबाट बोलेरो खस्दा चालकको मृत्यु

उदयपुरमा भिरबाट बोलेरो खस्दा चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर १६ । उदयपुरको कटारी नगरपालिका–१४ पाखिमारे त्रिचालिस किन्दु भिरबाट बोलेरो गाडी खस्दा सोमबार चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको महालक्ष्मी न.पा. ९ लिबु बस्ने ३४ बर्षीय दिपेन्द्र के.सी. रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार साझँ अन्दाजी साढेँ ५ बजेको समयमा काठमाडौंबाट उदयपुरको ताप्ली गा.पा. ५ रुपाटार जादैँ गरेको गाडी पाखिमारे त्रिचालिस किन्दु भिर स्थित सिद्धिचरण लोकमार्गमा सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको थियो । लाशको सनाखत गर्ने क्रममा के.सी. गत शनिबार सुमो गाडी चलाई काठमाडौंबाट रुपाटार हिडेका उनको अन्तिम पटक परिवारसँग सोही दिन बेलुकाको ८ बजेर ४४ मिनेटमा फोन सम्पर्क भएको प्रहरी स्रोतले जनाएको छ । उक्त लाश कानूनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि आज बिहान ३ बजेको समयमा प्रादेशिक अस्पताल कटारी उदयपुरमा ल्याई राखिएको छ...
जिल्ला अस्पताल उदयपुरमा जेजनीको प्रश्नै प्रश्न

जिल्ला अस्पताल उदयपुरमा जेजनीको प्रश्नै प्रश्न

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/ गाईघाट/ मंसिर ११ गते । जिल्ला अस्पताल उदयपुर भर्खरै प्रदेशमै उत्कृष्ट बन्न सफल भएको छ । अस्पताल प्रदेशको उत्कृष्ट बन्दै गर्दा यता सेवाग्राही र विरामीहरु भने उत्ति खुसी छैन् । अस्पतालको ढिला सुस्ती, रुखो बोली र सेवामुखी चुस्त दुरुस्त नभएको भन्दै उनिहरु खुसी छैन । यही कुराहरुलाई उठान गर्दै उदयपुर अस्पताललाई जेनजी युवाहरुले भने प्रश्न गरेको छ । शुक्रबार अस्पताल प्रशासनको जिम्मेवारी ब्यक्तिहरुको उपस्थितिमा जेनजीहरुले प्रश्न गरेको छ । जेनजी उदयपुरका अध्यक्ष सुरेन्द्र राईले अस्पताल सुधारका लागि आवश्यक अवस्थालाई तत्काल ब्यवहारमा उतार्न सुझाव दिएको छ । साम्पाङ् लगायत उपस्थित जेनजीहरुले अस्पतालको रुखो बोली, ढिला सुस्ती, पार्दर्शीता, कर्मचारी पारिश्रमीक, नियुक्ती, सरसफाई, शव वहान, एम्वुलेन्स, सामाजिक सुरक्षा सेवा, विमा, स्वच्छ खाना लगायतमा कुरा उठाएका थिए । साम्पाङले भएको सुधार प्रति...
साझा सेवा घर नयाँ भवनमा प्रवेश

साझा सेवा घर नयाँ भवनमा प्रवेश

Breaking News 2, भिडियो, समाचार
https://youtu.be/wC7OMRSQkvM?si=_zcF0kyuwW1Z5muo पूर्णपुष्टि, उदयपुर, मंसिर ११ । उदयपुरको गाईघाटस्थित साझा सेवा घर उदयपुर आज नयाँ भवनमा प्रवेश गरेको छ । संघीय सरकार सहरी विकास मञ्त्रालयको अढाइ करोड लगानीमा त्रियुगा नगरपालिका १२ मा निर्मित नयाँ भवनमा आज साइत बनाइ प्रवेश गरेको सेवा घरकी अध्यक्ष गिता खड्का कार्कीले बताउनुभयो । नयाँ भवनमा वालवालिका रमाएका छन् । अभिभावक विहिन बालबालिकाको अभिभावक तथा संरक्षणको भुमिकामा रहेको साझा सेवा घरमा हाल ११ जना बालबालिका छन् । उनीहरुको पालनपोषण, शिक्षा, स्वास्थ्य र सबैखाले संरक्षकत्वको भुमिका सेवा घरको रहेको छ ।...
एमाले त्यागेको भन्दै नगरपालिकाले कार्वाही गरेको पत्र च्याते अध्यक्ष अधिकारीले

एमाले त्यागेको भन्दै नगरपालिकाले कार्वाही गरेको पत्र च्याते अध्यक्ष अधिकारीले

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/चौदण्डीगढी/ मंसिर ७ गते । उदयपुरको चौदण्डीगढी नगरपालिकामा यतिवेला मेयर र वडा नं ७ का वडाअध्यक्षको वार चलिरहेको छ । उक्त पत्रको आशय भने अध्यक्ष अधिकारीले एमाले पार्टी त्यागेकै कारण जिम्मेवारी बाट रोक लगाएको बुझिन्छ । पत्रमा उल्लेख गरिए अनुसार एमाले पार्टीबाटै निर्वाचित भएर एमाले त्यागेको भन्दै अबको समय वडा नं ७ को काम कार्वाही नगर्न पत्रमा भनिएको छ । निर्वाचित पार्टीबाटको कार्वाहीको आधारमा अध्यक्ष अधिकारीलाई काम नगर्न पत्रमा भनिएको हो । तर वडाअध्यक्ष अधिकारीले भने यो कार्वाहीको पत्र कागजको खोस्टा बराबर मानेर च्यातेका छन् । उनले निर्वाचन आयोगबाट आएको पत्र भए मात्रै स्वीकार्ने बताए । पार्टी त्यागेकै आधारमा नगरपालिकाको लेटरप्याडमा अध्यक्षलाई मेयरले हटाउन पाउने अधिकार नरहेको उनको आशय छ । उनले नगरपालकाको कार्वाही भन्दा पनि जनताको मत ठुलो रहेको समेत बताए । मेयरले यस्ता कागजहरु लेखिरह...