कोशी प्रदेशकै लामो मोटरेबल पक्की पुल समयावधिभन्दा एक वर्षअघि नै सम्पन्न, भौतिक तथा स्वास्थ्य मन्त्री राईले गरे उद्घाटन
पूर्णपुष्टि÷गाईघाट, मङ्सिर ७ । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवसेरा र जन्तेढुङ्गा गाउँपालिका–१ बीचको बुवाखोलामा नवनिर्मित कोशी प्रदेशकै लामो मोटरेबल पक्की पुल सञ्चालनमा आएको छ ।
शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले रिवन काटेर उद्घाटन गरेसँगै १४८.०४ मिटर लम्बाइको मोटरेबल पक्की पुल सञ्चालनमा आएको हो । २०८१ वैशाख ३० गते सम्झौता गरेको जय बागेश्वरी चुरिया रेग्मी जे.बी. गाईघाट निर्माण कम्पनीले समयावधि भन्दा एक वर्ष अगाडि नै निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको हो ।कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भएको यो पुल हालसम्म कोशी प्रदेशमा बनेको सबैभन्दा लामो पक्की पुल हो । करिब १७ करोड ५८ लाख ६९ हजार रुपैयाँ लागतमा बनेको पुल सञ्चालनमा आएपछि खोटाङको दक्षिणी क्षेत्र र भोजपुरका हजारौँ बासिन्दा सहज र सुरक्षित रूपमा तराईसँग जोडिए...









