उदयपुरमा एम्बुलेन्सको भाडादर समायोजन, तोकिएभन्दा बढी लिए कारवाही
२४ भदौ, २०८३ । उदयपुर
उदयपुरमा एम्बुलेन्सहरुले मनमोली भाडा उठाउने जनगुनासो बढेपछि जिल्ला एम्बुलेन्स ब्यवस्थापन समितिले नयाँ दर लागू गरेको छ । एम्बुलेन्सले भाडा लिँदा बिल र रसिद काट्नुपर्नेछ अनिवार्य गरिएको छ ।
सडकको अवस्था, महँगी तथा नागरिकबाट प्राप्त गुनासोलाई आधार बनाएर उदयपुरबाट सञ्चालन हुने एम्बुलेन्सको भाडादर निर्धारण गरिएको स्वास्थ्य कार्यालय उदयपुरका सुचना अधिकारी चिरन्जिवि निरौलाले बताए ।
प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको समितिको निर्णयअनुसार जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले विभिन्न गन्तब्यका लागि नयाँ भाडादर सार्बजनिक गरेको छ । जिल्लाको बोक्सेस्थित उदयपुर अस्पताल र कटारी स्थित प्रादेशिक अस्पताललाई केन्द्र बनाएर नजिक तथा टाढा दुरीको छुट्टाछुट्टै भाडादर तोकिएको छ ।
स्वास्थ्य कार्यालय उदयपुरले सार्वजनिक गरेको विवरणअनुसार गाईघाटबाट धरान र इटहरी ६ हजार, विराटनगर ६ हजार, राजविरा...









