उदयपुरको एक मेडिकलमा प्रशासनको ताला, तिन वटालाई जरिवाना
पूर्णपुष्टि, साउन १९ । जिल्ला प्रशासन कार्यालय उदयपुरले चौदण्डीगढी नगरपालिका भित्र संचालित एक मेडिकल हलमा ताला लगाएको छ । सोमबार सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेको नेतृत्वको औषधी पसल तथा मेडिकलहल अनुगमन टोलीले चौदण्डीगढी–४ बसाहामा मापदण्ड विपरीत महेन्द्र मण्डलद्वारा सञ्चालित बीज मेडिकल हलमा ताला लगाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार अवैधानिक रूपमा मापदण्ड विपरीत सञ्चालित बीज मेडिकल हलमा ताला लगाईएको छ । त्यस्तै अनुगमन टोलीले दर्ता प्रमाणपत्र नभएको भन्दै पाथिभरा डेन्टल क्लिनिक, शुभम डेन्टल प्रा.ली., दिव्यान्स फार्मेसीलाई जरिवाना समेत गरेको छ । अनुगमनको क्रममा भेटिएको म्याद सकिएको औषधिहरु अनुगमन टोलीले बरामद गरेको छ ।
धेरै मेडिकलहरु मापदण्ड विपरीत सञ्चालन रहेको गुनासो आउन थालेपछि जिल्ला प्रशासनको नेतृत्वमा अनुगमन थालिएको हो । अनुगमन टोलीले चौदण्डीगढी नग...









