उदयपुरमा ८१ वर्षमा पहिलोपटक नागरिकता
पूर्णपुष्टि/उदयपुर, साउन १६ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरबाट ८१ बर्षिया बृद्धा कालमाया राईले पहिलो पटक नागरिकता आज पाउनु भएको छ । चौदण्डीगढी नगरपालिका, वडा नं. ४ ठेगाना रहेको बृद्धा राईले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलबाट वंशजको आधारमा नागरिकता पाउनु भएको हो ।
“७० वर्षदेखि पाउनुपर्ने जेष्ठनागरिक भत्ताबाट बञ्चित ८१ वर्षिया बृद्ध नागरिकता विहिन रहेको सुचना प्राप्त भयो । जनप्रतिनिधि सम्पर्कमा आउनुभयो । सम्बन्धीत वडा र स्थानीयबासीसंग बुझदा नेपाली नागरिक ठहर भएपछि नागरिकता प्रदान गरिएको हो ।” प्रजिअ लुइटेलले बताउनु भयो “नागरिकता पाएसंगै वहाँले सबैखाले नागरिक हल प्राप्त गर्नुभएको छ ।”२००१ साल बैशाख १ गते जन्म रहेको उहाँ हालसम्म नागरिकता नवनाइ बस्नु भएको थियो । खोटाङको जन्तेढुंगा गाउँपालिका–२ मा जन्मेर विवाहपछि उदयपुर बस्दै आउनु भएको वहाँले स्थानीयबासी र वडाध्यक्षको सहयोगमा प्रशासन...









