त्रियुगामा रोजगार सेवा थप प्रभाकारी बनाउन रोजगार संवाद कार्यक्रम
पूर्णपुष्टि/गाईघाट, असार १७ गते ।
त्रियुगामा रोजगार सेवालाई थप प्रभावकारी बनाउन रोजगार संवाद कार्यक्रमको आयोजना गरिएको छ । सोमवार त्रियुगा नरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो । रोजगार सेवा केन्द्र त्रियुगा नगरपालिकाको आयोजना कार्यक्रम सम्पन्न गरिएको हो । रोजगार संवाद कार्यक्रममा नगर उपप्रमुख महेश्वरी राई सहित कर्मचारी, जनप्रतिनिधि, रोजगारदाता, तालिम प्रदायक संस्थाका प्रतिनिधि, पत्रकार, गैरसरकारी संस्थाका पदाधिकारी, बेरोजगार युवा, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरू र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न गरिएको रोजगार केन्द्र त्रियुगा नगरपालिकाकी संयोजक निशा घलेले जनाउनुभयो । घलेले त्रियुगामा रोजगारको संख्या बढाउन सबै सरोकारवाला र रोजगारदाता तथा रोजगारी पाउने ब्यक्तिहरुबीच सेवा प्रभावकारी बनाउन आवश्यक रहेको जनाउँदै सोही अन्तर्गत रोजगा...









