तिब्रगतिका कारण हुने सडक दुर्घटना न्यूनीकरणका लागि ‘छोरीको प्रतीक्षा’ लघुचलचित्र निर्माण
https://youtu.be/NelmzDj454I
पूर्णपुष्टि/उदयपुर, साउन १२ ।
मदन भण्डारी लोकमार्गमा बढ्दो तिब्रगतिका कारण भइरहेको सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘छोरीको प्रतीक्षा’ नामक सडक सुरक्षा सचेतनामूलक लघुचलचित्र निर्माण गरिएको छ । लघुचलचित्रमा तिब्रगतिका कारण एक क्षणको लापरवाहीले कसरी परिवार, साथीभाइ र समाजले अपूरणीय क्षति व्यहोर्नुपर्छ भन्ने यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । कथाअनुसार पुनम र सुनिता दुई मिल्ने साथी बजार जाने क्रममा मदन भण्डारी लोकमार्गमा स्कुटर तिब्रगतिमा चलाउँछन् । पुनमले बारम्बार सावधानी अपनाउन आग्रह गरे पनि सुनिताले आफ्नो आत्मविश्वास देखाउँदै गति कम नगर्दा अप्ठ्यारो घुम्तीमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुन्छ । दुर्घटनामा पुनमको उपचारकै क्रममा मृत्यु हुन्छ भने सुनिता गम्भीर घाइते हुन्छिन् ।
लघुचलचित्रको अन्तिम दृश्यमा बजार जानुअघि आफ्नी काखे छोरीलाई “फर्क...









