Sunday, July 5News That Matters

Breaking News 2

उदयपुरमा बोलेरोको ठक्करबाट बाल मन्दिर माविका शिक्षक घाईते

उदयपुरमा बोलेरोको ठक्करबाट बाल मन्दिर माविका शिक्षक घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ३ ।  उदयपुरमा बोलेरोले मोटरसाईकललाई ठक्कर दिँदा एक जना घाईते भएको छ । त्रियुगा नगरपालिका वडा नं ९ गैरुन मदन भण्डारी राजमार्गमा बुधबार बिहान बाटो काट्ने क्रममा स ७ प ३०७ नम्वरको मोटरसाईकललाई कटारी तर्फ जाँदै गरेको प्र १–०४–००१ च ०४९२ नम्वरको बोलेरोले ठक्कर दिँदा त्रियुगा नगरपालिका ९ रातमाटेका ५४ बर्षिय पर्लाद खतिवडा घाईते भएको हो । खतिवडाको छाति र बायाँ खुट्टामा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । खतिवडा बालमन्दिर मावि बोक्सेका सहायक प्रधानध्यापक समेत रहेका खतिवडा एकिकृत अखिल नेपाल शिक्षक संघ त्रियुगा नगर कमिटी अध्यक्ष पनि हुन् । पर्लाद खत्री घाईते भएको छ । बुधबार त्रियुगा नगरपालिका वडा नं ९ गैरुनमा भएको दुर्घटनामा परी खतिवडा घाईते भएको हो । घाईते खतिवडालाई उपचारको लागि बिराट टिचिङ हस्पिटल पठाईए छ भने ठक्कर दिने बोलेरो चालक मोरङ जिल्ला मिक्लाजुङ...
लिम्चुङबुङ गाउँपालिकाको कर्मचारीले हप्तामा दुई दिन जातिय भेषभुषा लगाउने लगाउनुपर्ने

लिम्चुङबुङ गाउँपालिकाको कर्मचारीले हप्तामा दुई दिन जातिय भेषभुषा लगाउने लगाउनुपर्ने

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले हप्तामा दुई दिन जातिय भेषभुषा लगाउनुपर्ने भएको छ । लिम्चुङबुङका प्रमुख प्रशासकिय अधिकृत तारा किरण राईले आईतबार एक सुचना जारी गर्दै सम्पूर्ण कर्मचारीले हप्ताको आईतबार र सोमबार आ–आफ्नो जातीय भेषभुषा लगाउनु पर्ने जानकारी गराएका हुन् । गत चैत्र १ गते पालिका अध्यक्ष मेजर कुमार राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको सुचनामा उल्लेख छ । सुचनामा भनिएको छ ‘लिम्च्ङबुङ गाउँपालिकालाई पर्यटन विकासबाट आर्थिक विकास गर्ने लक्ष्य अनुसार पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आगामी २०८२ सालको बैशाख १ गतेदेखी गाउँपालिकामा कार्यरत राष्ट्र सेवक कर्मचारीहरुले हप्तामा २ पटक आ–आफ्नो जातीय भेषभूषा अनिवार्य लगाएर कार्यालयबाट सेवा उपलब्ध गराउनु पर्ने छ  । उक्त्त कार्यपालिका निर्णय बमोजिम कर्मचारीहरुले आ–आफ्नो जातीय भेषभूषा आईतबार र...
नयाँ वर्षमा नयाँ सरकार बन्न सक्ने प्रचण्डको संकेत

नयाँ वर्षमा नयाँ सरकार बन्न सक्ने प्रचण्डको संकेत

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा नयाँ सरकार गठन हुनसक्ने संकेत दिएका छन् । आफ्नो गृहजिल्ला चितवनमा पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले वर्तमान सरकार अगाडि बढ्न ‘सहज नभएको’ स्थिति देखिएको बताए । ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ,’ प्रचण्डले भने। उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरू पनि ‘झण्डै झण्डै सडकमा’ रहेको दाबी गरे । प्रचण्डले यसअघि एक टेलिभिजन अन्तर्वार्तामा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नसक्ने संकेत गरेका थिए । तर यसबारे थप बोल्न पत्रकारहरूलाई अनुरोध गर्दै उनले केही नयाँ अनुभव र नयाँ घटनाक्रमका आधारमा आफूले यो कुरा गरेको बताए । ठूलो दलको नेतृत्वमा सरकार बन्दा नै सही हुने बताउँदै प्रचण्डले आफूल...
खोटाङ – उदयपुर जोड्ने फोक्सिन्टार पुलका लागि बजेट शुनिश्चित

खोटाङ – उदयपुर जोड्ने फोक्सिन्टार पुलका लागि बजेट शुनिश्चित

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३० चेत्र । गएको बर्षयामको बाढीले भत्किएको उदयपुर खोटाङ जोड्ने फोक्सिन्टार पुलका लागि सरकारले बजेट सुनिश्चित गरेको छ ।सगरमाथा लोकमार्गको फोक्सिन्टारस्थित सुन नदीमा भत्केको पुलको ठाउँमा नयाँ पुल बनाउन अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको हो । नयाँ पुल बनाउन ३५ करोड बजेट सुनिश्चित भएको गाईघाट दिक्तेल सडक योजना कार्यालय प्रमुख ९डिई० पशुपति ज्ञवालीले पुष्टि गरेका छन् । पुल भत्केको स्थलगत अनुगमन निरीषणपछि नयाँ निर्माण गर्नेगरी प्राविधिक इस्टीमेट गरी पठाइएको फाईल सदर गर्दै अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको ज्ञवालीले बताए । बजेट सुनिश्चित भए पनि ठेक्का लगाउने अवस्था भने अहिले नै नभएको डिई ज्ञवालीको भनाई छ । पुसमा निर्मित बेलिब्रीज वर्षायाम सुरु भएसँगै यही वैशाखभित्र भत्काउने बेला भईसकेको छ । बेलिब्रीज निकालेपछि पुनः यातायात सम्पर्क टुट्ने अवस्थामा अर्थ मन्त्रालयले नयाँ प...
शिक्षक आन्दोलनको बीचमा त्रियुगा नगरपालिकाद्वारा ठुलो संख्यामा शिक्षक सरुवा

शिक्षक आन्दोलनको बीचमा त्रियुगा नगरपालिकाद्वारा ठुलो संख्यामा शिक्षक सरुवा

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र ३० । उदयपुरको त्रियुगा नगरपालिकाको शिक्षा समितिले ८१ जना शिक्षक तथा प्रधानाध्यापकहरूको सरुवा गरेको छ । स्थानीय शिक्षकहरू काठमाडौंमा आन्दोलनमा व्यस्त रहेको बेला नगरपालिकाले यो निर्णय गरेको हो । शुक्रबार बसेको कार्यपालिका बैठकले शिक्षक दरबन्दी मिलान समितिको २०८१ साल पौष १२ र १३ गतेको बैठकले प्रस्तुत गरेको सिफारिसलाई स्वीकृत गरेको हो । यस निर्णय अनुसार केही शिक्षकहरूलाई सहज स्थानबाट दुर्गम विद्यालयमा सरुवा गरिएको छ भने केहीलाई दुर्गम क्षेत्रबाट पायक पर्ने ठाउँमा ल्याइएको छ । जिल्लाकै उत्कृष्ट शिक्षकको रूपमा परिचित बालमन्दिर माविका प्रधानाध्यापक जंगबहादुर खड्का र रामजानकी माविका प्रधानाध्यापक पुन्य कार्कीलाई पनि अन्यत्र सरुवा गरिएको छ । यी दुवै शिक्षकहरूले आफ्ना विद्यालयहरूमा उल्लेखनीय शैक्षिक सुधार गरेका थिए र हाल काठमाडौंमा आन्दोलन कार्यक्रममा सहभागी छन् । एक शिक्...
मेयर साम्पाङ्गको अख्तियारलाई जवाफ: “एनसेल र वाइडबडी तिर नलागेर श्रमदानको खेदो नखन्नुस्”

मेयर साम्पाङ्गको अख्तियारलाई जवाफ: “एनसेल र वाइडबडी तिर नलागेर श्रमदानको खेदो नखन्नुस्”

Breaking News 2, समाचार
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी योजनामा आर्थिक अनियमितता भएको भन्ने उजुरीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीलाई आक्रामक शैलीमा जवाफ पठाएका छन् । मेयर साम्पाङले आफूविरुद्ध परेको उजुरीको सन्दर्भमा मेलम्ची, दमक टावर, एनसेल र वाइडबडी घोटालाजस्ता कुरातिर नलागेर श्रमदानको खेदो नखन्न आग्रह गरेका छन् । यसअघि अख्तियारले उनीविरुद्ध परेको उजुरीका सम्बन्धमा सोधपुछका लागि पत्राचार गरेको थियो । मेयर साम्पाङले गत माघ ११ गते नै यस विषयमा जवाफ दिएको र पुनः पढ्नका लागि स्पष्टीकरण पठाइएको बताएका छन् । आफ्नो स्पष्टीकरण पत्रमा साम्पाङले धरान खानेपानी बोर्ड स्वायत्त निकाय भएको उल्लेख गर्दै नगरवासीहरुलाई सुलभ र अटुट रुपमा खानेपानी वितरण गर्नु यसको एक मात्र उद्देश्य रहेको जनाएका छन् । उनले दैनिक जीवनमा पानीको महत्त्व विस्तृत रुपमा व्याख्या गरेका छन् । "बिहान उठ्ने बित्तिकै ट...
बेमौसमी बाढीले भाँचियो उदयपुरको अमाहा खोलामा निर्माणाधीन पुल

बेमौसमी बाढीले भाँचियो उदयपुरको अमाहा खोलामा निर्माणाधीन पुल

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र २८ । उदयपुरको कटारी नगरपालिका २ सिमानपुर स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुल बुधबार राति हावाहुरी र वर्षासँगै आएको बाढीले भत्काएको छ । चैत महिनामै आएको बाढीले २० दिन अघि मात्र ढलान गरिएको पुलको बीच भाग भाँचिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बाढीले पुलको सेटिङमा प्रयोग गरिएको टेकाहरू बगाउँदा पुल भत्किन पुगेको र यसबाट अन्दाजी दुई करोड रुपैयाँको क्षति भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत मिर्चैया–कटारी–घुर्मी सडक खण्डमा पर्ने उक्त पुल निर्माणको जिम्मा सूर्य एण्ड सन्स प्रा.लि. धरानले लिएको थियो । कम्पनीले गत २०७९ साल असार २९ गतेदेखि २०८२ साल असार २९ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको थियो । ५० मिटर लम्बाई भएको यो सिंगल स्पान पुलको स्ल्याब गत चैत ७ गते ढलान गरिएको थियो । सूर्य एण्ड सन्स प्रा.लि.ले सिमानपुर सहित ताराघारी, खोक्सा र गि...
उदयपुरमा ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक युवक पक्राउ

उदयपुरमा ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र २८ । उदयपुरको बेला नगरपालिका वडा नं. ९ भचुवा स्थितबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय २१ बर्षीय दिवस वि.क. रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) हरिहरनाथ योगीका अनुसार बुधबार विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २४० मिलिग्राम सहित वि.क. लाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखि थप अननुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।...
कोशी प्रदेशका दुई मन्त्रालयले उठाए १९ करोड बढी बेरुजु

कोशी प्रदेशका दुई मन्त्रालयले उठाए १९ करोड बढी बेरुजु

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र २७ । कोशी प्रदेशका दुई मन्त्रालयले पछिल्लो ६ महिनामा १९ करोड बढी बेरुजु उठाएका छन् । भूपेन्द्र राईको नेतृत्वमा रहेका स्वास्थ्य तथा भौतिक पूर्वाधार विकास मन्त्रालयले बेरुजु असुलीलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ । स्वास्थ्य मन्त्रालयले ६ महिनाको अवधिमा ५३ लाख एक हजार १२ रुपैयाँ बेरुजु उठाएको छ । मन्त्रालयको विवरण अनुसार असुल गर्नुपर्ने कुल २ करोड २३ लाख ३९ हजार २७१ रुपैयाँमध्ये उक्त रकम असुल भएको हो । अब १ करोड ७० लाख ३८ हजार २५९ रुपैयाँ उठाउन बाँकी रहेको छ । यसैगरी मन्त्रालयले नियमित गर्नुपर्ने ३९ करोड ४७ लाख ९४ हजार ७९६ रुपैयाँ बेरुजुमध्ये १३ करोड ८५ लाख २३ हजार रुपैयाँ नियमित गरेको जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले सोही अवधिमा १८ करोड ६० लाख ९ हजार ७१७ रुपैयाँ बेरुजु उठाएको छ । आर्थिक वर्ष २०८०र८१ सम्ममा उक्त मन्त्रालय र मातहतका १२ वटा कार्यालयको क...
ब्राउन सुगर जस्तै देखिने वस्तु सहित उदयपुरमा दुई जना पक्राउ

ब्राउन सुगर जस्तै देखिने वस्तु सहित उदयपुरमा दुई जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुपुष्टि, २७ चैत्र । प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चैत सोमवार साँझ १९ः०० बजेको समयमा रामपुरबाट लालबजार तर्फ जाँदै गरेको को ३९ प ५६४९ न। को स्कुटरमा सवार २ जना मानिसहरुको साथबाट १ ग्राम ३३८ मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेका थिए । पक्राउ पर्नेहरुमा स्कुटर चालक बेलका न.पा. वडा नं. ३ बस्ने वर्ष २६ को मुस्कान राई र पछाडी वर्ष २१ को खम्ब बहादुर दाहाल रहेका छन् । उनिहरुलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखि थप अनुसन्धान भईरहेको छ ।    ...