प्रहरी नायव महानिरिक्षक अधिकारीद्वारा जिल्ला प्रहरी कार्यालय उदयपुरको बहुउद्देश्यीय भवन उद्घाटन
पूर्णपुष्टि, चैत्र २५ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय उदयपुरको परिसरमा निर्मित बहुउद्देश्यीय भवनको उद्घाटन गरेका छन् । सोमबार एक औपचारिक कार्यक्रमका बीच प्रहरी नायव महानिरिक्षक अधिकारीले उक्त भवनको उद्घाटन गरेका हुन् ।
समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै महानिरिक्षक अधिकारीले विभिन्न स्रोतबाट साधन जुटाएर बहुउद्देश्यीय हल निर्माण गर्न सफल भएकोमा जिल्ला प्रहरी कार्यालय उदयपुरका सम्पूर्ण परिवारलाई धन्यवाद दिए । उनले प्रहरी कार्यालय परिसरभित्र बनेको यो भवन सबैको साझा सम्पत्ति रहेको बताए । ‘प्रहरीको प्राङ्गणमा भएपनि यो भवन आम नेपाली जनताको साझा सम्पत्ति हो,’ महानिरिक्षक अधिकारीले भने । प्रहरी परिसरमा निर्माण गरिएका सबै संरचनाहरू नागरिककै सम्पत्ति रहेको महानिरिक्षक अधिकारीले बताए । जिल्ला प्रशासन कार्यालय ...









