स्व. लालशेर राई स्मृति मेयरकपको उपाधि बोक्सेलाई
बिजय कुमार राई
उदयपुर, १७ माघ ।
जिल्लाको सदरमुकाम गाईघाटमा आयोजित ‘लालशेर राई स्मृति २४ औँ मेयर कप फुटबल प्रतियोगिता २०८१ को उपाधि वडा नं. १० बोक्लेले चुमेको छ । बिहिवार गाईघाटको थरुहट रंगशालामा सम्पन्न फाइनलमा बोक्सेले वडा नं. १२ डिएमगेटलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
पहिलो हाफको निर्धारीत समय सम्म पनि दुवै टिमबाट कुनै पनि गोल हुन सकेन । दोस्रो हाफको सुरुवती ३७ औँ र ४७ औ मिनेटमा बोक्सेका तर्फबाट जर्सि नं. १० का खेलाडी अर्जुन मगरले व्यत्तिगत २ गोल गर्दै टिमलाई अग्रता दिलाए भने बोक्सेकै अर्का खेलाडि जर्सी नं. १४ का सनम राई र जर्सि नं. ७ का खेलाडि लकि राईले सम्मन १–१ गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाएका थिए ।
यता वडा नं. १२ को तर्फबाट भने रविसंकर चौधरीले खेलको ६६ औँ मिनटमा १ गोल गरे पनि थप गोल गर्न टिम असफल रह्यो । फाइनल खेलको म्यान अफ द म्याचको उपाधि...









