Sunday, July 5News That Matters

Breaking News 2

पूर्व जनमुक्ति सेना फुटवल प्रतियोगिता : पालिका अध्यक्ष मोक्तानको गोलमा सिन्धुली बिजयी

पूर्व जनमुक्ति सेना फुटवल प्रतियोगिता : पालिका अध्यक्ष मोक्तानको गोलमा सिन्धुली बिजयी

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, १३ माघ । पूर्व जनमुक्ति सेना नेपाल त्रियुगा नगर कमिटी उदयपुरको आयोजनामा भएको फुटवल प्रतियोगितामा सिन्धुली बिजयी बनेको छ । पूर्व जनमुक्ति सेना नेपाल उदयपुर र जनमुक्ति सेना नेपाल सिन्धुली जिल्ला बिचको मैत्रिपूर्ण खेलमा १÷० ले सिन्धुली बिजयी बनेको हो । सिन्धुलीको तर्फबाट मरिण गाउँपालिका अध्यक्ष समेत रहेका बिमर्श मोक्तानले गोल गरेका थिए । अन्तत अध्यक्षको मोक्तानको गोलनै निर्णायक बन्यो । लिग चरणमा सिन्धुली र उदयपुरका पूर्व जनमुक्ति सेना, माओवादी नेता, र योङ कम्युनिस्ट लिग (वाईसिएल) गरी चार टिमले प्रतिस्पर्धा गरेका थिए । आयोजक संयोजक अर्जुन तामाङका अनुसार महिला र पुरुष पूर्व लडाकु खेलाडीहरूको समान सहभागिता खेलमा देखिएको थियो । विजेता टिम सिन्धुलीलाई माओवादी केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल), वैकल्पिक केन्द्रीय सदस्य मोहन खत्री (दिपक), जिल्ला सचिव तथा एन्फा महासचिव किरण राई...
बाघखोर (लिम्चुङबुङ) हलेसी पदमार्ग थप व्यवस्थी बारे बृहत छलफल

बाघखोर (लिम्चुङबुङ) हलेसी पदमार्ग थप व्यवस्थी बारे बृहत छलफल

Breaking News 1, Breaking News 2, Breaking News 3, पर्यटन, समाचार
पूर्णपुष्टि, १२ माघ । बाघखोर (लिम्चुङबुङ) हलेसी पदमार्गलाई थप व्यवस्थीत बनाउन गाईघाटमा बृहत छलफल गरिएको छ । लिम्चुङबुङ गाउँपालिका र नेपाली सेनाको सक्रियतामा सो पदमार्गको विकास गर्न थालिएको छ । पदमार्गलाई क्रियाशिल बनाउन थप संरचनाहरुको आवश्यक बारे शनिवार पशुपति गण बोक्सेले अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेका थिए । छलफलमा लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राई, उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जित बहादुर खड्का र रौतामाई गाउँपालिकाको उपाध्यक्ष भुपिन्द्र बहादुर थापा लगायतको उपस्थिति थियो । यो सँगै पर्यटन व्यवसायी र संञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो । बोक्से गणका गणपति पसुपति प्रसाद वाग्लेले पदमार्गलाई बाह्रै महिना क्रियाशिल बनाउन र आकर्षण गर्न संरचनाहरुको सुधार गर्नुपर्ने जनाए । जस अन्तर्गत छोटोदुरीको पदमार्ग, व्यवस्थीत वास स्थान, रमणीय बातावरण, स्थानीय कला र संस्कृ...
२४ औँ सशस्त्र प्रहरी दिवसमा  ५ न. गण हे.क्वा. त्रियुगाले गरेको कामहरु 

२४ औँ सशस्त्र प्रहरी दिवसमा  ५ न. गण हे.क्वा. त्रियुगाले गरेको कामहरु 

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १२ माघ । सशस्त्र प्रहरी बल नेपाल गण ५ हेटक्वाटर गाईघाटले आफ्नो २४ औँ प्रहरी दिवस बिभिन्न कार्यक्रमहरुकाबीच सम्पन्न गरेको छ । सरसफाई, जनचेतना कार्यक्रम, बिपद व्यवस्थापन, रक्तदान, खेलकुद प्रतियोगिता, माल्यार्पण, यात्रु प्रतिक्षालय र पुरस्कार वितरण कार्यक्रमहरु सहित सम्मान कार्यत्रमहरु गरेर आफ्नो दिवस सम्पन्न गरेको हो । कार्यालयले त्रियुगा उच्च माध्यमिक बिद्यालय गाईघाट, देवी माध्यमिक विद्यालय भुल्के, महाकाली मावि चम्पापुर, त्रिबेणी माध्यमिक विद्यालय कटारी, थानपोखरी मावि ज्यामिरे गरि ५ वटा विद्यालयहरुका ४५५ जना विद्यार्थीहरुलाई विपद् ब्यवस्थापन तथा लागु औषध सम्वन्धी कक्षा जनचेतनामुलक कक्षाहरु संचालन गर्यो भने भगवति मन्दिर सरसफाई गरेको छ। यस्तै नेपाल रेडक्रस सोसाईटी कार्यालय बोक्सेमा रक्तदान र अमर शहिदहरुको नाममा नव(निर्मित शिलालेखमा माल्यार्पण गरेको छ । जिल्लाको कटारी नगरपालि...
पूर्व मन्त्री किरातीले गरे त्रियुगा १४, १५ र १६ को हिलस्टेसन सिलान्यास

पूर्व मन्त्री किरातीले गरे त्रियुगा १४, १५ र १६ को हिलस्टेसन सिलान्यास

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ११ माघ । पूर्व सांस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले त्रियुगा नगरपालिका वडा नं १५ बैथुम्की डाँडाँमा हिलस्टेनको सिलन्यास गरेको छ । किरातीले त्रियुगा नगरभित्र पर्ने तिन ओटा वडाहरु १४, १५ र १६ मा निर्माण हुने हिलस्टेनको शुक्रबार एक कार्यक्रमकाबीच सिलन्यास गरेको हो । पर्यटन मन्त्री रहँदा किरातीले उक्त हिलस्टेनका लागि झण्डै तिन करोड बजेट छुटाएका थिए । आज सोही बजेट कार्यन्वयनमा आएर काम अघि बढिसकेको १६ नं वडाअध्यक्ष मान वहादुर राईले जानकारी दिए । २ करोड ९० लाख बजेट रहेकोमा २ करोड ७० लाखमा ठेक्का लागि काम सुरु गरिसकेको अध्यक्ष राईको भनाई छ । त्रियुगाको पहाडी वडाहरुमा पर्यटन भित्राउने लक्ष सहित हिलस्टेनको प्याकेज सहितको निर्माण कार्य सुरु भएको हो । जसमा त्रियुगाको १४ र १५ को सिमानामा पर्ने बैथुम्की डाँडाँमा पिकनिक स्पोर्ट, पार्क, लिँगे पिङ, लगायतका संरचनाहरु...
पूर्व मन्त्री सुदन किरातीले भोली त्रियुगा १५ मा हिलस्टेशन सिलन्यास गर्ने

पूर्व मन्त्री सुदन किरातीले भोली त्रियुगा १५ मा हिलस्टेशन सिलन्यास गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, १० माघ । त्रियुगा नगरपालिका वडा नं १४, १५ र १६ मा बन्ने हिलस्टेशनको सिलन्यास पूर्व मन्त्री तथा माओवादी नेता सुदन किरातीले गर्ने भएको छ । पूर्व सांस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका राईले उदयपुरको त्रियुगा १५ मा रहेको पर्यटकीय डाँडा बैथुम्की डाँडाँबाट हिलस्टेशनको सिलन्यास गर्ने भएको हो । भोली (शुक्रबार) तिनै ओटा वडाको हिलस्टेशन बाख्खोर बैथुम्की डाँडाँमा एकै साथ गरिने भएको हो । तिनै वडा त्रियुगा १४ साउने, १५ रानिवास र १६ जाल्पा चिलाउनेको संयुक्त आयोजनामा सिलन्यासको काम अघि बढाईएको हो । माओवादी केन्द्र त्रियुगा नगर अध्यक्ष समेत रहेका १६ नं वडाअध्यक्ष मान वहादुर राईले सिलन्यास कार्यक्रममा उपस्थितिका लागि सबैमा आह्वान गरेको छ । त्रियुगा नगरपालिका भित्र पर्ने तिन ओटा पहाडी वडाहरुमा हिलस्टेशन निर्माण गरिने भएको हो । यस स्टेशन...
शप्तकोसी नियन्त्रणका लागि गुरुयोजना बन्दैछ : गृहमन्त्री लेखक

शप्तकोसी नियन्त्रणका लागि गुरुयोजना बन्दैछ : गृहमन्त्री लेखक

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ९ । गृहमन्त्री रमेश लेखकले शप्तकोसी नदीको दीर्घकालीन नियन्त्रणका लागि सरकारले गुरुयोजना बनाउन लागेको बताएका छन् । मंगलबार कोशी क्षेत्रको स्थलगत निरीक्षणका क्रममा उनले कोशी कटान नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्था गरिने प्रतिबद्धता जनाए । कोशी कटान क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले भने, ‘कोशी नदी नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग तत्काल छलफल गरिनेछ । यस वर्ष कटान रोकथामका लागि जति बजेट आवश्यक पर्छ, त्यति नै व्यवस्था गरेर काम सुरु गरिनेछ ।’ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले कोसी कटानबाट पीडित जनताको जुनसुकै बेला विस्थापन हुनसक्ने खतरा रहेको बताए । उनले गत वर्ष कोसीको बाढीले तीव्र कटान गरिरहेको बेला तत्काल नियन्त्रणका लागि करिब तीन करोड रुपैयाँ खर्च गरिएको जानकारी दिए । बेलका नगरपालिकाका मेयर अशोक...
धरानलाई खानेपानी माग्दै मेयर हर्क साम्पाङ पुगे सिंहदरबार

धरानलाई खानेपानी माग्दै मेयर हर्क साम्पाङ पुगे सिंहदरबार

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ८ । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले खानेपानीको दीर्घकालीन समाधानको माग गर्दै मंगलबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धर्ना दिएका छन् । संघीय सरकारमाथि दबाब सिर्जना गर्न भन्दै उनी सोमबार रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए । सिंहदरबार परिसरभित्र गाग्रीसहित प्रवेश गर्न नपाइने नियमका कारण उनलाई सुरक्षाकर्मीले गाग्रीविना मात्र प्रवेश अनुमति दिएका थिए । मेयर सम्पाङको आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटको कार्यक्रम रहेको छ । धरानमा लामो समयदेखि खानेपानीको गम्भीर समस्या छ । २०७७ फागुनमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरी खानेपानी व्यवस्थापन बोर्ड गठन गरिए पनि समस्या समाधान हुन सकेको छैन । यसअघि पनि मेयर सम्पाङले धरानको भानुचोकमा रित्तो गाग्री बोकेर प्रदर्शन गरेका थिए । स्थानीय निवासीहरूले दैनिक पानीको अभाव झेल्दै आएका छन् र य...
उदयपुरका निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

उदयपुरका निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ७ । निर्माण व्यवसायी संघ उदयपुरले १४ सुत्रीय माग सहितको ज्ञापनपत्र आइतबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । संघका अध्यक्ष कौशल आचार्यको नेतृत्वमा गएको पदाधिकारी र व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेलाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । ज्ञापनपत्रमा निर्माण कार्य सुरु हुने सिजनमा सिमेन्ट उद्यमीहरूले बिना ठोस कारण गरिरहेको कालोबजारी, सिमेन्ट तथा फलामे डन्डी लगायतका निर्माण सामग्रीमा भएको चर्को मूल्यवृद्धि, भुक्तानी अभाव र सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानुनी जटिलताको विषय समावेश गरिएको छ । यसैगरी राष्ट्र बैंकबाट निर्माण व्यवसायीहरूलाई ऋणमा दिइएको सुविधा कटौती, विगतका सहमति कार्यान्वयन र निर्माण आयोग गठन लगायतका १४ बुँदे माग राखिएको छ । व्यवसायीहरूले माघ १५ गतेसम्म सरकारल...
पशु स्वास्थ्य तथा पशु सेवा ब्यवसायी परिषद, प्रदेश सदस्यकाे चुनाव जित्न किन चाहन्छन् चुडामणि थापा ?

पशु स्वास्थ्य तथा पशु सेवा ब्यवसायी परिषद, प्रदेश सदस्यकाे चुनाव जित्न किन चाहन्छन् चुडामणि थापा ?

Breaking News 2, Breaking News Video, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ ५ । जनपक्षीय एजेण्डासहित पशु स्वास्थ्य तथा पशु सेवा ब्यवसायी परिषदको आगामी माघ १८ गते हुने निर्वाचनमा कोशी प्रदेश सदस्यको उम्मेदवार बनेका चुडामणि थापाले जितको दावी गरेका छन् । पूर्णपुष्टि संवादमा थापाले आप्mना ठोस योजना र एजेण्डाहरु जितको आधार रहेको बताएका छन् । त्रियुगा नगरपालिकाको पशु सेवा शाखामा कार्यरत पशु स्वास्थ्य प्राविधिक थापाले गत पुस ११ गते परिषदको केन्द्रीय कार्यालय काठमाडौंमा उम्मेदवारी दर्ता गराएका थिए । ओझेलमा रहेको पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र पशु स्वास्थ्य प्राविधिकहरुको हकहितका लागि लड्न उम्मेदवारी दिएको र जितेको खण्डमा ती कुराहरु पुरा गर्ने उनको प्रतिबद्धता छ । हाल उनी मतदातासंग नियमित सम्पर्क र समन्वय गर्दै मत माग्ने काममा ब्यस्त छन् । यसै सिलसिलामा पूर्णपुष्टि मिडियासंग संवाद गरिएको हो । संवादको पुरा अंश यस मिडियाको अफिसियल युट्युब च्यानल ...
बरुवा खोला तटबन्ध मर्मत कार्य सुरु

बरुवा खोला तटबन्ध मर्मत कार्य सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ४ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ११ ढिम्कीस्थित बरुवा खोला तटबन्धको मर्मत कार्य बुधबारदेखि सुरु भएको छ । गाईघाट बजारको संरक्षणको लागि झन्डै चार दशक अघि निर्माण गरिएको यो तटबन्ध गत वर्षको असार महिनाको बाढीले गम्भीर क्षति पुर्‍याएको थियो । संघीय सरकारले उपलब्ध गराएको एक करोड रुपैयाँको बजेटबाट मर्मत कार्य थालिएको त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले जानकारी दिए । ढिम्कीदेखि बरुवा पुलसम्मको पूर्वी किनारमा रहेको यो तटबन्धको संरक्षण कार्य माघ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । मेयर बस्नेतका अनुसार पटक-पटकको माग पश्चात प्राप्त भएको यो बजेट समग्र मर्मत कार्यको लागि अपर्याप्त रहेको छ । "पुरानो तटबन्धको पूर्ण मर्मतको लागि थप बजेट आवश्यक छ, तर त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा हामी छलफल गरिरहेका छौं," उनले भने । गाईघाट बजारको मुख्य संरक्षक मानिने यो तटबन...