प्रहरीको ज्याजति विरुद्ध यायोख्खाद्धारा उदयपुरका सिडिओलाई ध्यानाकर्षण
पूर्णपुष्टि, २ माघ ।
उदयपुरमा मंगलबार यलदोङ ५०८५ मनाउँने क्रममा प्रहरीले गरेको ज्याजति प्रति किरात राई यायोख्खा उदयपुर, सुनसरी र केन्द्रीय समितिले आपत्ति जनाएको छ । प्रहरीको ज्याजतिको घोर भर्तसना गर्दै उदयपुर, सुनसरी र केन्द्रीय कार्य समितिले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय उदयपुरलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार सुनसरीको समेत उपस्थितिमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
यायोख्खा प्रदेश सचिव राम पाण्डुपा राई सहितको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै राज्य आफैले अशान्ती समाज निर्माण गर्न लागेको जनाए । संबैधानिक अधिकारको प्रयोग गर्दा एउटा समुदायप्रति राज्य किना अराजक बनेको भन्दै राईले प्रश्न समेत गरेको छ । नेपाल बहुल जाति र बहुसांस्कृतिक देश रहेको भन्दै आआफ्नो चाँडबाँड मनाउने अधिकार भएको भन्दै यसरी सरकार निरंकुश बन्ने हो भने देशमा आक्रन...









