Saturday, July 4News That Matters

Breaking News 2

उदयपुरमा चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घट्यो

उदयपुरमा चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घट्यो

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष २६ । उदयपुरमा विगत चार दिनदेखि जारी शीतलहर र चिसोका कारण विद्यालयहरूमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको छ । विशेषगरी आधारभूत तहका विद्यार्थीहरूको उपस्थिति गम्भीर रूपमा प्रभावित भएको शिक्षकहरूले बताएका छन् । त्रियुगा नगरपालिका–१ स्थित जोगीदह जनता माविका शिक्षक देवन राईका अनुसार त्रियुगा र चौदण्डीगढी नगरपालिकाका सरकारी तथा निजी विद्यालयहरूमा साना कक्षाका विद्यार्थीको उपस्थिति निकै कम छ । त्रियुगा–११ मा रहेको पिसजोन स्कुलका शिक्षक भूपेन्द्र थापाले कक्षा ४ भन्दा तल्ला कक्षाका विद्यार्थीको उपस्थिति २५ प्रतिशतमा झरेको जानकारी दिए । चौदण्डीगढी–९ हडियास्थित जनता माविका शिक्षक बाबुनारायण चौधरीले अचानक बढेको चिसो र शीतलहरका कारण साना कक्षाका विद्यार्थीहरू प्रभावित भएको बताए । ‘विशेषगरी आधारभूत तहका विद्यार्थीहरू चिसोको चपेटामा परेका छन्,’ उनले भने । अभिभावकहरू पनि चिसोको...
सचेतना टोल विकास संस्था : भवन निर्माणका सहयोगी तादाहरुलाई मायाको चिनो र सम्मान

सचेतना टोल विकास संस्था : भवन निर्माणका सहयोगी तादाहरुलाई मायाको चिनो र सम्मान

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २५ पुष । नमुना टोल विकास संस्थाका रुपमा परिचय बनाएका त्रियुगा नगरपालिका वडा नं १० का सचेतना टोल विकास संस्थाले भवन निर्माणमा आर्थिक सहयोग गर्ने दाताहरुलाई मायाको चिनोर प्रमाण पत्र प्रदान गरेको छ । बिहिबार टोल विकास संस्थाले १० नं वडा अध्यक्ष किरण पाण्डेको उपस्थितमा बृहत कार्यक्रमको आयोजना गरी दाताहरुलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरेको हो । संस्थाका अध्यक्ष पर्शराज राईले भवन निर्माणका लागि टोल विकासको कार्य समिति तथा संस्थामा रहेका साधारण सदस्यहरु, अन्य टोल विकास संस्था, बन समुदाय लगायत बिभिन्न सामाजिक संस्था सहित व्यक्तिहरुले आर्थिक सहयोग गरेको भन्दै सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो जनाए । संस्थाको निर्णय र परिधि अनुसार ५ सय भन्दा माथी ५ हजार सम्म सहयोग गर्नेलाई प्रमाण पत्र, ५ हजार माथी सहयोग गर्नेलाई प्रमाण पत्र र मायाको चिनो र ५ सय मुनी सहयोग गर्नेलाई ...
कंग सामुदायिक वन उपभोक्त समूहको अध्यक्षमा सम्भु खड्का बिजयी

कंग सामुदायिक वन उपभोक्त समूहको अध्यक्षमा सम्भु खड्का बिजयी

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, २४ पुष । त्रियुगा नगरपालिका वडा नं १ र २ मा पर्ने कंग सामुदायिक वनको अध्यक्षमा सम्भु खड्का बिजयी बनेको छ । खड्काले पूर्व अध्यक्ष समेत रहेका श्याम नारायण चौधरीलाई हराउँदै अध्यक्षमा जित निकालेको हो । अध्यक्षमा बिजयी खड्काले २५६ मत पाएका थिए भने चौधरीले १७३ मत मात्र पाए । यस्तैगरी उपाध्यक्षमा संकर रम्तेल बिजयी बनेको छ । रम्तेलले केदर बहादुर कार्की र बरुण अधिकारीलाई हराउँदै उपाध्यक्षमा बिजयी निकालेको हो । रम्तलेको १८६ मत आउँदा कार्कीको १६० मत आए भने यता अधिकारीको ७० मत मात्रै आए । यता सचिवमा भने दुर्गा दनुवार निर्विरोध भएको छ । सहसचिवमा सिव प्रसाद चौलागाई र कोषाध्यक्षमा तनुजा चौधरी पनि निर्विरोध भएको छ । यो सँगै अन्य ६ जना सदस्यहरु निर्विरोध भए । खड्काको नेतृत्वमा ५ पदाधिकारी र ६ सदस्यीय सहित ११ कार्यसमिति चयन भएको छ । नेतेत्व सम्हाल्दै अध्यक्ष खड्काले सामुदयिक वनको आ...
त्रियुगाका १०४ वर्षीय जेष्ठ नागरिक सम्मानित

त्रियुगाका १०४ वर्षीय जेष्ठ नागरिक सम्मानित

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २४ । उदयपुरको त्रियुगा नगरपालिका–७ की १०४ वर्षीया सुनमाया माझीलाई वडा कार्यालयले विशेष सम्मान गरेको छ । वडाकै सबैभन्दा वृद्ध नागरिक माझीलाई मंगलबार आयोजित एक समारोहमा सम्मान गरिएको हो । वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष अमर बहादुर दनुवारले माझीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । साथै उनलाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष दनुवारले यति उमेरसम्म पनि स्वस्थ र निरोगी जीवन बिताइरहेकी माझीको दीर्घ आयुको सम्मानमा यो कार्यक्रम आयोजना गरिएको बताए । उनले माझी उदयपुर जिल्लाकै सबैभन्दा वृद्ध नागरिक हुन सक्ने अनुमान समेत व्यक्त गरे ।...
गाईघाटमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

गाईघाटमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, २२ पुष । उदयपुरको सदरमुकाम गाईघाटमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चाललको मृत्यु भएको छ । सोमबार गाईघाट बजारको मेनचोक नजिक स १ त ७८ २१ नम्वरको ट्याक्टरले प्रदेश १–०५–००१ प ७६८४ नम्वरको स्कुटरलाई पछाडी बाट ठक्कर दिँदा स्कुटर चालक रौतामाई गाउँपालिका वडा नं ७ मुर्कृचीका ४० बर्षिय बासु खड्काको मृृत्यु भएको हो । करिब १२ बजेको समयमा भएको दुर्घटनामा घाईते खड्कालाई जिल्ला अस्पताल उदयपुरमा उपचारको लागि लगिएकोमा अस्तालले मृत घोषणा गरेको थियो । ठक्कर दिने ट्याक्टर र चालक त्रियुगा नगरपालिका ४ निवासी क्रान्ती चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।...
बाढी जोखिम त्रिनपा १५ तोरीबारीमा भु – गर्भ विद् टोलीको परिक्षण

बाढी जोखिम त्रिनपा १५ तोरीबारीमा भु – गर्भ विद् टोलीको परिक्षण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २२ पुष । त्रियुगा नगरपालिका वडा नं १५ तोरीबारीमा पहिरोले क्षती पुराएको स्थानमा भु–गर्भ टोलीले माटो परिक्षण गरेको छ । गत असार २५ गते बर्षाको कारण पहिरोले क्षती पुराएको उक्त स्थानलाई विपद व्यवस्थानको सडक विभाग अन्तर्गत भु–गर्भ टोलीले माटो परिक्षण गरेको हो । वडा अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार आज टोलीले परिक्षण सकाउने जनाए । तिन दिन अघिदेखी परिक्षणमा निरन्तर खटेको टोलीले आज काम सकाउने र छिट्टै यसको रिजल्ट निकाल्ने जनाए । वडाको निरन्तर प्रयास र वस्ती व्यवस्थापन माग पछि टोलीले काम सुरु गरेको अध्यक्ष तिमिल्सिनाले जनाएको छ । परिक्षणको ७ देखी १० दिन भित्रमा त्यस स्थानो अवस्था पत्ता लगाउने र वस्ती वस्न मिल्ने वा अन्यत्र सार्नु पर्ने टोलीले सिफारिस गर्ने जनाएको छ । उक्त पहिरोको क्षतीमा परी एक बालिकाको ज्यान गएको थियो भने अन्य दुई जना घाईते र अन्य धेरै परिवार विस्थापित बनेका थिए ।...
फोक्सिन्टारमा बेलिब्रीज निर्माण अन्तिम चरणमा

फोक्सिन्टारमा बेलिब्रीज निर्माण अन्तिम चरणमा

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २२ । उदयपुर र खोटाङ जिल्लालाई जोड्ने सगरमाथा राजमार्ग अन्तर्गत फोक्सिन्टारमा निर्माणाधीन बेलिब्रीज अन्तिम चरणमा पुगेको छ । गाईघाट–दिक्तेल सडक योजना कार्यालयले यही महिनाको २४–२५ गतेभित्र यातायात सुचारु हुने जनाएको छ । गत असोज १२ गते राति सुनकोशीमा आएको को बाढीले १२० मिटर लामो आर्क डिजाइनको पक्की पुल भत्काएपछि स्थानीय समस्यामा परेका थिए । यसपछि विकल्पको रूपमा १ करोड २९ लाख ४६ हजार ७७ रुपैयाँको लागतमा बेलिब्रीज निर्माण थालिएको हो । निर्माणको जिम्मा पाएको आरएन कन्स्ट्रक्सन कटारीले ५० मिटर लामो बेलिब्रीजको ९० प्रतिशतभन्दा बढी काम सकेको छ । योजना कार्यालयका साइट इन्चार्ज इन्जिनियर सुवास तिवारीका अनुसार पहिले पनि यही स्थानमा बेलिब्रीज रहेको र सामग्री उपलब्ध भएकाले निर्माण कार्य छिटो र सहज भएको छ । हाल यात्रुहरूले रसुवाघाटस्थित झोलुङ्गे पुल प्रयोग गर्नुपरेको छ । उल्लेखनीय छ ...
उदयपुरमा सेनाको ८५ किलोमिटर पैदलयात्रा सुरु

उदयपुरमा सेनाको ८५ किलोमिटर पैदलयात्रा सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २१ । नेपाली सेनाले आइतबारदेखि उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीबाट ८५ किलोमिटर लामो पैदलयात्रा सुरु गरेको छ । जिल्लाका ऐतिहासिक, पर्यटकीय तथा सामरिक महत्वका स्थानहरू चिनाउँदै स्थानीयसँग सम्बन्ध सुमधुर बनाउने उद्देश्यले सेनाको पशुपतिप्रसाद गण बोक्सेले पैदलयात्राको आयोजना गरेको हो । गणपति शिवप्रसाद वाग्लेका अनुसार महाभारत श्रृङ्खला पार गर्दै जाने यो यात्रा माघ २८ गते चौदण्डीगढी नगरपालिकाको पर्यटकीयस्थल चौदण्डीगढीमा पुगेर समापन हुनेछ । यात्राको क्रममा जिल्लाको मध्यभाग हुँदै रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाका केही भूभाग पार गरिनेछ । साताव्यापी यात्राका क्रममा विभिन्न गाउँबस्ती, विद्यालय र सार्वजनिकस्थलमा स्थानीयसँग भेटघाट र कुराकानी गरी आत्मीयता बढाउने योजना रहेको छ । यात्रामा स्थानीय तहका नगरप्रमुख, गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि, होटल तथा पर्यटन व्यवसायी, साइक...
श्रीमतीको जन्म दिनमा ११ लाखको जिवन बिमा उपहार

श्रीमतीको जन्म दिनमा ११ लाखको जिवन बिमा उपहार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २० पुष । हिजो आज जिवन विमा सबैको लागि महत्वपूर्ण बन्दै गएको छ । बुझेर गरोस या नबुझेरै गरोस तर जिवन विमा गर्ने मानिसहरुलाई कहिल्यै पछुतो हुने छैन् । बिमा पछिल्लो समय मानिसको अपरिहार्य नै बन्दै गएको छ । जिवन विमाले आर्थिक बचत सँगै जिवनको जोखिमलाई आर्थिक पहुँचमा बदल्छ । हालको समय बिमा गराउने व्यक्तिहरु जति क्रियाशिल छ उतिनै गर्नेहरु पनि क्रियाशिल बन्दै गएको छ । बिमा गर्नु पर्छ भन्ने चेतनाको विकास बढ्दै गएपछि मानिसहरुले बिमालाई जिन्दागिको आवश्यकता भनेर बुझ्दै गएको छ । यसरीनै जिवन विमाको आवश्यकता र फाईदालाई बुझेर उदयपुरमा एक जोडिले भने जन्मदिनको अवसर पारेर जिवन विमा गरेको छ । बेलका नगरपालिका ७ मैदामैनी बस्ने पारुहाङ राईले श्रीमती हिरा कुमारी राईको जन्म दिनमा ११ लाखको जिवन विमा उपहार प्रदान गरे । राई दम्पतिले सनलाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखामा गएर श्रीमतिको ४५ औँ जन्म उत्स...
दुर्गन्धित नालाले बरुवा क्याम्पसका विद्यार्थीलाई असर

दुर्गन्धित नालाले बरुवा क्याम्पसका विद्यार्थीलाई असर

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष १८ । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बरुवा क्याम्पसमा दुर्गन्धित फोहोर नालाको पानी व्यवस्थापन नहुँदा विद्यार्थीहरूलाई असर परेको छ । बिहिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बरुवा क्याम्पस कमिटि उदयपुरका सचिव अभिषेक थापा मगरले नाला व्यवस्थापनको माग राख्दै निकालेको विज्ञप्ती क्याम्पस प्रमुख भिम बहादुर खड्कालाई बुझाएका छन् । विज्ञप्तमा भनिएको छ ‘गाईघाट त्रियुगा नदी र शान्तिधामको छेउमा अवस्थित यस क्याम्पसमा बढ्दो सहरीकरणसँगै फोहोरको समस्या पनि बढ्दै गएको छ, क्याम्पस प्राङ्गण नजिकैको नालीमा अव्यवस्थित रूपमा बगिरहेको दुर्गन्धित फोहोर पानीका कारण दैनिक ६ सय देखि ७ सय विद्यार्थीहरू क्याम्पस प्रवेश गर्दा र निस्किदा नाक थुनेर हिँड्न बाध्य भएका छन् ।’ विज्ञप्तिमा देशको भविष्य निर्माण गर्ने विद्यार्थीहरू अध्ययन गर्ने शैक्षिक थलोमा यस्तो समस्या...