Saturday, July 4News That Matters

Breaking News 2

कालेबुङबाट आफन्त भेट्न गाईघाट आएका निर कुमार ४ दिन देखी बेपत्ता

कालेबुङबाट आफन्त भेट्न गाईघाट आएका निर कुमार ४ दिन देखी बेपत्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १८ पुष । कालेबुङबाट आफन्त भेट्न गाईघाट आएका एक बृद्ध ४ दिन देखी बेपत्ता भएको छ । सोमवार बेलुका घरबाट बाहिर निस्केका ६० बर्षिय निर कुमार राई ४ दिन देखी बेपत्ता भएको हो । राई भारतको कालेबुङबाट आफन्त फुर्तिमान राईकोमा भेटघाटको लागि आएका थिए । राई आईतबार मात्रै त्रियुगा नगरपालिका १३ स्थित शान्तिराम नगर टोलमा आफन्त फुर्तिमान राईको घरमा आएका थिए । निर कुमार फुर्तिमान राईको भान्जा पर्छ । मामा भेट्न आएका भान्जा निरकुमार अचानक बेपत्ता भएपछि परिवारहरुले खोजीका लागि प्रहरीमा समेत हुलिया सहितको निवेदन दिएको छ । ४ बजे घरबाट निस्केका निर कुमार साँझ सम्म फर्केर नआएपछि परिवारले लगतार खोजि रहेको छ । राईलाई खोजी गरी बुझाउन सहयोग गरिदिन परिवारले आग्रह समेत गरेको छ । राई लामो समयदेखी भारको कालेबुङ तिरै बसोसावस गर्दै आएका थिए । सोझो धेरै नवोल्ने र दोहोरो कुरा नगर्ने उनिलाई भेटघाटमा आएका मामाको ना...
आफ्नो मान्छे जोगाउन बनेको सरकार जतिखेर पनि ढल्न सक्छ : खतिवडा

आफ्नो मान्छे जोगाउन बनेको सरकार जतिखेर पनि ढल्न सक्छ : खतिवडा

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, १७ पुष । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले सरकार कतिवेला ढल्छ भन्ने थाहा नभएको बताउनुभएको छ । आज कटारीमा पत्रकारहरुसँग कुरागर्दै उपाध्यक्ष खतिवडाले काँग्रेससँग सौदाबाजी गरेर बनेको सरकारको सौदाबाजि कतिवेला सकिन्छ भन्ने थाहा नभएको बताउनुभएको हो । काँग्रेस र एमालेले विभिन्न काण्डहरुमा आप्mना मान्छेहरु जोगाउन यो सरकार गठन भएको उपाध्यक्ष खतिवडाको भनाई छ । “भुटानी शरणार्थी काण्ड लगायतका काण्डमा आप्mना मान्छेहरु फस्नेभएपछी जोगाउन यो सरकार गठन भएको हो ।”उहाँले भन्नुभयो ,“सौदाबाजी सकिन लागेकाले सरकार कतिवेला ढल्छ थाहा छैन् ।” एकिकृत समाजवादीले सरकार ढाल्ने योजना नबनाउने तर सरकार ढाल्नेलाई सहयोग गर्ने उहाँको भनाई छ । त्यसैगरी माओवादीसँग पार्टी एकीकरण हुन्छ भन्ने हल्ला छ नि रु भन्ने पत्रकारहरुको प्रश्नमा उपाध्यक्ष खतिवडाले आप्mनो पार्टी कसैसँग एकीक...
राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरले फुटसल प्रतियोगिता गराउने

राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरले फुटसल प्रतियोगिता गराउने

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १६ पुष । राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरले काठमाण्डौँमा कोशी प्रदेश स्तरीय फुटसल प्रतियोगिता गराउने भएको छ । काठमाण्डौँ स्थित शान्ति नगर फुटसल नयाँ बानेश्वरमा शुक्रबार फुटसल प्रतियोगिता गराईने कमिटीका अध्यक्ष रिदम किराँतीले जनाए । किरातीका अनुसार प्रतियोगितामा कोशी प्रदेशको १४ ओटै जिल्लाहरुले सहभागी जनाउने भएको छ । जसमा आयोजकको दुई टिम गरी १५ ओटा टिमले प्रतियोगितामा सहभागी जनाउने अध्यक्ष किरातीले जनाएको छ । युवाहरुलाई क्रियाशिल र संगठित गर्ने, भाईचारा बढाउने, स्वास्थ्य र मनोरञ्जनको माध्यमबाट युवाहरुलाई संगठनमा आवद्ध गराउन प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने राईले जनाए । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार ५५५ शिल्ड, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले नगद रु १० हजार ५५५ रुपयाँ शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोज...
किरात राई समुदायको संस्कृतिमा महत्वपूर्ण चिन्डो दुर्लभ बन्दै

किरात राई समुदायको संस्कृतिमा महत्वपूर्ण चिन्डो दुर्लभ बन्दै

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १६ ।  किरात राई समुदायको संस्कृतिमा विशेष महत्व राख्ने चिन्डो पछिल्लो समय दुर्लभ बन्दै गएको छ । जन्मदेखि मृत्युसम्मका संस्कारमा अनिवार्य मानिने चिन्डो तराई क्षेत्रमा नफल्ने र पहाडी जिल्लाहरूमा समेत यसको उत्पादन घट्दै गएकाले प्रयोगमा कमी आएको हो । कटारीका संस्कृतिविद् कर्ण राईका अनुसार अहिले धजुरी पेजुरीमा प्रयोग गरिने सानो चिन्डो समेत धरान हुँदै चीनबाट आयात गर्नुपर्ने अवस्था छ । राई समुदायका अध्येता शुभराज राईले ओखलढुंगा र खोटाङ जस्ता पहाडी जिल्लामा समेत चिन्डोको उत्पादन घट्दै गएको बताए । चिन्डोलाई वाबुक, स्वालेवा र खारेवा पनि भनिने गरेको छ । विशेषगरी पूजापाठ र कोसेली बोक्ने प्रचलनमा प्रयोग हुने गाँडे चिन्डो र संस्कार गर्दा कुलपुजारीले प्रयोग गर्ने सुलुक्क परेको चिन्डो दुवै दुर्लभ बन्दै गएका छन् । यसको अभावमा विवाह प्रयोजनका लागि कलियारकल्लेले सिसाका बोतल प्रयोग गर्न...
गाईघाटमा उदयपुर संगीत सभा सम्पन्न

गाईघाटमा उदयपुर संगीत सभा सम्पन्न

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष १६ । उदयपुरको सदरमुकाम गाईघाटमा उदयपुर संगित सभा सम्पन्न भएको छ । सोमबार त्रिनपा ३ मोतिगडा स्थित होटल इम्पायर इनमा ‘परिवर्तनको लागि संगीत’ भन्ने मूल नाराका साथ तीन तले संगीत विद्यालय कटारीद्धारा आयोजित कार्यक्रममा संगित विद्यालयका विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । त्रियुगा संगीत विद्यालयका प्रमुख प्रशिक्षक शैलेन्द्र खतिवडाका अनुसार कटारी तीन तले, कटारी र गाईघाटमा नियमित रूपमा संचालित संगीत विद्यालयका विद्यार्थीहरूलाई समावेश गरी संगित सभा आयोजना गरिएको हो । विद्यालयका प्रमुख व्यवस्थापक श्याम बस्नेतले २०७८ सालमा स्थापना भएदेखि नै विद्यालयले ४५० भन्दा बढी बालबालिकाहरूलाई नि:शुल्क बाद्यवादन, संगीत र नृत्य प्रशिक्षण प्रदान गर्दै आएको बताएका छन् । कार्यक्रममा विद्यार्थीहरूले हार्मोनियम, तबला, मादल, बाँसुरी, गिटार र किबोर्ड जस्ता विभिन्न वाद्ययन्त्रको प्रस्तुत...
उदयपुरको मुर्कुची पहिलो पटक मिनि महोत्सव हुदैँ

उदयपुरको मुर्कुची पहिलो पटक मिनि महोत्सव हुदैँ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १६ । उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचीमा पहिलो पटक रौतामाई मिनि महोत्सव आयोजना हुने भएको छ । रौता स्पोर्टस क्लब (मुकुर्ची) को आयोजनामा आगामी पौष १९ देखि माघ ४ गते सम्म मुर्कुची बसपार्कमा मिनि महोत्सव हुने भएको छ । रौता स्पोर्टस क्लबका अध्यक्ष हरी आले मगरका अनुसार महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलकार संगै उदयपुरका कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती हरेक दिन रहेन छ । महोत्सवमा ज्योती मगर, प्रिति आले, फुलन्देको आमा, काउली बुढी, अस्मिता अधिकारी, डम्बर नेपाली, धिरज राई, बद्री पंगेनी, मुना मदन, कमल खत्री, विनोद दनुवार, एलिना चौहान, मिलन नेवार, जगल्टे, ताराबीर पाण्डे, दिपक लिम्बु, अशोक सिवा, पुजा केप्छाकी मगर, नन्दु गुरुङ लोकदोहरी गायीका गंगा गौतम आचार्य लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवले स्थानीय पर्यटन, कला र संस्कृतिको प्रवर्द्धन गर्ने...
दुर्गम गाउँमा शिक्षा अझै असहज : उपराष्ट्रपति यादव

दुर्गम गाउँमा शिक्षा अझै असहज : उपराष्ट्रपति यादव

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, १५ पुष । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले दुर्गम गाउँहरुमा अझै पनि धेरैमा शिक्षाको पहुँच नपुगेको जनाए । शहरी क्षेत्रमा शिक्षाको पहुँच सहज भएपनि दुर्गममा अझै पनि धेरैमा शिक्षाको पहुँच नपुगेको यादवले जनाए । शिक्षा भनेको समाजको आधारभूत स्तम्भ हो । जसले मानिसलाई शसक्त आत्मनिर्भर र सेचेत बनाउँछ । ज्ञान, सहि व्यवहार र सिप एवम विद्या प्राप्त गर्ने महत्वपूर्ण प्रक्रिया पनि शिक्षा नै हो । यसले जिवनको कठिन समयमा चुनौतिहरुको सामना गर्न सहयोग गर्छ, “यादवले भने” । यो सँगै शिक्षाले देशको विकास र समृद्धिमा पनि सहयोग पुराउने यादवको भनाई थियो । खासगरी छोरीचेलीहरुलाई कम उमेरमै शिक्षाबाट बन्चित गरिने भएको हुँदा यस प्रति सबै पक्षहरुको ध्यान जानु पर्ने पनि उनको भनाई छ । यादव उदयपुरको चौदण्डीगढी नगरपालिका ८ स्थित स्वरस्वती माध्यमिक विद्यालयको ५० औँ स्वर्ण जयन्तीको उद्घाटन गर्न उदयपुर आएका थिए...
आज तमु ‘तमु ल्होसार’ मनाउँदै गुरुङ समुदाय

आज तमु ‘तमु ल्होसार’ मनाउँदै गुरुङ समुदाय

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, १५ पुष । नेपालमा वसोवास आदिवासी जनजाति समुदायहरुमा पर्ने गुरुङ समुदाय पनि एक हो । गुरुङ समुदायले बिषेशगरी आफ्नो चाँडको रुपमा तमु ल्होसार मनाउने गरेको छ । अंग्रेजी नयाँ बर्षको नजिक पर्ने यो चाँड गुरुङ समुदायले आज मनाउँदैछ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको...
बोक्से सचेतना टोल विकास संस्थाको आफ्नै भवन

बोक्से सचेतना टोल विकास संस्थाको आफ्नै भवन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १३ पुष । त्रियुगाकै नमुना टोल विकास संस्थाको रुपमा परिचित बोक्से स्थित सचेतना टोल विकास संस्थाले आफ्नै भवनबाट काम सुरु गरेको छ । शनिवार संस्थाको पाँचौ साधारण सभा सँगै संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले साधारण सभा तथा भवनको उद्घाटन गरिन् । त्रियुगाको १६ ओटा वडामा झण्डै ३ सय ओटा टोल विकास संस्था रहेका छन् । यस मध्ये उत्कृष्ट ५ मा पर्न सफल सचेतना टोल विकासले कार्य प्रगतिमा फड्को मारेको छ । साढे ६ लाख हाराहरीमा निर्माण भएको उक्त टोल विकास संस्थाको स्टोर रुम सहितको एक तले भवन व्यवस्थित रुपमा निर्माण गरिएको संस्थाका अध्यक्ष पर्शराज राईले जनाए । राईका अनुसार आर्थिक स्रोत साधनको अभावकै बिच ३ लाख ९० हजारमा जग्गा खरिद गर्दै तत्काल भवन निर्माणको कामलाई अघि सारिएको थियो । उनले उक्त भवनका लागि श्रमदानको ठुलो योगदान रहेको राईले जनाए । १३५ ज...
विद्यालय टाढा हुने बालबालिकालाई साईकल वितरण

विद्यालय टाढा हुने बालबालिकालाई साईकल वितरण

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १३ । उदयपुरको चौदण्डीगढी नगरपालिका १० इकराहाकी १३ वर्षिया काजल दनुवार ७ कक्षामा पढ्छिन् । उनी पढ्ने श्री लौवागडी माध्यामिक विद्यालय एकघण्टा बढि टाढा छ । बुवाको गतअसारमा स्वर्गरोहण भयो । घरको आर्थिक अवस्था अतिनाजुक छ । आमाले साइकल किनिदिने अवस्था छैन । यहि अवस्था बुझेर उदयपुर साइक्लिङ संघले आज उनलाई पढाइका लागि साइकल उपलब्ध गराएको छ ।उनी जस्तै विद्यालय टाढा भएका १५ जना बालबालिकालाई साइकल वितरण गरिएको छ । नेपालका साइक्लिङ अभियानता तथा राइडर तेन्जिङ गुरुङ र अमेरिकन नागरिक रेविका आनको पहल प्रयास तथा उदयपुर साइक्लिङ संघको संयोजनमा १५ जना बालबालिकालाई साइकल वितरण गरिएको हो । हिमाली क्षेत्रमा साइक्लिङ गर्दै गाउँ–बस्तीमा पुग्ने गुरुङले ग्रामिण क्षेत्रका बालबालिकाको शिक्षा र खेलकुद मार्फत स्वास्थ्यमा सहयोग पुर्याउन रेडपन्डा प्रोजेक्ट सञ्चालन गरेका छन् । सोही अन्तर्गत उदयपुरमा सा...