Saturday, July 4News That Matters

Breaking News 2

त्रिनपा १० मा वृहत सरसफाई अभियान सम्पन्न

त्रिनपा १० मा वृहत सरसफाई अभियान सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १२ । त्रियुगा नगरपालिका वडा नं. १० बोक्सेको आयोजना र वडा युवा समूहको सहयोगमा शुक्रबार एक वृहत सरसफाई अभियान सम्पन्न भएको छ । त्रियुगा नगरपालिकाको प्याराग्लाइडिङ स्थल रातेमाटे डाँडादेखि सेल्फी डाँडा, गणेश मन्दिर हुँदै वरुवाखोलासम्मको क्षेत्रमा सरसफाई गरिएको हो । वडा अध्यक्ष किरण पाण्डेका अनुसार सार्वजनिक वन जंगलमा फालिएको विभिन्न किसिमका फोहोरहरू सफा गर्दै अबको आउने दिनमा प्रत्येक गाउँ, टोल, बस्ती र व्यक्ति–व्यक्तिमा सरसफाई अभियान लैजाने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको हो । उनले यस सरसफाई अभियानले स्थानीय पर्यटकीय क्षेत्रको सौन्दर्यकरण बढ्नुका साथै वातावरण संरक्षणप्रति स्थानीय जनताको चेतना अभिवृद्धि हुने बताए । साथै यस्ता सामूहिक प्रयासले समुदायमा सरसफाईप्रति जागरूकता बढाउन मद्दत पुग्ने उनले बताए । सरसफाईको क्रममा संकलन गरिएका विभिन्न किसिमका फोहोरहरु जलाएर नष्ट ...
त्रियुगामा तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

त्रियुगामा तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

Breaking News 2, खेलकुद, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष ११ । त्रियुगा नगरपालिकामा तेस्रो अन्तर माध्यमिक विद्यालय मेयर रनिङ शिल्ड तथा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आज देखि सुरु भएको छ । त्रियुगा नगरपालिका वडा नम्बर ५ देउरीस्थित जनता माध्यमिक विद्यालयको खेलकुद मैदानमा आयोजित प्रतियोगिताको पहिलो दिन तीन विधाका खेलहरू सम्पन्न भएका छन् । पहिलो दिन १५ किलोमिटर दौड, कबड्डी र भलिबल खेल सञ्चालन गरिएको थियो। पुरुषतर्फको १५ किलोमिटर दौडमा जनता माध्यमिक विद्यालय श्रीपुरका सोनम परियार प्रथम भएका छन् । जनता माध्यमिक विद्यालय दमौटीका अगम बहादुर वानिया दोस्रो र जनज्योति माध्यमिक विद्यालय चुहाडका बसन्त दनुवार तेस्रो भएका छन् । महिलातर्फको १५ किलोमिटर दौडमा प्याराडाइज अंग्रेजी बोर्डिङका चिना राईले प्रथम स्थान हासिल गरेकी छन् । बालमन्दिर माध्यमिक विद्यालयकी पवित्रा कटुवाल दोस्रो र त्रियुगा माध्यमिक विद्यालयकी यमुना परियार तेस्रो भएकी ...
तेस्रो त्रियुगा अन्तर मा.वि. मेयर रनिङ शिल्ड तथा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आज देखि सुरु

तेस्रो त्रियुगा अन्तर मा.वि. मेयर रनिङ शिल्ड तथा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आज देखि सुरु

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, पुष ११ । उदयपुरको त्रियुगा नगरपालिकामा तेस्रो त्रियुगा अन्तर माध्यामिक विद्यालय मेयर रनिङ शिल्ड तथा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आज बुधबार देखि सुरु हुने भएको छ । नगर खेलकुद विकास समितको आयोजना तथा नगर शिक्षा शाखाको समन्वय, त्रियुगा नगरपालिकाको आर्थिक सहयोगमा वडा नं. ५ देउरीस्थित जनता मा.वि. को खेलकुद ग्राउण्डमा प्रतियोगिता सुरु हुन लागेको हो । ‘स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद’ भन्ने मुल नारका साथ संचालन गरिएको यस प्रतियोगितमा ५ विधाका खेलहरु समावेश गरिएको छ, जसमा भलिबल (महिला–पूरुष), कबड्डी (महिला–पूरुष), एथलेटिक्स, तेक्वान्दो र कराते रहेको छ । नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी ४२ विद्यालयको सहभागीता रहने रनिङ शिल्ड पुष १४ गतेसम्म संचालन हुनेछ ।...
उदयपुरमा आईसियु र भेन्टिलेटर ठप्प, बिरामी बाहिरिन बाध्य

उदयपुरमा आईसियु र भेन्टिलेटर ठप्प, बिरामी बाहिरिन बाध्य

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष १० । उदयपुर जिल्ला अस्पतालमा दक्ष जनशक्ति र स्रोतसाधनको अभावका कारण ४ बेडको आईसियु र २ बेडको भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् । यसले गर्दा गम्भीर बिरामीहरू धरान र विराटनगर जान बाध्य छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्याङ्क अनुसार कोभिड–१९ को समयमा जिल्ला अस्पतालमा प्रदेश सरकारको ७९ लाख लागतमा स्थापना गरिएको अक्सिजन प्लान्ट बिग्रेको २ वर्ष बितिसक्दा पनि मर्मत हुन सकेको छैन । बेलका नगरपालिकाको अक्सिजन प्लान्ट पनि बन्द रहेकोले अस्पतालले लहान र विराटनगरबाट प्रतिसिलिन्डर ७ सय रुपैयाँमा अक्सिजन खरिद गर्नुपरेको इन्सेकले जनाएको छ । भौगोलिक विकटताका कारण यातायात सेवा नियमित नहुँदा स्वास्थ्य सेवामा गम्भीर असर परेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । यसको ताजा उदाहरणको रूपमा रौतामाई गाउँपालिका–६ का ७ वर्षीय एञ्जल मगरको मृत्यु रहेको छ । गत असो...
किसान राईद्धारा ब्याटमिनटन संघलाई ५ लाख रुपैँया हस्ताण्तरण

किसान राईद्धारा ब्याटमिनटन संघलाई ५ लाख रुपैँया हस्ताण्तरण

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, ९ पुष । गाईघाट निवासी कालिदास राई (किसान) ले उदयपुर ब्याटमिनटन संघलाई ५ लाख रुपयाँ रकम सहयोग गरेका छन् । राईले संघका समिति कोषाध्यक्ष बादल खतिवडालाई मंगलबार बोक्से कवर्डहलमै बृहत कार्यक्रम गरी सहयोगवापदको चेक हस्तान्तरण गरेको हो । समाजसेवी राई जिल्ला ब्याडमिन्ट संघ उदयपुरका अध्यक्ष समेत हुन । उनले आफ्नो बुबा स्वर्गीय जगत राईको ८ औँ स्मृति र स्वर्गीय आमा बसन्ती राईको ६ औँ स्मृति दिवसको अवसरमा संघलाई रकम सहयोग गरेका हुन् । राई लामो समय ब्याडमिन्टन खेलमा आबद्ध हुँदै हाल ब्याडमिन्ट सँघ उदयपुरको अध्यक्ष हुन् । आफु स्वयम अधयक्ष रहेको संघलाई थप व्यवस्थीत पार्न राईको सहयोग महत्वपूर्ण रहेको भन्दै खेलाडीहरु उत्साहित र खुसी बनेको छ । राईको सहयोग सँगै कोष नै स्थापना गरी अन्य रकमहरु पनि सहयोगबापत उठ्न थालेको छ । राईले बोक्सेमा रहेको जिल्लाकै पुरानो र ठुलो कवर्डहलाई पार्केटिङ निर्माणक...
फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु

फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ९ । उदयपुर र खोटाङ जिल्ला जोड्ने सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान कार्य सुरु भएको छ । गत असोज १२ गते आएको अविरल बर्षा सहितको बाढीले उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने मोटरेबल पक्की पुल बगाएपछि यातायात सेवा अवरुद्ध भएको थियो । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्न र खोल्नका लागि रु १.२९ करोड लागतमा निर्माण कम्पनीसँग सम्झौता गरेको छ । ठेकेदार कम्पनीले नदीमा पानी बढेपछि उक्त बजेटबाटै अस्थायी बेलिब्रिज खोलेर स्टोर गरी राख्नुपर्ने सम्झौतामा उल्लेख छ । सडक विभाग उदयपुरका प्रमुख इञ्जिनियर पशुपति ज्ञवालीका अनुसार निर्माण कम्पनिले पुष महिनाभित्र ५० मिटर लामो अस्थायी बेलिब्रिज जडान गरी यातायात सुचारु गर्नुपर्...
त्रियुगा १५ नं वडाको पन्चबर्षिया रणनिति योजना अनितम चरणमा

त्रियुगा १५ नं वडाको पन्चबर्षिया रणनिति योजना अनितम चरणमा

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ९ पुष । त्रियुगा नगरपालिका वडा नं १५ ले पन्चबर्षिय रणनिति योजनाबाट बिकास कार्यलाई अगाडी बढाउने भएको छ । संघिय व्यवस्थाको दोस्रो कार्यकालमा दौडिरहेको उक्त वडाले पहिलो पटक आवधिक रणनिति पन्चबर्षिया योजना तयारीका साथ बिकास कार्य अघि बढाउने भएको हो । । पहिलो कार्यकालका निर बहादुर मगरको वडा नेतृत्वहरुले पूर्व योजना बिनै आफ्नो कार्यकाल सकाएका थिए । हालसालैका गणेश तिमिल्सिना नेतृत्वका वडा कमिटीले पनि आधा कार्यकाल सम्पन्न गरिसक्दा पन्चबर्षिय वडा योजना तयारीको काम सुरु गरेको हो । वडा अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार वडाका कामहरुको कार्यन्वयन गर्ने निकायहरुलाई पन्चवर्षिय वडा योजना दस्तावेजको रुपमा तयार हुने जनाए । जनप्रतिनिधि, राजनितिक दल, टोल विकास संस्था, शिक्षक, बुद्धिजिवी, स्थानीय, अगुवा नेतृत्व सबैको उपस्थितिमा आवधिक रणनिति योजनाको तयारी संञ्चालनमा रहेको अध्यक्ष तिमिल्सिनाको...
तेस्रो उदयपुर खाना परिकार मेला तथा कोशी प्रदेश स्तरिय लाखेनाच प्रतियोगिता आज समापन हुँदै

तेस्रो उदयपुर खाना परिकार मेला तथा कोशी प्रदेश स्तरिय लाखेनाच प्रतियोगिता आज समापन हुँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ८ । तेस्रो उदयपुर खाना परिकार मेला तथा कोशी प्रदेश स्तरिय लाखेनाच प्रतियोगितात्मक महोत्सव २०८१ आज सम्पन्न हुँदै छ । महोत्सवमा करिब १८ लाख बराबरको कारोबार भएको आयोजकले जनाएको छ । झिगु नेवा पुच उदयपुरका सचिव गोपाल श्रेष्ठका अनुसार मेलामा नेवार समुदायको एमुरी, थारु समुदायको घुँगी लगाएतको परिकार धेरै बिक्रि भएको छ । महोत्सवमा विभिन्न साकृतिक कार्यक्रमहरु गरिएको थियो, जसमा लाखेनाच, साकेला तथा मानोरञ्जनात्मक कार्यक्रमहरु गरिएको थियो । पुष १ गतेदेखि संचालन भएको खाना परिकार मेलामा हजारौँ मानिसको सहभागी रहेको थियो । आज बेलुका मनोरञ्नात्मक कार्यक्रम सहित महोत्सवको समापन गरिने भएको छ ।...
बैंकद्वारा जिप्रका उदयपुरलाई १४ वटा सिसिटिभी क्यामेरा हस्तान्तरण

बैंकद्वारा जिप्रका उदयपुरलाई १४ वटा सिसिटिभी क्यामेरा हस्तान्तरण

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष ८ । गाईघाट बजारको सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले स्थानीय ६ वटा बैंकहरुले जिल्ला प्रहरी कार्यालय उदयपुरलाई १४ वटा सिसिटिभी क्यामेरा हस्तान्तरण गरेका छन् । त्रियुगा नगरपालिका र जिल्ला प्रहरी कार्यालय उदयपुरसँगको सहकार्यमा गाईघाट स्थित राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक र सिद्धार्थ बैंकका शाखा प्रमुखहरुले यी क्यामेराहरु हस्तान्तरण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीले यस पहलले प्रहरी र समुदायबीचको सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए । उनले सिसिटिभी निगरानी व्यवस्थाको प्रभावकारी सञ्चालनले विशेषगरी बैंक तथा वित्तीय संस्थामा हुनसक्ने सम्भावित अपराध रोकथाममा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । यी क्यामेराहरु जिल्ला प्रहरी कार्यालय उ...
लागुऔषाध सम्बन्धी उदयपुरमा प्रहरीको सचेतनामुलक कार्यक्रम

लागुऔषाध सम्बन्धी उदयपुरमा प्रहरीको सचेतनामुलक कार्यक्रम

Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ७ पुष । समाजमा लागू औषध दुब्र्यसन र त्यसको नियन्त्रणलाई मध्येनजर गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न सचेतना मुलक कार्यक्रमगर्दै आएको छ । प्रहरीले पछिल्लो छ महिनामा टोल विकास,आमासमुह, युवा समुह, विद्यालयहरुमा ७१ वटा सचेतनामुलक कार्यक्रमहरु गरेको छ । यसै क्रममाआज“ लागु औषध मुक्त समाज निर्माणमा विद्यार्थीहरुको भुमिका”विषयक बक्तृत्वकला प्रतियोगिता गरेको छ । जिल्लाप्रहरी कार्यालयको आयोजना तथा त्रियुगा नगरपालिकाको सहयोगबाट जिल्ला समन्वय समितिको हलमा भएको प्रतियोगितामा क्यानभास सेकेन्डरी बोर्डिङ स्कुलकी जेनिषा कार्की प्रथम, राष्ट्रिय मावि बगाहाका नम्रता दाहाल द्वितिय र बालमन्दिर मा.वि. बोक्सेकी मनिषा चौधरी तृतिय भइन् । उदयपुरमा पछिल्लो छ महिनामा लागुऔषध सम्बन्धी ३५ मुद्दामा ६१ जन ापक्राउ गरी कारवाही चलाइएको प्रहरीले जनाएको छ ।...