Sunday, July 5News That Matters

Breaking News 2

साझा सेवा घर उदयपुरको  अक्षयकोष स्थपना अभियान उद्घाटन

साझा सेवा घर उदयपुरको अक्षयकोष स्थपना अभियान उद्घाटन

Breaking News 2, समाचार
सुनिल राई  पूर्णपुष्टि, माघ २६ । समाजमा जोखिममा परेका बालबालिका तथा वृद्धवृद्धाको सहयोगका लागि साझा सेवा घर उदयपुरले ५ करोड रुपयाँ बरावरको अक्षया कोष स्थपना अभियानको उद्घाटन शनिवार गरेको छ । । ‘सामाजिक संरक्षणको आधार, साझा सेवा घर’ भन्ने मूल नाराका साथ शनिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेशका उप–सभामुख सिर्जना दनुवारले अक्षयकोष स्थापना अभियानको उद्घाटन गरेकी हुन् । कार्यक्रममा बोल्दै उप–सभामुख दनुवारले दुई वर्षको छोटो अवधिमा जग्गा व्यवस्थापन, भवन निर्माण र अक्षयकोष स्थापना गर्नु संस्थाको ठूलो उपलब्धि भएको बताएकी हुन् । उनले संस्थाको अक्षयकोष निर्माणका लागि कोशी प्रदेश सरकारको तर्फबाट बजेट व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । साझा सेवा घर उदयपुरकी अध्यक्ष गीता खड्का कार्कीले संस्थाको उद्देश्य सुन्दर र पवित्र भएकाले सफल हुने विश्...
त्रिनपा १६ का वडावासीहरुलाई निशुल्क स्वास्थ्य सिविर

त्रिनपा १६ का वडावासीहरुलाई निशुल्क स्वास्थ्य सिविर

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, २५ माघ । त्रियुगा नगरपालिका वडा नं १६ ले वडावासीहरुलाई निशुल्क स्वास्थ्य सिविर प्रदान गरेको छ । शुक्रबार वडाले आयोजना गरेको सिविरमा १५९ जनाले प्रत्यक्ष फाईदा लिए । जस मध्ये १०८ जना महिला र ५१ जना पुरुषहरु रहेका छन् । वडा अध्यक्ष मानवाहादुर राईका अनुसार बिगत देखीनै वडामा निशुल्क स्वास्थ्य सिविर प्रदान गर्दै आएका थिए । यस्ता खाले सिविरहरुले स्थानीय स्तरमै वडावासीहरुलाई पत्यक्ष फाईदा पुग्ने पनि अध्यक्ष राईले जनाए । सिविरले महिला र जेष्ठ नागरिकहरुलाई बढी फाईदा पुगेको छ । वडाको आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित सिविरमा सुगर, ब्लड, युरिन, दम लगायत जेनेरल ओपिडि सँगै भिडियो एक्सरे, इसिजी, ल्याव र निशुल्क औषधी समेत वितरण गरेको थियो । त्रियुगा नगर स्वास्थ्य शाखाको सहयोग र सोम लाईफ कियर एण्ड डाईगनोष्टिक प्रा.लिको प्राविधिक सहयोगमा सिविर संञ्चालन गरिएको थियो । वडा सचिव महेश खनालले स...
इश्वर साम्पाङ बने उदयपुर ह्याङग्लाडिङ तथा प्याराग्लाईडिङ संघको अध्यक्ष

इश्वर साम्पाङ बने उदयपुर ह्याङग्लाडिङ तथा प्याराग्लाईडिङ संघको अध्यक्ष

Breaking News 1, Breaking News 2, Breaking News 3
पूर्णपुष्टि, २५ माघ । होटल व्यसायी तथा पर्यटन व्यवसायी इश्वरमान साम्पाङ राई उदयपुर ह्याङग्लाडिङ तथा प्याराग्लाईडिङ संघको अध्यक्षमा चयन भएको छ । राईको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति गठन भएको हो । नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ सङ्घका केन्द्रीय अध्यक्ष भूपाल राई तथा केन्द्रीय सदस्य महेन्द्र राईको उपस्थितिमा शुक्रबार गाईघाटमा आयोजित ‘जिल्ला समिति घोषणा कार्यक्रम’मा साम्पाङ नेतृत्वमा समिति चयन गरिएको थियो । निर्वाचन समिति संयोजक जिवनी बान्तवाले नवगठित जिल्ला समितिको घोषणा गरिन् । जिल्लामा कार्यरत प्याराग्लाईडिङ व्यवसायीहरुको बिहीबार सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको बान्तवाले जानकारी दिइन् । सर्वसम्मत गठित समितिको उपाध्यक्षमा सुजन राई, सचिवमा जितेन्द्र राई, सहसचिवमा शिला राई, कोषाध्यक्षमा सुनिता रेग्मी राई चयन भएको निर्वाचन समितिले जनाएको छ । सदस्यमा भुपाल राउ...
साझा सेवा घर उदयपुरले गरेको तिन महत्वपूर्ण काम

साझा सेवा घर उदयपुरले गरेको तिन महत्वपूर्ण काम

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ माघ । साझा सेवा घर उदयपुरले तिन ओटा महत्वपूर्ण काम गरेको छ । टेवा नेपालको आर्थिक सहयोगमा पन्चबर्षिय रणनीतिक योजना निर्माण कार्यशाला, प्रशासनिक तथा लेखा ब्यबस्थापन तालिम, संस्थाका सदस्य हरुका लागि संस्थागत बिकास तथा नेत्त्रित्व बिकास तालिम जस्ता महत्वपूर्ण काम गरेको हो । संस्थाकी अध्यक्ष गिता खड्काले मंसिर २५ र २५ गते पन्चबर्षिय रणनीतिक योजना निर्माण कार्यशाला कार्यक्रम, पुष १२, १३ र १४ गते प्रशासनिक तथा लेखा ब्यबस्थापन तालिम र माघ १६ र १७ गते संस्थाका सदस्य हरुका लागि संस्थागत बिकास तथा नेत्त्रित्व बिकास तालिम लिईएको हो ।...
उदयपुरमा एच.पिभि. खोपको सुभारम्भ

उदयपुरमा एच.पिभि. खोपको सुभारम्भ

Breaking News 2, समाचार, स्वास्थ्य
पूणपुष्टि, माघ २३ ।  उदयपुरमा आजदेखी पाठे घरको मुखको क्यान्सर विरुद्धको एच.पिभि. खोप लगाउन सुरु गरिएको छ । बुधबार त्रियुगा नगरपालिका वडा नं. १० बोक्सेस्थित श्री बालमन्दिर माध्यामिक विद्यालयमा एक औपचारिक कार्यक्रमको बिच त्रियुगाका मेयर बसन्त कुमार बस्नेतले खोप अभियानको उद्घाटन गरेसँगै ह्युमन प्यापुला भाईरस विरुद्धको एच.पिभि. खोप लगाउन सुरु गरिएको हो । स्वास्थय कार्यालय उदयपुरको अयोजना तथा जिल्ला समन्वय समितको समन्वयमा बालमन्दिर मा.वि. बाट खोप लगाउन सुरु गरिएको हो । बालमन्दिरमा कक्षा ६ देखि १० सम्मका जम्मा २८५ जना छात्रामा खोप लगाउन सुरु गरिएको हो । स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाईजर चिरन्जीवी निरौलाका अनुसार आजदेखी सुरु भएको खोप अभियान पहिलो र दोस्रो चरण गरी फागुन ७ गते सम्म संचालन हुनेछ । पहिलो चरणमा त्रियुगा नगरपालिका, बेलका नगरपालका, लिम्चुङबुङ गाउँपालिका र रौतामाई गाउँपालिक...
दशौँ नारदमुनि थुलुङ स्मृति गोल्ड कपको उपाधि सलहेशलाई

दशौँ नारदमुनि थुलुङ स्मृति गोल्ड कपको उपाधि सलहेशलाई

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई, गाईघाट । पूर्णपुष्टि, माघ २२ । दशौँ नारदमुनि थुलुङ स्मृति गोल्ड कपको उपाधि सलहेश युवा क्लब सिराहाले जितेको छ । मङ्गलबार बसाहा स्थित नारदमुनि थुलुङ स्मृति रङ्गशालामा भएको फाइनल खेलमा झापा ११ फुटबल क्लब झापालाई १ गोलको विरुद्ध २ गोल गर्दै सलहेसले उपाधि चुमेको हो । सलहेशका लागी दुबै गोल जर्सी नं. १७ का मिलन राईले गरे । उनले खेलको ३६ औँ मिनेटमा गोल गर्दै सलहेशलाई आग्रता दिलाएका थिए भने ३८ औँ मिनेटमा पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । खेलको ६२ औँ मिनेटमा झापाका लागी जर्सी नं. ११ का राजेश दाहालले एक गोल गरे । यस खेलको म्यान अफ द म्याच सलहेशका जर्सी नं. १७ का मिलन राई बने । उपाधि विजेता सलहेसले नगद रु ५ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता झापाले नगद रु २ लाख ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपाधि विजे...
३८ ओटा मानव खप्पर र १० थान नलीखुट्टा सहित एक जना पक्राउ

३८ ओटा मानव खप्पर र १० थान नलीखुट्टा सहित एक जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २० माघ । भारतबाट नेपाल ल्याउँदै गरेको मानव कंकालसहित एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । बिहान ७ बजेटर ४९ मिनेट जाँदा भारतबाट रिक्सामा हालेर नेपाल ल्याउँदै गरेका विराटनगर १७ का विनोद रायलाई मानव कंकालसहित प्रहरीले पक्राउ गरेको हो । सीमामा खटेका सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश दहालको नेतृत्वको टोलीले ३७ वर्षीय रायको साथबाट मानव खप्पर ३८ थान र नली खुट्टाको हड्डी १० थान बरामद गरेको हो । उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  ...
दुर्घटनामा परि गाईघाट निवासी ३० वर्षीय मनिष रायमाझीको मृत्यु

दुर्घटनामा परि गाईघाट निवासी ३० वर्षीय मनिष रायमाझीको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि १८ माघ । लाहानको ठाडी सडक खण्डमा स्कुटर दुर्घटना हुँदा उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट बजार निवासी ३० वर्षीय मनिष रायमाझीको मृत्यु भएको छ। प्रदेश नम्बर १ ०५ ००२ प १५६३ नम्बरको स्कुटर कलबटमा ठोक्किँदा दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार दुर्घटनामा परी घाइते भएका युवकलाई उपचारको लागि लाहान तर्फ अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
ह्वाईट वाटर र्याफ्टिङको लागि सुनकोशी संसारको १० औँ स्थानमा

ह्वाईट वाटर र्याफ्टिङको लागि सुनकोशी संसारको १० औँ स्थानमा

Breaking News 1, Breaking News 2, Breaking News 3, पर्यटन, समाचार
पूर्णपुष्टि, १९ माघ । ह्वाईट वाटर र्याफ्टिङको लागि सुनकोशी नदी संसारको १० औँ स्थानमा पर्ने जनाईएको छ । उदयपुर जिल्ला होटल तथा पर्यटन संघका अध्यक्ष डबिट बस्नेतका अनुसार सुनकोशी नदी हवाईट र्याफ्टिङका लागि उत्कृष्ट १० भित्र पर्ने जनाएको हो । सुनकोशीले उदयपुरको पनि बिभिन्न स्थानमा छोएको छ । त्रियुगा नगरपालिका वडा नं १४ मा पर्ने धाप्लाङघाट उदयपुर र्याफ्ङििको लागि राम्रो मानिन्छ । फोक्सिन्टारदेखी धाप्लाङघाट सम्म जंगल करिडोर रहेका कारण निकै राम्रो स्थान रहेको हो । यस पछि पानीको छालको लागि धाप्लाङघाट देखी कम्फुघाट सम्म उत्तम रहेको जनाईएको छ । उक्त स्थानमा अहिले र्याफ्टिङ तालिम संञ्चालन भैरहेको छ । बिहिबार देखी सुभारम्भ उक्त प्रशिक्षकमा त्रिनपा १४ को ७ र १५ को २ गरी ९ जना युवाहरुले सहभागी जनाएको छ । त्रियुगा नगरपालिका र १४ नं वडाको समेत बजेट लगानी रहेको उक्त प्रशिक्षण जिल्ला होटल तथा पर्यटन व्य...
दशौँ नारदमुनि स्मृति गोल्ड कप : त्रियुगालाई हराउँदै एभरेष्ट सेमिफाइनलमा

दशौँ नारदमुनि स्मृति गोल्ड कप : त्रियुगालाई हराउँदै एभरेष्ट सेमिफाइनलमा

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई, गाईघाट पूर्णपुष्टि माघ १८ । एभरेष्ट फुटबल क्लब सुनसरी दशौँ नारदमुनि थुलुङ स्मृति गोल्ड कपको सेमीफाइनलमा पुगेको छ । शुक्रबार बसाहास्थित नारदमुनि थुलुङ स्मृति रङ्गशालामा भएको अन्तिम क्वाटर फाइनल खेलमा न्यू त्रियुगा स्पोर्ट फुटबल क्लब सप्तरीलाई ० गोलको विरुद्ध १ गोल गर्दै एभरेष्ट फुटबल क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको हो । एभरेष्टका लागि जर्सी नम्बर ९ का आशिष चापागाईले ५८ मिनेटमा पेनाल्टी सुटआउट मार्फत गोल गरे । उनले पेनाल्टी सुटआउट मार्फत गरेको गोल नै जितका लागि निर्णायक बन्यो । यस खेलको म्यान अफ द म्याच एभरेस्टका जर्सी नम्बर ९ का आशिष चापागाई बने । त्रियुगालाई हराएर सँगै एभरेष्टले झापासँगको सेमिफाइनल भेट पक्का गरेको हो । भोलि सलहेश युवा क्लब सिराहा र बागमती युवा क्लब सर्लाहीबीच पहिलो सेमिफाइनल खेल हुनेछ । उपाधि विजेताले नगद रु. ५ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्र...