Sunday, July 5News That Matters

Breaking News 2

कडा सुरक्षा घेराबीच बसाहामा नारदमुनी थुलुङको सालिक अनाबरण

कडा सुरक्षा घेराबीच बसाहामा नारदमुनी थुलुङको सालिक अनाबरण

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, राजनीति, समाचार
पूर्णपुष्टि, ७ फागुन । वसाहामा स्थापना भएको प्रजातान्त्रिक सेनानी स्वर्गिय नारदमुनी थुलुङको पुर्णकदकको सालिकको अनावरण कडा सुरक्षाकाबीच गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले सुरक्षा घेराबीच थुलुङाको सालिक अनावरण गरेको हो । मन्त्री कार्कीले अनावरण गर्ने भएपछि पहिचानवादीहरु बिरोध गर्न सक्रिय बनेका थिए । पछि छलफल र वार्ता पछि सालिक अनावरण भने गर्न सफल भयो । सालिक अनावरण गर्दै मुख्य मन्त्री कार्कीले नारदमुनी थुलुङ नेपाली जनताहरुकै अविभावक रहेको चर्चा गरे । उनले देशमा प्रजातान्त्रको लागि पूर्व क्षेत्रमा रहेर ठुलो योगदान गर्नुका साथै त्यस क्षेत्रमा शिक्षा र चेतना विकास गरेको जनाए । राईले राणा सासनको अन्त्य गर्न आफ्नो कर्म छाडेर देश फर्कि प्रजातन्त्र स्थापित गर्न भुमिका खेलेको कार्कीले चर्चा गरे । यता कार्यक्रम अघिनै कांग्रेस, माओवादी, नेकपा एस, रास्वपा र जनता समाजवादी पार्ट...
उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भिर घाईते

उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भिर घाईते

Breaking News 2, समाचार
सुनिल राई, गाईघाट । पूर्णपुष्टि, फागुन ४ । उदयपुरको कटारी नगरपालिका वडा नं. ७ नौडाडा स्थित सिद्धिचरण रागमार्गमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार शनिबार बिहान मिर्चौयाबाट कटारी तर्फ जादैँ गरेको प्रदेश नं. २–०१–००३४ प १३०४ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा कटारी–७ मर्जेपुर घर भई हाल वडा नं. ४ मावि टोल बस्ने २३ बर्षीय रविन तामाङको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी पछाडी सवार सिराहा धनगढीमाई नगरपालिका वडा नं. १४ दम्ली बस्ने भिम बहादुरको २३ बर्षीय छोरा किरण तामाङ गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईते तामाङको हाल धरान स्थित बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ । तिव्र गतिका कारण द...
उदयपुरमा १८ हजार बढी किशोरीलाई लगाईयो एचपिभि खोप

उदयपुरमा १८ हजार बढी किशोरीलाई लगाईयो एचपिभि खोप

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन ३ । उदयपुर जिल्लामा पाठेघरको मुखमा हुने क्यान्सर रोगविरुद्धको एचपिभि खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ । माघ २२ देखि फागुन ३ गतेसम्म संचालित अभियानमा १८ हजार ३८९ जना किशोरीहरुले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका खोप अधिकृत चिरञ्जीवी निरौलाले जानकारी दिए । जिल्लाको आठवटा स्थानीय तहका कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरुलाई यो खोप लगाइएको हो । खोप कार्यक्रम २८३ माध्यमिक विद्यालय, ९२ स्वास्थ्य केन्द्र र बाह्य खोप केन्द्र गरी कुल ३९६ खोप केन्द्रबाट संचालन गरिएको थियो । निरौलाका अनुसार जिल्लाभरमा १९ हजार किशोरीहरुलाई एचपिभि खोप लगाउने लक्ष्य राखिएकोमा करिब ९१ प्रतिशत लक्ष्य पूरा भएको छ । उनले बाँकी ९ प्रतिशत लक्षित वर्गलाई पनि खोप लगाउने तयारी भइरहेको बताए । विश्व स्वास्थ्य संगठनका अनुसार एचपिभि खोपले पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम उल्लेखनीय ...
सिबाईस्थित त्रियुगा नदिमा निर्माणधिन पक्की पुलको ठेक्का रद्द

सिबाईस्थित त्रियुगा नदिमा निर्माणधिन पक्की पुलको ठेक्का रद्द

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २ । सिबाई स्थित त्रियुगा नदीमा निर्माणाधीन पक्की पुलको निर्माण कार्य लामो समयदेखि अलपत्र पारेको भन्दै गाईघाट–दिक्तेल सडक योजना कार्यालयले निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । महालक्ष्मी र लोकप्रिय जेभी बालाजुले करारीय दायित्व पूरा नगरेको कारण देखाउँदै कार्यालयले बिहीबार एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी सम्झौता अन्त्य गरेको जानकारी दिएको हो । सडक योजना कार्यालय गाईघाटका प्रमुख पशुपति ज्ञवालीका अनुसार निर्माण व्यवसायीलाई पटक–पटक लिखित र मौखिक रूपमा तोकिएको समयमै काम सम्पन्न गर्न आग्रह गरिएको थियो । तर निर्माण कम्पनीले बेवास्ता गरेपछि सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९(७) र नियमावलीको नियम १२१(ख) बमोजिम ठेक्का सम्झौता रद्द गरिएको हो । तीन वर्षअघि खोलामा आएको बाढीले पुलको स्प्यान भत्काएपछि निर्माण कार्य अवरुद्ध भएको थियो । निर्माण व्यवसायीले...
जिल्ला समन्वय समिति उदयपुरको सातौँ जिल्ला सभा सम्पन्न

जिल्ला समन्वय समिति उदयपुरको सातौँ जिल्ला सभा सम्पन्न

Breaking News 2, समाचार
सुनिल राई, गाईघाट । पूर्णपुष्टि, फागुन १ । जिल्ला समन्वय समिति उदयपुरको सातौँ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति उदयपुरको प्रमुख गौर बहादुर विश्वकर्माको अध्यक्षतामा बिहिबार जिल्ला समन्वयको सभाहलमा आयोजित सभा सम्पन्न भएको हो । सभाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम, विनियोजन ऐन सर्वसम्मत रूपमा पारित गरेको छ । जिल्ला समन्वय समितिको गत आर्थिक वर्षको विनियोजित रकम १ करोड ४३ लाख २८ हजार मध्ये हालसम्म १ करोड २६ लाख ४६ हजार ९ सय ७० रुपैयाँ खर्च भएको छ । यो रकम कुल बजेटको ८८.२७ प्रतिशत हो । यसका साथै, साविक जिल्ला समन्वय समितिको कोषबाट मौज्दात भई आएको बिबिध खर्च खातामा गत आ.व.को सुरुमा २ करोड ९९ लाख ४२ हजार ४ सय ७३ रुपैँया ७५ पैँसा रहेकोमा ४५ लाख ६० हजार ४ सय ५७ रुपैँया ८२ पैँसा खर्च भएको छ । भने २ करोड ३० लाख ७२ हजार १५ रुपैँया ९३ पैँसा मौज्दात रहेको छ । सभाक...
आवाज विहिन बर्तमान सरकार राष्ट्रियताको लागि बोल्दैन : झलनात खनाल

आवाज विहिन बर्तमान सरकार राष्ट्रियताको लागि बोल्दैन : झलनात खनाल

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ३० माघ । नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झनलाथ खनालले वर्तमान सरकार राष्ट्रियता प्रति सिरियस नदेखिएको जनाए । बुधबार गाईघाट आईपुगेका नेता खनालले पत्रकार सम्मेलनमा बोल्दै बिदेशी या जसले जे गरेपनि सरकार चुपचाप बसेको आरोप लगाए । बरु भगेरा कराउँछ तर सरकार कराउँदैन सरकारको आवाज छैन्, “खनालले भने, ” उनले सरकार आफ्नो उदेश्य पुरा गर्नका लागि मात्रै बनेको जनाए । देश र जनताको लागि सरकार निर्माण नभएको समेत उनले बताए । वर्तमान सरकारकै कारण देश खप्ठेरेमा परेको पनि उनले बताए । सविधान संसोधन सहित ७ बुद्धे समहमतिमा बनेको सरकारको गति ठिक नभएको उनले बताए । खनालले अध्यायदेश मार्फत विद्ययेक ल्याउनु पर्ने बाध्यता नभएको भन्दै बिरोध पनि जनाएको छ । दुई तिहाईको सरकारले अध्यायदेश मार्फत विद्ययेक ल्याउनु पर्ने लाजस्पद रहेको पनि उनको भनाई थियो ।...
त्रियुगा १६ मा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

त्रियुगा १६ मा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३० माघ । त्रियुगा नगरपालिका वडा नं १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । यस कार्यक्रमले वडाको बिभिन्न ४ ओटा महत्वपूर्ण सडक निर्माण गर्ने छ । उक्त कार्यक्रमको आयोजनाले वडा स्थित कुसुमटार धौरी कृषि सडक निर्माण, बरुवा खोला अकर सिम्ले कृषि सडक निर्माण, भोर्ले सिदाली कृषि सडक निर्माण र डिहिटार अम्वोके सिद्रे डहर खोल्सी कृषि सडक निर्माण गर्ने भएको छ । त्रियुगा नगरपालिका प्रधानमन्त्री रोजगार सेवा केन्द्रकी संयोजक निशा घलेले वडाको अम्वोकेबाट कार्यक्रम सुभारम्भ गरेको जनाईन् । बिभिन्न ४ ओटा स्थानमा निर्माण गरिने सडकहरुको एकै ठाउँबाट औपचारिक रुपमा सुभारम्भ गरिएको हो । घलेका अनुसार ४ ओटा सडक निर्माणका लागि ३४ जना श्रमीकहरुलाई रोजगार दिईएको छ । दिनको ६६८ रुपयाँको दरले दिईने पारीश्रमीक ज्यालाको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २२ लाख ७१ हजार २ सय र वडाबाट २ लाख गरी जम...
जिल्ला ब्याटमिन्टन संघ उदयपुरद्धारा शसस्त्रका एसपी बस्नेतको विदाई

जिल्ला ब्याटमिन्टन संघ उदयपुरद्धारा शसस्त्रका एसपी बस्नेतको विदाई

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २९ । जिल्ला ब्याटमिन्टन संघ उदयपुरले जिल्ला शसस्त्र प्रहरी बल उदयपुरका शसस्त्र प्रहरी प्रमुख उपरिक्षक (एसपी) सरोज सिंह बस्नेतलाई बिदाई गरेको छ । मंगलबार बोक्सेस्थित जिल्ला ब्याटमिन्टन  संघको कबर्ड हलमा उदयपुरबाट छिन्नामस्ता २ नम्बर बाहिनि महोत्तरी बर्दिवास सरुवा भएका एसपी बस्नेतलाई शुभकामना दिदैँ बिदाई गरिएको जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष कालिदास राई (किसन) ले जानकारी दिए । जिल्ला ब्याटमिन्टन संघ उदयपुरका अध्यक्ष समेत रहेका राईले एसपी बस्नेतलाई मायाको चिनो स्वरुप जिल्ला ब्याटमिन्टन संघ उदयपुरको टिसर्ट प्रदान गरे । बिदाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालयका (एसपी) हरिहरनाथ योगी, श्री पशुपती प्रसाद गणका प्रमुख सेनानी शिवप्रसाद वाग्ले लगायतको उपस्थिति रहेको थियो ।...
सात वर्षमा कोशी प्रदेशमा ७५ कानुन बने, थप ५२ बन्न बाँकी

सात वर्षमा कोशी प्रदेशमा ७५ कानुन बने, थप ५२ बन्न बाँकी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २८ ।  कोशी प्रदेश सभाले सात वर्षको कार्यकालमा ७५ वटा कानुन निर्माण गरेको छ । तर प्रदेश सरकारद्वारा गठित कार्यदलको प्रतिवेदन अनुसार अझै ५२ वटा कानुन बनाउन बाँकी रहेको देखाएको छ । प्रदेश सभाको पहिलो कार्यकालमा ६२ र दोस्रो कार्यकालको छैटौं अधिवेशनसम्म १३ वटा विधेयक पारित भएका छन् । २०७४ सालमा संघीय प्रणालीको सुरुवातसँगै भएको पहिलो प्रदेश सभा निर्वाचनपछि शून्यबाट सुरु भएको यात्रामा १० वटा अधिवेशनबाट ६२ कानुन निर्माण गरिएको थियो । पूर्वन्यायाधिवक्ता चुडामणि आचार्यको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनले थप ५२ कानुन आवश्यक रहेको औंल्याएको छ । यसमध्ये २३ वटा प्रदेशको एकल अधिकार सूचीमा पर्दछन् भने बाँकी संघ र स्थानीय तहसँगको साझा अधिकार सूचीका हुन् । यसैगरी मौलिक हकको कार्यान्वयन सम्बन्धी १५ वटा कानुन पनि बनाउनुपर्ने सुझाव दिइएको छ । विशेष गरी प्रदेश भवन ऐन, प्रदेश...
संञ्चारीका समुह उदयपुरको अध्यक्षमा गंगा राई

संञ्चारीका समुह उदयपुरको अध्यक्षमा गंगा राई

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, २५ माघ । संञ्चारीका समूह उदयपुरकी अध्यक्षमा गंगा राई चयन भएकी छिन् । राईको नेतृत्वमा १४ सदस्य समिति चयन भएको हो । शनिवार त्रियुगा नगरपालिकाको सभाहलमा भएको समिति गठनले गंगा राईलाई अध्यक्षमा सर्वसहमत गरेको हो । उपाध्यक्ष्मा उर्मिला दनुवार, सचिवमा जयन्ती तामाङ, सहसचिमा कविता राई, कोषाध्यक्षमा हिरा राई र सदस्यहरुमा अन्नता राई, चन्द्रकला ढकाल, करुणा कार्की, पुर्णा राई, आस्था ज्यु ठकुरी, देविका श्रेष्ठ, तारा मगर रहेकी छन् भने सल्लाहकारमा बन्दना दनुवार, रेवती पराजुली र सुमित्रा कोईराला छिन् ।...