Sunday, July 5News That Matters

Breaking News 2

गाईघाट मिनि महोत्सव : दुर्गेशले बिगारेको माहोल युवाहरुले सम्हाले

गाईघाट मिनि महोत्सव : दुर्गेशले बिगारेको माहोल युवाहरुले सम्हाले

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, २० फागुन । पछिल्लो समय गायक दुर्गेश थापाको सांगितिक कार्यक्रमहरुमा सुरक्षा चुनौती बढेको छ । स्टेजमै नचाउने र उफार्ने दुर्गेशको प्रवृतिका कारण माहोल बिग्रिने गरेको छ । यहि समस्या गाईघाट मिनिमहोत्सवमा उत्पन्न भयो । माघ २७ गते देखी गाईघाट युवा समूहले आयोजना गरेको गाईघाट मिनि महोत्सवको अन्तिम कलकारको रुपमा थिए गायक दुर्गेश थापा । उनि महोत्सवको अन्तिम दिन सोमवार गाईघाट मिनि महोत्सवमा सहभागी थिए । दुर्गेशको प्रस्तुती हेर्न दर्शकहरुको बाक्लै भिँड थियो । आयोजक र प्रहरीलाई भिँड सम्हाल्न हम्मे परेको बेला गायक दुर्गेशले दर्शकलाई डोरी घेरा भित्रै बोलाएर नचाउन खोजेको आयोजकको आरोप छ । त्यसरी दर्शक उचालेपछि भिँड भाँडिएको र सुरक्षा चुनौती बढेको आयोजकले जनाए । दर्शकहरुलाई डोरीको घेरा भन्दा बाहिर राखेको आयोजकले एकाएक दुर्गेशले दर्शक अन्यन्त्रित बनाएको आरोप लगाए । माहोल बिग्रेपछि दर्शकलाई व...
चौदण्डी १ को वडा भवन निर्माणमा विवाद, दान दिएको जग्गामै भवन बनाउन माग

चौदण्डी १ को वडा भवन निर्माणमा विवाद, दान दिएको जग्गामै भवन बनाउन माग

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, १९ फागुन । उदयपुरको चौदण्डीगढी नगरपालिका १ को वडा कार्यालय भवन निर्माणमा विवाद उत्पन्न भएको छ । नगरपालिकाले वडा भवन निर्माणको लागि बजेट विनियोजन गरेर निर्माण कम्पनी सँग सम्झौता गरी काम अघि बढाईसकेको अवस्थामा जग्गा दान गरेको स्थानमा भवन निर्माण नगरी अन्यत्र भवन बनाउन सुरु गरेको भन्दै विरोध उत्पन्न भएको हो । भवन निर्माणका लागि ३ महिनाको समय तोकेर काम अघि बढी सकेको अवस्था छ । तर वडा कार्यालय भवन निर्माण गर्नका लागि जग्गादाताले उपलब्ध गराएको जग्गामा भवन निर्माण नगरी चौदण्डीगढी दरवारको परिसरमा भवन निर्माण गरेको भन्दै पूर्व जनप्रतिनिधि, नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी लगायतका राजनितिक प्रतिनिधि र जग्गा दाताहरुले विरोध गरेको हो । उनिहरुले सोमवार जिल्ला प्रशासन कार्यालय उदयपुरमा ध्यानाकर्षण पत्र समेत बुझाएको छ । पूर्व वडाअध्यक्ष समेत रहेको रोहित तामाङको नेतृत्व...
उदयपुरमा “राईड टु कोशी” सुरु

उदयपुरमा “राईड टु कोशी” सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १६ फागुन । उदयपुरमा दुई दिने “राईड टु कोशी” कार्यक्रम सुरु भएको छ । “स्वास्थ्यको लागि साईकल एकताको लागि सवारी” भन्ने मुल नाराका साथ उदयपुरमा राईड टु कोशी सुरु भएको हो । उदयपुर जिल्ला साईकल संघको आयोजनामा राईड टु कोशी सुरु गरिएको हो । उदयपुर जिल्लाको बिभिन्न पर्यटकिय स्थलहरुको प्रचार प्रसार र वातावरण प्रदुषण मुक्त अभियानको लागि शुक्रबार गाईघाट स्थित पिपलचोक बाट राईड टु कोशी सुरु भएको जनाईएको छ । उदयपुर जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुको प्रचारप्रसार सँगै वातावरण प्रदुर्षण रोकथाम गर्ने उद्देश्यले राईईड टु कोशी सुरु भएको हो । बिहान गाईघाट बजार परिक्रमा सँगै मदन भण्डारी राजमार्गको पूर्व क्षेत्रहरु बहेडवा, बेल्टार, सुपाडे रामपुर हुँदै कोशी पुग्ने र शनिवार फर्केकर १८ नं बाहिनीमा यात्रा समापन गर्ने जिल्ला साईकल संघले जनाएको छ । कोशी टु राईडका लागि २ सय ३४ राईडर र ६६ जना भोलेन...
लिम्चुङबुङ कभर्डहल उद्घाटन

लिम्चुङबुङ कभर्डहल उद्घाटन

Breaking News 1, Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १४ । साताै लिम्चुङबुङ स्थापना दिवससंगै लिम्चुङबुङ कभर्डहलकाे आज उद्घाटन भएकाे छ । कभर्डहलकाे उद्घाटन प्रमुख अतिथि जिल्ला ब्याड्मिन्टन संघ, उदयपुरका अध्यक्ष कालिदास राई (किसन) ले गर्नुभयाे । गाउँपालिकाहरु मध्ये कभर्डहल उद्घाटन गर्नेमा लिम्चुङबुङ पहिलाे भएकाे छ । कभर्डहलकाे उद्घाटन गर्दै प्रमुख अतिथि राईले गाउँगाउसम्म कभर्डहल स्थापना भईरहेकाेमा खुसि ब्यक्त गर्नुभयाे । संघकाे तर्फबाट लिम्चुङबुङकाे ब्यड्मिन्टन लगायत अन्य खेलकुदमा सहयाेग गर्ने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयाे । पालिका अध्यक्ष मेजरकुमार राईले लिम्चुङबुङ अन्य क्षेत्र जस्तै खेल क्षेत्रलाई अगाडि बढाएकाे बताउनु भयाे । पालिकालाई खेल पर्यटनकाे रुपमासमेत अगाडि बढाउने उहाँले बताउनुभयाे । ब्याडमिन्टन संघ पूर्व केन्द्रीय उपाध्यक्ष रमेश भट्टचनले लिम्चुङ्बुङले कबर्डहल निर्माण गर्नु आफैमा सिर्जनात्मक काम भएकाे बताउ...
सेना दिवसमा बाेक्सेमा भब्य प्रदर्शनी

सेना दिवसमा बाेक्सेमा भब्य प्रदर्शनी

Breaking News 1, Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, फागुन ११ । उदयपुर महाशिवरात्रि तथा २६२ औ सेना दिवसकाे अवसरमा उदयपुरकाे बाेक्सेस्थित नेपाली सेनाकाे श्री पशुपति प्रसाद गण, बाेक्सेले वक्तृत्वकला प्रतियोगिता र फाेटाे तथा बृहत प्रदर्शनी आगामी १३ गते गर्ने भएकाे छ । सेनाले `बिश्व शान्ति स्थापनामा नेपाली सेनाको भूमिका´ विषयक अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता गर्ने र विभिन्न सेनाकाे गतिविधिसंग सम्बन्धित फाेटाे तथा बृहत प्रदर्शनी गर्ने भएकाे जनाएकाे छ । प्रदर्शनी सेना ब्यारेकभित्र नै हुने र प्रवेश निःशुल्क गरिएकाे जनाईएकाे छ ।...
मुर्कुचीमा रौतामाई शैक्षिक सम्मेलन सुरु

मुर्कुचीमा रौतामाई शैक्षिक सम्मेलन सुरु

Breaking News 2
पूर्णपुष्टि, फागुन १० । उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुचीमा रौतामाई शैक्षिक सम्मेलन २०८१ सुरु भएको छ । शनिबार ‘शैक्षिक गुणस्तर सुधार, रौतामाईको अभियान’ भन्ने मुल नाराका साथ मुर्कुची स्थित सिटिहलमा रौतामाई गापाको आयोजना तथा श्री नमुना माध्यामिक विद्यालयको व्यवस्थापनमा दुई दिने शैक्षिक सम्मेलन सुरु गरिएको हो । रौतामाई गापाको वडा गत रुपमा रहेको विद्यालयहरुको शैक्षिक समस्या समाधान गर्ने प्रयासका निम्ति शैक्षिक सम्मेलन गरिएको श्री नमुना माविका प्रध्यानअध्यापक खड्ग बहादुर थापाले बताउनुभयो । शैक्षिक सम्मेलनमा रौतामाई गापा भरिका सामुदायिक विद्यालय र उदयपुुर जिल्लाको प्रतिनिधित्व गर्ने प्रमुख विद्यालयहरुले सहभागी जनाएको छ । सम्मेलनमा वडागत विद्यालयहरुको समस्या समाधानका लागी विज्ञहरुबाट सल्लाह सुझाव समेत लिईने प्रअ थापाले जनाए । त्यस्तै श्री नमुना माध्यामिक विद्यालयको ६२ औँ वार्षिक उत्सव ...
उदयपुरमा जन्ति बोकेको बस र मिनि ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक वृद्धको मृत्यु

उदयपुरमा जन्ति बोकेको बस र मिनि ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक वृद्धको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ९ । उदयपुरको त्रियुगा नगरपालिका–७ जोगीटोल स्थित मदन भण्डारी राजमार्गमा जन्ति बोकेको बस र मिनि ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगीका अनुसार बिहिबार राती ८:४० बजेको समयमा जन्ती बोकेर कटारी देखि गाईघाट तर्फ आउदै गरेको बा ०६ –००१ ख ०१९५ नम्बरको बस र बिपरित दिशा देखि तेजपत्ता बोकेर जादै गरेको ना ८ ख २४०४ नम्बरको मिनि ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका बाराको गढी गाउपालिका ४ का ७० बर्षिय सिताराम धामीको बिराटनगरस्थित न्यरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी योगिले जनाए । मृतक धामी जन्ती रहेको खुल्न आएको छ । दुर्घटनामा परी सामान्य घाइते भएका २० जना उपचार पछी घर फर्किएका छन भने ४ जनाको न्युरो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ...
त्रियुगा नगर स्तरीय बिज्ञान तथा कला प्रदर्शनी : कला तर्फ पुष्पाञ्जली प्रथम

त्रियुगा नगर स्तरीय बिज्ञान तथा कला प्रदर्शनी : कला तर्फ पुष्पाञ्जली प्रथम

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ८ फागुन । त्रियुगा नगरपालिका नगर स्तरीय बिज्ञान तथा कला प्रदर्शनीमा पुष्पाञ्जली शिशुबाटिका आवासिय बोर्डिङ गाईघाट प्रथम भएको छ । बिहिबार त्रियुगा मावि गाईघाटमा आयोजित प्रदर्शनीमा कला तर्फ पुष्पाञ्जली बाटिकाकी इसिका साह र आशा पण्डित प्रथम भएकी हुन् यस्तै बालमन्दिर मावि दोस्रो, त्रियुगा मावि तेस्रो र सगरमाथा सान्त्वना भएको छ । यता बिज्ञान तर्फ त्रियुगा मावि प्रथम, जनज्योति मावि चुहाडे दोस्रो, प्याराडाईज सेकेन्डरी गाईघाट तेस्रो र जनता आधारभूत आवासिय सान्त्वना भएको छ । उक्त प्रदर्शनीमा ३० ओटा विद्यालयहरु सहभागी थिए । प्रजातान्त्र दिवसको अवसरमा बिज्ञान तथा कला प्रदर्शनी प्रतियोगिता गरिएको थियो ।...
नारदमुनी थुलुङको सालिक अनावरणमा राजनिति, हिकमत कार्कीलाई पहिचानवादीको डर

नारदमुनी थुलुङको सालिक अनावरणमा राजनिति, हिकमत कार्कीलाई पहिचानवादीको डर

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, राजनीति, समाचार
पूर्णपुष्टि, ७ फागुन । उदयपुरको वसाहामा स्थापना भएको स्वर्गिय नारदमुनी थुलुङको पुर्णकदकको सालिक बिहिबार कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले अनावरण गरे । उक्त अनावरण कार्यक्रमको आयोजना चौदण्डीगढी नगरपालिकाले गरेका थिए । एमालेबाट निर्वाचित कालुमान लामा सहितको एमाले जनप्रतिनिधिहरुले स्वर्गिय थुलुङको सालिक निर्माण गरी अनावरण गरेका थिए । यस बिषयमा कांग्रेस लगायतका दलहरुले भने असन्तुष्टी जनाए । कांग्रेस, माओवादी, नेकपा एस, रास्वपा र जनता समाजवादी पार्टीले भने बिज्ञाप्तीनै जारी गरी मुख्यमन्त्रीबाट सालिक अनवारण गर्ने कार्यक्रमलाई असन्तुष्टी जनाएका थिए । उनिहरुले संयुक्त बिज्ञाप्ती जारी गर्दै देशका लागि यति ठुलो योगदान पुराउने ब्यक्तिको सालिक अनावरण राष्ट्रपति वा उपराष्ट्रपतिको हातबाट गर्नु पर्ने माग सहित असन्तुष्टी जनाए । देशका महान योद्धा र प्रजातान्त्रिक सेनानीको सालिक मुख्यमन्त्र...
नारदमुनी थुलुङको सालिक अनावरणमा राजनिति, हिकमत कार्कीलाई पहिचानवादीको डर

नारदमुनी थुलुङको सालिक अनावरणमा राजनिति, हिकमत कार्कीलाई पहिचानवादीको डर

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, राजनीति, समाचार
पूर्णपुष्टि, ७ फागुन । उदयपुरको वसाहामा स्थापना भएको स्वर्गिय नारदमुनी थुलुङको पुर्णकदकको सालिक बिहिबार कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले अनावरण गरे । उक्त अनावरण कार्यक्रमको आयोजना चौदण्डीगढी नगरपालिकाले गरेका थिए । एमालेबाट निर्वाचित कालुमान लामा सहितको एमाले जनप्रतिनिधिहरुले स्वर्गिय थुलुङको सालिक निर्माण गरी अनावरण गरेका थिए । यस बिषयमा कांग्रेस लगायतका दलहरुले भने असन्तुष्टी जनाए । कांग्रेस, माओवादी, नेकपा एस, रास्वपा र जनता समाजवादी पार्टीले भने बिज्ञाप्तीनै जारी गरी मुख्यमन्त्रीबाट सालिक अनवारण गर्ने कार्यक्रमलाई असन्तुष्टी जनाएका थिए । उनिहरुले संयुक्त बिज्ञाप्ती जारी गर्दै देशका लागि यति ठुलो योगदान पुराउने ब्यक्तिको सालिक अनावरण राष्ट्रपति वा उपराष्ट्रपतिको हातबाट गर्नु पर्ने माग सहित असन्तुष्टी जनाए । देशका महान योद्धा र प्रजातान्त्रिक सेनानीको सालिक मुख्यमन्त्रीबाट ...