Monday, July 13News That Matters

Breaking News 3

उदयपुरको कटारीमा अनुदानको मल लुकाउने व्यपारी पक्राउ

उदयपुरको कटारीमा अनुदानको मल लुकाउने व्यपारी पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १८ भदौ । पकिसानलाई बितरण गर्नु पर्ने अनुदान बापतको मल लुकाउने एक व्यपारीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । सरकारले किसानलाई वितरण गर्न पठाएको २०० बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने व्यापारी ब्यपारीलाई मंगलबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी छन् । धौधरीलाई पक्राउ गरेर मंगलबार मात्रै जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईँले बताए । जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले १२ भदौमा अनुगनमन गर्दा चौधरीले सञ्चालन गरेको आशुतोष ट्रेडर्स एण्ड जेनरल स्टोर्सको गोदाममा अनुदानको मल फेला परेको थियो । अनुदानको मल अवैध तरिकाले लुकाएर राखेको पाइएपछि शिलबन्दी गरेर अनुसन्धान अघि बढाइएको थियो । उक्त म...
गाईघाटमा उद्योग स्थापना गर्न औद्योगिक ग्रामको आवश्यक : राउत

गाईघाटमा उद्योग स्थापना गर्न औद्योगिक ग्रामको आवश्यक : राउत

Breaking News 1, Breaking News 2, Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, १४ भदौ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतेल गाईघाटमा उद्योग स्थापना गरी ब्यापार आकर्षण गर्न सकिने जनाएको छ । राउतेल गाईघाटलाई ब्यपारीमय बनाउन उद्योग स्थापना गर्न सकिने र त्यसका लागि औद्योगिक ग्रामको आवश्यक रहेको जनाए । गाईघाट भविष्यमा ब्यपारको लागि सम्भावित बजार रहेको भन्दै यसको भविष्य निकै पर सम्म रहेको संकेत गरे । मदन भण्डारी हाईवेका कारण यो ठाउँ ब्यपार व्यवसायको लागि उचित रहेको समेत राउतले जनाए । उनले गाईघाट कटारीलाई पूर्वी मेचीदेखी पश्चिमको भैरवा सम्मै ब्यपारको सम्भावना रहने अध्यक्ष राउतको भनाई छ । गाईघाट बजारको व्यपार मुख्य तया पूर्व पश्चिम राजमार्ग र मदन भण्डारी हाईवेले माथि उठाएको राउतका बुझाई छ । थप अन्य राजमार्गहरु थपिँदै जाँदा गाईघााट कटारी बजारको ब्यपारीक भभिष्य उज्वल रहेको समेत बताए । अध्यक्ष राउतले स्थानीय सरकारलाई ब्यपारका ल...
त्रियुगा उद्योग बाणिज्य संघको अधिवेशन : खुल्ला सत्र सकेर बन्द सत्र सुरु

त्रियुगा उद्योग बाणिज्य संघको अधिवेशन : खुल्ला सत्र सकेर बन्द सत्र सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १४ भदौ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका ९ बार्षिक साधारण सभा तथा ७ औँ अधिवेशन गाईघाट स्थित वाँसवारी पार्टी प्यालेर्समा जारी छ । शनिवार १२ ः३० देखी सुरु भएको साधारण सभा तथा अधिवेशनको औपचारिक खुल्ला सत्र सकेर पदाधिकारी तथा व्यवसायीहरु वन्द सत्रमा छन् । रमेश रसाईलीको नेतृत्वको कार्यकाल सकिए सँगै संघले समयमानै साधारण सभा तथा अधिवेशन सम्पन्न गर्ने निधो गरे । नेपाल उद्योग बाणिज्य संघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतको प्रमुख आथित्यतामा साधारणसभा तथा अधिवेशनको आयोजना गरिएका थियो । उक्त कार्यक्रमको उद्घाटन गर्दै राउतले गाईघाट व्यपार व्यवसायीको हिसवाले निकै ठुलो सम्भावना बोकेको ठाउँ रहेको जनाए । उनले मदन भण्डारी हाईवेले जोडेको गाईघाट भविष्यमा व्यपार व्यवसायको ठुलो गड बन्ने जनाए । राउतले यति मात्रै नभएर गाईघाटमा व्यपार आकर्षण गर्नका लागि औद्योग स्थापना गर्नु पर्ने र त्यस...
उदयपुरमा पनि मौलाउँदै श्रमदान अभियान

उदयपुरमा पनि मौलाउँदै श्रमदान अभियान

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १४ भदौ । कयौँ कामहरु बिना पैसा पनि सम्भव छ । तर त्यसका लागि निस्वार्थ श्रमदान आवश्यक रहन्छ । कतिपय कामहरु तपाई हाम्रै पाखुरा र परिश्रमले सफल हुन्छ त्यसका लागि श्रम अभियान आवश्यक छ । सानो तिनो कामहरुलाई पनि हामि कहिले बजेट आउँछ र काम गराउँ भन्ने बानि छ । तर त्यो बजेट पर्खिरहेको कामलाई हाम्रो हात पाखुरा चलाउँदा बिनै बजेट काम सफल हुन्छ । सामान्यतया सरसफाई, वृक्षारोपण, खोलाखाल्सी तटबन्धन समधान, भत्किएको संरचना र सानो तिनो भौतिक संरचनाहरुको व्यवस्थापन त श्रमबाटै पनि गर्न सकिन्छ । तर यसबारे चेत नखुल्दा आफ्नै हात पाखुरा बाट सम्भव कामहरुलाई पनि बजेटको आसले हाम्रो आवश्यक कामहरु सफल भैरहेका छैन । धरान उपमहानगरपालिकामा खानेपानी देखी नाली र भौतिक संरचनादेखी पार्कहरुको काम समेत श्रमबाटै सम्भव भएको छ । यी ठुला योजना त श्रमबाट सम्भव भए भने तपाई हाम्रै समाज समुदायमा आई पर्ने सामान्य...
उदयपुरका कलवार समाजले भव्य मनायो वलभद्र कुवरको १७ औँ जयन्ती तथा पुजनोत्सव

उदयपुरका कलवार समाजले भव्य मनायो वलभद्र कुवरको १७ औँ जयन्ती तथा पुजनोत्सव

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १४ भदौ । कलवार समाज सेवा उदयपुरले वलभद्र कुवरको १७ औँ जयन्ती तथा पुजनोत्सव भव्यताका साथ मनाएको छ । शनिवार गाईघाट स्थित र्याली सहित औपचाकिर कार्यक्रम र सांस्कृति कार्यक्रम सहित उक्त उक्त जयन्ती मनाएको हो । कलवार समुदायले वलभद्रलाई कुलदेउता भगवानको रुपमा मान्ने गर्दछ । सोही देवताको जन्मउत्सवलाई यस समुदायले उत्साहका साथ मनाउने गर्छ । कलवार सेवा समाज उदयपुरको आयोजनामा प्रत्येकबर्ष भाद्रशुक्ल षष्ठी तिथिका दिन बलभद्र जयन्ती मनाईदैँ आएको छ । यस जयन्तीमा प्रभातफेरी, कलशयात्रा र पुजापाठको गरि जयन्ती मनाईन्छ । सोही अनुसारनै समितिले गाईघाट बजार स्थित प्रभातफेरी र्याली, दिउँसो होटल टाउन हलमा औपचारिक कार्यक्रम सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।...
उदयपुरमा संञ्चालित निजी विद्यालयका सवारी चालकहरुलाई एकदिने अभिमुखीकरण

उदयपुरमा संञ्चालित निजी विद्यालयका सवारी चालकहरुलाई एकदिने अभिमुखीकरण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १४ भदौ । उदयपुरमा संञ्चालित रहेका निजी विद्यालयका सवारीमा चालकहरुलाई सुरक्षित यात्रा र सेवाका लागि अभिमुखीकरण गराईएको छ । शनिवार जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा ट्राफिक कार्यालय उदयपुर र प्यावसन एनप्यावसन उदयपुरको सहकार्यत्रमा प्लालशेर राई स्मृती प्यावसन भवन मोतिगडामा अभिमुखिकरण गराईएको हो । यस कार्यक्रमले विद्याथीहरुको यात्रा र सेवालाई सुरक्षित गर्ने भएको छ । बिषेशगरी बढी मात्रामा निजी विद्यालयका विद्यार्थीहरुलाई वस सेवा संञ्चालन गरिरहेको हुँदा विद्यार्थीहरुलाई सुरक्षित बनाउन जिम्मेवारी रहन्छ । अभिभावकहरुले आफ्नो बालवच्चाहरुलाई विश्वासका साथ विद्यालयमा जिम्मा दिरहँदा उनिहरुको घर र विद्यालयको सम्मको यात्रा सुखद, सहज र सुरक्षित बनाउनु पर्ने विद्यालयको जिम्मा रहन्छ । सोही अनुसार वसमा विद्यार्थीहरुलाई सुरक्षित बनाउन चालकहरु अति जिम्मेवार रहनु पर्ने भुमिका बि...
निजि विद्यालयहरुको आन्दोलन जारी, उदयपुर प्रशासन कार्यालयमा कोणसभा तथा ध्यानाकर्षण

निजि विद्यालयहरुको आन्दोलन जारी, उदयपुर प्रशासन कार्यालयमा कोणसभा तथा ध्यानाकर्षण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १२ भदौ । निजी विद्यालयहरुले आन्दोलन जारी राखेको छ । सरकारको प्रतिनिधि सभाले निजि विद्यालयलाई गैर नाफा र १५ प्रतिशत छाताबृत्रि लगायत बुद्धाहरु उल्लेख गरेर टेवुल गरेपछि निजि विद्यालयहरु आन्दोलनरत छन् । निजि विद्यालयहरुले नेपाली शिक्षामा करिब ३४ प्रतिशत स्थान ओगटेर विद्यार्थीहरुको शैक्षिक गुणस्तर प्रदान गर्दा गर्दै पनि सरकार निरिह बनेको भन्दै आन्दोलनमा उत्रेका हुन् । यसलाई तत्काल सच्चाएर निजि तथा कम्पनी मार्फत चलेका विद्यालयहरुलाई सहज गर्न माग राखेको छ । यदि सरकारले यसलाई वेवास्ता गरे हदै सम्मको आन्दालनहरुमा उत्रिने पनि सचेत गराएको छ । प्यावसन, नेशनल प्याप्सन, हिसान र अपेन लगायतको संयुक्त आयोजनामा आन्दोलन चलिरहेको छ ।...
कोशी प्रदेश आमसञ्चार विधेयकको बिरोध गर्दै प्रशासनमा धर्ना

कोशी प्रदेश आमसञ्चार विधेयकको बिरोध गर्दै प्रशासनमा धर्ना

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १२ भदौ । उदयपुरका पत्रकारहरुले कोशी प्रदेशले ल्याएको आमसंञ्चारको विरोधमा जिल्ला प्रशासन कार्यालय उदयपुरमा एक घण्टे धर्ना बसेको छ । बिहिबार उदयपुरका पत्रकारहरुले ११ बजेदेखी १२ बजे सम्म एक घण्टे धर्ना कार्यक्रमको आयोजना गरेको थियो । कोशी प्रदेश आमसंञ्चार बिधेकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान ( खारेज गर, समचार लेखेकै आधारमा पत्रकार दण्डीत गर्ने कानुन खारेज गर भन्दै धर्ना बसिएको थियो । जिल्लाको बिभिन्न स्थानबाट उपस्थिति भएर पत्रकारहरुले धर्ना बसेका थिए । संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरिएको छ । कोशी प्रदेश सरकारले तयार गरेको विधेयकमा संविधानको प्रस्तावनाको मर्म विपरित रहेको प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम बताउँछन् । पत्रकार महासंघले मुख्य रुपमा दण्ड जरिवाना सम्बन्धी प्रावधानमा आपत्ति जनाएका छन् । दण्ड जरिवाना सम्बन्धि प्राव...
पाहामार्न जाँदा बाढीमा फसेका ४ जनाको सकुशल उद्धार

पाहामार्न जाँदा बाढीमा फसेका ४ जनाको सकुशल उद्धार

Breaking News 3, समाचार
पाँचथर, भदौ ११ गते । पाँचथरको याङवरक गाउँपालिका–२ स्थित ईवा खोलामा अचानक आएको बाढीको कारण खोलाको विच भागमा फसेका ४ जना मानिसलाई प्रहरीले सकुशल उद्धार गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार मंगलबार साँझ पाहा मार्न गएका स्थानिय फिदिम नगरपालिका–४ का १९ बर्षीय प्रतिक तामाङ, २३ बर्षीय झल्ला सम्बाहाम्फे, २८ बर्षीय शेर बहादुर मगर र ताप्लेजुङ सिदिङवाका २२ बर्षीय सन्तोष पन्धाक अचानक आएको बाढी कारण खोलाको विच भागमा रहेको बगरमा फसेका थिए । घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी फलैचा, इलाका प्रहरी कार्यालय च्याङथापु र अमरपुरबाट खटिएको प्रहरी टोलीले पानी परीरहेको र खोलामा भेल बाढी आईरहेको कारण उद्धार गर्न कठिनाई भएकोले उनिहरुलाई राती खानको लागी चाउचाउ र लाईटरलाई ढुंगामा पोको पारेर फाली उपलव्ध गराएका थिए । रातभरी ठुलो ढुंगाको ओतमा आगो तापी बसेका उनिहरुलाई ११ गते बिहान ख...
उदयपुरमा भन्सार छलीको सामान सहित मिनी ट्रक चालक पक्राउ

उदयपुरमा भन्सार छलीको सामान सहित मिनी ट्रक चालक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ९ । उदयपुरको कटारी नगरपालिका–१ बेलस्रोत चौकस्थित सिद्धिचरण लोकमार्गमा अवैध भन्सार छलीको समान सहित मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साढेँ ४ बजेको समयमा प्रहरी चौकी बेल्सोतबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा मिर्चैयाबाट घुर्मीतर्फ जादै गरेको बा ३ ख ३९६ नं. को मिनि ट्रकबाट २४५ काटुन अन्दाजी मुल्य ३ लख १७ हजार ५ सय २० रुपैँया बिना बिलको ईण्डियन डिउ नियन्त्रणमा लिएको हो । भन्सार छलीको सामान बरामद भएसँगै सवारी चालक सिन्धुली फिक्कल गाँउपालिका–५ बस्ने २९ बर्षीय भेषनाथ लुईटेललाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । भन्सार छलीको समान, सवारी साधन र चालक लुईटेललाई अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि खैरटोका माडर भन्सार कार्यालय सिरहा पठाइएको छ प्रहरीले जनाएको छ ।...