Breaking News 3

लोमान्थङ गाउँपालिकाले राजा झिग्मि सिङ्गी पलवरको छोराको विवाहमा दियो सर्वाजनिक विदा

लोमान्थङ गाउँपालिकाले राजा झिग्मि सिङ्गी पलवरको छोराको विवाहमा दियो सर्वाजनिक विदा

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १८ ।मुस्ताङको लोमान्थङ गाउँपालिकाले राजा झिग्मि सिङ्गी पलवर विष्टको छोराको विवाहमा सार्वजनिक विदा दिएको छ । गाउँपालिकाको अध्यक्ष टसि न्हर्वु गुरुङले आईतबार निकालेको सार्वजनिक विदा सुचनामा मुस्ताङ्गी ऐतिहासिक, सांकृतिक तथा धार्मिक राजा झिग्मि सिङ्गी पलवर विष्टका जेष्ठ छोरा झिग्मि धिण्डुप फुन्छोक पलवर विष्टको शुभ–विवाह उत्सव लोमान्थङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाउन लागिएकोले असार १८ गते सोमबार बिदा दिईएको उल्लेख छ । सुचनामा भनिएको छ ‘गाउँ कार्यपालिकाको कार्यालय, मातहतमा सम्पुर्ण कार्यलय तथा शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिईएको व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागी अनुरोध छ ।...
जंगली हात्तीले  किचेर झापामा एक वृद्धाको मृत्यु

जंगली हात्तीले किचेर झापामा एक वृद्धाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १८ । झापामा आज बिहान जंगली हात्तीले किचेर एक वृद्धाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१० मा पूजाको लागी फूल टिप्न हिँडेकी ८० बर्षीय पन्नादेवी साहलाई सडकमा हात्तीले किच्दा मृत्यु भएको वडा नं १० का वडाध्यक्ष नारायण खनालले बताए । वडाध्यक्ष खनालका अनुसार एक वर्ष अघिदेखि छोरीको घरमा बस्दै आएकी सिलगुढी निवासी साहको आज बिहान हात्तीले कुल्चेर ज्यान गएको हो । झापामा छ दिनअघि मात्र जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले किल्चेर मारेको थियो । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिए ।...
अन्तरर्जातीय विवाह गरेको निहुँमा घरमा आगजनी गर्ने किशोरीको दाई पक्राउ

अन्तरर्जातीय विवाह गरेको निहुँमा घरमा आगजनी गर्ने किशोरीको दाई पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १८ । जुम्लामा अन्तरर्जातीय विवाह गरेको निहँमा किशोरीको दाईले केटापक्षको घरमा आगजनी गरेका छन् । तातोपानी गाउँपालिका–४ गिदीखोलास्थित भरत नेपालीको घरमा आगजनी गरेको आरोपमा सोही स्थानका २२ बर्षीय हिक्मत गिरीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान घरमा आगजनी भएपछि भरतले गिरीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । उनलाई आइतबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हद कार्कीले जानकारी दिए । हिक्मतमाथि आगजनी कसूरमा अनुसन्धान भइरहेको छ। घरमा आगजनी हुनुको कारण भरतको कान्छा भाई मुकुन्द नेपालीले हिक्मतकी अन्दाजी १४ बर्षकी बहिनिलाई भगाएर गरेको अन्तरर्जातीय विवाह हो । मुकुन्दले हिक्मतकी बहिनिलाई असार ११ गते भगाएका थिए । आगजनी भएको घर भरतले चार वर्ष अघि बनाएका थिए । उक्त घरमा साइँला भाई तिर्थ र मुकुन्द बस्दै आएका थिए भने भरत जुम्ला बजार बस्छन् । तिर्थ काम...
सहकारी संस्थालाई ३० दिन भित्र सम्पूर्ण विवरण पेश गर्न महानगरको निर्देशन

सहकारी संस्थालाई ३० दिन भित्र सम्पूर्ण विवरण पेश गर्न महानगरको निर्देशन

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १३ । सहकारी संस्थाहरुलाई ३० दिन भित्र सम्पूर्ण विवरण पेश गर्न काठमाण्डौँ महानगरपालिकाले निर्देशन दिएको छ । महानगरको सहकारी विभागले सुचना जारी गर्दै जारी भएको मितिले ३० दिन भित्र साधारण सभा र लेखा परिक्षणको विवरण पेश गर्न लगाएको हो । केही सहकारी संस्थाहरुले साधारण सभाको जानकारी र लेखापरिक्षण प्रतिवेदन लगाएत तोकिए बमोजिमका विवरणहरु समयमा नै पेश गर्ने गरेको नपाईएको सुचना जारी गरिएको विभागले जनाएको छ । विभागले यदी सुचना वेवास्ता गरेमा कानुन वमोजिम कारर्वाही गर्र्ने चेतावनी समेत दिएको छ । महानगर सहकारी ऐन, २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना भित्र बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ३ महिनाभित्र प्रचलित कानुन बमोजिम इजाजत प्राप्त लेखा परिक्षणबाट संस्थाको प्रत्येक आर्थिक बर्षक...
५० लाख दाईजो नपाए बिहे रद्ध गर्ने भन्दै धम्किदिने ग्रिनकार्ड प्राप्त बेहुला पक्राउ

५० लाख दाईजो नपाए बिहे रद्ध गर्ने भन्दै धम्किदिने ग्रिनकार्ड प्राप्त बेहुला पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १३ ।  केटी पक्षसँग ५० लाख दोईजो मागेको आरोपमा अमेरिकाको ग्रिनकार्ड प्राप्त एक बेहुलालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको दुहबी नगरपालिका–६ घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई बिहे मण्डपबाटै प्रहरीले पक्राउ गरेको हो । यही असार १२ गते काठमाडौंको नक्शालस्थित लिसेरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको र जन्तीलाई पनि राम्रो स्वागत नगरेको भन्दै ५० लाख रुपैयाँ नपाए विवाह रद्द गर्ने धम्की दिएका थिए । प्रहरीका अनुसार केटा पक्षले केटी पक्षबाट पटक–पटक गरी २२ लाख रुपैयाँसमेत लगिसकेका छन् । विवाद बढ्दै जाँदा बेहुलीलाई विवाह मण्डपमै गाली बेइज्जती तथा हातपात समेत भएपछि प्रहरी वृत्त मालीगाउँले बेहुला रौनियारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका रौनियारमाथि विवाह सम्बन्धी कसुर मुद्दामा काठमाडौं ज...
नक्कली बिल बनाएर विमानस्थलमा राजस्व छलि गरेको भन्दै ४२ कर्मचारीमाथि अनुसन्धान

नक्कली बिल बनाएर विमानस्थलमा राजस्व छलि गरेको भन्दै ४२ कर्मचारीमाथि अनुसन्धान

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, असार ११ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नक्कली बिल बनाएर राजस्व छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले ४२ कर्मचारीमाथि अनुसन्धान थालेको छ । विभागका अनुसार विदेशबाट नेपाल आयात भएका वस्तुको भन्सार जाँचपास गर्दा नक्कली बिल पेश हुँदा त्यसैका आधारमा ती कर्मचारीहरुले भन्सार जाँचपास गरिदिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । व्यापारीले राजश्व छली गर्ने उदेश्यले बनाएको नक्कली बीलकै आधारमा कर्मचारीले आयातित वस्तुको भन्सार जाचँपास गरेको देखिएको विभागले जनाएको छ । व्यापारीसँगको मिलोमतोमा करोडौं राजस्व छलिएको आशंकामा अनुसन्धान थालिएको विभाग स्रोतले जनाएको छ । ५२ वटा प्रज्ञापन पत्रमार्फत फरक फरक आयात भएका वस्तुमा नक्कली बिल प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । वस्तु आयातमा जारी गरिने बिल च्याति फोटोकपी गरेर नक्कली बिल बनाएर भन्सार छली गरेको विभागले जनाएको छ । विस्तृ...
रोमानियामा गायक प्रकाश सुपतमाथि बोतल प्रहार

रोमानियामा गायक प्रकाश सुपतमाथि बोतल प्रहार

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असार ११ । रोमानियामा गायक प्रकाश सपुतमाथि बोतल प्रहार भएको छ । नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिने क्रममा सपुतमाथि बोतल प्रहार भएको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । नेपाली समयानुसार गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले प्रहार गरेको क्यान बोतल सिधै अनुहारमा लागेको थियो । मादक पदार्थ सेवन गरेको व्यक्तिले बोतल प्रहारगर्दा सपुतको निधारमा सामान्य चोट लागेको छ । बोतल प्रहार भएपछि आधा घण्टा प्रभावित भएको कार्यक्रमलाई सुतले पुन निरन्तरता दिएका थिए । कार्यक्रमलाई रोमानियास्थित नेपाली नरेश गिरीले आयोजना गरेका थिए । आयोजकले घटनामा बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका थिए ।...
बाढी पहिरोमा बेपत्ता भएका मानिसको खोजी गर्न खटाईयो तालिम प्राप्त कुकुर

बाढी पहिरोमा बेपत्ता भएका मानिसको खोजी गर्न खटाईयो तालिम प्राप्त कुकुर

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १० । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी बेपत्ता भएका मानिसहरुको खोजी गर्न प्रहरी सहित तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । असार २ गते आएको बर्षाले संखुवासभामा २१ जना मानिस बाढी पहिरोमा परी बेपत्ता भएका छन् । बेपत्ता भएका मानिसहरुको उद्धार तथा खोजी कार्यमा खटिएका सुरक्षा कर्मीद्धारा हालसम्म उनिहरुको अवस्था फेला पार्न नसकेकोले तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी खोजी कार्यलाई तिब्र पारिएको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको २ वटा तालिम प्राप्त कुकुर सहितको टोलीले बेपत्ता भएका मानिसहरूको तिब्ररुपमा खोजतलास गरिरहेको छ । चैनपुर नगरपालिका–४ स्थित हेवा खोलामा आएको बाढी पहिरोले १७ जना, ...
प्रहरी जवानदेखी हल्दारलाई १६ र असईदेखी सहिलाई १८ बर्षमा अवकाश

प्रहरी जवानदेखी हल्दारलाई १६ र असईदेखी सहिलाई १८ बर्षमा अवकाश

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असार १० । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी जवानदेखी हल्दारलाई १६ र असईदेखी सहिलाई १८ बर्षमा अवकाश दिने प्रस्ताव भईसकेको बताएका छन् । आईतबार संसदमा गृह मन्त्रालयको बजेटमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले ३० बर्षे अवधि हटाउने गरी कानुनको मस्यौदा तयार भइसकेको बताए । प्रहरी संगठन भित्र बिषेशत प्रहरी जवान, सहायक हल्दार, हल्दार, असई, सहिको प्रोत्साहन र पदोन्नतीको व्यवस्था राम्रो नभएको गृहमन्त्रीले बताए । ९ महिनामा एसपीबाट डिआईजी, एआईजी, आईजी त्यस प्रकारले माथिल्लो स्तरको पदोन्नती हुने भएको छ भने १८–१९ बर्षसम्म एउटै पदमा जवान, हल्दार, असई भईरहेको स्थितिले पिडित अवस्थामा प्रहरी जवान देखी सईसम्मका व्यक्तिहरु रहेको उनले बताए । त्यो स्थितिलाई सम्बोधन गर्न क्याडर ल्याडर प्याट्रनलाई राम्रोसँग मिलाउन १६ बर्ष सेवा अवधि पुगेका जवान, सहायक हल्दार र हल्द...
विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मी फिर्ता

विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मी फिर्ता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असार १० । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता गरिएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी गृह मन्त्रालयले फिर्ता गरेको श्रेष्ठले जानकारी गराएका हुन् । विशिष्ट व्यक्तिहरुको व्यवस्थापन कार्यविधि २०७७ विपरित बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका १९० जना नेपाल प्रहरी र १२६ जना सशस्त्र प्रहरी बलका गरी ३१६ सुरक्षाकर्मी फिर्ता गरिएको गृहमन्त्री श्रेष्ठले बताए । अहिले सरकारले कार्यविधि नै बनाएर त्यसम्बन्धी प्रतिवेदन तयार पारेको गृहमन्त्री श्रेष्ठले बताए । यसअघिका गृहमन्त्रीले विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने न...