Monday, August 17News That Matters

आर्थिक

उदयपुरको बेल्टारमै पहिलो पटक यी तीन ओटा ब्राण्डको आधिकारीक जुत्ता चप्पल सोरुम खुल्ने

उदयपुरको बेल्टारमै पहिलो पटक यी तीन ओटा ब्राण्डको आधिकारीक जुत्ता चप्पल सोरुम खुल्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख ८ उदयपुरको बेल्टार बजारमा नेपालको सार्वधिक ब्राण्डको रुपमा परिचित तीन ओटा ब्राण्डको सोरुम खुल्ने भएको छ । जुत्ता चप्पलको दुनियामा अफ्नै पहिचान र चिनारीको सफलता रच्न सफल शिखर ब्राण्ड, क्यालिवर ब्राण्ड र गोल्डस्टार ब्राण्डको सोरुम खुल्ने फर्मका संञ्चालक समितिले जनाएको छ । यो शोरुम उदयपुर जिल्लामै पहिलो र ठुलो सोरुमको रुपमा स्थापित हुने संञ्चालक समितिको ठम्याई छ । बेल्टार जुत्ता घरको नाम दिएको उक्त शोरुमलाई युगान्तर सप्लायर्स, दर्पन सप्लायर्स र दिर्घायु ट्रेडर्सले संयुक्तरुपमा संचालन गर्ने संञ्चालकहरुले जनाएका छन । शोरुमको उद्घाटन यही बैशाख ११ गते शनिवार हुने भएको संञ्चालक समितिका एक सदस्य रोमन सुवेदीले बताउनुभयो । जिल्लाकै तेस्रो ठूलो बजार बेल्टारमा अहिले सम्म यी ब्रान्डका आधिकारिक बिक्रेता छैन् । चौदण्डीगढी नगरपालिका वडा नं. ७ निवासी समाजसेवी केशव अधिकारी स...
ग्लोबल आइएमई बैँक गाईघाट शाखाद्वारा अटो चालकहरुलाई क्यूआर कोड हस्तान्तरण

ग्लोबल आइएमई बैँक गाईघाट शाखाद्वारा अटो चालकहरुलाई क्यूआर कोड हस्तान्तरण

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख ७ पछिल्लो समय क्युआर कोड आर्थिक कारोबारको लागि निकै उपयोगि डिजिटल माध्यम बनेको छ । बिभिन्न  आधारहरुले उपयोगी रहेको क्युआर नगद रहित आर्थिक कारोबारको लागि व्यापार व्यवसायमा निकै फलदायी रहेको पाइएको छ । ग्राहकहरुको सुविधा र सुरक्षित कारोबारको उदेश्य सहित ग्लोवल आइएमइ बैँक लिमिटेड गाईघाट शाखाले त्रियुगा नगर क्षेत्रमा रहेको बिभिन्न व्यापार व्यवसायीहरुलाई १५० भन्दा बढी क्युआर कोड हस्तान्तरण गरिसकेको छ । यसै शिलशिलामा मंगलबार गाईघाट शाखाले एक कार्यक्रम बिच अटो सवारी चालकहरुलाई पनि क्युआर कोड हस्तान्तर गरेको छ । बैँङकले क्युआर कोड बितरण कार्य काठमाण्डौँमा गरे बाहेक १ नं प्रदेशको गाईघाटमा पहिलो पटक गरेको जनाएको छ ।  हाल कोरोना भाईरसको जोखिममा समेत क्युआर कोडबाटै सवारी भाडाहरु असुल्न सकिने गरी अटो व्यवसायीहरुलाई पनि क्युआर उपलब्ध गराइएको बैँकले जनाएको छ । शाखाले सीटी सफारी य...
आज शेयर बजार सामान्य बढ्यो

आज शेयर बजार सामान्य बढ्यो

आर्थिक, समाचार
बैशाख ७  आज शेयर बजार सामान्य बढेको छ । नेप्से मङ्गलवार २.६८ अङ्कले बढेर २६ सय ६४.६१ विन्दुमा पुगेको छ । बैंकिङ, निर्जीवन बीमा, लगानी र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । व्यापार समूहको शेयर ३४ अङ्कले बढेको छ, होटल तथा पर्यटन समूहको शेयर साढे एक अङ्कले, जलविद्युतको ३१ अङ्कले, विकास बैंक समूहको ४८ अङ्कले, फाइनान्सको झण्डै पाँच, माइक्रो फाइनान्सको ६ र जीवन बीमा समूहको शेयर ५४ अङ्कले बढेको छ । दुई सय १६ कम्पनीका एक करोड २३ लाख कित्ता शेयर पाँच अर्ब ५३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नागरिक लगानी कोषको २१ करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भयो । युनाइटेड मर्दी हाइड्रो, महिला लघुवित्त, ज्योति लाइफ र हिमालय ऊर्जा विकास कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि मङ्गलवार समृद्धि फाइनान्स, ओरियन्टल फाइनान्स र छ्याङ्दी जलविद्युत्...
सुन घट्यो

सुन घट्यो

आर्थिक, समाचार
बैशाख ७  आज सुनको भाउ घटेको छ । सुन तोलामा तीन सय रुपैयाँले घटेर तोलाको ९० हजार सात सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँद िब्यावसायी महासंघले जनाएको छ । हिजो तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै आज तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
राष्ट्र बैंकले ५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैंकले ५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

आर्थिक, समाचार
बैशाख ६ । आज नेपाल राष्ट्र बैंकले पाँच अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । एक सूचना जारी गर्दै बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । झण्डै २० करोडको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । यो बिल आउँदो साउन ५ गते परिपक्व हुनेछ । यस्तै पाँच अर्बको ट्रेजरी बिल भने जम्मा एक सय ८२ दिनका लागि बिक्री गरिने छ । यो बिल भने आउँदो कात्तिक २ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले यसअघि गत चैत ३० गते झण्डै २० अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गरेको थियो ।...
शेयर बजार २०.६७ अङ्कले बढ्यो

शेयर बजार २०.६७ अङ्कले बढ्यो

आर्थिक, समाचार
बैशाख २  आज शेयर बजार २० अङ्कभन्दा धेरैले बढेको छ । व्यापार र जलविद्युतबाहेक अरू सबैजसो समूहको शेयर बढेपछि नेप्से २०.६७ अङ्कले बढेर २७ सय ३५.४६ विन्दुमा पुगेको हो । बिहीवार बैंकिङ समूहको शेयर २३ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर ९० अङ्कले, होटल तथा पर्यटनको १० अङ्कले, फाइनान्सको २८, माइक्रोफाइनान्सको ६, जीवन बीमा समूहको ४५, निर्जीवन बीमा समूहको नौ अङ्कले, उत्पादनको ४३, अन्यको तीन र लगानी समूहको शेयर साढे एक अङ्कले बढेको छ । बिहीवार दुई सय १८ कम्पनीका एक करोड ९० लाख कित्ता शेयर आठ अर्ब ६३ करोड ६६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया लघुवित्तको ४९ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । बेस्ट फाइनान्स र एनआईसी एसिया लघुवित्तसहित आठ कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि मल्टिपर्पोज फाइनान्स, नेशनल लघुवित्त र स्वाभिम...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
बैशाख २  आज सुन चाँदीको भाउ बढेको छ । सुनको तोलामा तीन सय रुपैयाँले बढेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर तोलाको १२ सय ९० रुपैयाँमा पुगेको छ ।
नयाँ वर्षमा राैतामा राज्यमन्त्री ओझा

नयाँ वर्षमा राैतामा राज्यमन्त्री ओझा

आर्थिक, पर्यटन, समाचार
पूर्णपुष्टि, वैशाख १ । उदयपुरको रौतामाई गाउँपालिका ६ रौतापोखरी स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र रौतापोखरीमा १ नं. प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले लामो समय दिदै अवलोकन गर्नुका साथै स्थानीय जनताहरुसंग साक्षत्कार गर्नुभयो । झण्डै ७ घण्टा त्यस क्षेत्रका जनतासँग व्यतित गर्नुभएको उहाँले धार्मिक तथा पर्यटकिय क्षेत्रको पदमार्ग उद्घाटन र पदमार्गमा प्रतिष्ठान गरिएका मुर्तिहरुको अनावरण गर्नु भयो ।  उहाँले पदमार्गको उद्घाटन र त्यहाँ निर्मित मुर्तिहरु अनवरण गर्दै यसले रौता क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वलाई थप बढाउने बताउनुभयो । मेहनत र कलात्मक ढंगले बनाइएका मुर्तिहरु अनावरण गर्दै सेल्फि फोटो समेत खिच्नुभयो । राज्यमन्त्री आफैले सेल्फि खिचेपछि अधिकांसले सेल्फि खिचे, धेरै जसोले उहाँलाई साथमै राखेर सेल्फी खिचे । गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्...
नेप्से २६.२३ अंकले बढ्यो

नेप्से २६.२३ अंकले बढ्यो

आर्थिक, समाचार
चैत ३१ ।   आज शेयर बजार परिसूचक नेप्सेले २३.२३ अङ्कले बढेर बढेको छ । नेप्से बढेर अहिलेसम्मकै उच्च विन्दु २७ सय १४.७९ अङ्कमा पुगेको हो । यसअघि सोमवार (हिजो) १७.२० अङ्कले बढेर नेप्से २६ सय ९१.५५ विन्दुमा पुगेको थियो । आज बैंकिङ समूहको शेयर ४२.३६ अङ्कले, व्यापार समूहको शेयर ६९.२९ अङ्कले, विकास बैंकको शेयर ९५ दशमलव ४२ अङ्कले, हाइड्रोपावरको शेयर ३१.६९ अङ्कले बढेको छ । दुई सय नौ कम्पनीका एक करोड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता शेयर सात अर्ब १४ करोड ३१ लाख रुपियाँमा कारोबार भए । सबैभन्दा धेरै २८ करोड रुपियाँको शेयर किनबेच भएको छ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल, ज्योति लाइफ, सिन्धु विकास बैंक र छ्याङ्दी हाइड्रोपावरको शेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि लक्ष्मी लघुवित्त वित्तीय संस्था र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको शेयर चार प्रति...
रेमिट्यान्स ८.६ प्रतिशतले बढ्यो

रेमिट्यान्स ८.६ प्रतिशतले बढ्यो

आर्थिक, समाचार
चैत ३१ । वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स आप्रवाह निरन्तर बढिरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आठ महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७५ प्रतिशत भन्दा धेरैले घटेको छ । उता रेमिट्यान्स आप्रवाह भने सोही अवधिमा ८.६ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको...