Saturday, June 27News That Matters

आर्थिक

सुनको भाउमा वृद्धी

सुनको भाउमा वृद्धी

आर्थिक, समाचार
पूर्णपुष्टि,चैत २४ आज सुनको भाउमा वृद्धी भएको छ । आज सुनको भाउ तीन सय रुपैयाँले वृद्धी भएर तोलामा ८७ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । हिजो बजारमा सुन तोलामा ८७ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको भाउ भने यथावत रहेको महासंघले जनाएको छ ।
नेप्से २५.७१ अङ्कले बढ्यो

नेप्से २५.७१ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत २२  आज शेयर बजार परिसूचक नेप्से बढेकोे छ । आइतवार २५.७१ अङ्कले बढेर २६ सय ५७ दशमलव ६१ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि नेप्से फागुन नौ गते २६ सय ४० विन्दुसम्म पुगेको थियो । व्यापार, होटल, उत्पादन, म्युचल फण्ड समूहको शेयर घटे पनि अरू समूहको शेयर उकालो लागेपछि नेप्से बढेको हो । बैंकिङ समूहको शेयर साढे १४ अङ्कले, विकास बैंकको २२, जलविद्युतको ३७, फाइनान्सको ४३, माइक्रो फाइनान्सको २३, जीवन बीमा समूहको एक सय ५४, निर्जीवन बीमा समूहको पाँच सय ४३ र अन्य समूहको शेयर ३९ अङ्कले बढेको छ । दुई सय १२ कम्पनीका एक करोड ८१ लाख कित्ता शेयर नौ अर्ब ६८ लाख रुपैयाँमा किनबेच भएका छन् । निफ्राको साढे ४७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।...
प्रदेश सरकारले सहुलियतपूर्ण ब्याजदरमा ऋण दिने

प्रदेश सरकारले सहुलियतपूर्ण ब्याजदरमा ऋण दिने

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत २२  वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जनाका लागि नागरिकलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण दिने भएको छ । कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित क्षेत्रहरुमा उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ब्याजदरमा अधिकतम १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन लागिएको वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । कृषि, उद्योग, पर्यटन, व्यापार, वन तथा वातावरण, महिला तथा दलित समुदाय विकास र फोहरमैला व्यवस्थापनमा ऋण प्रवाह हुनेछ । सहुलियत ऋण प्रवाहका लागि वाग्मती प्रदेश सरकारले यो आर्थिक वर्षका लागि तीन अर्ब रुपैयाँ ऋण लगानीका लागि घोषणा गरेको छ । यो ऋण पाँच वर्षसम्ममा तिरिसक्नुपर्छ । ऋणको ब्याजदर वार्षिक तीन प्रतिशतभन्दा धेरै नहुने प्रदेश सरकारले जनाएको छ । सहुलियतपूर्ण ऋण लगानीका लागि वाग्मती प्रदेश सरकारले कृषि विकास बैंक र साना किसा...
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १९  आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२.८८ अंकले बढेर २ हजार ६ सय ३१.८९ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले बढेर ४ सय ६६ दशमलव ४२ अंकमा पुगेको छ । कारोबार रकममा पनि सुधार भएको छ । बुधबार सवा ६ अर्बको सेयर कारोबार भएकोमा बिहीबार ७ अर्ब माथि कारोबार रकम पुगेको छ । दिनभर भएका ७३ हजार ६ सय ६७ कारोबारबाट २ सय १८ कम्पनीका १ करोड ४२ लाख ६८ हजार ५ सय ९२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ७ अर्ब १८ करोड ४२ लाख ६६ हजार १ सय २५ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्सेमा कारोबार हुने चार समूहहरुको सब इन्डेक्स घटेको छ । बाँकी सबै समूहहरुको सबइन्डेक्स बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहका लगानीकर्ताले बिहीबार गुमाएका छन् । यो समूहको सब इन्डे...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १९  आज सुनको भाउ ९ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८५ हजार ६ रुपैयाँ रहेको सुनको भाउ आज बढेर ८६ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज १२ सय १० रुपैयाँ पुगेको छ । हिजो ११ सय ९५ रुपैयाँ थियो ।
नेप्से ४३ अङ्कले बढ्यो

नेप्से ४३ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १८  आज शेयर बजार परिसूचक नेप्से ४३ अङ्कभन्दा धेरैले बढेको छ । व्यापारबाहेक अरू सबै समूहको शेयर उकालो लागेपछि नेप्से ४३.३६ अङ्कले बढेर २६ सय १९.० दुई विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयर झण्डै ४१ अङ्कले बढेको छ । यस्तै विकास बैंकको ४३ अङ्कले,  होटल र पर्यटनको ६३ अङ्कले, जलविद्युतको ३५, फाइनान्सको नौ, माइक्रो फाइनान्सको २७, जीवन बीमा समूहको एक सय ६८, निर्जीवन बीमा समूहको तीन सय ४९, उत्पादनको ३१, अन्यको २५ र लगानी समूहको शेयर झण्डै दुई अङ्कले बढेको छ । बुधवार दुई सय नौ कम्पनीका एक करोड १२ लाख २८ हजार कित्ता शेयर ६ अर्ब १६ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट विकास बैंकको ३६ करोड रुपैयाँको शेयर किनबेच भयो । बुधवार पाँच कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि रैराङ र युनाइटेड ...
नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १८  विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । अर्को आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्व बैंकले प्रक्षेपणसमेत गरेको छ । रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा विश्व बैंकले जीडीपी बढ्ने प्रक्षेपण गरेको हो । दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले बुधवार जारी गरेको अर्धवार्षिक क्षेत्रीय प्रतिवेदन सर्वाजनिक गरेको थियो । आर्थिक वर्ष २०२१/०२२ मा बङ्गलादेशको कुल गार्हस्थ्य उत्पादन ३.६ प्रतिशतले, भारतको १० प्रतिशतले र पाकिस्तानको आर्थिक वृद्धि १.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । ‘आउँदो वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिमा सुधार हुने सम्भावना छ र यस क्षेत्रको अर्थतन्त्र पुनरुत्थानको मार्गमा आउने प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७६/०७७ मा भन...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १८ आज सुनको भाउ घटेको छ । सुन तोलाको चार सय रुपैयाँले घटेर तोलाको ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ ५ सय रुपैयाँले घट्दै  ८६ हजार रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।...
नेप्से दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १७  आज सेयर बजार दोहारो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२.१५ अंकले बढेर २ हजार ५ सय ७५.६६ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.१९ अंकले बढेर ४ सय ५६.१० अंकमा पुगेको छ । कारोबार रकम ६ अर्ब नाघेको छ । सोमबार ४ अर्ब ४१ करोड हाराहारीमा मात्रै सेयर कारोबार भएको थियो । दिनभर भएका ६८ हजार ६ सय ४५ कारोबारबाट २ सय ९ कम्पनीका १ करोड २२ लाख ९ हजार ९ सय ७६ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४ सय ९८ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्सेमा कारोबार हुने व्यापार र उत्पादन समूहको सबइन्डेक्स भने घटेर रातो देखिएको छ भने बाँकी सबै समूहहरु बढेर हरियाली छाएका छन् । मंगलबार धेरै कमाउनेमा वोमी माइक्रोफाइनान्स पहिलो नम्बरमा देखिएको छ । जसको सेयर मूल्य प्र...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १७  आज सुनको भाउ घटेको छ । सनु तोलाको पाँच सय रुपैयाँले घटेर तोलाको ८६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलमा १० रुपैयाँले सस्तो भएर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...