हजारको नयाँ नोटमा जुम्लयाहा हात्तिको तस्विर राखियो, २६ अर्बको नयाँ नोट नेपाली बजारमा
पूणर्पुष्टि, साउन, ७
२६ अर्बको नयाँ नोट नेपाल राष्ट्रिय बाणिज्य बैँकले नेपाली बजारमा पठाएको छ । २६ अर्ब बराबरको १ हजारको नयाँनोट नयाँ विषेशता सहित बजारमा बैँकले पठाएको हो ।
पहिलेको १ हजारको नयाँ नोटमा एउटा मात्र हात्ति राखिन्थ्यो भने अबको हजारको नयाँ नोटमा भने २ ओटा हात्ति राखिएको छ । बुधबार मात्रै २६ अर्बको जुम्ल्याहा हात्ति सहितको नयाँ नोट बजारमा पठाइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवति नेपालले जानकारी दिनुभयो ।
उनका अनुसार आज बजारमा पठाइएका नयाँ नोटहरुमा सुरक्षा विशेषता अन्य यथावत रहे पनि हात्तीको संख्या भने थपिएको छ । पहिले एक हजारको नोटमा एउटा मात्रै हात्ती हुने गरेकोमा अब जुम्ल्याहा हात्ती नयाँ नोटमा हुनेछन् ।
देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्तीको नाम ‘राम’ र ‘लक्ष्मण’ हो । उनीहरु अहिले पनि चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा जान प्रयोग गरिन्छन् । प्रायः हात्तीबाट ज...






