Sunday, June 28News That Matters

आर्थिक

प्रतिनिधिसभाबाट बहुमतले बजेट पारित

प्रतिनिधिसभाबाट बहुमतले बजेट पारित

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ २८ गते ।  आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले पेश गरेको (विनियोजन विधेयक) बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट पेश गर्नुभएको थिायो । बुधबार अर्थमन्त्री खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । उक्त प्रस्तावलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । बजेटको पक्षमा सत्तारुढ नेकपा सांसदले मात्र मत दिए । कोरोना भाइरसको महामारीका कारण आगामी आर्थिक बर्षको लागि बजेटको आकार घटेको छ । चालु आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ७१ लख रुपैयाँको बजेट ल्याएको थियो । प्रतिनिधि सभाबाट बहुमतले पारित भएको बजेट राष्ट्रिय सभाले पनि पारित गर्नुपर्ने हुन्छ । राष्ट्रियसभामा प्रतिननिधि सभामा जस्तै ...
दक्षिण एसियाली देश मध्ये नेपालको आर्थिक वृद्धिदर उच्च

दक्षिण एसियाली देश मध्ये नेपालको आर्थिक वृद्धिदर उच्च

आर्थिक, समाचार, संसार
पूर्णपुष्टि, जेठ २७ गते । सन् २०२० मा कोरोनाको महामारीका बीच दक्षिण एसियाली मुलुकहरूमध्ये नेपालको आर्थिक वृद्धिदर तुलनात्मक रुपमा सबैभन्दा माथि रहने विश्व बैङ्कले अनुमान गरेको छ । यो वृद्धिको प्रक्षेपण आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले प्रक्षेपण गरेको अनुमान भन्दा निकै तल छ । सरकारले आगामी वर्ष सात प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेपनि विश्व बैङ्कले सन् २०२०मा १.८ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । विश्व बैङ्कले गरेको प्रक्षेपण अनुसार सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर मात्र २.१ प्रतिशतमा खुम्चिने छ । कोरोनाको महामारीले पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुक सबैभन्दा नराम्रोसँग प्रभावित हुने भएको छ । दक्षिण एसियाली मुलुकमध्ये सन् २०२० मा माल्दिभ्सको अर्थतन्त्र सबैभन्दा ऋणात्मक रहने प्रक्षेपण छ । यो मुलुकको आर्थिक वृद्धिदर १३ प्रतिशतमा ऋणात्मक देखिने भएको छ । मा...
दोस्रो विश्वयुद्ध यताकै अर्थतन्त्रमा गहिरो प्रभाव

दोस्रो विश्वयुद्ध यताकै अर्थतन्त्रमा गहिरो प्रभाव

आर्थिक, समाचार, संसार
पूर्णपुष्टि, जेठ २७ गते । सन् २०२० मा विश्व अर्थतन्त्रको वृद्धिदर –५.२ प्रतिशतको ऋणात्मक रहने अनुमान विश्व बैङ्कले गरेको छ । यो गिरावट दोस्रो विश्व युद्धयताकै सबैभन्दा कम भएको विश्व बैङ्कले उल्लेख गरेको छ । विश्व अर्थतन्त्रमा परेको यो खाडल आगामी वर्ष भने केही पूर्ति हुनेछ । सन् २०२१ मा ४.२ प्रतिशतको वृद्धिदर अनुमान गरिएको छ । सन् २०२० मा अमेरिकी अर्थतन्त्र ७ प्रतिशतसम्मको संकुचनमा जानेछ । चीनको आर्थिक वृद्धिदर एक प्रतिशतमा समेटिँदा रुसको अर्थतन्त्र ६ प्रतिशतले गिरावटमा आउने भएको छ ।...
कोरोना महामारीको खर्च पारदर्शी हुन्छ : अर्थमन्त्रि खतिवडा

कोरोना महामारीको खर्च पारदर्शी हुन्छ : अर्थमन्त्रि खतिवडा

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ २७ गते । कोरोना महामारीका बेला गरिएको खर्च पारदर्शी हुने अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेसले कोरोना भाइरसको महामारीको नियन्त्रणका बेला समेत सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएको थियो । बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरु आसनबाट उठे र विरोध जनाएका थिए । लगत्तै सभामुख अग्नि सापकोटाले सांसद गगन थापालाई बोल्न समय दिएको थियो । ५ वटा पीसीआर मेसिन र २५ हजार किट किनेर १० अर्ब खर्च देखाउने ?, कोरोना भाइरस नियन्त्रणका नाममा सरकारले चरम लापरबाही र भ्रष्टाचार गरेको भन्दै सांसद थापाले आक्रोश व्यक्त गरेको थियो । सांसद थापाले कोरोना महामारी रोकथामका लागि खर्च भयो भनिएको १० अर्ब खर्च कहाँ भयो भनी प्रश्न गरेको थियो । सञ्चार मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले कांग्रेसक...
१ न. प्रदेशको बजेटमा कृषि र स्वास्थ्य प्रथमिकतामा

१ न. प्रदेशको बजेटमा कृषि र स्वास्थ्य प्रथमिकतामा

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ २७ गते । १ न. प्रदेश सरकारले आगामी आर्थिक वर्ष कृषि र स्वास्थ्यको लागी योजना तयार गरेको छ । कृषी कर्म गर्न चाहने युवाहरुलाई प्रोत्साहन गर्ने योजना तयार गरेको छ । बजेट बनाउन जुटेको प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ मा व्यक्तिगत रुपमा कृषि कर्म गर्न चाहनेलाई ५ लाख रुपैयाँसम्म ऋण दिने र ३ वर्षको ब्याज तिरिदिने योजना बनाएको हो । ‘हाम्रो प्राथमिकता कृषि र स्वास्थ्य हो,’ व्यक्तिगत रुपमा कृषि गर्न चाहानेलाई ५ लाख रुपैयाँसम्म ऋण दिएर ३ वर्षसम्मको ब्याज सरकारले नै तिरिदिने प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बताउनुभयो । आगामी आर्थिक वर्ष कुल बजेटको करिब २० प्रतिशत बजेट कृषि क्षेत्रमा विनियोजन गर्ने सरकारको तयारी छ । प्रदेश सरकारको चालु आर्थिक वर्षमा पुँजीगत खर्च ४३ प्रतिशत भइसकेको मन्त्रि आङ्बोले बताउनुभयो । लकडाउनमा पनि विकास निर्माणको काम जार...
व्यवसायीहरुको ५ ओटा माग

व्यवसायीहरुको ५ ओटा माग

आर्थिक, समाचार
पूणर्पुष्टि, जेष्ठ, २७ काठमाण्डौँ/बानेश्वरका व्यवसयाीहरुले ब्यापार सहज गराउन सरकार सँग अनुरोध गरेको छ । नयाँ वानेश्वर व्यवासायी संघले मंगलबार प्रेश विज्ञाप्ती जारी गर्दै सुनुवाइ नभए कडा आन्दोलनको समेत चेतावनी दिँदै व्यापार व्यवसायलाई सहज गर्न माग राखेका छन् । लामो समयको लकडाडन पछि पनि कोरोना भाइरसको स्थिति ठिक नभएको भन्दै ब्यापार व्यवसाय चौपट भएको व्यापारीहरुले जनाएको छ । यसलाई सरकारले व्यवस्थित गर्दै सतर्कताका साथ व्यवसायीलाई भने सहज बनाउनु पर्ने तर्क व्यपारीहरुले राखेका छन् । यस्तो विषम परिस्थितीमा कतिपय व्यापारी तथा व्यावसायी साथीहरु आफ्नो व्यवसायबाट पलायन भैसकेका बानेश्वर व्यापार व्यवसाय संघका अध्यक्ष रामशरण गिरीले बताउनुभयो । घरबेटीलाई दिनु पर्ने घरभाडा, बैकको ब्याज, सरकारलाई तिर्नुपर्ने कर, स्थानीय निकायलाई तिर्नु पर्ने व्यवसाय कर, बालबच्चाको विद्यालय शुल्क जस्ता विषयमा सरका...
लकडाउनमा बैंक निक्षेप १ खर्ब २७ अर्ब

लकडाउनमा बैंक निक्षेप १ खर्ब २७ अर्ब

आर्थिक, समाचार
पूर्णपुष्टि,जेठ २६ गते । लकडाउन अवधिभर बैंक तथा वित्तीय संस्थाहरुमा १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । क वर्गका वाणिज्य बैंक, ख वर्गका विकास बैंक र ग वर्गका फाइनान्स कम्पनीले लकडाउन शुरु भएदेखि २४ जेठसम्ममा १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । लकडाउन शुरु भएको दिन ११ चैतमा क, ख र ग वर्गका यि संस्थाहरुमा ३५ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप थियो । २४ जेठसम्म आइपुग्दा यो बढेर ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । २ महिना भन्दा लामो समय भएको लकडाउनमा जम्मा ११ अर्ब रुपैयाँमात्रै ऋण लगानी भएको राष्ट्र बैंकले जनाएको छ । ११ चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको ३२ खर्ब १८ अर्ब रुपैयाँ लगानीमा रहेको थियो । त्यो बढेर २४ जेठमा ३२ खर्ब २९ अर्ब रुपैयाँमात्रै पुगेको छ । लकडाउनमा आर्थिक क्रियाकलापहरु ठप्प भएका कारण बैंकहरुमा ...
आज सुन तोलाको ८७ हाजर नाघ्यो

आज सुन तोलाको ८७ हाजर नाघ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ २५ गते ।  आज सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढेर तोलाको ८७ हजार ४ सय पुगेको छ । चैत १० गतेदेखि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गर्न बन्द गरेको थियो । तर आइतबार सार्वजनिक भएको मूल्यअनुसार तोलामा १० हजार ४ सय रुपैयाँले बढेर सुन प्रतितोला ८७ हजार ४ सय पुगेको छ । चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ रहेको थियो । यस्तै चाँदीको मूल्य पनि ९ सय २५ रुपैयाँ प्रतितोला तोकिएको छ । चाँदी पनि २ सय ५ रुपैयाँ प्रतितोला बढेको जनाएको छ ।...
भोलीदेखि गाईघाट केही खुकुलो हुने, विहान ६ देखि ११ बजेसम्म बजार, पसल खुल्ले

भोलीदेखि गाईघाट केही खुकुलो हुने, विहान ६ देखि ११ बजेसम्म बजार, पसल खुल्ले

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ २२ । उदयपुरको सदरमुकाम गाईघाटमा भोलीदेखि विहान ६ देखि ११ बजेसम्म सामाजिक दुरी कायम गर्दै दुध, मासु, तरकारी, खाद्य तथा दैनिक उपभोग्य बस्तुका पसलहरु खुल्न दिने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज भएको एक बैंठकले कोरोना संक्रमण जोखिमकाबीच पनि नागरिकहरुको जनजीवनलाई केही सहज बनाउन होटेल, लज, रेस्टुरेन्ट, पार्टी प्यालेस, पार्लर, सैलुन बाहेकका खाद्य तथा दैनिक उपभोग्यबस्तुहरुको पसल खुल्न दिने निर्णय भएको हो । निर्णयअनुसार जुत्ताचप्पल, कपडा पसल, हार्डवेयर पसलहरु पनि खुल्न पाउनेछन् । सर्बसाधारणले आफुलाई आवश्यक पर्ने कुराहरु विहान ११ बजेसम्ममा खरिदगरी सक्नु पर्ने र ब्यापारीहरुले तोकिएकै समयमा कारोवार गरेर बन्द गर्नुपर्ने जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताउनुभयो । व्यापारीलाई समय पालना गराउने र उपभोक्ताहरुलाई सामाजिक दुरी, मास्क, सेनिटाइजर प्रयोग ज...
आईतबारदेखि त्रियुगा नगर क्षेत्रका बैँकहरु दैनिक १० वटा खुल्ने

आईतबारदेखि त्रियुगा नगर क्षेत्रका बैँकहरु दैनिक १० वटा खुल्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, जेठ २१ गते ।  त्रियुगा नगरपाकिला क्षेत्रमा रहेका २० वटा बैँक तथा वित्तिय सस्थाहरुको शाखा आईतबारदेखि दैनिक कम्तिमा १० वटा संचालन हुने भएको छ । त्रियुगा नगरपालिकाले आज सुचना सार्वजनिक गर्दै आगामी जेठ २५ गते अर्थात आईतबारदेखि दैनिक कम्तिमा १० वटा बैँक तथा वित्तिय संस्था संचालन हुने जनाएको हो । शनिबार बाहेका सवै बार कम्तिमा १० वटा बैँक खुल्ने गरी सुचना सार्वजनिक गरिएको छ । जनताका सेवाको हितलाई ध्यानमा राखी त्रियुगा नगर क्षेत्रमा रहेका बैँक तथा वित्तिय क्षेत्रहरुसँगको समन्वयमा नगरपालिकाले समय तालिका तोकेर आज सार्वजनिक गरेको छ । सार्वजनिक भएको तालिका अनुसार राष्ट्रिय बाणिज्य बैँक, ग्लोवल आईएमई बैँक, नेपाल क्रेडिट एण्ड कमर्श बैँक, सनराईज बैँक (शाखा गाईघाट), नेपाल ईन्भेष्टमेन्ट बैँक, माछापुच्छ्रे बैँक, एनएमवी बैँक, नेपाल बैँक, प्रभु बैँक, ज्योती विकास वैँक आईतबार, मंगलबार र व...