Friday, July 17News That Matters

आर्थिक

ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ऋणपत्र निष्कासन गर्दै

ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ऋणपत्र निष्कासन गर्दै

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ २० । ग्लोबल आइएमई बैंकले आगामी माघ २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । वार्षिक ११.२५ प्रतिशत ब्याजदर रहेको ५ वर्ष अवधिको ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४र८५ निष्कासन गर्न लागेको हो। कुल कित्तामध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने बैंकले बताएको छ । सर्वसाधारणलाई छुट्याएको मध्येबाट ३० हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरी बाँकी १९ लाख ३० हजार कित्ता भने सार्वजनिक निष्कासनमार्फत बिक्री गर्न लागेको बैंकको भनाइ छ। बैंकले प्रति ऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । उक्त ऋणपत्र खरिदका न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ। ऋणपत्रमा छिटोमा फागुन ३ ...
सुनको मूल्य तोलामा १२ सयले घट्यो

सुनको मूल्य तोलामा १२ सयले घट्यो

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २५ गते । आज सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले गिरावट भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो प्रतितोला ९५ हजार २ सय रुपैयाँमा खरिद विक्री भएको सुन आज बजारमा ९३ हजार ५ सय कायम भएको छ । यता, चाँदीको मूल्यमा पनि १५ रुपैयाँले गिरावट आएको छ । आज चाँदी तोलामा १ हजार २ सय १५ रुपैयाँमा कारोवार भई रहेको महासंघले जनाएको छ ।...
इतिहासकै कमजोर अवस्थामा नेपाली मुद्रा

इतिहासकै कमजोर अवस्थामा नेपाली मुद्रा

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ७ गते । इतिहासकै सबै भन्दा कमोज अवस्थामा नेपाली मुद्रा पुगेको छ । अमेरिकी डलरसँगको विनिमय दरका आधारमा नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १२९ रुपैयाँ ६८ पैसा लाग्ने भएको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा पनि परेको छ । नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनियम दर स्थीर (पेग) गरेको छ । सोही कारण भारतीय मुद्रा बलियो हुँदा नेपाली मुद्रासँग अमेरिकी डलरको विनियम दर कम हुन्छ भने भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रासँग अमेरिकी डलरको विनियम दर बढी हुन्छ । नेपालले १०० भारु बराबर १६० नेरु हुने गरी भारतीय मुद्रासँग पेग गरेको छ । बिहीबार एक अमेरिकी डलर खरिद गर्न ८०.८५ भारु तिर्नु परेको थियो । सोही कारण नेपालमा पनि अमेर...
नक्कली सुन देखाई सक्कली सुन ठगी गर्ने १ जना पक्राउ

नक्कली सुन देखाई सक्कली सुन ठगी गर्ने १ जना पक्राउ

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ५ गते । नक्कली सुन देखाई सक्क्ली सुन ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको नारायणगढ र भरतपुरका बजार क्षेत्रमा महिलालाई नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन ठगाी गर्ने सिन्धुली दुधौली नगरपालिका–१२ (साविक जिनाखु गाविस) का ३९ वर्षीय विर बहादुर घिसिङलाई प्रहरीले पक्राउ गरेको हो । घिसिङले महिलालाई लक्षित गरी नक्कली सुनको बिस्कुट देखाई ‘तपाईले लगाएको कानको मुन्द्रा हामीलाई दिनुहोस्, तपाईलाई मैले सुनको बिस्कुट र नगद रकम दिन्छु’ भनि ललाई फकाई गरी महिलाहरुले लगाएको सक्कली सुनका गरगहनाहरु झुक्काई लाने गरेको प्रहरीले जनाएको छ । पीडित महिलाहरुले गरेको गुनासोका आधारमा भरतपुर–१० विरेन्द्र क्याम्पस अगाडिबाट घिसिङलाई नक्कली सुन जस्तो देखिने धातुको पदार्थ र बाहिर एक हजारको नोट र भित्र १० रुपैयाँको नोट राखी एक बन्डल बनाएको रकमसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रह...
असोजदेखि बैंकहरु आफूखुशी ब्याजदर तोक्ने

असोजदेखि बैंकहरु आफूखुशी ब्याजदर तोक्ने

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ३० गते । असोज १ गतेदेखि बैंकहरु आफैले ब्याजदर तोक्ने भएका छन् । नेपाल बैंकर्स संघको बिहीबारको बैठकले ब्याजदर निर्धारणको अधिकार बजारलाई नै छाड्ने निर्णय गरेको हो । वाणिज्य बैंकहरुको ब्याजदर निर्धारणको अधिकार बजारलाई नै छाडिदिने निर्णय भएको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले जानकारी दिए । यसअघि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले भद्र सहमति गर्दै ब्याजदर तोक्ने गरेका थिए । करिब ७ महिनादेखि संघको निर्णयमा मात्र ब्याजदर निर्धारण गर्दै आएका बैंकहरुले अब आफूखुशी ब्याजदर तोक्न पाउने भएपछि हालको ब्याजदरमा केही प्रतिशत बढ्न सक्ने देखिएको छ । यस्तो ब्याजदर कम्तिमा १ प्रतिशतदेखि १.५ प्रतिशतसम्मले बढ्न सक्ने छ । हाल वाणिज्य बैंकहरुबीचको भद्र सहमतिमा निक्षेपको ब्याजदर अधिकतम ११.०३ प्रतिशत कायम रहेको छ । तर, असोजका लागि ब्याजदर निर्धारणको स्वःनिर्...
सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २९ गते । आज बुधवार सुनचाँदीको मूल्यमा भारी गिरावट भएको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो ।...
राष्ट्र बैंकले नयाँ नोट दिन थाल्यो

राष्ट्र बैंकले नयाँ नोट दिन थाल्यो

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २९ गते । राष्ट्रि बैंकले बुधवारबाट सर्वसाधारणलाई नयाँ नोट दिन थालेको छ । अरू बैंकहरूलाई पनि नयाँ नोट वितरण गर्न भदौ २६ गते नयाँ नोट पाएका थिए । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट साट्ने सुविधा पाउने छन् । सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक÷एक बण्डल नयाँ नोट पाउने भएका हुन् । बैंक तथा वित्तीय संस्थाले भने राष्ट्र बैंकबाट दुईदेखि पाँच करोड रुपैयाँसम्म नयाँ नोट साट्ने सुविधा पाउने छन् । दशैंको लागि मात्रै राष्ट्र बैंकले १० देखि १३ अर्ब रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ । गत वर्ष दशैंमा सात अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा साटिएको थियो ।...
उदयपुर गाईघाटको नयाँ फलफूल र तरकारी बजार

उदयपुर गाईघाटको नयाँ फलफूल र तरकारी बजार

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २८ गते । उदयपुर गाईघाटको नयाँ फलफूल र तरकारी बजारको फोटोफिचर
महिला नेतृत्वले सफल भयो सिंचाई योजना

महिला नेतृत्वले सफल भयो सिंचाई योजना

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २७ गते । खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ को दोबेला गाउँमा जलजले चुच्चेढुङ्गा सिंचाई योजना महिलाहरुको उपभोक्ता समिति सुस्मा श्रेष्ठ अध्यक्षको नेतृत्वमा सिचाई योजना सम्पन्न भएको छ । भौगोलिक रुपमा दुर्गम भएको जिल्ला सदरमुकामदेखि दोबेला आयोजनाको लागि नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको संयुक्त साझेदारीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा सञ्चालित साना सिंचाई कार्यक्रम अन्तरगत करिव ४२ लाख बजेट लगानीमा आयोजना सम्पन्न भएको हो । सिंचाई आयोजनाबाट २३ घरधुरी संख्याले करिव १७ हेक्टर जमिनमा सिंचाई उपभोग गर्न पाएका छन् । २०७८ माघ महिनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग आयोजनाको सम्झौता गरी २०७९ जेष्ठमा सिंचाई कुलो आयोजना सम्पन्न भएको हो । आयोजना सम्पन्न गर्नको लागि साना सिंचाई कार्यक्रमले समितिलाई २ दिने सँस्था व्यवस्थापन र निर्माण गुणस्तर नियन्त्रण सम्ब...
विश्वबजारमा कोइलाको अभाव हुँदापनि बन्द भएन उदयपुर सिमेण्ट उद्योग

विश्वबजारमा कोइलाको अभाव हुँदापनि बन्द भएन उदयपुर सिमेण्ट उद्योग

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २७ । रुस युक्रेनको युद्वको कारण अन्तरास्ट्रिय बजारमा कोइलाको भाउ दोब्बर भन्दा बढी वृद्धि भयो र त्यसको प्रभाव नेपालमा पनि पर्न गयो । दोब्बर मुुल्यबृद्धिले नेपाली बजारमा कोइलाको अभाव खड्कियो । खासगरी सिमेण्ट उद्योगले क्लिंकर बनाउन कोइलाको प्रयोग गर्दछ । कोइलाबाट १४ सय सेण्टिग्रेड तापक्रममा चूनढुंगा, रातोमाटो र आइरन ओरको समिश्रणलाई पकाउनु पर्ने हुन्छ । विश्व बजारमै कोइलाको मुुल्यले आपुुर्तीमा प्रभाव परेपछि अहिलेसम्म पनि सहज बन्न सकेको छैन । यस्तो अवस्थामा सरकारी उद्योग भएर पनि उद्योग बन्द हुुन नदिन उपाय अपनाइएको पाइएको छ । गत आर्थिक वर्षमा व्यवस्थापन र प्राविधिक कर्मचारीहरुको मद्दतबाट उद्योग सञ्चालनको लागि कोइलाको जोहो राम्रो देखिएको छ । उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको नेतृत्वमा उच्च व्यवस्थापनले छलफल गरी पहिलेदेखि स्टक राखिएको करीब ६ हजार २ सय मेट्रिक टन कोइला जम...