प्रदेश १ बजेट :आर्थिक वृद्धिदर बढ्ने अनुमान
काठमाण्डौँ, असार २
प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आवका लागि सार्वजनिक गरेको बजेटमा उत्पादन, उत्पादकत्व र उच्च आर्थिक वृद्धि, सामाजिक न्याय र नागरिकको समृद्धिलाई विशेष जोड दिनुभएको छ ।
प्रत्येक नेपालीको परिवर्तनको चाहना एवं विकास र समृद्धिको सपनालाई सार्थक बनाउने सम्भावनाको ढोका खोल्ने प्रयास भएको बजेटमा प्रदेशले अवलम्बन गरेको स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणको आधारशीला निर्माण गर्न सामाजिक न्यायसहितको बहुआयामिक विकासलाई तीव्ररुपमा अघि बढाउने कुरा बजेटमा उल्लेख छ ।
प्रदेशमा निर्माण क्षेत्रले क्रमशः गति लिँदै गएको र ऊर्जा क्षेत्रको उत्पादन बढेको हुँदा सोको आधारमा आर्थिक वृद्धिदर तुलनात्मक रुपमा बढ्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको संशोधित कूल गार्हस्थ्य उत्पादन रु सात खर्ब ६३ अर्ब रहने अनुमान गरेको बजेटमा प्रदेशको आर्थिक वृद्धिदर गत...









